#जवफ
Explore tagged Tumblr posts
Photo
‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे । म किन गरीब ? त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्न�� गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो । भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्यो अनि प्रश्न अघि सार्यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’ उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘म सँग केही हुनुपनि त पर्यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’ त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो । त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ । The post ‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ appeared first on Etajakhabar.
0 notes
Text
रामचन्द्र होइन, मैले मात्र देउवालाई हराउन सक्छु : शशांक
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् ।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाइ छ । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहे पनि
देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताए ।
यद्यपि सभापतिको उम्मेदवार बन्न संस्थापन इतरको समूहमा धेरै नेताहरुको दाबी रहेको स्वीकार गरे । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको नाम लिएका उनले सबै मिलेर एक जना उम्मेदवार बन्नुपर्ने बताए ।
‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्य��� म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन’ उनले भने, ‘ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु छैन ।’
उनले पार्टीमा मनोमानी गरेको भन्दै देउवाको आलोचना गरे । महाधिवेशन नजिकिँदै गर्दा भोटका लागि विभाग गठन गरेको र विधान विपरित भयो भनेर आफूहरुले विरोध गर्दा नसुनेको भन्दै उनले महाधिवेशनबाट यसको जवफ दिनुपर्ने बताए । कोइरालाले भने, ‘उहाँले मनोमानी गर्नुभयो । हाम्रो विरोध पनि सुन्नु भएन । महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्यो । किनकी अरु विकल्प छैन ।’
0 notes
Photo
सनी लियोनीले आँफुलाई अश्लिलता फैलाएको आरोप लगाएकाहरुलाई यसरी दिइन् मुखभरीको जवाफ एजेन्सी । कण्डमको बिज्ञापनमा खेलेपछि विबादमा तानिएकी बलिउड हट एण्ड बोल्ड स्टार सनी लियोनीले उनको बिरोध गर्ने रिपब्लिकन पार्टी अफ इन्डियाको महिला विभागलाई मुख भरीको जवाफ दिएकी छिन् । सन्नी लियोनीले विज्ञापनका माध्यमबाट अश्लिलता फैलाउन खोजेको आरोप खेपे पनि उनले भारत विश्वकै लोकतन्त्र भएको ठूलो देश भएको र भारतको लोकतन्त्र र वाक स्वतन्त्रताका कारण , ‘जतिबेला म कुनै ब्रान्डमा हस्ताक्षर गर्छु भने त्यसको नैतिक जिम्मेवारी लिन तयार भएको बताइन् । उनले कुनै पनि जोडीले परिवारको योजना त्यतिबेला गर्दछ जब उनीहरुलाई लाग्छ कि उनीहरु बच्चाको जिम्मेवारी सम्हाल्न लायक भइसकेको बताइन् । The post सनी लियोनीले आँफुलाई अश्लिलता फैलाएको आरोप लगाएकाहरुलाई यसरी दिइन् मुखभरीको जवाफ appeared first on Etajakhabar.
0 notes
Photo
पेरिसमा गोलीबारी एक प्रहरीको मृत्यु, जवाफी कारबाहीमा आतंककारी मारिए ८ वैशाख, एजेन्सी। पेरिसमा बिहिबार राती गोली हानाहानमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। जवाफी कारबाहीमा एक आतंककारीको मृत्यु भएको छ। गोलीबारी गर्ने दुई जना रहेको मानिएको छ र प्रहरीले दोस्रो व्यक्तिको खोजी कार्य तीव्र गरेको छ। घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। राती नौ बजे च्याम्प्स एलिसिस बुलेवार्ड इलाकामा घटना भएको हो। प्रहरीको गाडी नजिक एक कारण आएर रोकियो, तब एक आतंककारी त्यसबाट बाहिर निस्की गोलीबारी गर्न सुरु गरेको बताइएको छ। घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन्। फ्रान्समा राष्ट्रपति चुनाव हुनु दुई दिन अघि यस्तो घटना भएको हो । यहाँ अघिल्लो दुई वर्षमा भएको आतंककारी आक्रमणमा अहिलेसम्म २३० जनाको ज्यान गइसकेको छ।
0 notes
Photo
अमेरिकालाई उत्तर कोरियाको चेतावनीः परमाणु अस्त्रले जवाफ दिन नपरोस् २– वैशाख । उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा उत्तेजनात्मक गतिविधि नगर्न अमेरिकालाई चेतावनी दिदैँ कुनै कारबाही गरिए परमाणु अस्त्रले जवाफ दिने बताएको छ । आफ्ना संस्थापक नेता किम इल सङको १०५ औँ जन्मदिन मनाइरहँदा उत्तर कोरियाको पछिल्लो धारणा सार्वजनिक भएको हो । उत्तर कोरियाले राजधानी प्योङयाङमा शनिबार सैन्य शक्ति प्रदर्शन गरेको थियो । हामी कुनै पनि […] The post अमेरिकालाई उत्तर कोरियाको चेतावनीः परमाणु अस्त्रले जवाफ दिन नपरोस् appeared first on नेपाल आज.
