Tumgik
#परधनमनतरल
nepal123 · 7 years
Photo
Tumblr media
प्रधानमन्त्रीले फेरि मनाए मधेसी मोर्चा १४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई पुन सहमतिमा ल्याएका छन् । यस अघि तराई मधेसका ११ जिल्लामा मात्र स्थानीय तहको थप्ने सहमति भए पनि आज सरकार र मधेसी मोर्चाबीचको बैठकले तराईमधेसको १९ जिल्लामा स्थानीय तह थप्ने सहमति गरेको हो । ‘११ बाट बढाएर १९ जिल्लामा स्थानीय तह थप्ने सहमति भएको छ’ राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले नेपाली हेडलाइन्ससँग भने, ‘यी जिल्लामा कति कति स्थानीय तह थप्ने निर्णय भने अब राजनीतिक दलबीच सहमति जुटाएर गरिन्छ ।’ मन्त्रिपरिषद्ले योभन्दा अघि ११ जिल्लामा मात्र स्थानीय तहको संख्या थप्ने परिपत्र गरेको थियो । तर, मधेसी मोर्चामा आवद्ध दलहरु असन्तुष्ट हुँदै निर्वाचनमा भाग नै नलिने अडान राखेपछि प्रधानमन्त्री प्रचण्ड थप जिल्लामा पनि स्थानीय तहको संख्या बढाउन तयार भएका हुन् । संविधान संसोधन गरी स्थानीय तहको संख्या थप्नेसहितका विषयमा सरकारले प्रतिवद्धता जनाएपछि मधेसी मोर्चा चुनावमा आउँन सहमत भएको हो । मोर्चा आउने भएपछि सरकारले ३१ वैशाखसहित ३१ जेठका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । यस अन्तर्गत पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३,४ र ६ मा हुनेछ । ३१ जेठमा १,२, ५ र ७ प्रदेशमा निर्वाचन गर्ने कार्यतालिका छ । अब दोस्रो चरणमा तराई मधेसका १९ वटै जिल्लामा स्थानीय तह थपेर मात्र निर्वाचन हुन लागेको हो । The post प्रधानमन्त्रीले फेरि मनाए मधेसी मोर्चा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to USA NEWS: दबई भरमणबट फरकएपछ परधनमनतरल भन मघ भतर नरवचनक मत घषण हनछ http://ift.tt/2jtwJzJ
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
मोर्चालाई मनाउन प्रधानमन्त्रीले कांग्रेस एमालेसँग छलफल गर्दै २० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाले उठाएका मागमा सहमति खोज्न आज सत्तारुढ र प्रतिपक्षी दलहरुसँग छलफल गर्दैछन् । प्रचण्डले आज कांग्रेस, एमाले र राप्रपासँग अनौपचारिक छलफल गर्न लागेका हुन् । तर छलफलका लागि समय भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मधेसी मोर्चालाई चुनावमा सहभागी गराउनका लागि प्रधानमन्त्रीले छलफललाई तिब्रता दिन लागेका हुन् । यसअघि मधेशी मोर्चासँग शुक्रबार भएको छलफलमा काँग्रेस सभपाति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा सहभागी नभएपछि उनीहरुसँग पनि मोर्चाका माग सम्बोधनबारे प्रधानमन्त्रीले छलफल लागेका हुन् । सिमांकनको विषय टुंगो लगाउन शक्तिशाली आयोग गठन गर्ने र बाँकी विषयका लागि अर्काे संसोधन प्रस्ताव ल्याउने गरी सहमति खोज्न प्रधानमन्त्रीले छलफल गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मधेशी मोर्चाले यस विषयमा पहिला प्रतिपक्षी एमालेसँग छलफल गर्न आग्रह गरेपछि प्रधानमन्त्रीले सत्ता पक्ष सहित प्रतिपक्षी दलका शीर्ष नेतासँग छलफलको तयारी गरेका हुन् । The post मोर्चालाई मनाउन प्रधानमन्त्रीले कांग्रेस एमालेसँग छलफल गर्दै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
प्रधानमन्त्रीले निर्वाचन आयोगसँग छलफल गर्दै १७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निर्वाचन आयुक्तहरुसंग छलफल गर्ने भएका छन् । बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीबारे प्रधानमन्त्रीले आयुक्तहरुसंग छलफल गर्न लागेका हुन् । छलफल दिउँसो ४ बजे प्रधानमन्त्री निवा बालुवाटारमा हुनेछ । बैशाख ३१ नजिकँदै जाँदा चुनावको तयारी र सरकारले गर्नु पर्ने सहयोग लगायत विषयमा छलफल गर्नका लागि आयुक्तहरुलाई बोलाइएको हो । एक हप्ते दिने चीन भ्रमण सकेर स्वदेश फर्के लगत्तै प्रधानमन्त्री छलफलमा व्यस्त भएका छन् । The post प्रधानमन्त्रीले निर्वाचन आयोगसँग छलफल गर्दै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
