#भलक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
बाख्रा चराइरहेका बेला भालुको आक्रमण, एकजनाको मृत्यु चैत २ गते- बझाङको काँडा गाउँपालिका १ को खाडा जंगलमा बाख्रा चराइरहेको बेला भालुको आक्रमणबाट ३५ बर्षीय अख्या धामीको मृत्यु भएको छ । घर नजीकैको जंगलमा बाख्रा चराएरहेको समयमा धामीको ४ वटा बाख्रा खाएको र लखेट्न खोज्दा आक्रमण गरेपछि मृत्यु भएको स्थानीय दिपक बोहराले जानकारी दिए । उनका ३ छोराछोरी र श्रीमती रहेका छन् ।
0 notes
samaya-samachar · 3 years ago
Text
यात्रुवाहक बस दुर्घटना हुँदा २८ घाइते
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भलक शर्माका अनुसार घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको छ । साँझ पौने ७ बजे दुर्घटनामा…
Tumblr media
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बिजनेस नभएका कारण व्यवस्थापिका–संसद्को भोलिको बैठक स्थगित काठमाडौँ, १८ फागुन । व्यवस्थापिका–संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्काे बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ । संसद्मा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो । संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् । यद्यपि संविधान संशोधन प्रस्तावमाथि संशोधनका लागि दिएको समयसीमाभित्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले १५ वटा संशोधन दर्ता गराएका छन् । सभामुख ओनसरी घर्ती उहाँका पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा हुनुहुन्छ । दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उहाँ तुरुन्त स्वदेश फर्कन सक्नुहुने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
आजदेखि सुरु हुने एमालेको जनवर्गिय संगठनको भेलाका लागि नेताहरु पोखरामा पोखरा, ९ माघ- नेकपा एमाले आवद्ध जनबर्गिय संगठनहरुको राष्ट्रिय भेला एवं प्रक्षिशण कार्यक्रम आजदेखि पोखरामा सुरु हुँदैछ । भेला माघ ११ गते सम्म हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भेलाको बारेमा जानकारी दिदै मुल व्यवस्थापन समितिका संयोजक रबिन्द्र अधिकारीले प्रेस चौतारी, अनेरास्ववियु , अनेमसंघ, किसान महासंघ, जिफन्ट लगायतका विभिन्न २२ वटा एमाले आवद्ध घटक सङठनका करिब ३५० जना पदाधिकारिहरुको सहभागीता रहने जानकारी दिए । एमालेको भेला पहिलो पटक पोखरामा आयोजना गरियको युबा संघ नेपालका अध्यक्ष राजिब पाहारिले जानकारी दिए । कार्यक्रममा बरिष्ठ नेता माधब नेपाल, उपाध्यक्ष बामदेब गौतम ,महासचिब इश्वर पोख्रेल, सचिबत्रय पृथ्बी सुब्बा गुरुङ, गोकर्ण बिस्ट, योगेश भट्टराई, केन्द्रिय सदस्य रबिन्द्र अधिकारी लगायतले विभिन्न विषयमा प्रशिक्षण दिने छ । भेलाको एमाले अध्यक्ष के पि ओलिले आइतबार उद्घाटन गर्ने कार��यक्रम रहेको छ । भेलाले सम्बिधान कार्यान्वयनको निम्ति र समसामयिक राजनीतिको बारेमा महत्वपूर्ण दिशा निर्देश गर्ने संयोजक अधिकारिले जानकारी दिए । रबिन्द्र अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन राजिब पाहारिले गरेका थिए।
0 notes
nepal123 · 9 years ago
Text
शक्ति ‘नयाँ’, अनुहार ‘पुराना’ (नयाँ शक्ति भेलाको फोटोफिचर)
शक्ति ‘नयाँ’, अन���हार ‘पुराना’ (नयाँ शक्ति भेलाको फोटोफिचर)
काठमाडौं – नयाँ शक्ति अभियानको प्रशिक्षणात्मक भेला आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । भेलामा अधिकांश पूर्व माओवादी नेता कार���यकर्ताहरु सहभागी छन् । (more…)
View On WordPress
0 notes