0 notes
Photo
एनसेल प्रकरणबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने २७ चैत, काठमाडौं । एनसेलको विक्री कर असूली सम्बन्धी विवादमा संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बयानका लागि बोलाएको छ । मन्त्रिपरिषद बैठकबाट एनसेलको ३३ अर्ब रुपैयाँ
0 notes
Photo
बेपत्ता पारिएका पत्रकारकी छोरीले रुँदै भनिन्ः कि मलाई मेरा बुबा चाहिन्छ, कि प्रश्नको जवाफ कविता उपाध्याय रोल्पा, २४ फागुन- दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको थियो ? किन अनाहकमा मेरा बुबालाई बेपत्ता पारियो ? किन अझै पनि मेरा बुबाकोे अवस्थाका बारेमा राज्य बेखबर छ ? प्रचण्ड सरकार, कि मलाई मेरा बुबा चाहिन्छ, कि यो प्रश्नको जवाफ दिनुहोला ।” धनबहादुरकी छोरी पवित्रा हाल १८ वर्ष पुगिसकेकी छिन् । उनीलगायत उनका दुई साना भाइ सदरमुकामस्थित होलिभिजन आवासीय माध्यमिक विद्यायल लिबाङ, रोल्पामा अध्ययनरत छन् । आगामी प्रवेशिका परीक्षामा सहभागी हुनका लागि पवित्राको तयारी तीव्ररुपमा चलिरहेको छ । तर पनि बुबाको सम्झनाले बेलाबेला उनलाई भावविह्वल बनाउने गरेको उनको भनाइ छ । पवित्राको ठूलोभाइ वसन्त हाल १६ वर्ष अनि सानो भाइ १४ वर्षका छन् । तर पनि अझै उनीहरुका बुबाको बारेमा परिवार बेखबर छ । पवित्राका बुबा युद्धका बेला रेडियो नेपाल, सुर्खेतमा मगरखाम भाषाको समाचार वाचन गर्नुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार त्यसबेलाको देशको बिग्रँदो परिस्थितिका कारण धनबहादुरलाई घरमा सहजै आउने जाने वातावरण थिएन । यसकारण धनबहादुर चाहेको समयमा परिवारसँग भेट्न तथा घर पुग्न सक्नुहुन्नथ्यो । पवित्रा नजन्मदै धनबहादुरका बुबा र फुपाजुलाई तत्कालीन माओवादीले घरमै आएर रातको समयमा गोली हानेका थिए । गोली लाग���र छटपटाइरहेका दुवैजनालाई उनीहरुले पटकपटक धारिलो हतियार प्रयोग गरेर छियाछिया पारेपछि घरमै एकैसाथ दुवैजनाको मृत्यु भएको धनबहादुरकी श्रीमती दिलकुमारीले जानकारी दिनुभयो । त्यसबेला धनबहादुरका भाइलाई पनि गोली लागेको थियो । युद्धकै समयमा नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज लगेर उपचार गरेपछि धनबहादुरका भाइको ज्यान बचेपनि धनबहादुरका बुबा र फुपाजुको एउटै चिहान बनेको उहाँले बताउनुभयो । त्यसबेला भर्खरै विवाह बन्धनमा बाँधिएको धनबहादुरको जोडी भने ससुराली गएको हुँदा बाँच्न सफल भएको उहाँको भनाइ छ । दिलकुमारीका अनुसार तीन पटकसम्म तत्कालीन माओवादीले धनबहादुरको घर जलायो जसका कारण परिवारको सदस्य गुमाएको पीडा हुँदाहुँदै धनबहादुरको परिवारले अर्काे ठूलो पीडा सहनुपरेको थियो । त्यसैले जीवन रक्षाका लागि पछिल्ला दिनमा धनबहादुर कहिल्यै घर फर्कनुभएको थिएन । विसं २०६० तिरको कुरा हो धनबहादुरकी श्रीमती दिलकुमारी सुत्केरी भएपछि सुत्केरी सामग्री तथा केही रुपैयाँ लिएर धनबहादुर सुर्खेतबाट लिबाङ आउनुभएको थियो । १७ दिनकी सुत्केरी बुहारी घरमा छोडेर