Tumgik
#चनवम
nepal123 · 7 years
Photo
Tumblr media
प्रचण्डलाई एमालेको आश्वासनः मोर्चालाई चुनावमा ल्याउन सहयोग गर्छौं ६ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशी मोर्चालाई सहमतिमा ल्याउन सहयोग गर्ने आश्वासन सरकारलाई दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको तयारी र मोर्चाका माग सम्बोधनका लागि छलफल गर्न बोलाएको प्रमुख पाँच दलको बैठकमा एमालेले यस्तो आश्वासन दिएको हो । बैठकपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन र बैशाख ३१ गते नै देशभर एकैचरणमा स्थानीय चुनाव गराउन सरकारलाई सुझाव दिएको बताए । ‘बैशाख ३१ गतेको निर्वाचनमा मधेसी मोर्चा गठबन्धन लगायत सबैलाई सहभागी गराउनका लागि सत्तापक्षले आवश्यक पहलकदमी लिए प्रतिपक्षको त्यसमा सकारात्मक सहयोग रहन्छ ।’ नेम्वाङले भने । स्थानीय चुनावले जनतालाई अधिकार सम्पन्न गराउने भन्दै नेम्वाङले मधेसी मोर्चाले पनि भाग लिने विश्वास व्यक्त गरे । बैठकमा एमालेबाट कार्यवाहक अध्यक्ष बामदेव गौतम, बरिष्ठ नेता मधव नेपाल पनि सहभागी थिए ।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्थानीय तहको चुनावमा मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी बाजुरा, ६ वैशाख । आसन्न स्थानीय तहको चुनावमा जिल्लामा प्रतिनिधित्व गर्दैआएका दलित अगुवाले वडापालिका, गाउँपालिका र नगरपालिकाको मुख्य पदमा लड्न नपाउने भएका छन् । लामो समयदेखि दलितका हकअधिकार र दलितमाथि हुने अन्यायका विरुद्ध वकालत गर्दै आएका दलित अगुवाले नै मुख्य पद नपाउने भएपछि उनीहरु निराश बनेका छन् । जिल्लाका विभिन्न राजनीतिक दलले दलितका अगुवालाई उम्मेदवार नबनाउने भएपछि जातीय मुद्दा लिएर आन्दोलन गर्ने नेकपा एमाले जिल्ला कमिटी सदस्य किट्टो ल्वारले बताए । दलित अधिकारका विषयमा बोल्ने नेताहरुले आफूले बोलेका कुरालाई कार्यान्वयनमा नल्याउनु आफूहरुमाथिको अन्याय भएको ती अगुवाले बताएका छन् । वैशाख ३१ को स्थानीय तहको चुनावमा दलितलाइ गाउँपालिका र नगरपालिकाको मुख्य पदमा ल्याउनुपर्ने उनीहरुको माग छ । दलित अगुवाले आफ्नो गाउँ आफँै बनाउने योजना र कानुनलाई व्यवहारमा उतार्ने क्षमता भएका दलित नेतालाई नै मुख्य पदको जिम्मेवारी नदिइए जातीय आन्दोलन गर्ने ल्वारले जिल्लाका पार्टीलाई चेतावनी दिए । दलितको अधिकारका लागि २०४६ सालदेखि हालसम्म विभिन्न कालखण्डमा काम गर्दै आएका भए पनि आउँदो स्थानीय तहको चुनावमा भने प्रमुख, उपप्रमुख र वडाप्रमुखमा समेत उम्मेदवारी हुन नपाउने दलित अगुवा तथा नेपाल दलित सङ्घ केन्द्रीय सदस्य वीरबहादुर विकले भएको गुनासो पाखे । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल दलित सङ्घका केन्द्रीय सदस्य समेतले नगरपालिकाको प्रमुख तथा उपप्रमुख नपाउने भएका छन् । जिल्ला कमिटीका पदमा रहेका व्यक्तिले उम्मेदवारी दिने भएपछि उनीहरुले प्रमुख, उपप्रमुख र वडामा समेत उम्मेदवारी नपाउने भएका हुन् । दलितका अधिकार सुनिश्चित गर्न कटिबद्ध रहने भाषण गर्ने राजनीतिक दलका नेताले राणा शासन चलाउन खोजेको दलित अगुवाले आरोप लगाएका छन् । दलितको प्रतिनिधित्व नहुने हो भने आफूहरुको अवस्था २००७ सालको जस्तै हुने दुःखेसो उ��ीहरुले पोखेका छन् । जिल्लाका राजनीतिक दलले आउँदो स्थानीय तहको निर्वाचनमा दलितको प्रतिनिधित्व नगराइए त्यसको जिम्मेवारी स्वयम् पार्टीका