#नभएक
Explore tagged Tumblr posts
Photo
राष्ट्रहितमा नभएको भन्दै टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध १७ वैशाख, एजेन्सी । टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ । टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा प्रयोग भएको कुनै पनि वेबसाइटमाथि प्रतिबन्ध लगाउन सकिने कानुनी प्रावधान भएअनुसार विकिपिडिया टर्कीको हितमा नभएको भन्दै विकिपिडिया अनलाइन विश्वकोषमाथि प्रतिबन्ध लगाइएको हो । टर्कीको यस निर्णय यहाँका मानवअधिकारकर्मी तथा पश्चिमी गठबन्धनका लागि विशेष चासोको विषय हुन सक्ने विकिपिडियामाथिको प्रतिबन्धपछि विज्ञहरु बताउँछन् । यहाँका मानवअधिकारवादी सङ्गठन तथा टर्कीको पश्चिमा गठबन्धन राष्ट्रहरुले सन् २०१६ को जुन १५ मा भएको असफल राज्य विद्रोहपछि टर्की प्रशासनले नागरिकको वैयक्तिक स्वतन्त्रता तथा अन्य आधारभूत मानवअधिकारसम्बन्धी प्रावधानमा धेरै कटौती गरेको जनाएँदै आएका छन् । प्राविधिक मूल्याङ्कन र कानुनी विवेचनापछि विकिपिडियाको अनलाइन सेवाविरुद्ध प्रशासनले पछिल्लो कदम लिएको विटिके दूरसञ्चार प्रदायक संस्थाले आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयनमा लान टर्कीको कानुनअनुसार विटिकेले निर्णय २४ घन्टाभित्र अदालतमा पेस गर्नेछ । अदालतले निर्णय उपयुक्त छ वा छैन भनी दुई दिनभित्र दिनेछ । यदि अदालतबाट राष्ट्रिय हित विपरीत प्रयोग भएको भनी राय आएमा विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेछ । The post राष्ट्रहितमा नभएको भन्दै टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Text
४४ बर्षपछि जलाउन थालियो बेवारिसे शव
४४ बर्षपछि जलाउन थालियो बेवारिसे शव
काठमाडौँ, ३१ भदौ : सनाखत नभएक बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शब जलाउन सुरु गरेको हो । विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ ।
सामान्यः विश्वमै बेवारिसे वश जलाइँदैन । यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ । बर्षौैपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ । यो…
View On WordPress
0 notes
Photo
आयोगमा दर्ता नभएका दललाई निर्वाचनमा सहभागी गराउनेबारे छलफल काठमाडौँ, ११ वैशाख । संविधान संशोधन र दुई चरणको निर्वाचनको विषयमा समझदारी बनेपछि सरकार सङ्घीय गठबन्धनमा आबद्ध दलहरु र निर्वाचन आयोगबीच आज बिहान भएको छलफलमा हालसम्म दर्ता नभएका दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन कानुनी र अन्य जटिलता फुकाउन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलहरुको एकतापछि निर्माण भएको राष्ट्रिय जनता पार्टी र अन्य छुटेका दलहरुलाई पहिलो चरणको निर्वाचनका लागि तोकिएको उम्मेदवारी मनोनयनको दिन यही वैशाख १६ गतेको सट्टा १८ गतेलाई सार्ने र उम्मेदवारहरुको हस्ताक्षर बुझाउने समय पनि केही दिन पर सार्न आफूहरु तयार भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताउनुभयो । उहाँले विद्यमान संविधान र कानुनमा केही दलले माग गरेजस्तो पार्टीको निर्वाचन चिह्न हाललाई दिन नसकिने तथा दोस्रो चरणको निर्वाचन (जेठ ३१) मा जाँदा पनि नयाँ मतपत्र छाप्न कठिनाइ हुने स्पष्ट गर्नुभयो । उहाँले जेठ १५ मा बजेट ल्याउनुपर्ने संविधानको व्यवस्थालाई पछि सार्ने गरी संविधान संशोधनमा गएर दोस्रो चरणको निर्वाचन गर्दा आचारसंहिता प्रतिकूल नहुने बताउनुभयो । सङ्घीय गठबन्धनका नेता राजेन्द्र श्रेष्ठले सरकार र आफूहरुबीचको समझदारीलाई चाँडै लिखित सहमतिमा रुपान्��रण गरी दल दर्ता र निर्वाचन चिह्नका बारेमा अध्यादेशबाट भए पनि कानुन संशोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन सरकार सकारात्मक भएकाले आन्दोलन स्थगन गरिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आमन्त्रणमा भएको सो छलफलमा सङ्घीय गठबन्धनका नेताहरु र निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । The post आयोगमा दर्ता नभएका दललाई निर्वाचनमा सहभागी गराउनेबारे छलफल appeared first on Etajakhabar.