धनबहादुरकी आमा छोरालाई भेट्न लिबाङसम्म आउनुभयोे । आमाछोरा दुइरात लिबाङ बसेपछि तेस्रो दिनमा उहाँकी आमा घर जानुभयो भने धनबहादुर कार्य क्षेत्र सुर्खेत । तर दुर्भाग्य उहाँको अन्तिम यात्रा प्यूठानको जलुकेमै रोकियो । धनबहादुर प्युठानको जलुकेबाट अपहरणमा पर्नुभयो । धनबहादुरसँगै अपहरणमा परेका अर्का एकजना शिक्षकले अपहरणमा परेको करिब तीन महिनापछि भागेर मुक्ति पाउनु भयो, तर धनबहादुरको अवस्थाका बारेमा हालसम्म कसैलाई कुनै किसिमको आधिकारिक जानकारी छैन । पवित्राका अनुसार उनका बुबा अपहरणमा पर्दा पवित्रा पाँच वर्षकी थिइन् । अपहरणमा पर्नुभन्दा करिब एक वर्ष पहिले आमासँग आएकी पवित्राले लिबाङमा आफ्ना बुबालाई भेटेकी थिइन् । पवित्राको स्मरणमा बुबासँगको पहिलो तथा अन्तिम भेट त्यही थियो । त्यसबेला पवित्रा करिब चार वर्षकी थिइन् सबै कुरा उनले सम्झिराखेकी छैनन् तर पनि आफूहरु होटलमा बास बसेको र बुबाले किनेर ल्याइदिएको राम्रो फ्रक लगाएको कुरा उनको मानसपटलमा अझै ताजै छ । त्योबाहेक बुबाको बारेमा पवित्रालाई केही स्मरण छैन । आँसु पुछ्दै पवित्राले भनिन्, “धेरै वर्ष भयो बुबा बेखबर भएको अब त बुबा फर्कनु हुन्न भन्ने थाहा छ, तर पापी मन मान्दैन । बुबा फर्कने आशमा दिन गुजारीरहेका छौँ अझै पनि बुबा फर्कने झिनो आशा मनभित्रै लुकेको छ । यदि बुबा मारिएकै भए पनि आधिकारिक जानकारी पाए बुबाको काजकिरिया गर्ने थियौँ, अनिमात्र मनले शान्ति पाउने थियो ।” गएको दसँैमा स्कुल ब���दा भएपछि पवित्रा घर गएकी थिइन् । उनलाई यसपालिको दसँैमा बुबाको धेरै याद आयो । अनि एल्बममा सजिएका फोटो हेर्दै गर्दा उनका बुबाले अपहरणमा पर्नुभन्दा अगाडि लेखेर पठाएको चिठ्ठी फेला प¥यो । पवित्राले दोहो¥याइ तेह¥याइ त्यो चिठ्ठी पढिन् । त्यसमा लेखिएको थियो, “छोरी पवित्रा र छोरा वसन्तलाई मीठो प्यार, अनि सम्झना । के गर्नु ? सन्तानको मायाले छट्पटाउँदा पनि घर आउन पाइँदैन । तिमीहरु ठूला भयौ भने मसँगै राखेर पढाउनेछु । चिठ्ठीमा राखेर रु छ हजार पठाएको छु घरखर्च चलाउनु । अपुग भए गाउँमा सापटी लिएर चलाउनु । नआत्ती बस जिन्दगी लामो छ । सधैँ समय निष्ठुरी बन्ने छैन । आज दुःख गरे भोलि सुखको दिन फर्कनेछ । उही तिमीहरुलाई माया गर्ने धनबहादुर …..” यो चिठ्ठी पढेर पवित्रा धेरै रोएकी थिइन् । घरखर्च चलाउँदा अपुग भए सापटी काढेर चलाएको ऋण तिर्ने मान्छे नै बेखबर भएपछि पवित्राको परिवारमा ठूलो बज्रपात परेको छ । विद्यालयमा उनका सहपाठी साथीका अभिभावक आएर आफ्ना बालबच्चाको रेखदेख गर्दा पनि उनको मन पटकपटक छियाछिया भएको छ । कति पटक त उनी साथीको माझमा नै बुबालाई सम्झेर भक्कानो छोडेर रोएको उनका सहपाठीले बताए । पवित्रा भन्छिन् “जनताका पक्षमा काम गर्ने भन्दै पटकपटक शासन सत्ता बदलियो । तर बेपत्ता परिवारको न जीवन फेरियो न जीवनचर्या नै ।” पवित्रा जतिजति ठूली हुँदै गइन् त्यति त्यति बुबाको अभाव महसुस हुन थालेको छ । पवित्राका अनुसार हालसम्म