शीर्ष व्यक्तिले लिनुपर्ने उनीहरुको चेतावनी छ । काँग्रेसमा भीम नेपाली, वीरबहादुर विक, साइमल विक, कात्तिके विक, मङ्गल सेराला, पदम उखेडा, पदम नेपालीलगायतले नगरपालिका र गाउँपालिकाका कुनै पदमा उम्मेदवारी नपाउने भएका हुन् । यसैगरी, नेकपा (एमाले)का जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कासी नेपालीले समेत प्रमुख पदमा लड्न नपाउने भएका छन् । एमालेमा कासी विक, विनोदकुमार विक, टीका विक, काल्चे दमाइँ, कल्लाने दमाइँ, भुवन सेराला, जङ्ग विक, टेक चदारा, किट्टो ल्वार, सूर्यकिरण विकले पनि उम्मेदवारी दिन नपाउने भएका हुन् । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)मा पनि उम्मेदवारीमा दाबी गर्ने दलित अगुवा भए पनि उनीहरुलाई पन्छाइएको छ । राजनीतिमा माथिल्लो तहमा रहेका नेता नै उम्मेदवार बन्ने भएपछि मौन बस्नु परेको बताइएको छ । माओवादी केन्द्रमा सुरेश विक, गोरख विक, रमेश विक र जयबहादुर विकले पनि उम्मेदवारी नपाउने भएका छन् । जिल्लामा दर्ता भएका नौ राजनीतिक दलमध्ये राप्रपाले पनि कुनै दलितलाइ समावेशी पदबाहेक प्रमुख र उपप्रमुखमा लड्न नदिने भएको छ । राप्रपामा करे विक, करे चदारा र कृषनी चदारासमेत उम्मेदवारीबाट वञ्चित हुने भएका छन् । गाउँपालिका र नगरपालिकाका वडा, गाउँ र नगरमा उम्मेदवारको आकाङ्क्षी भए पनि दलित अगुवाको सिफारिस हुने सम्भावना न्यून रहेको बताइएको छ । जिल्लाका राजनीतिक दलमध्ये माओवादी केन्द्रले भने नगरपालिका, गाउँपालिका तथा वडापालिकाका अधिकांश ठाउँमा दलितलाई नै प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिन लगाउने उक्त पार्टीले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि पार्टीलाई गाउँपालिका र नगरपालिकाका लागि उम्मेदवार छान्न सकस परिरहेको छ । उम्मेदवार बढी भएका कारण यस्तो समस्या भएको हो । तर दलित अगुवा भने उम्मेदवारी दिन नपाउने भएका छन् । The post स्थानीय तहको चुनावमा मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन इलाम, ४ वैशाख । आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दललाई सचेत गराउने उद्देश्यले बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाको अगुवाइमा समिति गठन गरिएको हो । मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । समितिको सदस्यमा करुणा फाउन्डेसनका व्यवस्थापक अजित योञ्जन, मानव अधिकार मञ्चका योगराज सापकोटा, इन्सेकका सुरेश पोर्तेल, नामसालिङ सामुदायिक विकास केन्द्रका अमर देवान, सुनगाभा विकास संस्थाका दुर्गादेवी फुयाँल, गैसस महासङ्घका शशीदेवी घिमिरे, जिल्ला बाल सञ्जालका अध्यक्ष प्रवेश रिजाल, महिला कल्याण समाजका पशुपति भट्टराई, पत्रकार कोकिला ढकाल र ख्याम भुजेल, प्यागका भीम सङ्गम कार्की र अपाङ्ग महासङ्घका सचिव हेमराज अधिकारी रहेका छन् । समितिले निर्वाचनमा बालबालिकाको प्रयोग, विद्यालयमा चुनावी कार्यक्रम आयोजना र अपाङ्गतामैत्री मतदान केन्द्रका विषयमा निगरानी गर्ने जनाइएको छ । समितिले निगरानी गर्नुअघि जिल्लास्थित राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयलाई सचेत गराउँदै ध्यानाकर्षणपत्र दिने संयोजक अधिकारीले जानकारी दिनुभयो । The post चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
मधेसी मोर्चा चुनावमा नआउँदा प्रचण्डले गर्नुपर्ने १० काम प्रधानमन्त्री प्रचण्डले जुन आशा र भरोसाका साथ संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदबाट पास गराएर संसदमा दर्ता गराए, यो सबै प्रयासलाई मधेसी मोर्चाले निष्प्रभावी बनाइदिएको छ । मोर्चा र गठबन्धनले परिमार्जित
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चुनावमा खटिने कर्मचारीको सुरक्षाका लागि वीमा गरिने २८ चैत्र, बिराटनगर । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उनीहरुको वीमा गर्ने तयारी गरको छ । चुनावमा बेला कर्मचारीमाथि कुनै क्षति भए उनीहरुका परिवारले
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्थानीय तहको चुनावमा केन्द्रिय नेता लड्ने तयारी रमेशकुमार वली २६ चैत, सल्यान  । स्थानीय तहको निर्वाचनका लागि सल्यानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । चुनावी सभा तथा घरदैलो कार्यक्रममा आएको तिव्रतासँगै जिल्लामा चुनावी सरगर्मीसमेत बढेको छ । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहमा आगामी बैशाख ३१ गते चुनाव हुुँदैछ । चोकचोक र चियापसलमा उम्मेदवारको चर्चापरिचर्चाले हुन थालेका छन् । अहिलेसम्म कुनैपनि दलले औपचारिक रुपमा उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीले वैशाखको पहिलो हप्तासम्ममा जिल्लाका सबै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए । दलहरुले प्रतिस्पर्धी दलहरुको उम्मेदवारको अवस्था हेरेर आफ्नो उम्मेदवार बनाउने रणनीति तय गरेका कारण र आकांक्षी धेरै भएका कारण जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन ढिला भएको छ । कहाँ को को आकांक्षी : शारदा नगरपालिका जिल्लाको सदरमुकामलाई समेटेको शारदा नगरपालिका क्षेत्रफलको हिसाबले देशकै चौँथो ठूलो नगरपालिका हो । यस नगरपालिकाबाट प्रमुख पदको उम्मेदवारका लागि प्रमुख दलका आकांक्षीमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन् । नेपाली काँग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेविसङ्घका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर इकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन् । अधिकारी केही दिनअघि जिविसको वरिष्ठ प्रशासकीय अधिकृतबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् । यस्तै एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेशकुमार गौतम, टोपबहादुर थापा र इन्द्र शर्माको नाम चर्चामा छ । माओवादी केन्द्रले प्रमोद श्रेष्ठको नाम अघि सारेको छ । यस्तै राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई नगरप्रमुखको रुपमा अघि सारेको जनाएको छ । मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको शारदा नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले नगरप्रमुखमा नेवार समुदायका व्यक्तिलाई अघि सारेर खलङ्गामा रहेको नेवार समुदाय भोट आफूतिर तान्न खोजिरहेको देखिन्छ । बागचौर नगरपालिका स्रोतको हिसाबले धनि मानिने बागचौर नगरपालिका प्रमुख तीन दलको पहिलो रोजाइँको नगरपालिका बनेको छ । यस नगरपालिकाको प्रमुख पदमा माओवादीका पोलिटब्यूरो सदस्यदेखि एमालेका पूर्वजिल्ला अध्यक्ष लगायतको चर्चा छ । नेपाली काँग्रेसको तर्फबाट एकराज डिसि, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन् । नेकपा एमालेको तर्फबाट पार्टीका पूर्वअध्यक्ष लोकबहादुर