0 notes
Photo
सरकारसँग सम्झौता नभएको यादव र ठाकुरको दाबी १० बैशाख, काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले निर्वाचनमा सहभागी हुने विषयमा स��कारसँग कुनै सम्झौता नभएको दाबी गरेका छन् । मोर्चाले आज बिराटनगरमा गरेको विरोधसभामा बोल्दै अध्यक्ष यादवले सम्झौता भयो भनेर बाहिर आएको हल्ला निराधार भएको बताए । ‘हामीले हिजोको वार्तामा सरकारलाई मधेशी, आदिवासी, जनजाति र दलितका मुद्दाहरू संवोधन गर्दै संविधान संसोधन गर्न सुझाव दिएका हौं, उनले भने, तर सहमति भयो भनेर गरिएको प्रचारमा कुनै सत्यता छैन । उनले संविधान संसोधन भएर आफूहरुले उठाएका माग पूरा नभएसम्म आन्दोलन नरोकिने र चुनावमा पनि सहभागी नहुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले मुखले सहमतिको कुरा गरे पनि व्यवहारमा कार्यान्वयन नगरेको आरोप लगाए । उनले संविधान संसोधन भए चुनावमा जान आफूहरुलाई कुनै आपत्ति नभएको बताए । ‘अहिले सरकारले सहमति भयो भनेर भ्रम फैलाउने काम गरेको छ, ठाकुरले भने, यसो गर्नुभन्दा हामीसँग भएको सम्झौता कार्यान्वयन गरेर निर्वाचनको वातावरण बनाउनुस् ।’ The post सरकारसँग सम्झौता नभएको यादव र ठाकुरको दाबी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
जग्गा नभएका भूकम्पपीडितले घडेरी किन्न दुई लाख पाउने वैशाख ८– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिन प्रस्ताव गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा आज बसेको कार्यकारी समितिको बैठकले लाभग्राही सूचीमा परेका त्यस्ता पीडितलाई अनुदान स्वरुप रु दुई लाख उपलब्ध […] The post जग्गा नभएका भूकम्पपीडितले घडेरी किन्न दुई लाख पाउने appeared first on नेपाल आज.
0 notes
Photo
कहाँबाट अयो विद्युत् प्राधिकरणको ‘हुँदै नभएको’ ५५ करोड बक्यौता ? २२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरण आफैं समयमै विजुलीको बक्यौता नउठेर पीडित बनेको संस्था हो । तर, केही दिनदेखि प्राधिकरणले नै काठमाडौं उपत्यका खानेपानी लिलमिटेड (केयूकेएल)लाई खानेपानी बापत
0 notes
Photo
सामुहिक बलात्कार गरेका युवकहरुलाई बलात्कारको समयमा आनन्दित नभएको भन्दै उन्मुक्ति दिइयो एजेन्सी । १७ वर्षिय किशोरीलाई अपहरण गरेर सामुहिक बलात्कार गरेका युवकहरुलाई बलात्कारको समयमा आनन्दित नभएको भन्दै उन्मुक्ति दिइएको छ । यो घटना मेक्सीकेको हो । जहाँको एक अदालतले १७ वर्षीयामाथि बलात्कारको आरोप खेपिरहेका एक व्यक्तिलाई आरोपमुक्त गरेको वासिङ्टन पोष्टले जनाएको छ । २१ वर्षीय एक व्यक्तिले स्कूले छात्रालाई अपहरणपश्चात् बलात्कार गरेको भनी आरोप लागेको थियो जसलाई मेक्सीकोका न्यायाधिसले सफाइ दिएका छन् । ती व्यक्तिले उक्त क्षणमा आनन्द नलिएको भन्दै न्याधिसले उनलाई आरोपमुक्त गरेका छन् । जुन निर्णयको ब्यापक बिरोध भइरहेको छ । The post सामुहिक बलात्कार गरेका युवकहरुलाई बलात्कारको समयमा आनन्दित नभएको भन्दै उन्मुक्ति दिइयो appeared first on Etajakhabar.
