#छलफल
Explore tagged Tumblr posts
Text
उद्योग वाणिज्य संघ–चितवनले आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृतलाई संघमा स्वागत एवम् छलफल कार्यक्रम गरि सम्पन्न
2 notes
·
View notes
Text
नेपालगञ्ज कनक्लेभ मंसिर २० र २१ गते आयोजना हुने, यस्तो छ तयारी हेर्नुस्
१२ कात्तिक, बाँके : बाँकेको नेपालगञ्जमा हुने कनक्लेभको दोस्रो संस्करण मंसिर २० र २१ गते हुने भएको छ । धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दै आएको छ । उक्त कनक्लेभका निर्देशक जनक नेपालका अनुसार यसपटक आठ वटा सत्रमा छलफल गरिने तय भएको बताएका छन् । उनका अनुसार कनक्लेभमा स्थानीय…
#bageshwori khabar tv#bageshworikhabar#bageshworikhabar.com#bageshworinews#banke update#kohalpur daily update#Nepalganj ConClave#Nepalganj Convlave#आयोजना के के हुदैछन हेर्नुस्#नेपालगञ्ज कनक्लेभ#नेपालगञ्ज कनक्लेभ मंसिर २० र २१ गते आयोजना हुने तयारी यस्तो छ हेर्नुस्#नेपालगञ्ज कनक्लेभ मंसिर २० र २१ गते हुने
0 notes
Text
मेरो भविष्यको शहरले हरित उर्जालाई अर्को स्तरमा पुर्याउनेछ
तपाईंले भविष्यको शहरलाई कसरी डिजाइन गर्नुह��न्छ?शुभप्रभात, साथीहरू र ती साथीहरू जसलाई मैले अझै भेटेको छैन,म यो भन्न चाहन्छु कि मैले २०२४ मा यस विषयमा धेरै सोचें। जब हामी हाम्रो ऊर्जा प्रविधिलाई कसरी थप दिगो बनाउने भन्ने बारेमा छलफल गर्छौं, मेरो विचारहरू स्वाभाविक रूपमा यसतर्फ जान्छ: हामी कसरी हाम्रा विनाशकारी मौसमको ढाँचालाई विनाशको सट्टा ऊर्जा उत्पादन गर्न प्रयोग गर्न सक्छौं?यसका बारेमा…
#AI#creative#dailyreflections#futurism#healthyliving#love#Lovecraftian#mantra#meditation#mentalhealth#mindfulness#peace#recovery#relativity#sciencefiction#theoryofeverything#blackholes#communications#dailyprompt#dailyprompt-2038#dark#datascience#hawking#humanity#languages#machinelearning#mathematics#nature#philosophy#science
0 notes
Text
सहकारी छानबिन संसदीय समितिले गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै
काठमाडौँ,१४ साउन । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक अहिले जारी रहेको छ । जेठ १५ गते प्रतिनिधि सभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएका हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । तीन महिनाको कार्यादेश पाएको समितिको दुई…
0 notes
Text
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको हो । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ । स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवे��न…
View On WordPress
0 notes
Text
नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ । यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी…
View On WordPress
0 notes
Text
कोशी प्रदेश,बाग्मती प्रदेश,लुम्बिनी प्रदेश ,मधेस प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशबाट अध्यक्ष र सचिव को उपस्थिति रहने छ :
नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला तयारीका लागि पोखरामा बृहत छलफल हुने
0 notes
Text
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्दै
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको बोलाएको हो। सभा चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी ग��्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ। आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबको विषयमा छलफल हुनेछ। आर्थिक…
View On WordPress
0 notes
Text
गुरुकुलीय शिक्षाको संरक्षणमा जोड दिईनुपर्ने
