Tumgik
#सहभग
nepal123 · 7 years
Photo
Tumblr media
आयोगमा दर्ता नभएका दललाई निर्वाचनमा सहभागी गराउनेबारे छलफल काठमाडौँ, ११ वैशाख । संविधान संशोधन र दुई चरणको निर्वाचनको विषयमा समझदारी बनेपछि सरकार सङ्घीय गठबन्धनमा आबद्ध दलहरु र निर्वाचन आयोगबीच आज बिहान भएको छलफलमा हालसम्म दर्ता नभएका दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन कानुनी र अन्य जटिलता फुकाउन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलहरुको एकतापछि निर्माण भएको राष्ट्रिय जनता पार्टी र अन्य छुटेका दलहरुलाई पहिलो चरणको निर्वाचनका लागि तोकिएको उम्मेदवारी मनोनयनको दिन यही वैशाख १६ गतेको सट्टा १८ गतेलाई सार्ने र उम्मेदवारहरुको हस्ताक्षर बुझाउने समय पनि केही दिन पर सार्न आफूहरु तयार भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताउनुभयो । उहाँले विद्यमान संविधान र कानुनमा केही दलले माग गरेजस्तो पार्टीको निर्वाचन चिह्न हाललाई दिन नसकिने तथा दोस्रो चरणको निर्वाचन (जेठ ३१) मा जाँदा पनि नयाँ मतपत्र छाप्न कठिनाइ हुने स्पष्ट गर्नुभयो । उहाँले जेठ १५ मा बजेट ल्याउनुपर्ने संविधानको व्यवस्थालाई पछि सार्ने गरी संविधान संशोधनमा गएर दोस्रो चरणको निर्वाचन गर्दा आचारसंहिता प्रतिकूल नहुने बताउनुभयो । सङ्घीय गठबन्धनका नेता राजेन्द्र श्रेष्ठले सरकार र आफूहरुबीचको समझदारीलाई चाँडै लिखित सहमतिमा रुपान्तरण गरी दल दर्ता र निर्वाचन चिह्नका बारेमा अध्यादेशबाट भए पनि कानुन संशोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन सरकार सकारात्मक भएकाले आन्दोलन स्थगन गरिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आमन्त्रणमा भएको सो छलफलमा सङ्घीय गठबन्धनका नेताहरु र निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । The post आयोगमा दर्ता नभएका दललाई निर्वाचनमा सहभागी गराउनेबारे छलफल appeared first on Etajakhabar.
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to USA NEWS: वशवकप फटबल वसतरत : सहभग टलक सखय पगय खल हन http://ift.tt/2j3K5Cy
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
मधेसी मोर्चा सरकारमा सहभागी हुने १० वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा सहभागी हुन��� भएको छ । वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व हस्तन्तरण गरे लगत्तै बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारमा मधेसी मोर्चा सहभागी हुने भएको हो । यो पढ्नुस्: प्रचण्डले जेठ २ गते सरकार छोड्दै ! किन झस्कियो एमाले ? राष्ट्रिय जनता पार्टीका नेता केशव झाले नेपाली हेडलाइन्ससँग भने,‘देउवा नेतृत्वको सरकारमा मधेसी मोर्चा सहभागी हुन्छ ।’ तीन बुँदे सहमति अुनसार प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सहमति पालना नभएको भन्दै आठ महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर सरकारले मोर्चाको चाहना अनुसार संविधान संशोधन विधेयक पेश गर्न सहमति जनाएपछि अन्ततः मधेसी मोर्चाले पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ । यो पढ्नुस्। देउवाको ठाडो निर्देशनमा अन्ततः यसरी झुके निधि The post मधेसी मोर्चा सरकारमा सहभागी हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्थानीय चुनावमा ८० पार्टी सहभागी हुने, साझा पार्टीको नाम छैन २६ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नामावली प्रकाशित गरेको छ, जसमा ८० वटा दलहरुको नाम छ । आयोगले स्थानीय तह निर्वाचनमा भाग
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