0 notes
Photo
बाहुबली २ का केही रोचक पक्ष, जुन तपाईलाई थाहा नभएका हुन सक्छन् एजेन्सी । अभिनेता प्रभास यतिबेला उनको आउनेवाला फिल्म ‘बाहुबली २ का कारण चर्चामा छन् । फिल्ममा अभिनेता प्रभासले शिवुडू(महेन्द्र बाहुबली) र बाहुबली (अमरेन्द्र बाहुबली)को भूमिकामा देखिँदै छन् । निर्माण युनिटका अनुसार शिवुडू (महेन्द्र बाहुबली) को रुपमा अभिनेता प्रभासको वजन ८६ देखि ८८ केजीको रहेको छ भने बाहुबली (अमरेन्द्र बाहुबली)को वजन १०५ केजी रहेको छ । एस एस राजामौलीले निर्देशक गरेका फिल्म २८ अप्रिल २०१७ मा प्रर्दशनमा आउन लागेको छ भने यसलाई फिल्मलाई ७ भाषामा रिलिज गर्ने तयारी गरिएको छ । फिल्ममा प्रभासका अलावा राणा दग्गुबत्ति, अनुष्का शेट्टी, तमन्ना भाटिया लगायतका कलाकारको अभिनय रहेको निर्माण यूनिटले जनाएको छ ।
0 notes
Photo
बैतडीमा टाउको नभएको अनौठो बच्चा जन्मियो, जन्मिएको केही बेरमा नै मृत्यु बैतडी, ११ चैत । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् ।मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी महतोले जानकारी दिनुभयो । जन्मिएको बच्चा छोरी रहेको छ, स्टाफ नर्स महतोले भन्नुभयो, “आठ महिनामै सुनिताले जन्माएको बच्चाको टाउको नभएको र जन्मिने बित्तिकै बच्चाको मृत्यु भएको छ ।” सुनिताको बच्चाको जन्म भने सामान्��रुपमा नै भएको तर बच्चाको जन्म भइसकेपछि अत्यधिक रक्तस्राव भएको अस्पताल स्रोतले बताएको छ । बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको भएपनि सुनिताको कोही पनि नआएका स्टार्फ नर्स महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “घरपरिवार तथा आफन्त कोही नआउँदा रिफर गर्न पनि गाह्रो भएको थियो ।” सुनिताको भने अत्यधिक रक्तस्राव भएकाले बिहीबार बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएको छ । पोखरेलको चार महिना हुँदा गर्भ जाँच गराउँदाखेरी नै बच्चाको टाउको नभएको भनेर भने पनि आर्थिक अवस्था कमजोर हुँदा बाहिर जान नसकेको बताइएको छ । आर्थिक अवस्था कमजोर तथा अन्धविश्वासका कारण समयमै अस्पताल नजाँदा यस्तो अवस्था आएको स्थानीयवास�� अर्जुन कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीले बच्चाको टाउको नभएको जानकारी दिएपनि धामीझाँक्रीको भरमा परेर अस्पताल नगएका हुन् ।” सुनिताका श्रीमान् करन पोखरेल रोजगारीको सिलसिलामा भारत रहनुभएको छ । सुनिताले यसपटक दोस्रो बच्चाका रुपमा जन्म दिएकी हुन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले चार महिनाअगाडि भिडियो एक्स–रे गर्दा नै टाउको नभएको भन्ने थाहा भएको र उपचार गर्न स्वास्थ्य संस्था नआएको बताउनुभयो । “गर्भ रहेको चार महिनाभित्र गर्भवती महिलाले कुनै पनि किसिमको औषधि सेवन गर्नु हँुदैन”, उहाँले भन्नुभयो, “केही औषधि सेवन गरेको हुनसक्छ ।” औषधि सेवन गरेर बच्चाको शरीरको मात्रै विकास भएको र टाउकाको नभएको हुनसक्ने भएपनि यो अहिलेसम्म पुष्टि नभएको उहाँले बताउनुभयो । बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएकी सुनिताको डडेल्धुरामा पनि रगत नपाउँदा उपचारमा समस्या भएको डाक्टर नवराज जोशीले जानकारी दिनुभयो ।
0 notes
Photo