नेपालको मौलिक शिक्षा गुरुकुलीय शिक्षामा समाबेशीता अपरिहार्य भएको बताईएको छ। नेपाल कै प��िलो समावेशी छात्राहरु अध्यापन गराईने ग्रागी कन्या गुरुकुलको सहयोगार्थ आयोजना हुन लागेको सप्ताह महायज्ञको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताउनु भएको हो । कार्यक्रममा विश्वहिन्दु महासंघका केन्द्रीय अध्यक्ष डाक्टर रामाचन्द्र अधिकारीले गुरुकुल शिक्षा पद्धति नेपालको आफ्नो भएको भन्नुहुदै यसको संरक्षण …
View On WordPress
0 notes
Text
मुलुकबाट राजसंस्था जानुका कारणहरु र राजा ज्ञानेन्द्र शाह परिवारलाई मेरो सुझाव र सल्लाहहरु यस प्रकार छन ।
अब राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान सुरक्षाकर्मीहरुसंग छलफल र समन्वय गरी अघि बढनुपर्छ ।
सर्वप्रथम राजा ज्ञानेन्द्र शाह परिवारले आफु वरिपरिका केही स्वार्थी र अवसरवादी तत्वहरुलाई तत्काल निष्कासन गर्नुपर्ने देखिन्छ । राजा ज्ञानेन्द्र शाह परिवारले आफनो को हुन र पराया को हुन भन्ने कुरा सहि पहिचान गर्न सक्नुपर्छ ।
राजा ज्ञानेन्द्र शाह परिवारले वीर बलबहादुर कुँवर, जंग बहादुर राणा, पृथ्वीनारायण शाह, महेन्द्र शाह र चाणक्य नीति लिएर अघि बढनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान विभिन्न सुरक्षा निकायहरूसंग छलफल र समन्वय गरी अघि बढनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारको सुरक्षाकर्मीहरु अर्थात सुरक्षा निकायहरूसंग समन्वय नभए जस्तो कताकतै मलाई महसुस भएको छ ।
श्री ५ ज्ञानेन्द्र शाहको पालामा राजसंस्था जानुका कारणहरु र श्री ५ ज्ञानेन्द्र शाह परिवारलाई मेरो सुझावहरु र सल्लाहहरु यस प्रकार छन :-
(१) राजसंस्था एमाले, काँग्रेस र माओवादी लगायतका राजनीतिक दलका नेताहरूको कारणले गएको होईन ।
(२) जसले जेसुकै भनेपनि वास्तविकमा राजसंस्था केही स्वार्थी र अवसरवादी दरबारीया शक्तिहरू र दरबारीय तत्वहरु तथा राजा ज्ञानेन्द्र शाह परिवारको केही मध्यस्थकर्ता �� केही सल्लाहकारहरुको कारणले गएको हो ।
(३) राजा श्री ५ ज्ञानेन्द्र शाह परिवारले को आफना हुन र को पराया हुन भन्ने नागरिकहरुको सही पहिचान गर्न सक्नु पर्दथ्यो । तर राजा ज्ञानेन्द्र शाह परिवारले आफनो को हुन र पराया को हुन पहिचान गर्न सक्नुभएन । यस्तो संवेदनशील विषयमा राजा ज्ञानेन्द्र शाह परिवार चनाखो हुनु पर्दथ्यो । राजा ज्ञानेन्द्र शाह परिवार चनाखो हुनु भएन ।
(४) सही र साँचो कुराहरु राख्न, बोल्न सक्ने हिम्मत र खुबी भएका श्री ५ ज्ञानेन्द्र शाह परिवारका शुभ चिन्तकहरुलाई अवसरवादी केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुले आफनो अस्तित्व सकिन्छ भनी राजा ज्ञानेन्द्र शाह परिवार सँग भेटघाट नै नगराउने परम्परा यथावत नै छ ।
(५) राजा ज्ञानेन्द्र शाह, युवराज्ञी हिमानी शाह र युवराजधिराज पारस शाहका वरिपरिका केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरु ठिक छैनन । वरिपरिका केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरुको कारणले नै राजसंस्था गएको हो । मुलुकमा राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरुले अप्रत्यक्ष रूपमा दोग्ला भुमिका खेलिरहेका छन । राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुको मिलोमतो र साँठगाँठ दलका नेताहरूसँग छ । राजा ज्ञानेन्द्र शाह परिवारको पक्षमा रहेका राजावादी संगठनहरुलाई पनि राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुले एक आपसमा मिल्न दिंदैनन र फुटाउने गर्छन ।
(६) अवसरवादी केही सचिवहरू र केही सल्लाहकारहरुलाई को को आम नागरिकहरु आफना हुन र आफना पक्षमा बोल्छन तथा खाँटि राजा ज्ञानेन्द्र शाह परिवार पक्षधर को को हुन भन्ने पनि थाहा छ । त्यसकारण केही सचिवहरु र केही सल्लाहकारहरुले आफ्ना पक्षकाहरुलाई मात्र राजा ज्ञानेन्द्र शाह परिवार संग भेट गराउने परम्परा यथावत नै छ ।