डाँगी, सिपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ । माओवादी केन्द्रकोतर्फबाट पोलिटब्यूरो सदस्य भीम प्रकाश शर्मा, कृतिबहादुर पुन समेतको चर्चा भए पनि लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीले आफूहरु पनि आकांक्षी रहेको दाबी प्रस्तुत गरिसकेका छन् । बागचौरमा राप्रापको तर्फबाट टोपबहादुर केसी र अमर गिरीले आकांक्षा देखाएका छन् । तर यस गाउँपालिकामा प्रमुख तीन दलको त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । वनगाड कुपिन्डे नगरपालिका वनगाड कुपिन्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तको रुपमा हेरेको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य कर्णबहादुर बुढाथोकीबीच नगरप्रमुख पदमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर एमालेभित्र टोपबहादुर विष्ट र माओवादीभित्र कृतिबहादुर राना पनि आकांक्षी छन् । नेपाली काँग्रेसबाट पुरुषोत्तम शर्मा र दीपेन्द्र विष्टले आकांक्षा देखाएका छन् । सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेद्वार दार्मा गाउँपालिकामा माओवादी केन्द्रकातर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सचिव निमबहादुर केसी, काँग्रेसबाट रामचन्द्र केसी र एमालेबाट दलबहादुर केसी आंकाक्षी देखिएका छन् । कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्रकोतर्फबाट पूर्व सभासद उकाकान्त शर्मा, धर्मे बुढाथोकी, तिलवीर बुढाथोकी, दीलमाया बुढा र डिल्लीराज शर्माले आकांक्षा देखाएका छन् । यस गाउँपालिकामा एमालेबाट भैरव शाह र लालबहादुर रावत तथा काँग्रेसबाट विवेकसिंह राठौर र धनबहादुर हमालको चर्चा छ । राप्रपाले पनि यस गाउँपालिकामा भरत बुढाथोकी र कृष्णबहादुर चन्दमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यस्तै कपुरकोट गाउँपालिकामा एमालेबाट भद्रसिंह बुढा र भीमबहादुर सेन, माओवादी केन्द्रबाट प्रदीप बस्नेत र प्रकाश भण्डारी तथा काँग्रेसबाट विष्णु शर्मा, दुर्गा गिरी र राप्रपाबाट जागेश्वर गिरीले आकांक्षा देखाएका छन् । लुहाम गाउँपालिकामा एमालेबाट भीउसेन नेपाली, बालकृष्ण महर, गिर्दल बोहरा, कुलबहादुर भण्डारी र पवित्रा केसीले आकांक्षी देखिएका छन् । यस गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अजय रोका, नेत्र पुन र राजेन्द्र थापा, काँग्रेसका तर्फबाट खिमबहादुर रावत, मानबहादुर डाँगी तथा राप्रपाको तर्फबाट गणेश भण्डारी र मङ्गलसिंह पुनको चर्चा छ । यस्तै कालिमाटी गाउँपालिकामा काँग्रेसबाट गणेश केसी, एमालेबाट दानबहादुर केसी, टेकमान वली र गेहेन्द्र केसी, माओवादी केन्द्रबाट पुरुषोत्तम भट्टराई र असवीर बुढाथोकी तथा राप्रपाबाट रत्नलाल भण्डारी र प्रदीप थापाको चर्चा छ । यस्तै ढोरचौ गाउँपालिकामा एमालेकोतर्फबाट मानबहादुर चलाउने र जितबहादुर चलाउने, काँग्रेसकोतर्फबाट भरत गिरी र गुमान बस्नेत, माओवादी केन्द्रकोतर्फबाट रामबहादुर बस्नेत र नरवीर चलाउने तथा राप्रपाकोतर्फबाट रामबहादुर चलाउने र रेशम चलाउनेले आकांक्षा देखाएर चुनावी सभा तथा घरदैलो गरिरहेका छन् । त्यस्तै छत्रेश्वरी गाउँपालिकामा एमालेबाट पूर्वजिल्ला अध्यक्ष हरि केसी, ओजबहादुर केसी, टोपबहादुर चन्द, राजबहादुर बुढाथोकी र गोविन्द केसी, काँग्रेसबाट केशबहादुर विष्ट र वेदबहादुर विष्ट, माओवादी केन्द्रबाट चित्रबहादुर केसी र राधा शर्मा तथा राप्रपाबाट