आइजीपी प्रकरणः प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ? पञ्चायतविरुद्ध ०४६ को संयुक्त जनआन्दोलनपछि नेपालको न्यायालयले नेपाली राजनीतिलाई संक्रमणतिर धकेल्न के कति योगदान वा व्यवधान गर्‍यो ? यो बहसको विषय हुन सक्छ । तर, केही त्यस्ता अदालती फैसलाहरु
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
प्रधानमन्त्रीले सोमबार चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्ने, के के छन बेइजिङमा कार्यक्रम ? काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर उनी नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो । प्रधानमन्त्रीले आइतबार चीनका उपप्रधानमन्त्री वाङ याङसँग र सोमबार राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको छ । नेपाली दूतावास बेइजिङ स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड हाइनानको हैकाउबाट उडान नम्बर सिजेड ६३६५ बाट स्थानीय समयअनुसार ५ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ विदेश मन्त्रालय र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अधिकारीहरूले स्वागत गरेका थिए । उनलाई चीन सरकारको स्टेट गेस्ट हाउस (दियायुथाई) मा राखिएको छ । ‘वान बेल्ट वान रोड’ मा साझेदारीको प्रतिबद्धता प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूत लीलामणि पौड्यालले साँझ ६ः४० मा रात्रिभोज आयोजना गरेका थिए । रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालको साझेदारीको प्रतिबद्धता गरे । उनले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्नसमेत आग्रह गरे । रात्रिभोजमा चिनियाँ उच्च अधिकारी, पूर्वराजदूत, नेपाली समुदायलगायत सहभागी रहेको नेपाली दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार उपप्रधानमन्त्री वाङ याङसँग अपराह्न सवा ५ बजे भेटवार्ता गर्ने तय भएको छ । उनले आइतबार बिहान ब्रेकफास्टपछि फोनिक्स टेलिभिजनलाई अन्तर्वार्ता दिनेछन् भने त्यसपछि ग्रेटवालको भ्रमण गर्नेछन् । त्यहाँबाट गेस्ट हाउस फर्केपछि प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका तर्फबाट दिवाभोज दिइने कार्यक्रम छ । अपराह्न २ देखि ४ बजेसम्म प्रधानमन्त्री बेइजिङ फरेन स्टडी युनिभर्सिटीको कार्यक्रममा सहभागी हुनेछन् भने नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री सेनो प्यागोडा मन्दिरको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट स्टेट गेस्ट हाउसमै रात्रिभोज आयोजना गरिनेछ । सोमबार प्रधानमन्त्रीले दिवाभोजपछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । त्यसअघि उनी बिहान नमस्ते नेपाल नामक बिजनेस राउन्ड टेबलमा सहभागी हुनेछन् । राष्ट्रपति सीसँग भेटवार्तापछि सिजिटिएन टेलिभिजनलाई अन्तर्वार्ता दिएर प्रचण्ड छेन्दुका लागि प्रस्थान गर्नेछन् । चाइना एयरको उडान नम्बर ४४१० बाट सोमबार राति १० बजे प्रधानमन्त्रीको टोली छेन्दु पुग्नेछ । प्रचण्डले ल्हासाको भ्रमण गर्ने प्रधानमन्त्रीको टोली मंगलबार बिहान ११ बजे उडान नम्बर ९८०३ बाट ल्हासा आउनेछ । ल्हासामा महावाणिज्य दूतावासद्वारा आयोजित दिवाभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले पोताला दरबार, झोखाङ मन्दिर र बारखोर स्ट्रिट भ्रमण गर्नेछन् । त्यहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत हेर्ने नेतासँग भेटवार्ता गर्नेछन् भने तिब्बत सरकारले उनको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । बुधबार प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट चाइना एयरको सिए ४०७ नम्बरको उडानबाट काठमाडौं आउनेछन् । बोआओ सम्मेलनमा प्रधानमन्त्रीले के भने ? बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई थप समृद्ध बनाउन समावेशी विश्वव्यापीकरणमा जोड दिएका छन् । उनले नेपालमा लगानीका लागि एसियाली लगानीकर्तालाई आह्वानसमेत गरे । ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापार : एसियाली दृष्टिकोण’ विषयमा धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले भूमण्डलीकरणको एसियाली ढाँचामा समावेशीकरण हुनुपर्नेमा जोड दिए । उनले भूमण्डलीकरणबाट अल्पविकसित मुलुक पनि उत्तिकै लाभान्वित हुनुपर्ने उल्लेख गरे । ‘नेपालले उल्लेख्य राजनीतिक उपलब्धि हासिल गरेको छ र अहिले आर्थिक रूपान्तरणको चरणमा प्रवेश गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘द्रुत आर्थिक समृद्धि र विकास हाम्रो यो वेलाको प्राथमिकता हो ।’ उनले नेपालमा लगानीका प्रशस्त क्षेत्र र नयाँ अवसर रहेको भन्दै लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्योगीलाई आह्वान गरे । आजको नयाँ पत्रिकामा खबर छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
निर्वाचनको वातावरण सिर्जना गर्न पत्रकारलाई आग्रह गरे प्रधानमन्त्रीले काठमाडौँ, १० फागुन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभएको छ । दिवङ्गत एवम् सङ्घर्षशील पत्रकारको स्मृति र सम्मानमा सञ्चारग्राम सिनामङ्गलमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको ‘पत्रकार स्तम्भ’ आज अनावरण गर्दै प्रधानमन्त्रीले विगतमा जनआन्दोलन सफल पार्न सञ्चारमाध्यमले भूमिका निर्वाह गरे जस्तै अहिले पनि योगदान दिन जोड दिनुभयो । निर्वाचनको सफलताले अराजकताको अन्त्य गर्दै मुलुकलाई संविधानमा उल्लेख भएअनुरुप समाजवाद र समृद्धिको यात्रातर्फ लैजाने बताउँदै उहाँले निर्वाचनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि जनताले अनुभूत गर्न थाल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“अहिलेको संविधानले सिंहदरबारको धेरै अधिकार गाउँमा पु¥याएको छ । निर्वाचनपछि लालपुर्जा, पासपोर्ट, नागरिकता, न्यायपालिकालगायतका सुविधा स्थानीय निकायबाटै जनताले पाउँदा बल्ल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको के हो भन्ने महसुस गर्नेछन् ।” सञ्चारमाध्यमको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यसका लागि सरकारले गर्नुपर्ने मुख्य कामको विवरण दिन सञ्चारका अगुवालाई आग्रह गर्नुभयो । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अहिले पत्रकारिता जगत्मा उत्ताउलोपन बढी र विश्वसनीयता कम देखिएको टिप्पणी गर्दै पत्रकारको विश्वसनीयता सकियो भने के होला भन्ने सोच्न आवश्यक छ भन्नुभयो । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने विश्वासका साथ आफूहरुले ‘पत्रकार स्तम्भ’ निर्माण गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले ‘पत्रकार स्तम्भ’ले सञ्चारग्रामकै शोभा बढेको बताउनुभयो । स्तम्भमा कलम र कागजका पाना प्रतीकका रुपमा राखिएको छ जसको निर्माण मूर्तिकार राजु पिठाकोटेले गर्नुभएको हो । स्तम्भमा ‘मेरो पत्रकारिता देश र जनताका लागि’ भन्ने उल्लेख छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