सिफारिसअनुसार केन्द्र नभएको भन्दै विरोध प्रेम रौले बाजुरा, ३ चैत- बाजुराको साबिकको बाँधु, रुविन र बिच्छ्या गाविस मिलाएर हिमाली गाउँपालिका बनाउन स्थानीय सहमति गरिएको थियो । गाउँपालिका बनाउने सहमतिसँगै गाउँमै गएर प्राविधिक समितिले केन्द्रको टुङ्गो लगाएको थियो । साबिक तीन गाविसबीचको स्थान भट्टेचौर केन्द्र बनाउने सहमतिसहित आयोगमा नामसहित प्रस्ताव गरियो । तर आयोगको सिफारिसअनुसार राजपत्रमा प्रस्ताव गरिएको स्थानमा नपरेको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् । राज्यको पुरानो संरचना नै भएको स्थानमा केन्द्र बनाउनुपर्ने दाबीसहित बाँधु गाविस कार्यालय रहेको स्थानमा केन्द्र राख्न भनिएको छ । सरकारको निर्णयले बिच्छ्या र रुगिनका जनताका लागि विकेन्द्रीकरणले न्याय नभई अन्याय थपिएको स्थानीयको भनाई छ । बिच्छ्याबाट बाँधु पुग्न एकदेखि दुई दिनसम्म लाग्छ । भौगोलिक सीमा र अवस्थालाई ख्यालै नगरिएको बिच्छ्यावासीको आक्रोश छ । गाउँमा सेवा दिने भनेर सङ्घीय संरचना निर्माण गरियो । हाम्रा लागि न्याय होइन अन्याय भयो, बिच्छ्याका धर्मलाल सुनारले बताउनुभयो । जिल्लामा नौवटा स्थानीय तह निर्माण भएका छन् । तीमध्ये पाँचवटा स्थानीय तहका केन्द्र प्रस्ताव गरिएअनुसार छैनन्् जसले स्थानीयबीच गाउँमै आपसी विवाद बढेको छ । सर्वपक्षीय सहमतिमा एक निर्णय गरेर पठाइयो, माथिबाट अर्कै निर्णय भएर आयो, जनतालाई झगडाउने काम भयो, साविक दहकोट गाविसका देवबहादुर रोकायाले बताउनुभयो । साबिक दहकोट, मानाकोट र बडिमालिका नगरपालिका–१ मिलाएर बनाइएको गौमुल गाउँपालिकाको केन्द्र पनि मानाकोट राख्न भनिएको छ । घटमुनाको प्रस्ताव गरिएको थियो, माथिबाट अलग निर्णय आएपछि कुन स्थानमा कार्यालय राख्ने अन्यौल भएको रोकायाले बताउनुभयो । ब्रह्मतोला, बाह्विस र कुल्देवमाडौँ गाविसको केन्द्र फालासैन प्रस्ताव गरिएकामा टाँटे सारेदेउ भएर आएपछि विवाद उत्पन्न भएको छ । एक पक्षले सरकारले पठाएको परिपत्रअनुसार नै कार्यालय हुनुपर्ने भन्दै कार्यालय स्थापना गरिसकेका छन् भने अन्य स्थानीय आन्दोलित बनेका छन् । बाह्रविस र ब्रह्मतोलाका स्थानीयवासीले कुल्देवमाडौँको पुरानै गाविस भवनमा कार्यालय आफूहरुका लागि अस्वीकार्य भएको दाबी गरेका छन् । मङ्गलबार निमित्त कार्यकारी अधिकृत लिएर केही ��्यक्तिले सारेदेउमा कार्यालय स्थापना गरिसकेका छन् । फालासैनमै केन्द्र राखिनुपर्ने माग गर्ने पक्ष भने कार्यालयमा तालाबन्दी गर्ने र कामकाज सञ्चालन हुन नदिने चेतावनीसहित आन्दोलित बनेको छ । सर्वपक्षीय सहमतिअनुसार नै काम हुनुपर्ने मागसहित आन्दोलन सुरु गरेको डम्मर थापाले बताउनुभयो । त्यस्तै, जगन्नाथ र गोत्री गाविस मिलेर बनेको पाण्डव गुफा गाउँपालिकाको केन्द्र जुड्डी प्रस्ताव गरिएपनि जगन्नाथ गाविस कार्यालय केन्द्र तोकिएर आएको छ । हाल जगन्नाथमै कार्यालय स्थापना भएको छ, बहुमतले निर्णय गरेर पछि जुड्डीमै सार्ने तयारी भएको बताइएको छ । वाई, जुकोट र साप्पाटाको केन्द्र सुइजिउला प्रस्ताव गरिएको वाई भएर आएको छ जहाँ पुग्न साप्पाटाबाट एक दिनको पैदल दूरी पर्छ । स्थानीयवासीले सरकारले गाउँ तथा नगरपालिकाक��� केन्द्र तोक्ने विषयमा जनभावनालाई समेट्न नसकेकोप्रति स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाबाट प्रस्तावित निर्णयको बेवास्ता गर्दै पुरानै इलाका र गाविस कार्यालयलाई केन्द्र तोकिएको प्रति स्थानीयवासीले विरोध जनाएका हुन् । राज्यले गर्ने निर्णय