#आएर
Explore tagged Tumblr posts
Text
पहिचान के हो ? म महिला हुँ, मेरो शरीर जे छ, सोही स्वरुप हुँ वा म चेतना हुँ ? के पहिचान स्थिर, अव्ययकारी छ या यो परिवर्तनशील छ ? अमेरिकामा समकालिन विश्व साहित्य पढिराख्दा पहिचानका अनेक आयामका पहलुहरु पढ्न पाएँ । तर यो विस्तीर्ण दार्शनिक परिधि छिचोल्दा पनि मलाई उपनिषदहरुमा व्यक्त गरिएको स्वको कल्पना ज्यादै रोमञ्चक लाग्यो । गणितमा गोडेलको असम्पूर्णताको प्रमेय वा सिद्धान्त छ, जसले भन्छ, हामीसँग भएका साधनले सत्यलाई सिद्ध गर्न सक्तैन । सत्य कहिलेकहीँ असाध्य हुन्छ । यिनै परिधिमा रहेर कान्तिपुर दैनिकका लागि मैले एउटा कथा लेखेकी छुँ । यो धारमा मीमांसा गर्न इच्छुक पाठकहरुले तल कथा पढ्न सक्नुहुनेछ ।
आठ बजेको बुलेटिन
उद्यान प्रकरण
गर्मी उखपात थियो । अलकत्रा पग्लिएर घाममा टट्टाएका अजिंगरजस्ता भएका थिए सडक । संग्रहालयको भित्री प्रकोष्ठ शीतलै थियो । तर, मलाई फर्किएर जाने आँट आएन । मैले त्यो किताब किन चोरें, मलाई पनि थाहा छैन ।
तर, त्यत्रो सुरक्षाको यत्न गरिएको प्रदर्शनीबाट दिनदहाडै त्यस्तो पुरातात्त्विक महत्त्वको भनिएको किताब हातैमा लिएर हिँड्दा पनि कसैले नरोकेकाले म निर्विचार उत्तेजनाको दशामा बाहिर निस्किएँ ।
घाम आँखै खाने थियो, काँच र टिन टल्किएर घरहरू हेरिनसक्नुभएका थिए । अलि पर, बूढो तमालको रुख चामरझैं सहरलाई हम्किरहेको देखिन्थ्यो । म हतार–हतार त्यो रुखतिर लागें । तर, नजिक पुगेपछि थाहा भयो, त्यहाँ त ठूलो उद्यानै रहेछ । अचम्म ! कैयन् पटक म यो संग्रहालयको बाटो भएर हिँडेकी थिएँ, तर त्यो उद्यान कहिल्यै देखेकी थिइनँ । ठूला–ठूला तमाल, कदम्ब, साल इत्यादिका बोटले घेरिएको त्यो बाटिकामा न कुनै पर्खाल थियो, न त प्रवेशद्वार नै । गर्मी खपिनसक्नु थियो, गुजुमुज्ज गुजुल्टिएको अपराजिताको बेलीलाई दुई हातले लुछेर छिर्न मिल्ने प्वाल बनाएँ । लुछ्दा लुछ्दै किताबको जिल्द च्यातियो, टिप्न खोज्दा हावा आएर उडाएर लग्यो । शरदकाल थियो । आकाश नीर पोखेझैं निख्खर थियो । जिल्द उड्दा उड्दै संग्रहालयको धुरीमा पुग्यो । एकैछिनमा, एक थान चंगा आएर आकाश गिजोले । मेरो गाता बिलायो ।
‘के किताब थियो ?,’ म झसंग भएँ । उसले सरक्क मेरो हातबाट किताब लियो र तास फिटेझैं पाना पल्टायो ।
निर्जन कुञ्जमा अपरिचित लोग्नेमान्छेसँग डर लाग्नुपर्ने हो, तर मलाई लागेन । बरु, किनकिन टीठ लागेर आयो । जिङरिङ्ग कपाल, कुपोषित कृश काया, वर्षौंको अनिँदोजस्ता देखिने आँखा ।
‘आरुणीको आत्मकथा रहेछ ।’
‘को आरुणी ?,’ त्यसरी पाना फिटेर, एक आखर नपढी, किताबबारे ठोकुवा गरेकाले मलाई त्यो मान्छेको कुराको भर त थिएन, तर बेवास्ता कसरी गर्ने ?
