Tumgik
#एमलसग
nepal123 · 7 years
Photo
Tumblr media
मोर्चालाई मनाउन प्रधानमन्त्रीले कांग्रेस एमालेसँग छलफल गर्दै २० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाले उठाएका मागमा सहमति खोज्न आज सत्तारुढ र प्रतिपक्षी दलहरुसँग छलफल गर्दैछन् । प्रचण्डले आज कांग्रेस, एमाले र राप्रपासँग अनौपचारिक छलफल गर्न लागेका हुन् । तर छलफलका लागि समय भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मधेसी मोर्चालाई चुनावमा सहभागी गराउनका लागि प्रधानमन्त्रीले छलफललाई तिब्रता दिन लागेका हुन् । यसअघि मधेशी मोर्चासँग शुक्रबार भएको छलफलमा काँग्रेस सभपाति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा सहभागी नभएपछि उनीहरुसँग पनि मोर्चाका माग सम्बोधनबारे प्रधानमन्त्रीले छलफल लागेका हुन् । सिमांकनको विषय टुंगो लगाउन शक्तिशाली आयोग गठन गर्ने र बाँकी विषयका लागि अर्काे संसोधन प्रस्ताव ल्याउने गरी सहमति खोज्न प्रधानमन्त्रीले छलफल गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मधेशी मोर्चाले यस विषयमा पहिला प्रतिपक्षी एमालेसँग छलफल गर्न आग्रह गरेपछि प्रधानमन्त्रीले सत्ता पक्ष सहित प्रतिपक्षी दलका शीर्ष नेतासँग छलफलको तयारी गरेका हुन् । The post मोर्चालाई मनाउन प्रधानमन्त्रीले कांग्रेस एमालेसँग छलफल गर्दै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes