#नतहर
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
जनताको बहुदलिय जनवाद २१ औ शताब्दीको रुपान्तरीत माक्सवाद हो: नेताहरु पोखरा, ८ फाल्गुन- मुलुकको अखण्डता र राष्ट्रिय एकता प्रवद्र्धनका खातिर प्रतिवद्ध हुन नेकपा एमालेका नेताहरुले आफ्ना कार्यकर्तालाई आह्वान गरेका छन् । पोखरा उपमहानगरपालिका वडा नं. २७ र २९ द्धारा संयुक्त रुपमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई समबोधन गर्दै उनिहरुले राष्ट्रियताको सवालमा कुनै प्रकारको सम्झौता नहुने तर्क गरेका हुन् । नेकपा एमाले राजनीतिक इमान्दारीता र राष्ट्रप्रति प्रतिवद्ध पार्टी भएको उल्लेख गर्दै पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनाले संगठनलाई थप बलियो बनाउनु पर्नेमा जोड दिए । अर्का पोलिटब्युरो सदस्य वेदुराम भुषालले माक्र्सबादी दर्शनमा विश्वास गर्ने एमालेहरु कुनैपनि हालतमा अफ्नो सिद्धान्तबाट विचलित नहुने तर्क गर्दै राष्ट्रियताको पक्षमा उभिन कार्यकर्तालाई अपिल गरे । कार्यक्रममा एमाले केन्द्रिय स्कुल बिभाग सदस्य भिम कार्कीले एमालेले आत्मसाथ गरेको जनताको बहुदलिय जनवाद २१ औ शताब्दीको रुपान्तरीत माक्सवाद ��एको उल्लेख गरे । संसदको विकास समितिका सभापति समेत रहेका एमाले नेता रविन्द्र अधिकारीले युवा पलायनलाई रोक्दै मुलुकलाई समृद्धि र विकासको बाटोमा लैजान एमाले प्रतिवद्ध रहेको तर्क राखे । अखिल नेपाल महिला संघ कास्कीकी उपाध्यक्ष शुशिला पराजुलिले पार्टीका हरेक निकायमा महिला सहभागीता सुनिश्चित गर्दै पार्टीलाई समावेशी बनाउनु पर्नेमा जोड दिइन । एमालेका करिब ३ सय सक्रिय कार्यकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा पार्टी संगठन निर्माण र परिचालन, माक्र्सबादी दर्शन, राष्ट्र बिकासमा पार्टीको भुमिका र जनताको बहुदलिय जनबाद विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । पोखरा २७ का अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पोखरा २९ का अध्यक्ष ऋषिराम पौडेल र संचालन पोखरा २७÷२९ एमाले वडा कमिटिका सचिवद्धय घनस्याम तिमिल्सिना र देवि प्रसाद अधिकारीले गरेका थिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
आजदेखि सुरु हुने एमालेको जनवर्गिय संगठनको भेलाका लागि नेताहरु पोखरामा पोखरा, ९ माघ- नेकपा एमाले आवद्ध जनबर्गिय संगठनहरुको राष्ट्रिय भेला एवं प्रक्षिशण कार्यक्रम आजदेखि पोखरामा सुरु हुँदैछ । भेला माघ ११ गते सम्म हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भेलाको बारेमा जानकारी दिदै मुल व्यवस्थापन समितिका संयोजक रबिन्द्र अधिकारीले प्रेस चौतारी, अनेरास्ववियु , अनेमसंघ, किसान महासंघ, जिफन्ट लगायतका विभिन्न २२ वटा एमाले आवद्ध घटक सङठनका करिब ३५० जना पदाधिकारिहरुको सहभागीता रहने जानकारी दिए । एमालेको भेला पहिलो पटक पोखरामा आयोजना गरियको युबा संघ नेपालका अध्यक्ष राजिब पाहारिले जानकारी दिए । कार्यक्रममा बरिष्ठ नेता माधब नेपाल, उपाध्यक्ष बामदेब गौतम ,महासचिब इश्वर पोख्रेल, सचिबत्रय पृथ्बी सुब्बा गुरुङ, गोकर्ण बिस्ट, योगेश भट्टराई, केन्द्रिय सदस्य रबिन्द्र अधिकारी लगायतले विभिन्न विषयमा प्रशिक्षण दिने छ । भेलाको एमाले अध्यक्ष के पि ओलिले आइतबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भेलाले सम्बिधान कार्यान��वयनको निम्ति र समसामयिक राजनीतिको बारेमा महत्वपूर्ण दिशा निर्देश गर्ने संयोजक अधिकारिले जानकारी दिए । रबिन्द्र अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन राजिब पाहारिले गरेका थिए।
0 notes
nepal123 · 8 years ago
Text
‘संविधान संशोधनप्रति शीर्ष नेताहरु नै गैरजिम्मेवार’
‘संविधान संशोधनप्रति शीर्ष नेताहरु नै गैरजिम्मेवार’