‘धेरै पुरानो पो पुस्तक रहेछ । आरुणीको आत्मकथा छ भनेर त मलाई थाहा पनि थिएन,’ उसले फेरि पाना फिट्यो, ‘पढ्न मन थियो, तर आजै मेरो कुकुर हराएको छ । ल त, म खोज्न गएँ ।’
ऊ गएपछि, एउटा बडेमानको वटवृक्षमुनि पल्टिएर किताब पढ्न सुरु गरेँ :
कथा त्यति पुरानो पनि होइन । सृष्टिको सन्ध्याकालमा धरा र आकाशबीचको अदृश्य तुल अझै टाँगिएको थिएन । साँझपख, नभमा मसिना जुहीका मुनाजस्ता तारा उदाउँदा, तिनका कलरवले पृथ्वी पनि अनुगुञ्जित हुन्थ्यो । दिउँसो घाम रापिएर उत्तप्त हुँदा, आकाशै केवरा र बेलीका मत्मत्याउने सुवासले रंगमंगाउँथ्यो । त्यहीबेला, एक रात जून पहेंलिएर पाकेकी बेला, उनको शरीरबाट केशर समान दूध पोखिएर पृथ्वीमा खस्यो । भन्नेहरूले त्यो दूधबाट निस्किएको मसिना, सेता फूलका हारमा बेरिएको वनस्पतिलाई सोम भने । त्यसैको दुधिलो चोप पिएर मान्छेले पहिलोपल्ट हजार भुजा भएकी देवीको दर्शन गर्यो, अप्रतिम आनन्दको वर्षामा रुझ्यो । त्यो बेला देउताहरू प्नि यो सहरमा फूल चोर्न आउँथे । तर, हिजोआज यो सहरमा उद्यान छैनन् । छ त, चौपट्टै पुरानो तुवाँलो, जो सालैपिच्छे मैलिँदै गएको छ ।
तमालका झ्याम्म परेका बुटानबाट घामका किरण पोखिएर रुखको छाया मेरो शरीरमा पातलो जालिदार ओढ्नेजस्तै लपक्क टाँसिएको थियो । वटपत्रको त्यो शीतल शय्यामा म पल्टिएर किताब पढ्दै थिएँ । कथा आरुणीकै रहेछ । सुरुमा आरुणी स्वास्नीमान्छेजस्तो लागेको थियो । जसै मेरो मनमा सो विचार आयो, पढ्दा पढ्दैको अनुच्छेद सर्लक्कै फेरियो ।
‘एक रातको कुरो हो । सपनामा म बूढो रुख भएको रहेछु । मेरो शरीर शुष्क र जर्जर भएको थियो, यद्यपि आँतमा कामनाको अग्नि दन्किएकै थियो । एक साँझ वनमा एक्लै विचरण गरिरहेकी युवती देखेर मेरो मनमा कुपित विचार उत्पन्न भयो । त्यो बेला वात्सायन ऋषि मेरै रुखको टोड्कामा साधनारत थिए । मेरो दशा देखेर उनको मनमा करुणा जागेछ । उनले बिस्तारै मलाई सुम्सुम्याउँदै भने, ‘आरुणी, उठ ।’
म निद्राबाट तत्काल ब्युँझिएँ । उठेर आफैंलाई छामें । म रुख थिइनँ, म आरुणी थिएँ । ऋषि धौम्यका शिष्य, श्वेतकेतुका पिता । बिहान हुनै लागेको थियो, मैले सन्ध्याका लागि अम्खोरा तयार पारें र अस्ताउँदो इन्दुको प्रकाशमा नदीतर्फ लागें । आफ्नो कुल, आफ्नो गोत्र, आफू हुर्किएको ज्ञानको परम्परा सम्झिएर बडो गौरवबोध भयो । रुख नभई मनुष्य हुनु, मनुष्यमा पनि उच्च कुलीन ब्राह्मण हुनु, अहो म कति शौभ���ग्यशाली थिएँ । त्यत्तिकैमा कतैबाट फेरि आवाज आयो, ‘आरुणी, उठ ।’