प्रधानमन्त्रीले नेताहरुलाई भने– मिलेर जानु छ, धेरै पर नजानु होला फागुन ७, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक संक्रमण कालको अन्त्य भएपनि संविधान कार्यान्वयनको चुनौति कायमै भएका कारण मिलेर अगाडि बढ्न र धेरै पर नजान राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार राप्रपाको एकता महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म विद्रोही । हिजोका दिनमा युद्ध गरेको कमाण्डर, तपाइहरुको जस्तो विचार र दर्शन छैन । तपाई र हाम्रो विचारमा ठूलै अन्तर छ । तर, किन किन राप्रपासँग मिलौ मिलौ लाग्छ । नजिक हुन मन लाग्छ ।’ हात मिलाउन मन लाग्छ । देशको सङ्कट समाधान भइसकेको छैन, धेरै टाढा नजानु होला ।’ प्रधानमन्त्रीले संविधान निर्माणमा राप्रपाले देखाएको परिपक्व भूमिकाका लागि धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले भन्नु��यो, ‘सिद्धान्त र एजेण्डामा बिमति हुँदाहुँदै पनि राप्रपाले संविधान जारी गर्दा परिपक्वता देखाएको छ । राप्रपाका नेताहरु हल्का फुल्का आवेगमा आएर काम गर्दैनन्, परिपक्व काम गर्दछन् भन्ने कुरा पुष्टि गर्नुभएको छ । संविधान कार्यान्वयनमा पनि त्यो परिपक्वता प्रस्तुत हुनेमा म विश्वस्त छु ।’ निर्वाचनको बिकल्प नभएकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन निर्वाचनको सहज वातावरण बनाउनका लागि अनिवार्य छ । मधेश, पहाड र हिमाललाई अलग्गाएर, तन्काएर, एकले अर्कोलाई निषेध गरेर होइन, एकीकृत गरेर मात्र राष्ट्रिय एकता हासिल हुन सक्दछ । त्यसका लागि संविधान संशोधन आवश्यक छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन । मैले क्याविनेटबाट निर्वाचन गर्ने निर्णय गरिसकेको छु । छिट्टै तिथि, मिति घोषणा हुनेछ ।’
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चुनाव घोषणा नगरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः खड्का १८ माघ, काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्न सुरु गरेको छ । काँग्रेस नेता डाक्टर नारायण खड्काले प्रधानमन्त्रीले माघ भित्र चुनावको घोषणा गर्न नसके पदमा बसिरहनुको औचित्य समाप्त हुने बताए । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै खड्काले माघ भित्रै मिति घोषणा नभए चुनाव हुन नसक्ने बताए । चुनाव गराउन नसक्ने हो भने प्रधानमन्त्री ज्यू कुर्सीमा बसिरहनुको औचित्य छैन, उनले भने, यो सरकार जुन उद्देश्य लिएर आएको हो त्यहि पूरा नगर्ने हो भने के अर्थ हुन्छ ? उनले अघि भने, उहाँले निर्वाचन नगर्ने हो भने सहज रुपमा राजीनामा दिएर मुलुकलाई निकास दिनुपर्छ, अर्को चूनौति लिन तयार हुने नेता प्रधानमन्त्री बन्नुहुन्छ ।’ The post चुनाव घोषणा नगरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः खड्का appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
रेल्वे मार्ग परिवर्तनका लागि प्रधानमन्त्रीले भारतसँग पहल गर्ने काठमाडौँ, ७ माघ- प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग (रुट) परिवर्तनका लागि पहल गर्ने बताउनुभएको छ । धनुषा क्षेत्र नं ७ बाट निर्वाचित सांसद शत्रुधन महतोको नेतृत्वमा सांसद ज्ञानबहादुर भुजेलसहितको सर्वदलीय प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवासमा ज्ञापनपत्र बुझ्नुहँुदै उहाँले सो कुरा बताउनुभएको हो । “ज्ञापनपत्र हेरें, यसभन्दाअघि पनि यस्तै ज्ञापनपत्र आएको छ, रेल्वे लाइन बिस्तार गर्दा साविकका बस्ती विस्थापित हुन्छ र मुआब्जा पनि बढी लाग्छ भने त्यसको वैकल्पिक उपाय खोज्नु पर्छ, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिलाई बोलाएर कुरा गर्छु, आवश्यक परे भारतीय रेल्वे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल हुनेछ”– उहाँले भन्नुभयो । जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग विभागले पुस ७ गते प्रकाशित गरेको सूचनाअनुसारको स्थानबाट लैजाँदा मिथिला नगरपालिकाको वडा नं ८ र ९ को बेङ्गाटावरका ४०० घर परिवारलाई उठाउनुपर्ने सांसद महतोले बताउनुभयो । “यो मार्गबाट रेल अगाडि बढाउँदा बस्ती बिस्थापित हुने र राज्यलाई मुआब्जाको भार बढी पर्छ, यसबाट २०० मिटर पश्चिम गए खाली जग्गा छ, यहाँको मुआब्जा पनि कम पर्छ, स्थानीयवासीलाई विस्थापित बनाउनु पर्दैन”– उहाँले भन्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि यसअघि ज्ञापनपत्र बुझाएपछि मन्त्री रमेश लेखकले यो मार्गको निरीक्षण गर्नुभएको सांसद महतोले जानकारी दिनुभयो ।