नेपाल चिल्ड्रेन्स् एजुकेसन फन्डले उनीहरुको शैक्षिक क्षेत्रमा सहयोग गरिराखेको छ । यसले गर्दा उनीहरु शिक्षाको उज्यालो पाउनबाट वञ्चित बनेका छैनन् तर पवित्रालाई आगामी भविष्यको चिन्ताले पनि उत्तिकै पिरोल्ने गरेको छ । तीन सन्तानमध्येमा जेठी छोरी भएकै कारण उनलाई अझ बढी जिम्मेवारी थपिएको उनको भनाइ छ । हाल पवित्राले अध्ययन गर्दै आएको होली भिजन आवासीय माध्यमिक विद्यालय लिबाङ, रोल्पाका प्रिन्सिपल ओमप्रकाश केसीका अनुसार पवित्रा र उनका दुई भाइ पढाइमा उत्तिकै लगनशील र मेहनती छन् । अब निकट भविष्यमा पवित्रा एसएलसी उत्तीर्ण गरेर जाँदैछिन् । अबको उनको भविष्यका बारेमा विद्यालयले केही गर्न नसक्ने भएको हुँदा यस विषयमा सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ । उहाँका अनुसार अवसर पाए यी तीनै दिदीभाइ सक्षम र सबल नागरिकको रुपमा परिचित हुन सक्नेछन् । यस्तै, ने��ाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाका अध्यक्ष महेश न्यौपानेले पत्रकार धनबहादुर रोकाको अवस्थाबारेमा राज्यले चासो र चिन्ता गर्नैपर्ने बताउनुभएको छ । पत्रकार धनबहादुरको अवस्था यथाशीघ्र सार्वजनिक हुनुपर्ने उहाँको जोड छ । उहाँका अनुसार धनबहादुरका परिवारका सदस्य धनबहादुरलाई जिउँदो भेट्ने तीव्र चाहना बोकेर बाँचिराखेका छन् । उनीहरुको आर्थिक अवस्था पनि कमजोर भएका कारण सामान्य नागरिकभन्दा पत्रकारको परिवारलाई फरक ढङ्गबाट हेर्नुपर्ने उहाँको भनाइ छ । हाल छात्रवृत्तिकै भरमा अध्ययन गरिराखेका बालबालिकाको रोजगारीको ग्यारेन्टी राज्यले लिनैपर्छ, उहाँले भन्नुभयो । यसका साथै आयआर्जनका लागि पनि सोच्न सकेमात्र उनीहरुको परिवारलाई थप राहत मिल्नेछ भन�� धनबहादुरकी श्रीमतीलाई पनि आयआर्जनका लागि राज्यले व्यवस्था मिलाउनु पर्ने अध्यक्ष न्यौपानेको माग छ ।
0 notes
Photo
अमेरिकी अदालतले माग्यो ट्रम्पसँग जवाफ मुस्लिमलाई विभेद भएको हो कि होइन ? माघ २६ । अमेरिकी पुनरावेदन अदालतले मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मुस्लिमप्रतिको विभेद भएको होरहोइन भन्नेमा जवाफ मागेको छ । सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा लगाइएको विषयमा सुनुवाई गर्दै न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद होरहोइन जवाफ पेस गर्न भनेका हुन् । सन फ्रान्सिस्कोस्थित पुनरावेदन अदाललतमा भएको सुनुवाईमा न्यायाधीश रिचार्ड क्लिफ्टनले राष्ट्रपतिको आदेशले विश्वका १५ प्रतिशत मुस्लिम प्रभावित हुने भए त्यो मुस्लिमप्रतिको विभेदमा पर्छरपर्दैन भन्ने जवाफ पेश गर्न भनेका हुन् । पक्ष–विपक्षका वकीलले आ(आफ्ना तर्क पेश गरेका छन् भने पुनरावेदन अदालतले केही दिनमा आफ्नो फैसला दिने जनाएको छ । राष्ट्रपति ट्रम्पले इराक, इरान, सिरियासहित मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि बन्द गर्ने कार्यकारी आदेश दिएपछि यो मुद्दा चर्केको छ । गत हप्ता वासिङ्टनको सियाटलस्थित