म ब्युँझिएँ । यो पनि सपनै रहेछ । हरेक पटक ब्युँझदा, म बेग्लाबेग्लै जन्तु हुँदै गएँ । कहिले म ब्राह्मण भएको सपना देख्दै गरेको शुद्र थिएँ, कहिले ऋषिका बनेको सपना देख्ने कुकुर थिएँ, कहिले कुकुर भएको सपना देख्ने ऋषिका �� म को हुँ, म तिमीलाई के भनौं ! मेरो सपनाको जुन सोपानमा तिमीले मलाई भेट्छ्यौ, म त्यही हुँ ।’
कसैको छाया खसेर मेरो पिठ्युँको घाम खोसिदिन्छ । म किताब बन्द गरेर छायातिर फर्किन्छु ।
‘भेटिएन,’ ऊ मलिन छ । खासमा भन्ने हो भने मलाई पहिल्यै शंका लागेको थियो, त्यो उद्यानमा कुनै कुकुर छँदै थिएन । तर, जसै बातचितको इन्द्रजाल तुनिँदै गयो मेरो शंका अझ सुदृढ हुँदै गयो ।
‘कुकुरको नाम के हो ?,’ म सोध्छु ।
‘यो उद्यानमा ऊ एक्लो कुकुर हो, दुइटा भए पो नाम राख्नु ! उसको नामै कुकुर हो,’ ऊ भन्छ ।
मलाई उदेक लाग्छ, उसको आत्मीय भंगीमा देखेर । उसले मेरो नाम सोध्नुपर्ने होइन ? कसरी एक अपरिचितासँग त्यति विवश हुन सकेको !
‘मेरो नाम श्वेतभानु हो,’ म भन्छु ।
‘अहो, श्वेतकेतुझैं,’ ऊ पुलकित हुन्छ ।
‘को श्वेतकेतु ?’
‘आरुणीका छोरा ।’
‘कुकुर कस्तो रंगको थियो ?,’ म सोध्छु ।
‘गोधूलिजस्तो, गेरुवा रातो ।’
हामीहरू सँगै कुकुर खोज्न निस्किन्छौं ।
उद्यान नपत्याउने किसिमले ठूलो थियो । कतै घना मसला र दालचिनीका पोथ्रा, कतै सिमाली र मालतीका ओडार, कतै चुवाका लहर, कतै टाँकीका बुटा । यत्रो वनमा त्यो नामै नभएको कुकुर कहाँ भेट्ने ?
‘पहिले पनि हराउँथ्यो ?,’ म सोध्छु ।
‘ऊ अचानक एक दिन भेटिएको थियो, तिमीजस्तै ?,’ ऊ भन्छ, ‘भेटिनुभन्दा अघि त हराएकै थियो, कमसेकम मेरा लागि ।’
‘तर, म त हराएकी थिइनँ’, मैले प्रतिवाद गरें ।
‘आफू हराएको कहाँ थाहा पाइन्छ र ? हुन सक्छ, अहिले तिमी तिम्रा परिवारका लागि हराएकी होलिऊ, मेरा लागि भेट्टिएकी होलिऊ, तर आफूबाट तिमी न हिजो हराएकी थियौ न आज ! भेटिनु, छुट्टिनु त सब अरूका लागि हो । आफू हराएको आफूलाई कहाँ थाहा हुन्छ र ?’
म अलि चिसिन्छु, ‘कतै म हराएकी त छैन ?’
‘कतै हराएरै यता भेटिएकी हौ । तिमीलाई पनि तिम्रा अभिजन खोज्दै होलान् ।’
म झसंग हुन्छु । मलाई अभिजनको याद आउँछ । घर, खेत, चौतारा, नाला, सखीसंगिनी, आमा, बुबा, सबै–सबैको याद आउँछ । तर, कति अनन्य हुँदा पनि ती सबै अन्य नै रहेछन् । आफ्ना सबैभन्दा नजिकका पनि आफू रहेनछन् । सबैलाई गुमाउनुको पीडाले म एकछिन मलिन हुन्छु र फेरि सर्वस्व हराउँदा पनि आफू आफैंसँग रहेको सम्झेर आनन्दित हुन्छु । हराएका सबै–सबैलाई सम्झिँदा मेरो हृ��य द्रवित भएर आउँछ । अब हराएका मान्छेहरू मेरा स्मृतिमा मात्रै बाँकी छन् । यो स्मृति म कसरी सम्हालौं ?