(७) राजा ज्ञानेन्द्र शाह परिवारका वास्तविक शुभचिन्तक र वफादारहरुले केही सचिवहरु र केही सल्लाहकारहरुको पोल खोलि देलान र राजदरबारबाट खाइ पिइ आएको सुविधा आदि आदि जस्ता कार्यहरुमा राजा ज्ञानेन्द्र शाह परिवारका शुभचिन्तकहरुले मध्यस्थकर्ताहरू बारे पोल खोली देलान भन्ने मनसायले राजा ज्ञानेन्द्र शाह परिवारलाई वास्तविक कुरा जाहेर नहोस भनेर केही मध्यस्थकर्ताहरु बाट भेट नगराउने प्रथा ।
(८) केही मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरुको सोच आम नागरिकहरुले आफ्नो संधैभरि चाकरी, गुलामी गरिरहोस भन्ने उद्देश्यले चाकरी र गुलामी नगर्नेहरुलाई भेटघाट नगराउने पन्छाउने रुढीवादी परम्परा यथावत रहेको पाइन्छ ।
(९) राजा ज्ञानेन्द्र शाह परिवारका कतिपय मध्यस्थकर्ताहरु र सल्लाहकारहरु राम्रा पनि होलान तर फटाही र धुर्त्यांइ गर्ने अवसरवादीहरुको सामुन्ने सज्जनहरुको केही जोड चल्दैन । ओझेल र अल्पमतमा पर्छन ।
(१०) विगतमा राजा ज्ञानेन्द्र शाहले एक्कासी कार्यभार आफनो हातमा लिनु र नेपाल राष्ट्र नै चाहिँदैन भन्ने तुलसी गिरी लगायतका सल्लाहकारलाई सल्लाहकारको रुपमा ल्याउनु राजाको ठुलो गल्ती र ठुलो भुल थियो । अब राजा ज्ञानेन्द्र शाह परिवारले विगतमा भए जस्तो गल्ती वर्तमान समयमा दोहोरिनु दिनु हुँदैन ।
(११) राजा ज्ञानेन्द्र शाह परिवारका केही मध्यस्थकर्ताहरु र सल्लाहकारहरु दोहोरो चरित्र भएका ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी तत्वहरुले राजा ज्ञानेन्द्र शाह परिवारलाई फसाए ।
(१२) राजा ज्ञानेन्द्र शाह स्वयं राजा थिए । राजा ज्ञानेन्द्र शाहलाई मन्त्रीपरिषद अध्यक्ष बन्नु परेको किन ? यसकारणले पनि राजसंस्था गएको हो । राजाको सामु अध्यक्ष पद केही पनि होइन । राजा स्वयंलाई अवसरवादी तत्वहरुले अध्यक्ष बन्न लगाई राजालाई फसाए ।
(१३) राजा ज्ञानेन्द्र शाह परिवार अवसरवादी केही मध्यस्थकर्ताहरु र सल्लाहकारहरु भरमा मात्र विश्वस्त हुनु हुँदैनथ्यो । बेला मौकामा राष्ट्रको गतिविधि तथा आम नागरिकहरुको चाहना र माँगलाई बुझ्नु पर्दथ्यो र समयमा सम्बोधन गर्नु पर्दथ्यो । राजा ज्ञानेन्द्र शाहको केही आफ्नो जिद्दी र हठ का कारण पनि राजा ज्ञानेन्द्र शाहले सत्ताबाट हात धुनु परेको हो ।
(१४) एक्काइसौँ शताब्दीमा राजा ज्ञानेन्द्र शाहले एक्कासि आफनो बुवा महेन्द्र शाह जस्तो शासन गर्न खोज्दा पनि विफल हुनु भएको हो । कहाँ विक्रम सम्वत २०१७ सालको समय कहाँ विक्रम सम्वत २०६०/६१ को समय धेरै फरक थियोे । राजा ज्ञानेन्द्र शाहले बुझ्न सक्नु भएन । राजसंस्था समाप्त पार्नु पनि ग्राइन्ड डिजाइन अन्तर्गत नै हो ।
(१५) एक्कासि राजा ज्ञानेन्द्र शाहले सत्ता आफनो हातमा लिएपछि राजा ज्ञानेन्द्र शाहको देश दौडहा, भ्रमण, मन्दिर दर्शन र उद्घाटनमा गर्नमा मात्र व्यस्त रहेकोे थियो । आम नागरिकहरुको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने सोच जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था र रोजगारी नदिउन्जेल सम्म युवाहरूलाई बेरोजगार भत्ता आदि आदि जस्ता कुराहरुमा राजा ज्ञानेन्द्र शाह परिवारले ध्यान दिनु पर्दथ्यो तर राजा ज्ञानेन्द्र शाह परिवारले जनताहरुको चाहनालाई पुरा गर्न सक्नु भएन । राजा ज्ञानेन्द्र शाह परिवारले राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरुको तुलनामा कसरी अगाडी लिएर जाने सोच बनाई दिएको भए आज राजसंस्था जाने अवस्था आउँदैन थियो ।
(१६) राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाहले अवसरवादी र ताक परे तिवारी नत्र गोतामे जस्ता सोच भएका केही मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरुलाई लिएर राजा ज्ञानेन्द्र शाह परिवार अघाडी बढनु भयो भने राजसंस्था आयो भने पनि धेरै दिन सम्म टिक्न सक्दैन । राजसंस्थालाई टिकाउन राजा ज्ञानेन्द्र शाह परिवारले केही स्वार्थी र अवसरवादी मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरु पुरै हटाउनुपर्ने हुन्छ ।