संघीय अदालतले राष्ट्रपतिको निर्देशन तत्कालका लागि निलम्बित गर्न आदेश दिएको थियो । सियाटल अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालतमा अपिल परेको हो । पुनरावेदन अदालतले जे फैसला गरे पनि यो मुद्दा फेरि सर्वोच्च अदालत जाने सम्भावना छ । धेरै जसो अदालतका न्यायाधीश राष्ट्रपतिको आदेशको विपक्षमा देखिएका छन् । तर न्याय विभागले भने राष्ट्रपति ट्रम्पको साथ दिएको छ । The post अमेरिकी अदालतले माग्यो ट्रम्पसँग जवाफ मुस्लिमलाई विभेद भएको हो कि होइन ? appeared first on नेपाल आज.
0 notes
Photo
चीनलाई ट्वीट मार्फत ट्रम्पको आक्रमक जवाफ पुस–३ । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ट्वीट मार्फत आक्रमक जवाफ दिएका छन् । चीनले कब्जा गरेको ड्रोन फिर्ता नलिने ट्रम्पले ट्वीटरमा लेखेपछि दुई राष्ट्रबीच टक्कर बढ्ने देखिएको छ ।
0 notes
Photo
चार आयुक्तसंग सर्वोच्चद्वारा लिखित जवाफ माग काठमाडौँ, ५ मङ्सिर- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तको नियुक्ति संविधानले तोकेको योग्यताअनुसार नहुनुका कारणसहित १५ दिनभित्र लिखित जवाफ दिन चार आयुक्तका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आयुक्तको नियुक्तिको योग्यतामा प्रश्न उठेको हुनाले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो । अधिवक्ता दक्षबहादुर क्षेत्रीले यही मङ्सिर २ गते आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा संविधानले तोकेको कानुन, राजस्व, लेखा सङ्कायमा २० वर्षको योग्यता हुनुपर्ने उल्लेख भएको तर आयोगका चार आयुक्तमा सो योग्यता नभएको जिकिर गरिएको छ । आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नियुक्तिकै विषयलाई लिएर दिइएको मुद्दासँगै अदालतमा आज अरु चारजनाको नियुक्तिको विषयमा पनि प्रश्न उठाइएको छ ।
0 notes
Photo
कार्कीको म्याद तामेली गर्न अवरोध पुर्याएको आरोप लागेका थापाद्वारा लिखित जवाफ पेस काठमाडौँ, मङ्सिर २। सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रबल थापाले आज लिखित जवाफ पेस गरेका छन् । कार्कीका कान्छा ज्वाइँ समेत रहेका थापाले अदालतको न्याय सम्पादनमा अवरोध गरेको जनाउँदै अदालतले एक हप्ताभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । लिखित जवाफमा विपक्षीले आफूलाई झूटो आरोप लगाएको र आफू नेपाली काँग्रेसको प्रतिनिधि समेत भएको हुँदा राजनीतिक व्यक्तित्वले यस्तो काम गर्न नसक्ने उल्लेख छ । सोही विषयमा कार्कीले पनि लिखित जवाफ पेस गरिसकेका छन । रासस
0 notes
Photo