जनताको भावना सम्बोधन हुने गरी गर्नुपर्नेमा प्रस्तावित निर्णयलाई समेत उल्टाएर पठाएको स्थानीयवासीको आरोप छ । सर्वपक्षीय सहमतिबाट जिल्लास्तरबाट गरिएको प्रस्तावलाई बेवास्ता गर्दै मनोमानीरुपमा जनभावना विपरीत भौगोलिक दूरीको आङ्कलन नगरी केन्द्र तोकेर पठाएको प्रति स्थानीयवासीले निर्णय सच्याउन मागसहित जिल्ला समन्वय समितिलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । राजपत्रमा नै उल्लेख भइसकेकाले त्यो निर्णय सच्याउन समस्या हुने जिल्ला समन्वय समितिले प्रतिक्रिया दिने गरेको छ । सरकारले गरेको निर्णयमा समन्वय समितिले बोल्न नमिल्ने समन्वय समिति बाजुराका सूचना अधिकारी प्रेमबहादुर सिंहले बताउनुभयो । केन्द्रका विषयमा बढेको विवाद थपिँदै गएको छ । दलका नेताहरुले समेत जिल्ला समन्वय समितिका कर्मचारीलाई आफू अनुकूल गर्न दबाब दिने गरेको एक स्रोतको दाबी छ ।
0 notes
Photo
एनसेलको ३३ अर्ब कर छल्न मुख्य दलले नै भूमिका निभाएको डा. बाबुराम भट्टराईको आरोप काठमाडौँ, २९ फागुन- नयाँ शक्ति पार्टी नेपालले एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिएर रु ३३ अर्ब राजस्व नोक्सानी गराउन सत्तारुढ मुख्य दलले प्रपञ्च गरेको आरोप लगाएको छ । पार्टी संयोजक बाबुराम भट्टराईले आज विज्ञप्ति जारी गरी एउटा कर अधिकृतले गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर निर्णय गराउनु कर छलीमै सघाउ पुग्नु हो भन्दै एउटा गरिब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेतसमेत बिक्री गर्दा पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्थाको बर्खिलाफ भएको उक्त निर्णयप्रति विमति जनाउनुभएको छ ।
0 notes
Photo
गाउँमा आवश्यक सेवा सु्विधा नभएको भन्दै बसाइँ सराइले रित्तिँदै गाउँ तेह्रथुम, २६ फागुन- गाउँमा आवश्यक सेवा सु्विधा नभएको भन्दै गत माघमा तेह्रथुम सिम्ले–७ का ११ परिवार एकसाथ बसाइँ सरे । खानेपानी, विद्युत्, गुणस्तरीय सडकलगायत सुविधाका नाममा छिमेकीजति सबै हिँडेपछि पूर्व वडाध्यक्ष मनबहादुर श्रेष्ठ पनि स्थानीय भीमबहादुर थापासँगै मोरङतिर बसाइँ सर्नुभयो । पहिले गाविसकै ठूलो बस्ती रहेको यो गाउँमा अहिले बसाइँ सरेर ज��न बाँकी एक दर्जन परिवार मात्र बस्छन् । गाविसका वडा नं ३, ४ र २ को अवस्था पनि उस्तै छ । उता ओख्रे–५ का २५ परिवार पनि यही वर्षमात्रै थातथलो छाडेर हिँडेका छन्् । सो वडामा अब केही परिवारमात्र बाँकी रहेका र उनीहरु पनि बसाइँ सराइकै पहलमा छन् । तर गाउँको सिँचाइ सुविधा नपुग्ने जमिन बिक्री पनि नहुने र त्योबाहेक अन्य धन सम्पत्ति पनि नभएका कारण छाडेर हिँड्न सकेका छैनन् । पछिल्लो तीन वर्षमा मात्रै सम्दुका ५४ परिवार पनि बसाइँ सरेर पूर्वी तराई र काठमाडौँतर्फ गएका छन् । यहाँबाट बसाइँ सरेर जानेहरू सबै सुविधा र अवसरको खोजी गर्र्दै गएको गाविस सचिव दुर्गा भण्डारीले बताउनुभयो । इसिवुबाट पनि बसाइँ सर्नेको सङ्ख्या कम छैन । पछिल्लो चार वर्षमा यहाँबाट पनि १५४ परिवार हिँडेका छन् । यस्तै जिल्लाका पञ्चकन्या, फाक्चामारा, इवा, चुहानडाँडा, थोक्लुङलगायत गाविसबाट पनि प्रत्येक वर्ष गाउँ छाडेर बसाइँ हिँड्नेको ताँती लाग्ने गरेको छ । सेवा सुविधासँगै खानेपानीका लागि बसाइँ तराईमा रोजगारी, औषधि उपचार, शिक्षा, खानपान तथा अन्य सेवा सुविधा बढी हुने तथा सहजै प्राप्त गर्न सकिने भएकाले धेरैले थातथलो छाडिरहेको पूर्व जिविस उपसभापति तेजमान कन्दङ्वाले बताउनुभयो ।