निर्वाचनमा सक्रिय सहभागी हुन थवाङीलाई आह्वान लिवाङ (रोल्पा), ८ चैत । थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरुले बताउनुभएको छ । थबाङमा भएको राजनीतिक दलहरुको समन्वयात्मक बैठकमा उहाँहरुले थबाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नका लागि सदनमा आवाज उठाउन सांसदहरुलाई आग्रह गर्नुभयो । नेकपा राप्ती ब्युरो सदस्य जयप्रकाश रोकाले अब हामीलाई झुटा आश्वासन नभई थबाङ र समग्र सिङ्गो देशकै विकासको आवश्यकतामा जोड दिनुभयो । सांसद तथा नेपाली काँग्रेसका पार्टी सभापति अमरसिंह पुनले आगामी चुनावमा थबाङको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । जलजलामा शान्तिबाटिका स्थापना गर्न र जलजलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू सधँै लागिरहने बताउनुभयो । नेकपा(माओवादी केन्द्र)का जिल्ला सम्मेलन आयोजक समिति सदस्य ग्रीस पुनले थबाङी जनता विचारमा विविधता भए पनि विकासका साझा विषयमा एक छन् भन्नुभयो । नेकपाका डिसिएम हितप्रसाद रोकाले थबाङमा औषधिजन्य कृषिको व्यावसायिक सम्भावना रहेको औँल्याउनुभयो । उहाँहरुले. लिबाङ, धबाङ, जलजला, थबाङ सडकलाई थबाङदेखि जलजलासम्म विस्तार गर्नुपर्ने, सिँचाइ योजना सञ्चालन गर्नुपर्ने, साना लघु जलविद्युत्को स्तर वृद्धि तथा मर्मतसम्भार गर्नुपर्ने, खानेपानी मर्मतका लागि पहल गर्नुपर्ने तथा जलजलाको समग्र संरक्षण र प्रबद्र्धनका लागि पहल गर्नुपर्ने लगायत सुझाव दिनुभएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मोर्चालाई निर्वाचनमा सहभागी हुन कमल थापाको आग्रह विराटनगर, ६ चैत । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गर्नुभयो । आधुनिक नेपालको निर्माणपछि स्थानीय सरकारको वास्तविक अवधारणानुरुप निर्वाचन हुन गइरहेको बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचन आयोग युद्धस्तरमा निर्वाचनको तयारीमा जुटेको र दलहरु निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गर्नुभयो । उपप्रधानमन्त्री थापाले स्थानीय तहको सङ्ख्या, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार स्थानीय तह बढी अधिकारसम्पन्न भएको पनि स्पष्ट पार्नुभयो । वैशाख ३१ गते हुने निर्वाचन सम्पन्न गर्न सरकारले पनि तयारी तीव्र रुपमा गरेको उल्लेख गर्दै उहाँले निर्वाचन निर्धारित समयमै हुनेछ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सुस्तः श्रवण भएका नौजना विद्यार्थी एसइईमा सहभागी झापा, ४ चैत- माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाबाट सुस्तःश्रवण भएका र दृष्टिविहीन गरी नौजना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । सरस्वती मावि केन्द्रबाट सुस्तःश्रवण भएका नौजना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । सुरुङ्गाको कनकाई माविमा अध्ययनरत उनीहरुले यो परीक्षा केन्द्रबाट परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय, झापाले जनाएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई अपिल काठमाडौँ, २१ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधानप्रति असन्तुष्ट सम्पूर्ण राजनीतिक दललाई आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन अपिल गर्नुभएको छ । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिद्वारा यहाँ आज आयोजित दलित जिल्ला समन्वय समितिका उपाध्यक्षका निमित्त दुईदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री पाण्डेले संविधानप्रतिको असन्तुष्टिलाई निर्वाचनपछि पनि सम्बोधन गर्न सकिने हुँदा अहिले चुनावका लागि तयारी अवस्थामा रहन सबै दललाई आग्रह गर्नुभयो । “संविधान कार्यान्वयन गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता हो, त्यसैले तोकिएकै समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरी मुुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुको विकल्प छैन”– मन्त्री पाण्डेले भन्नुभयो । वर्तमान सरकारले दलित विकास समितिलाई विघटन गर्न खोजेको भन्ने आरोप मात्र भएको भन्दै मन्त्री पाण्डेले आगामी दिनमा विकास समितिलाई अझै प्रभावकारी र अधिकार सम्पन्न बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले अधिकार मागेर नभई लडेर मात्र पाउने भएकाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित, महिला, मधेसी, मुस्लिमलगायत उत्पीडनमा पारिएका समुदायले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । सदियौँदेखि दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत समस्याको अन्त्य गर्दै ती समुदायले गर्दै आएको पेसालाई आधुनिकीरण गर्नुपर्ने मन्त्री पाण्डेको भनाइ छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताका लागि नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । दुईदिने गोष्ठीमा दलित जिल्ला समन्वय समितिका उपाध्यक्षलाई ‘स्थानीय तहको निर्वाचनमा दलित प्रतिनिधित्वको सवाल’, ‘समावेशीकरण सिद्धान्तको कसिमा नेपालको संविधान र कार्यान्वयनको चुनौती’ र ‘स्थानीय निकायको बजेट तर्जुमा र दलित समुदायको पहुँच अभिवृद्धि’ लगायतका विषयका प्रशिक्षण दिइने दलित विकास समितिका कार्यकारी निर्देशक डा वुद्धि नेपालीले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पोखरा उपत्यका बृहत् सफाइ अभियान, डा. रवीन्द्र समीर र जीवा लामिछाने पनि सहभागी पोखरा, १६ माघ- पोखरामा जारी बृहत सफाइ अभियानको ३५ औं श्रृंखलामा डा. रवीन्द्र समीरसँगै एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले ऐक्यवद्धता जनाएका छन् । सृजनाचोकदेखि रत्नचोक हुँदै एयरपोर्टसम्म सम्पन्न अभियानमा झण्डै २ टन फोहोर मैला संकलन गरिएको सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बरालले जानकारी दिएका छन् । सफाइ अभियानमा ��ास्कीका स्थानीय विकास अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाही, मुक्तिनाथ विकास बैंक, विभिन्न आमा समूह, टोल विकास संस्था, जनप्रिय मावि, सरस्वती बोर्डिङ स्कुल, ला ग्राण्डी कलेज लगायत सामाजिक अभियन्ताहरु र स्थानीय वडाबासीहरुको उल्लेख्य उपस्थिति रहेको वडा नं. ८ का वडासचिव चन्द्रबहादुर गुरुङले बताए । कार्यक्रमको समापनमा टोल विकास संस्था समन्वय समिति पोखरा ८ का अध्यक्ष शारदा गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन् । ३६ औं हप्ताको सफाइ अभियान वीपी चोकबाट सुरु हुने वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to EDUCATION: वशवकप फटबल वसतरत : सहभग टलक सखय पगय खल हन http://ift.tt/2ieze7w
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to USA NEWS: वशवकपम सहभग दश बढउन मतदन हद पच वकलप खल http://ift.tt/2jmowt9
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to EDUCATION: वशवकपम सहभग दश बढउन मतदन हद पच वकलप खल http://ift.tt/2jwacmd
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to EDUCATION: लनडनक फस अफ द वलरडम नपल पन सहभग हन http://ift.tt/2jinM8j
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to Moral Time: लनडनक फस अफ द वलरडम नपल पन सहभग हन http://ift.tt/2jisF1o
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to USA NEWS: लनडनक फस अफ द वलरडम नपल पन सहभग हन http://ift.tt/2i7XLeg
0 notes