लिखित जवाफ लिएर लोकमानसिंह कार्की आँफै सर्वोच्चमा उपस्थित काठमाडौँ, ३० कात्तिक । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की आफँै उपस्थित भएर आज लिखित जवाफ पेस गर्नुभएको छ । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पु¥याएकामा कारबाही गर्न नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो । सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गर्नुभएको हो । कार्कीको लिखित जवाफमा विपक्षीले मनसाय झुटो भएको आरोप लगाउँदै आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता नरहेको उल्लेख छ । आफू सपरिवार अख्तियारकै परिसरभित्र बसोबास गर्दै आएको र पुरानोबानेश्वरस्थित घर भाडामा दिएकाले निजी निवासमा नभई सरकारी निवासमा यसअघि पनि सर्वोच्चका कर्मचारीले म्याद बुझाएकाले न्यायिक प्रक्रियामा आफूले कुनै अवरोध नगरेको लिखित जवाफमा उल्लेख छ । “तीन वर्षदेखि आफूसहित सपरिवार सरकारी निवसमा बसेको छु, भाडामा दिइएको घरमा म्याद तामेली गर्न किन परेको र सरकारी निवासमा गर्न किन नआएको”–कार्कीले लिखित जवाफमा उल्लेख गर्नुभएको छ । अख्तियार प्रमुखमा कार्की��ो नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने निर्णयको म्याद तामेली गर्दा अवरोध पु¥याएकामा कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो । त्यसैगरी, अयोगका निलम्बित प्रमुख कार्कीको घरमा म्याद गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रहरी नायब निरीक्षक नहकुल गौतमले पनि आज सर्वोेच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । गौतमले लिखित जवाफमा आफ्नो कुनै संलग्नता नरहेको, बाटो परेर मात्र आफू त्यहाँ गएको हुँदा आफू निर्दोष रहेकोे उल्लेख गर्नुभएको छ । सोमबार पूर्वसचिव प्रमोद कार्कीले पनि लिखित जवाफ बुझाउभएको थियो
0 notes
Photo
अटेर गर्ने लोकमानलाई सर्वाेच्चको जवाफ आफै आएर ‘डिफेन्स’ गर्नु ! काठमाडौं, कात्तिक २३ । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेकोमा परेको रिटमा अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीदाई आफै उपस्थित भएर सातदिन भित्र जवाफ दिन अादेश गरेको छ । कार्कीले म्याद तामेलीमा अटेर गरेको भन्दै उनीसहित चार जनालाई कारबाही गर्न माग गर्दै सर्वाच्चमा रिट परेको थियो । सोही रिट बारेमा मंगलबार सर्वाेच्चले विपक्षीहरु(कार्की समूह) सँग स्वयम् अदालतमा उपस्थित भएर लिखित जवाफ दिन माग गरेको हो । मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासको आदेशमा भनिएको छ, ‘सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् आफैं उपस्थित भई लिखित जवाफ पेश गर्नु भनि निवेदनमा विपक्षी बनाइएका व्यक्तिहरुलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नु ।’ कार्कीको योग्यतासम्वन्धी मुद्दामा पुनरावलोकनको फैसलापछि म्याद तामेलीका क्रममा अवरोध भएको थियो । तामेलीमा अवरोध गर्ने कार्की, उनका ज्वाइँसहित चार जनालाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिएका थिए । अख्तियार प्रमुखमा लोकमानलाई गरिएको नियुक्तिविरूद्धको मुद्दा पुनरावोलकन गर्नुपर्ने माग गरेर अधिवक्ता अर्यालले कात्तिक ५ गते उक्त निवेदन दायर गरेका हुन्। निवेदनमा कार्कीसँगै उनका ज्वाइँ प्रवल थापा, पूर्वकानुन सचिव एवं कार्कीका नातेदार प्रमोद कार्की र नेपाल प्रहरीका ��ई नकुलराज गौतमलाई विपक्षी बनाइएको छ ।