0 notes
Photo
बिजनेस नभएका कारण व्यवस्थापिका–संसद्को भोलिको बैठक स्थगित काठमाडौँ, १८ फागुन । व्यवस्थापिका–संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्काे बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ । संसद्मा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो । संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् । यद्यपि संविधान संशोधन प्रस्तावमाथि संशोधनका लागि दिएको समयसीमाभित्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले १५ वटा संशोधन दर्ता गराएका छन् । सभामुख ओनसरी घर्ती उहाँका पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा हुनुहुन्छ । दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उहाँ तुरुन्त स्वदेश फर्कन सक्नुहुने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
0 notes
Photo
स्थानीय तह पुनःसंरचना आयोग वैज्ञानिक नभएको गुनासो काठमाडौँ, १७ माघ- व्यवस्थापिका–ससद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका फरमुल्लाह मन्सुुरले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन हचुवाका भरमा तयार भएको र बारा जिल्ला पनि त्यसबाट अछुतो नरहेको भन्दै स्थानीय तहमा असन्तुष्टि बढेको बताउनुभयो । उहाँले जनसङ्ख्या र भूगोलका आधारमा प्रतिवेदन तयार हुनुपर्नेमा त्यसो नभएकामा आपत्ति जनाउनुभयो । नेकपा (एमाले)का विनोद श्रेष्ठले विदेशमा रहेका नेपाली महिला श्रमिकले धेरै समस्या झेल्नु परेकाले सरकारले गम्भीर भएर विदेशमा विचल्लीमा परेका नेपालीको हकहित संरक्षण एवम् सुरक्षा प्रदान गर्न माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का अशोककुमार मण्डलले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन संविधानको मर्मअनुरुप नभएकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दशगजामा भारतले भौतिक संरचना निर्माण गरेको, भारतले नेपालमा हस्तक्षेप बढाएको, भारतीय शासकले नेपाललाई दुःख दिएकाले भारतीय हस्तक्षेप र अवाञ्छित गतिविधि रोक्न नेपाल सरकारलाई सदनबाटै निर्देशन हुनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मण राजवंशीले नेपालीले आ–आफ्नो मातृभाषामा लेख्न पढ्न र सरकारी अड्डा अदालतमा आवेदन गर्न पाउने व्यवस्था हुनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसकी मधु शाही ठकुरीले नेपाली सञ्चारमाध्यम बदनाम बन्दै गएकाले त्यसलाई मर्यादित बनाउन सरकारीस्तरबाट आवश्यक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्��यनमा सञ्चार क्षेत्रलाई पनि साथै लिएर जानुपर्ने भएकाले वस्तुनिष्ठ र सत्यतथ्य समाचार सम्प्रेषणका निम्ति सञ्चारकर्मीलाई उत्प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेकपा (एमाले)का लालबहादुर रावलले पश्चिम सेती जलविद्युत् आयोजनाको काम तत्काल सुरु गर्न माग गर्नुभयो । उहाँले ३२ वर्षअघिदेखि निर्माणको चर्चा भएको उक्त आयोजनाको निर्माण थालनी नहुनु विडम्बना भएको बताउनुभयो ।
0 notes
Photo