३० असोज, काठमाडौं । सांसदहरुले संविधान संशोधनका लागि प्रमुख दलका शीर्ष नेता नै गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबारको व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले संविधान संशोधनमा प्रमुख दलका शीर्ष नेता गम्भीर नबनेको आरोप लगाएका हुन् । संविधान संशोधनको विषय विगत लामो समयसम्म चर्चामा रहेपनि प्रक्रिया अघि बढ्न नसकेको भन्दै सांसदहरुले शीर्ष नेताको ध्यानाकर्षण गराएका हुन् ।…
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
ठेकेदार, सरकारी कर्मचारी र नेताहरु मिलेका छन्
ठेकेदार, सरकारी कर्मचारी र नेताहरु मिलेका छन्
संसदीय समिति अन्तरगत विकास समितिको सभापतिसमेत रहेका सांसद रविन्द्र अधिकारी नेपाली विकासको मोडेलसँग सहमत छैनन् । विकासका नाममा ठेकेदार, सरकार कर्मचारी र नेताहरुले मिलेर खाइरहेको अधिकारीको आरोप छ । अहिले सरकार धमाधम बजेटको तयारीमा लागिरहेका बेला अनलाइनखबरले एमालेका युवा नेता अधिकारीसँग नेपालको विकासको मोडेलबारे केही प्रश्नहरु राखेको छः (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
बैद्य माओवादीमा गयो पहिरो : निकालिन थाले जिल्ला समितिबाट नेताहरु
बैद्य माओवादीमा गयो पहिरो : निकालिन थाले जिल्ला समितिबाट नेताहरु
उदयपुर । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रिय समितिमा जसरी पार्टी अध्यक्ष मोहन वैद्य किरणलाई वादल समूहले बखास्त गरेको घोषणा गरेको थियो त्यसरी नै उदयपुरमा क्रान्तिकारी माओवादीका जिल्ला संयोजक मिनकुमार राउतलाई बखास्त गरिएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
सहमति छाडेर भारतीय दूतावासको लन्चमा नेताहरु
सहमति छाडेर भारतीय दूतावासको लन्चमा नेताहरु
काठमाडौँ, २५ मंसिर । नेपाली काँग्रेस, नेकपा (एमाले) , एमाओवादी र मधेसवादीका छानिएका नेताहरुलाई भारतीय दूतावासले लन्च खुवाउने भएको छ । लैनचौरस्थित दूतावास परिषरमा करिब ५० सांसद सहभागी हुने बताइएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
मधेसी मोर्चाका नेताहरु दिल्लीबाट फर्किएपछि मात्र संविधान संशोधनबारे सहमति खोजिने  
२१ मंसिर, काठमाडौं । मधेसी मोर्चाको आग्रहमा संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा पेश गर्ने तयारी रोकिएको छ । अब मधेसी मोर्चाका शीर्ष नेताहरु दिल्लीबाट फर्किएपछि मात्र संशोधनबारे समझदारी खोजिने भएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
दिल्लीमा मधेसी मोर्चाका नेताहरु आजदेखि भेटघाटमा  
२० मंसिर, काठमाडौं । राजनीतिक भेटवार्ताका लागि मधेसी मोर्चाका नेताहरु नयाँदिल्ली पुगेका छन् । उनीहरुले आइतबारदेखि नै राजनीतिक भेटवार्ता सुरु गर्दैछन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
मधेसी मोर्चाका शीर्ष नेताहरु दिल्ली जाँदै  
फाइल तस्वीर
२० मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु आज भारत भ्रमणमा जाँदैछन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
बालुवाटारको त्रिपक्षीय वार्तामा मधेसी मोर्चाका नेताहरु नजानुको रहस्य के हो ?  
– विमल योगी काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्माले आज अपराह्न बोलाएको त्रिपक्षीय वार्ता आन्दोलनरत मधेसी मोर्चा सहभागी नभएपछि स्थगित भएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
बालुवाटार वार्ता छाडेर मधेसी मोर्चाका नेताहरु भारतीय दूताबासमा  
१८ मंसिर, काठमाडौं । बालुवाटार वार्ता छाडेर मधेसी मोर्चाका नेताहरु भारतीय दूताबास पुगेका छन् । साँझ ६ बजे सत्तारुढ दल, विपक्षी कांग्रेस र मधेसी मोर्चाको त्रिपक्षीय वार्ता बोलाइएको थियो । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
आजको त्रिपक्षीय वार्तामा मधेसवादी दलका शीर्ष नेताहरु सहभागी हुने  
काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको त्रिपक्षीय वार्तामा आन्दोलनरत मधेसवादी दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
मूलधारबाट मधेसी नेताहरु किन बाहिरिए ?
मूलधारबाट मधेसी नेताहरु किन बाहिरिए ?
‘माओवादीले पनि कांग्रेस एमालेले जस्तै धोका दियो’
(more…)
View On WordPress
0 notes