‘के यो सपना हुन सक्छ ?,’ म सोध्छु ।
‘हुन सक्छ’, ऊ भन्छ ।
‘मलाई छोएर हेर त !,’ म उसको नजिक सर्छु । ऊ मेरो हात समाउँछ । उसको हात न्यानो छ । म उसको अँगालोमा लुटपुटिन्छु । उसको छातीको आयतन मलाई नौलो लाग्दैन । यस्तो लाग्छ, मानौं यो आयतन नै सधैं मेरो आश्रय थियो । यो सपनै होला, तर किनकिन मलाई ब्युँझिन मन लाग्दैन ।
‘कुनै कथा भन न !,’ म उसको छातीमा घुसि्रँदै भन्छु । ऊ मेरो कपाल सुम्सुम्याउँदै सोध्छ, ‘तिमीले श्वेतकेतुको कथा सुनेकी छ्यौ ?’
श्वेतकेतु प्रकरण
धौम्य ऋषिका शिष्य आरुणी उद्दालकका पुत्र श्वेतकेतु गुरुकुलबाट शिक्षा लिएर घर फर्किएका थिए । पिता आरुणी उद्दालकले श्वेतकेतुलाई सोधे, ‘श्वेतकेतु, अरू वेदाभ्यास गर्ने इच्छा छ या विवाह गर्ने ?’
पिताको कुरा सुनेर श्वेतकेतुले भने, ‘एक पटक राजा जनकको सभा जित्न दिनुहोस्, त्यसपछि जस्तो तपाईं उचित सम्झनुहुन्छ ।’
आफ्ना पुत्रका मुखबाट यस्तो अहंकारयुक्त वचन सुनेर ऋषि उद्दालक चिन्तित भए । उनले आफ्नी पत्नीलाई भने, ‘श्वेतकेतुको राजा जनकको सभा जित्न चाहने इच्छाले बताउँछ कि उसले वेदहरूको मर्म बुझ्न सकेको छैन । सारा शास्त्र पढेर पनि उसमा तत्त्वबोध छैन ।’
त्यस साँझ विशारद् बनेर घर फर्किएका श्वेतकेतुलाई पिता आरुणी प्रश्न गर्छन्, ‘के तिमीले त्यो तत्त्वलाई जान्यौ, जसलाई जान्नाले सुन्न नसकिने विषय सुनिन थाल्छ, जो चिन्तनभन्दा पर छ, त्यो त्यो चिन्तनीय बन्छ र जो अज्ञात छ, सो ज्ञात हुन्छ ?’
पिताको प्रश्नले श्वेतकेतु चकित हुन्छन् । उनले पढ्न बाँकी जगमा केही थिएन । यद्यपि, वेद पढ्नु र त्यसको मर्म बुझ्नु एउटै कुरो होइन । अक्षर भनेको लिपि मात्रै होइन, सो लिपिभित्र कहिल्यै क्षय नहुने जो सत्य छ, त्यसको नाम हो । अर्बौं अक्षर पढेर पनि जसले कूटस्थ स्वलाई बुझ्दैन, उसलाई साक्षर भन्न सकिन्छ, ज्ञानी होइन । आरुणीका कुरा सुनेर श्वेतकेतु लज्जित हुन्छन् र आफूलाई मर्मज्ञ तुल्याउन याचना गर्छन् ।
आरुणीले विविध दृष्टान्त दिएर श्वेतकेतुलाई तत्त्वज्ञानतर्फ उन्मुख गराउँछन् र अन्ततोगत्वा आँगनको वटवृक्षतर्फ इंगित गर्दै त्यसको फल लिएर आउन आज्ञा दिन्छन् । श्वेतकेतु फल लिएर आउँछन्, आचार्य आरुणीले सो फल देखाएर सोध्छन्, ‘यसमा के छ ?’