दुई तिहाई पुर्याउनकै लागि मन्त्री थप गरिनु देशका लागि हित नभएको मन्त्री बिजुक्छेको भनाई भक्तपुर, ८ माघ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारले संविधान संशोधनको विधेयक पारित गर्न दुई तिहाई पु¥याउनकै लागि मन्त्री थप गर्नु देश कै लागि हितकर नभएको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित भइरहेको श्रमिक साप्ताहिकको २४ आँै र मजदुर दैनिकको १९ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा उहाँले देशलाई आवश्यक परे मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्नेमा आफ्नो स्वार्थ पुरा गर्न मन्त्रिपरिषद् विस्तार गर्नु गलत भएको टिप्पणी गर्नु भयो । उहाँले नेमकिपा प्रतिपक्षमै बसेर देशको हितको लागि लड्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरब रिसालले पत्रकारले सत्य र तथ्य समाचारलाई निरन्तरता दिनुपर्ने आँैल्याउँदै पुराना पत्रिकाको म्युजियम खोलेर पछिल्ला पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
0 notes
Photo
सुरक्षाको प्रत्याभूति नभएको भन्दै सम्पूर्ण सेवा ठप्प पारे नगरपालिकाका कर्मचारीले तेह्रथुम, २१ पुस- लालीगुराँस नगरपालिकाका कर्मचारीले सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यालयको सम्पूर्ण सेवा ठप्प पारेकाले सर्वसाधारण मारमा परेका छन् । नगरपालिकाका कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै बुधबारदेखि कार्यालयबाट प्रवाह हुने सबै सेवा ठप्प बनाएका छन् । नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गरेर नगरपालिकासहित सबै वडा कार्यालयको समेत सेवा ठप्प बनाएपछि सर्वसाधारण मारमा परेका हुन् । स्थानीय अर्जुन माबोहाङको नेतृत्वको समूहले मङ्गलबार नगरपालिकाको कार्यकक्षमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्दै आक्रमण गर्नु निन्दनीय भएको र त्यसपछि पनि धम्की दिएकाले कार्यालयको सेवा ठप्प पारिएको कार्यकारी अधिकृत मणिराम खतिवडाले जानकारी दिनुभयो । नेपाली काँग्रेस लालीगुराँस नगरपालिका कार्यसमितिका सभापति भएका व्यक्ति व्यक्ति माबोहाङबाट यस्तो कार्य हुनु अशोभनीय भएकाले नगरपालिकाका कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति नभइञ्जेल कार्यालय बन्द रहने जनाएको कार्यकारी अधिकृत खतिवडाले बताउनुभयो । यता काँग्रेस नगर समितिसहित सङ्घीय लिम्बूवान मञ्च नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार संयुक्तरुपमा विज्ञप्ति निकालेर मङ्गलबारको घटनालाई नगरपालिकाले गलत ढङ्गबाट व्याख्या गरी सेवा प्रवाह अवरुद्ध बनाएकामा आपत्ति जनाएका छन् । नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुचारु हुनुपर्ने माग गर्दै तीनवटै दलले नगरपालिका समक्ष १० बुँदे माग पनि राखेका छन् । ती दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नगरपालिकाले पछिल्लो समय नियुक्त गरेका कर्मचारी हटाउनु पर्ने, नगरपालिका कार्यालय आफ्नो भवनमा सार्नुपर्ने, एकीकृत सम्पत्ति कर पुनरावलोकन गरिनुपर्ने, फोहरको व्यवस्थापन हुनुपर्ने, गत आर्थिक वर्षको योजना तथा खर्च विवरण सार्वजनिक गर्नुपर्नेलगायत माग राखेका हुन् । विज्ञप्तिमा पाँच दिनभित्र उक्त माग पूरा गर्न बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने दलले चेतावनी समेत दिएका छन् भने नगरसभापति मावोहाङले आफूहरु नगरपालिकामा छलफलका लागि मात्र आएको तर कर्मचारीले गलत आरोप लगाएको बताउनुभयो । रासस
0 notes