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to Moral Time: दबई भरमणबट फरकएपछ परधनमनतरल भन मघ भतर नरवचनक मत घषण हनछ http://ift.tt/2jlbc9F
0 notes
nepal123 · 8 years
Text
प्रधानमन्त्रीले बोलाएर पनि भेटेनन् आयोगका पदाधिकारीलाई
प्रधानमन्त्रीले बोलाएर पनि भेटेनन् आयोगका पदाधिकारीलाई
१२ पुस, काठमाडौं । प्रधानमन्त्रीले समय नदिएको गुनासो गरिरहेको स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएर पनि भेटेनन् । शोक प्रस्ताव पारित गर्दै संसद स्थगित आयोगले स्थानीय तहको संख्या ७ सय ३० को हाराहारी हुने गरी प्रतिवेदन तयार गरिसकेपनि प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन बुझ्न नमानेको समाचार आइरहेका बेला आज तय भएको समय पनि आयोगका पदाधिकारीले…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: आचार्य
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: आचार्य
२७ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले मुलुकलाई निकास दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् । प्रस्ताव फिर्ता लिए सहमति हुन्छ – अध्यक्ष ओली प्रेस चौतारी नेपालले आज पाँचथरको फिदिममा गरेको पत्रकार भेटघाटमा बोल्दै आचार्यले भने, ‘राजीनामा नदिए मुलुकमा थप जटिलता पैदा हुन्छ ।’ सरकारले संविधान संशोधन विद्येयक फिर्ता लिएर निर्वाचनका लागि…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पेरिसडाँडा पुगेर प्रधानमन्त्रीले भने- अलविदा कमरेड ! काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार साँझ उपचारको क्रममा निधन भएका पाण्डेको पार्थिव शरीरमा प्रधानमन्त्री तथा पार्टी प्रचण्डले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगी प्रचण्डले पाण्डेलाई श्रद्धाञ्जली दिएका हुन् । श्रद्धाञ्जली कार्यक्रममा सभामूख ओनसरी घर्ति, मन्त्रीहरु जनार्दन शर्मा ‘प्रभाकर’, हितराज पाण्डे, अजयशंकर नायक, दलजित श्रीपाइली, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, पूर्वसभामूख सुवास नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षामान पुन, गिरिराजमणि पोखरेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नी सापकोटा, शक्ति बस्नेत, मातृका यादव, महेन्द्र राय यादव, चक्रपाणि खनाल, हिसिला यमी लगायतको उपस्थिति थियो । २०११ साल पौष ५ गते आमा योगमाया र बुवा प्रजापतिको कोखबाट जन्मनुभएका पाण्डे लामो समयदेखि क्यान्सरको समस्याबाट ग्रसित थिए । सांसद पाण्डेको निधनप्रति माओवादी केन्द्रले शोक वक्तव्य जारी गर्दै आफन्तजन, शुभेच्छुक र सहयोद्धाहरुमा धैर्यधारणाका लागि अपील गरेको छ ।
0 notes
nepal123 · 8 years
Text
भूकम्प पीडितको नमूना बस्ती शिलान्यास प्रधानमन्त्रीले गर्ने
भूकम्प पीडितको नमूना बस्ती शिलान्यास प्रधानमन्त्रीले गर्ने
लाप्राकमा भूकम्प पीडितहरुको अस्थायी बस्ती १९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले भूकम्प पीडितहरुलाई बनाइदिन लागेको नमूना बस्तीको शिलान्यास प्रधानमन्त्री प्रचण्डले शुक्रबार गोर्खाको लाप्राकमा गर्ने भएका छन् । एनआरएन अध्यक्ष शेष घलेले बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर नमूना बस्ती शिलान्यास गरिदिन आग्रह गरेका थिए । अध्यक्ष घलेको सो आग्रहलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको…
View On WordPress
0 notes