श्वेतकेतु फल फुटाएर हेर्छन् र भन्छन्, ‘यसमा अझ साना बियाँहरू छन् ।’
आरुणीले ती बियाँहरूलाई पनि फुटाउन लगाउँछन् र सोध्छन्, ‘अब के छ ?’
श्वेतकेतु नियालेर हेर्छन् र भन्छन्, ‘अब जे छ, त्यो यति सूक्ष्म छ कि जुन दृष्टिगोचर छैन ।’
आचार्य आरुणी प्रसन्न हुँदै भन्छन्, ‘यही ��ून्यताको गर्भबाट यो विशाल वटवृक्ष बनेको छ । यही शून्यताबाट तिमी, हामी बनेका छौं । आफूभित्रको शून्यता बुझ्नु नै सारा ब्रह्माण्डलाई बुझ्नु हो । तत् त्वं असि । साधक नै साध्य हो । उपासक नै आराध्य हो । तिमी त्यही हौ, जसको खोजीमा तिमी छौ । यही नै सारा ज्ञानको मर्म हो ।’
उपसंहार
‘तिमीलाई थाहा छ ?’, ऊ भन्छ, ‘उहिले यो सहरैभरि सोम फुल्थ्यो र त्यसको मधुपर्कले सारा माटो रसाउँथ्यो । त्यसैले हाम्रा चोक, रछ्यान, कुवा जताततैका देउता सबै मान्छेले देख्थे रे ! आमा पछिसम्म पनि देउतासँग बात मार्नुहुन्थ्यो । कहिलेकाहीँ झ्वाँकिनुहुन्थ्यो । आमालाई पहिलोपल्ट अस्पतालको शय्यामा सिक्रीले बाँधेको देख्दा, मेरो मुटु गाँठो परेको थियो । मैले पीर मानेको देखेर आमाले भन्नुभएको थियो– के भो त ? यो सहरमा देउतालाई पनि त बाँधेरै राखेका छन् नि !
ती अदृश्य साङ्लाको भारले मलाई गलाउँछ । म उसलाई अझ स्नेहले आफ्नो आलिङ्गनमा समेट्छु, ‘अनि के भयो ?’
ऊ सुस्केरा हाल्छ । म उसको उच्छवासको न्यानोले पुलकित हुन्छु ।
‘बिस्तारै यो सहरबाट उद्यान हराए, देउता फूल चोर्न आउन छाडे, सोमले सिँचेको माटो युरियाले भरियो । यो सहरमा देउतासँग बोल्नेहरू सबै–सबैलाई अस्पताल पुर्याए । आमा हुन्ज्याल मलाई देउताको नियास्रो लागेन । आमा बितेको साल, शरदकाल मलिन थियो । एक इन्दुमय रात, म अनायास ब्युँझिएँ । आकाशको मैलो च्यादर च्यात्तिएको थियो, पारिजातका धवलकुसुम आकाशका सिताराझैं झलमल्ल बलेका थिए ।
‘तँलाई थाहा छ ?,’ आमाले भन्नुभयो, ‘देउताले आँखा बनाए, अनि त्यसलाई प्रकाशित गर्न सूर्य बनाए, त्यसपछि, देउताले हृदय बनाए, अनि त्यसलाई प्रकाशित गर्न चन्द्रमा बनाए ।’ मैले नजिक बसेर आमाले मेखलाभरि पारिजात टिपेको हेरिरहें । ‘कसलाई यो फूल आमा ?,’ मैले सोधें ।
‘आफैंलाई,’ आमाले भन्नुभयो, ‘पूजा गर्नु छ ।’
सुदूर क्षितिजमा सूर्य प्रगल्भ–तापले उदीप्त भएको थियो ।
‘यौटा कुरा,’ म लाडिँदै सोध्छु, ‘आज तिमीले कसरी मलाई भेट्टाय�� ? के मैले पनि तिमीलाई नै खोजिरहेकी थिएँ ? कतै शताब्दीऔंदेखि त्यो शून्यता खोजिरहेको आरुणी तिमी नै त होइनौ ?’
