Tumgik
#समबर
nepal123 · 7 years
Photo
Tumblr media
सोमबार आएसँगै किन पानी पानी हुन्छन् यहाँका युवतीहरु ? सोमबारको विषयमा मानिसहरुका विभिन्न खाले धारणाहरु छन् । शनिवार र आइतबार विदा हुने मुलुकहरुमा सप्ताहन्तपछि काममा जानुपर्ने मानिसका लागि यो दिक्कलाग्दो तथा बोझिलो दिन लाग्छ । आइतबार छुट्टी हुने
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
प्रधानमन्त्रीले सोमबार चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्ने, के के छन बेइजिङमा कार्यक्रम ? काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर उनी नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो । प्रधानमन्त्रीले आइतबार चीनका उपप्रधानमन्त्री वाङ याङसँग र सोमबार राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको छ । नेपाली दूतावास बेइजिङ स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड हाइनानको हैकाउबाट उडान नम्बर सिजेड ६३६५ बाट स्थानीय समयअनुसार ५ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ विदेश मन्त्रालय र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अधिकारीहरूले स्वागत गरेका थिए । उनलाई चीन सरकारको स्टेट गेस्ट हाउस (दियायुथाई) मा राखिएको छ । ‘वान बेल्ट वान रोड’ मा साझेदारीको प्रतिबद्धता प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूत लीलामणि पौड्यालले साँझ ६ः४० मा रात्रिभोज आयोजना गरेका थिए । रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालको साझेदारीको प्रतिबद्धता गरे । उनले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्नसमेत आग्रह गरे । रात्रिभोजमा चिनियाँ उच्च अधिकारी, पूर्वराजदूत, नेपाली समुदायलगायत सहभागी रहेको नेपाली दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार उपप्रधानमन्त्री वाङ याङसँग अपराह्न सवा ५ बजे भेटवार्ता गर्ने तय भएको छ । उनले आइतबार बिहान ब्रेकफास्टपछि फोनिक्स टेलिभिजनलाई अन्तर्वार्ता दिनेछन् भने त्यसपछि ग्रेटवालको भ्रमण गर्नेछन् । त्यहाँबाट गेस्ट हाउस फर्केपछि प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका तर्फबाट दिवाभोज दिइने कार्यक्रम छ । अपराह्न २ देखि ४ बजेसम्म प्रधानमन्त्री बेइजिङ फरेन स्टडी युनिभर्सिटीको कार्यक्रममा सहभागी हुनेछन् भने नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री सेनो प्यागोडा मन्दिरको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट स्टेट गेस्ट हाउसमै रात्रिभोज आयोजना गरिनेछ । सोमबार प्रधानमन्त्रीले दिवाभोजपछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । त्यसअघि उनी बिहान नमस्ते नेपाल नामक बिजनेस राउन्ड टेबलमा सहभागी हुनेछन् । राष्ट्रपति सीसँग भेटवार्तापछि सिजिटिएन टेलिभिजनलाई अन्तर्वार्ता दिएर प्रचण्ड छेन्दुका लागि प्रस्थान गर्नेछन् । चाइना एयरको उडान नम्बर ४४१० बाट सोमबार राति १० बजे प्रधानमन्त्रीको टोली छेन्दु पुग्नेछ । प्रचण्डले ल्हासाको भ्रमण गर्ने प्रधानमन्त्रीको टोली मंगलबार बिहान ११ बजे उडान नम्बर ९८०३ बाट ल्हासा आउनेछ । ल्हासामा महावाणिज्य दूतावासद्वारा आयोजित दिवाभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले पोताला दरबार, झोखाङ मन्दिर र बारखोर स्ट्रिट भ्रमण गर्नेछन् । त्यहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत हेर्ने नेतासँग भेटवार्ता गर्नेछन् भने तिब्बत सरकारले उनको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । बुधबार प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट चाइना एयरको सिए ४०७ नम्बरको उडानबाट काठमाडौं आउनेछन् । बोआओ सम्मेलनमा प्रधानमन्त्रीले के भने ? बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई थप समृद्ध बनाउन समावेशी विश्वव्यापीकरणमा जोड दिएका छन् । उनले नेपालमा लगानीका लागि एसियाली लगानीकर्तालाई आह्वानसमेत गरे । ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापार : एसियाली दृष्टिकोण’ विषयमा धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले भूमण्डलीकरणको एसियाली ढाँचामा समावेशीकरण हुनुपर्नेमा जोड दिए । उनले भूमण्डलीकरणबाट अल्पविकसित मुलुक पनि उत्तिकै लाभान्वित हुनुपर्ने उल्लेख गरे । ‘नेपालले उल्लेख्य राजनीतिक उपलब्धि हासिल गरेको छ र अहिले आर्थिक रूपान्तरणको चरणमा प्रवेश गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘द्रुत आर्थिक समृद्धि र विकास हाम्रो यो वेलाको प्राथमिकता हो ।’ उनले नेपालमा लगानीका प्रशस्त क्षेत्र र नयाँ अवसर रहेको भन्दै लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्योगीलाई आह्वान गरे । आजको नयाँ पत्रिकामा खबर छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मनाङ झापा गोल्डकपको फाइनलमा, मनाङ र झापा सोमबार उपाधिको लागि भिड्ने माघ–२३ । झापाको डोमालाल रंगशालामा जारी झापा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङदी प्रवेश गरेको छ । साविक विजेता त्रिभुवन आर्मीलाई १–० ले हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो । खेलको ४२ औँ मिनेटमा विमल रानाले गरेको गोलनै निर्णायक गोल बन्यो । ओलावालेको व्याक क्रसलाई विमलले जाली चुमाएका हुन् । सोमबार मनाङले आयोजक झापा ११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अायाेजक झापा ११ ले शुक्रबार हिमालयन शेर्पा क्लबलार्इ ४–० ले हराएर फाइनलमा प्रवेश गरेकाे हाे । प्रतियोगिता विजेताले ७ लाख नगदसहित मेडल, ट्रफि र पाउने छन् भने उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार पाउनेछन् । गत वर्ष ६ लाख नगद पुरस्कार राखेको झापा गोल्डकपले यो वर्ष १ लाख थपेर मोफसलकै सर्वाधिक नगद ७ लाख पुर्याएको छ । The post मनाङ झापा गोल्डकपको फाइनलमा, मनाङ र झापा सोमबार उपाधिको लागि भिड्ने appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Text
सोमबार सूर्यास्तपछि सिरियामा युद्धविराम सुरु हुने
सोमबार सूर्यास्तपछि सिरियामा युद्धविराम सुरु हुने
२७ भदौ, एजेन्सी । रुस र अमेरिकाले संयुक्त रुपमा पहल गरेको युद्धविराम सम्झौता सिरियामा सोमबार सूर्यास्तपछि लागू हुने भएको छ । सोमबार सूर्यास्तपछि हतियार नउठाउनमा सबै विद्रोही समूह सहमत भएका छन् भने सिरियाली सरकारी पक्षले पनि सकारात्मक मौखिक सम्मति दिएको छ । गतः शुक्रबार रसिया र अमेरिकाको अगुवाइमा युद्धविराम लागू गर्ने भन्ने सम्झौतामा हस्ताक्षर भएपछि पनि अलेप्पो र इद्लिब सहरहरुमा शनिबार भएको हवाई…
View On WordPress
0 notes