(१७) राजा ज्ञानेन्द्र शाह परिवारले वीर बलबहादुर कुँवर, जंग बहादुर राणा, पृथ्वीनारायण शाह, महेन्द्र शाह र चाणक्य नीति लिएर अघि बढनुपर्छ ।
(१८) राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान विभिन्न सुरक्षा निकायहरू संग छलफल र समन्वय गरी अघि बढनुपर्छ ।
(१९) राजा ज्ञानेन्द्र शाह परिवारले मुलुकमा जनताहरुको हित बारे के के गर्ने दुरदर्शि कार्ययोजना र भिजन बारे स्पष्ट योजना र खाकाको पुर्व तैयारी रहन आवश्यक छ । पुर्व कार्ययोजना र खाकाको तैयार नगरी लिएको सत्ता धेरै दिन टिक्न सक्दैन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा, जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७
0 notes
Text
सिमलताल दुर्घटना: बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किदै
चितवन,१३ साउन । चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ । बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किदै छ । नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडी बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ । यस अघि भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी…
0 notes
Text
तत्काल वामपन्थी एकता हुदैन- प्रधानमन्त्री प्रचण्ड
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन् । आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । उनले भने- 'अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ…
View On WordPress
0 notes
Text
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा
काठमाडौं, प��स १२ । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएको समयमा छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरू आज हेटौँडामा भेला हुने भएका हुन् । सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा…
View On WordPress
0 notes
Text
सभामुख मण्डल र नेपालका लागि ब्रिटिस राजदूत रोब फेन बीच शिष्टाचार भेटवार्ता
जनकपुरधाम : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र नेपालका लागि ब्रिटिस राजदूत रोब फेन बीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा मधेश प्रदेशको विकास, गरिबी निवारण, संघीयताको अभ्या�� लगायतका विषयमा दोहोरो छलफल भएको थियो । मधेश प्रदेश विकासको सुचाङ्कमा सबैभन्दा पछि परेको हुनाले विकास थप टेवा पु¥याउन दोहोरो छलफल भएको हो । यूके सरकारबाट मधेश प्रदेशमा ल्याउन सकिने र गर्न सकिने कार्यक्रम तथा…
View On WordPress
0 notes
Text
नेको इन्स्योरेन्सको माघ १२ गते साधारण सभा, के के छन् एजेण्डा ?
नेको इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ १२ गते बोलाएको छ । नेको इन्स्योरेन्सले लगानीकर्ताहरुका लागि लाभांश वितरण नगर्ने भएको छ । सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । कम्पनीको एजेण्डामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुने साथै, आर्थिक वर्ष २०८०–८१ का लागि…
View On WordPress
0 notes
Text
गार्गी कन्या गुरुकुल सञ्चालानार्थ हुने महायज्ञका लागि काठमाडौंमा भेला तथा छलफल
भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको गार्गी कन्या गुरुकुल सञ्चालानार्थ यही २०८० फागुन १ देखि ९ गते सम्म काठमाडौंको सुमार्गी भवन पशुपतिनाथमा हुने श्रीमद्भागवतमहापुरण सप्ताह ज्ञानमहायज्ञ-२०८० काे बृहत्तर व्यवस्थापन तथा अन्य विषयमा काठमाडौंमा छलफल शुरु भएको छ । नारीशक्तिको उत्पादन तथा बढोत्तरीका लागि दिगो कोष स्थापनार्थ महायज्ञ आयोजना गर्न लागिएको हो । बत्तीस पुतली, राम मन्दिर काठमाडौँमा बिहान…
View On WordPress
0 notes