ऊ मुस्कुरायो ।
बिस्तारै आकाशमा चन्द्रोदय भयो । पारिजातका हाँगाका ग्रन्थिहरू खुल्दै गए र ती सितारा समान धवलकुसुमले उद्यान फेरि सुवासित हुन थाल्यो । नभमा मसिना जुहीका मुनाजस्ता तारा उदाए र तिनका कलरवले पृथ्वी फेरि अनुगुन्जित भयो । त्यही रात जून पहेँलिएर पाकेकी थिइन् । धरा र आकाशबीचको अदृश्य तुल हराएको थियो । सारा वायुमण्डल एक अलौकिक विद्युतीय ऊर्जाले तरंगित थियो । तिन�� विद्युत्का तरंगमा कतै राति आठ बजेको बुलेटिनका तरंग पनि प्रवाहमान् थिए ।
कुनै अर्को लोकमा टीभीमा आठ बजेको बुलेटिनको समय भएको रहेछ । टीभीमा प्रसारण सफा छ । आठ बजेको बुलेटिन अघि नै मानिस हराएको सूचना प्रसारण हुँदै रहेछ ।
मानिस हराएको सूचना
वर्ष २१ की, गहुँगोरो वर्णकी, एक हातमा महत्त्वपूर्ण ग्रन्थ बोकेर ललितपुरस्थित संग्रहालयबाट एक युवती बेपत्ता भएकी हुँदा, भेट्टाउनु हुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९७०७८२५४०६ मा सम्पर्क राखिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
4 notes
·
View notes
Text
I went to this temple k chobar ma
They say ki काही दुखेको छ भने एता आएर plate थोकने
1 note
·
View note
Text
#बाइबल_अनुसार_कस्ताछन्_परमात्मा
यीशु परमेश्वरद्वारा पठाइएका दूत थिए ।
यीशुलाई पूर्ण परमेश्वरको संदेश पुगाउन भनेर धरतीमा पठाइएको थियो । उनी ईश्वरका पुत्र वा दूत थिए !
मैथ्यू 17:5– जब उनी बोलिरहेका थिए त्यति बेला एउटा प्रकाशमान बादल आएर उनलाई छोप्यो र त्यही स्थिर भइरहयो । बादल भित्रबाट आवाज आयो , " यो मेरो प्रिय पुत्र हो , जोसित म अत्यन्त प्रसन्न छु । उसको कुरा सुन !"
0 notes
Text
#असली_रक्षक_कबीर_भगवान
भक्ति
सर्व शक्तिमान, अविनाशी परमेश्वर कबीर साहेबजीको शरणमा आएर सतभक्ति गर्नाले साधकको हर संकटमा रक्षा हुन्छ।
अधिक जानकारीका लागि अवश्य पढ्नुहोस् पुस्तक "ज्ञान गंगा"
#Nepal #रक्षाबंधन
👉🏻अधिक जानने के लिए Visit करे ⤵️
jagatgururampalji.org
0 notes
Text
#प्रभु_प्राप्त_संतों_से_रूबरू
द्वापरयुगमा भगवान कबीर करुणामय नाममा प्रकट हुनु भएको थियो।
त्यसबेला राजा चन्द्रविजय र उनकी पत्नी रानी इन्द्रमतीलाइ सतलोकबाट परमात्मा कबीर साहेब जी आफै आएर भेट्नु भएकोथियाे ।
Supreme God Kabir
1 note
·
View note
Text
सडकमा चट्टान आए पछि बेनी–जोमसोम–कोरला सडक बन्द
अमृत बास्कुने साउन ११ गते । वर्षा पछिको पहिरोले ठुलो चट्टान ल्याएर सडकमा राखेपछि बेनी–जोमसोम–कोरला सडक खण्ड अबरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२ माथिल्लो बैशरी स्थीत शिरुबारीमा सडकमा चट्टान आएर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने उक्त सडक अबरुद्ध हुँदा मुस्ताङको पवित्र…
0 notes
Text
११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो । त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक…
View On WordPress
0 notes
Text
#सिद्धि_ठुलो_कि_भगवान