0 notes
Photo
‘हामीले पनि माातापितालाई जवाफ दिनु पर्छ’ – श्रद्धा कपूर कात्तिक – २१ । युवापुस्तामाझ निकै नै लोकप्रिय मानिने चर्चित अभिनेत्री श्रद्धा कपूरलाई अहिलेको समयमा देशमा भएको भोकमरीको चिन्ताले सताइरहेको छ । उनी अन्य अभिनेत्री जसरी बलिउडमा नम्बर वान्को कुर्सी हासिल गर्न लागि पर्नुको साटो देशमा भएको भोकमरीको समस्या खतम भएको हेर्न चाहन्छिन् । ‘आशिकी २’, ‘एक भिलेन’, ‘ए बी सी डि-२’ जस्ता फिल्मबाट फिल्म उद्योगमा आफ्नो भिन्न स्थान बनाउन सफल यी अभिनेत्रीलाई फिल्म आफ्नो पेशा भए तापनि फिल्ममा आफ्नो उचाई धेरैमाथि नभएको बताउँछिन् । उनी आफ्नो देशलाई भोकमरीबाट मुक्त बनाउन चाहन्छिन् । आफ्नो आगमी फिल्म ‘रक अन २’ को सिलसिलामा बीबीसीसँगको कुरामा फिल्म खेलेपछि विभिन्न अभिनेतासँग नाम जोडिने कुराले दुःख लाग्ने गुनासो पोखिन् । यसरी कोही पनि कलाकारसँग नाम जोडिनु भनेको कलाकारलाई अन्याय गरेको श्रद्धाले बताइन् । बारम्बार नाम जोडिदा घरमा आमाबाबुलाई पनि जवाफ दिनु पर्ने उनले बताइन् । उनले भनिन्, ‘हामी कलाकारको घरमा पनि माता पिता हुनुहुन्छ, उहाँहरुलाई पनि हामीले सिंगल छु फिल्ममा मात्र कलाकारसँग रोमान्स गरिरहेकी छु भनेर बताउनुपर्ने हुन्छ ।’ The post ‘हामीले पनि माातापितालाई जवाफ दिनु पर्छ’ – श्रद्धा कपूर appeared first on नेपाल आज.
0 notes
Text
नेपालको असन्तुष्टिप्रति आईसीसीको सकारात्मक जवाफ, छिट्टै प्रतिनिधि पठाउने
नेपालको असन्तुष्टिप्रति आईसीसीको सकारात्मक जवाफ, छिट्टै प्रतिनिधि पठाउने
१८ कात्तिक, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सल्लाहकार समूहको कार्यविधिबारे असन्तुष्टि जनाउँदै नेपालले पठाएको पत्रको जवाफ दिएको छ । र, छिट्टै नेपालमा प्रतिनिधि पठाउने बताएको छ । नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको आईसीसीले विधान संशोधनको मस्यौदा तयार पार्न सल्लाहकार समिति बनाएको छ । तर, समितिको नेतृत्व र कार्यविधिप्रति सल्लाहकार समितिका सदस्यहरु सन्तुष्ट छैनन् र समिति गठन…
View On WordPress
0 notes
Text
‘त्रिदेशीय वार्ता’ बारे एमालेले संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने
‘त्रिदेशीय वार्ता’ बारे एमालेले संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने
फाइल फोटो २ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले गोवामा भएको भनिएको चीन भारत र नेपालका सरकार प्रमुखहरुको त्रिदेशी छलफलबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ । भारतले औपचारिकरुपमा खण्डन गरिसकेको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका छोरा प्रकाश दाहालले त्रिदेशीय छलफल नै भनिरहेका बेला एमालेले यसबारे जवाफ माग्न लागेको हो । व्यवस्थापिका संसदको बैठकमा एमालेले यसबारेमा प्रष्ट…
View On WordPress
0 notes