पूर्ण परमात्माको सामु सिद्धिहरु निष्क्रिय हुन जान्छन। गोरखनाथजीले कबीर साहेबसँग सिद्धिकाे प्रदर्शनीमा हारेपछि बुझे कि कबीर साहेब कुनै मामूली संत होइनन्। त्यसपछि गाेरखनाथले भने, "हे परम् पुरुष! कृपया तल आएर याे दासमाथि दया गरी आफ्नो परिचय दिनुहोस। हजुर कुन शक्ति हुनुहुन्छ ? कुन लोकबाट आउनुभयो ? त्यसपछि कबीर साहेब तल आएर भन्नुभयो:
अवधू अबिगत से चल आया, कोई मेरा भेद मर्म नहीं पाया।।
ना मेरा जन्म न गर्भ बसेरा, बालक होय दिखलाया।
मात-पिता मेरे कछु नाहीं, ना मेरे घर दासी।
जुलहै का सुत आन कहाया, जगत करे मेरी हांसी।।
1 note
·
View note
Text
बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह
काठमाडौँ ४ असार । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले बजेटले ठूला राजनीतिक दलका नेताको गृह जिल्लामा मात्र विनियोजन गरिएको आरोप लगाउदै बजेट पारित हुने दिनको बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउदै उनले संसदमा आएर बजेटमा गरिएको…
View On WordPress
0 notes
Text
#परमात्माको_सच्चा_इतिहास
मुनिन्द्र ऋषिको रूपमा आएर रावणकी पत्नी मन्दोदरी, विभीषण, हनुमान, नल, नील, चन्द्र-विजय र उनको सम्पूर्ण परिवारलाई शरणमा लिएपछि मात्र ती पुण्य आत्माहरूको कल्याण भयो।
Kabir is God
0 notes
Text
कैसे_बना_जगन्नाथजी_का_मंदिर🙏🌿☘️ #jagannRealJagannath_GodKabirath #jagannathpuri #jagannathtemple #jagannathswami एक पटक जब कबीर परमेश्वरजी सँग ज्ञान गोष्ठी गर्दै थिए तब गोरखनाथ जी कबीरजी का सामु ५-६ फिट को त्रिशूल भुईंमा गाडेर त्यस माथि बसे अनि भने यदि वार्ता गर्नुछ भने मेरो बराबर मा आएर बस । कबीरजीले एउटा धागोको रील आकाशतीर फैलियाएर १५० God Kabir Prakat Diwas 22June
1 note
·
View note
Text
#बाइबल_अनुसार_कस्ताछन्_परमात्मा
यीशु परमेश्वरद्वारा पठाइएका दूत थिए ।
यीशुलाई पूर्ण परमेश्वरको संदेश पुगाउन भनेर धरतीमा पठाइएको थियो । उनी ईश्वरका पुत्र वा दूत थिए !
मैथ्यू 17:5– जब उनी बोलिरहेका थिए त्यति बेला एउटा प्रकाशमान बादल आएर उनलाई छोप्यो र त्यही स्थिर भइरहयो । बादल भित्रबाट आवाज आयो , " यो मेरो प्रिय पुत्र हो , जोसित म अत्यन्त प्रसन्न छु । उसको कुरा सुन !"
0 notes
Text
#असली_रक्षक_कबीर_भगवान
पवित्र वेदहरूमा कबीर साहेबजीलाई अविनाशी ईश्वरको रूपमा वर्णन गरिएको छ। त्यसैले उहाँले हामी सबै प्राणीहरुको रक्षा गर्नुहुन्छ।
सर्व शक्तिमान, अविनाशी परमेश्वर कबीर साहेबजीको शरणमा आएर सतभक्ति गर्नाले साधकको हर संकटमा रक्षा हुन्छ।
0 notes
Text
#ककसले_भेट्नुभयो_भगवान हठ योग गर्दै इनार मा उल्टो लटकेको शेख फरीद लाई कबीर परमात्मा जिंदा महात्मा को रूप मा आएर भेट्नु भयो र वहाँलाई वास्तविक ज्ञान सँग परिचित गराउनु भयो
0 notes
Text
ज्ञान गंगा पढ्ने पुण्यात्माहरू सिधै सतलोक आश्रममा आएर रोकिने छन्। Saturd...
youtube
https://youtu.be/3mc5GCcJI9k?si=cY_FtVid6MEFts06
0 notes
Text
११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो । त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक…
View On WordPress
0 notes