अनुवम सिंह श्रेष्ठ, फौदबहादुर बस्नेत र चन्द्रबहादुर वलीको नाम चर्चामा छ । आगामी स्थानीय निर्वाचनका लागि जिल्लामा १५ वटा राजनीतिक दल दर्ता गरिएको भए पनि काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा गरी चार पार्टीले चुनावी क्रियाकलाप तीव्र पारेका छन् । रासस The post स्थानीय तहको चुनावमा केन्द्रिय नेता लड्ने तयारी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्थानीय चुनावमा ८० पार्टी सहभागी हुने, साझा पार्टीको नाम छैन २६ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नामावली प्रकाशित गरेको छ, जसमा ८० वटा दलहरुको नाम छ । आयोगले स्थानीय तह निर्वाचनमा भाग
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
चुनावमा उठ्न तीन शिक्षकको राजीनामा काँकडभिट्टा (झापा), २२ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् । शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन् । राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् । उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा (एमाले)बाट उम्मेदवार बन्न लागेको खुलस्त बताउँछन् । “मेरो पहिलेदेखि राजनीति तथा सामाजिक सेवा गर्ने धोको थियो”, प्रधानाध्यापकको जागिर छाडेर राजनीतिमा होमिएकी सिटौलाले भन्नुभयो – “अब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट बोकेकी छुँ ।” उहाँ काँग्रेस पार्टीबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने तयारीमा जुट्नुभएको छ । जागिर छाडेर आएकी हुँदा पार्टीबाट मेयरको टिकट पाउने उहाँको आशा छ । त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसताक्षी नगरपालिका–६ को वडाध्यक्ष पदमा नेकपा (एमाले)बाट उम्मेदवार बन्ने तयारी गर्दैहुनुहुन्छ । छब्बिस वर्ष शिक्षण पेसामा बिताउनुभएको ५२ वर्षे रोक्का भन्नुहुन्छ– “पार्टीले वडाध्यक्षको उम्मेदवार बन्न टिकट दिन्छ भन्ने विश्वास छ, चुनाव लड्छु ।” यसैगरी, कचनकवल गाउँपालिकामा नेपाली काँग्रेस पार्टीबाट अध्यक्ष उम्मेदवारको आकांक्षी बनेका राजवंशीले पनि राजीनामा दिनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ । उहाँ भन्नुहुन्छ– “पार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ, जागिर नै छाडेर आएको हुँदा मेरो मूल्याङ्कन हुन्छ जस्तो लाग्छ ।” तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले बताउनुभयो । The post चुनावमा उठ्न तीन शिक्षकको राजीनामा appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्थानीय चुनावमा क्रान्तिकारी ढंगले भाग लिन्छौः मोहन वैद्य १९ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले स्थानीय तहको विर्वाचनमा क्रान्च्तिकारी ढंगले भाग लिने बताएका छन् । उनले दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेपनि अहिले सरकारले घोषणा गरेको निर्वाचनम भाग लिने बताएका हुन् । ‘नेपालमा चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता भएपनि त्यो गलत हो, बैद्यले भने । ‘विश्व र नेपालमा पनि क्रान्तिकारी ढंगले चुनाव उपयोग गरिएका र बहिष्कार क्रान्तिकारी नभई ढोंगमा परिणत भएका उदाहरणहरु पनि छन् । यसरी हेर्दा चुनाव उपयोग हमेशा गलत र बहिष्कार हमेशा सही हुन्छ भन्ने कुरा पनि ठीक होइन, उनले भनेका छन् । अध्यक्ष वैद्यले तिथिमिति घोषणा गरिए पनि निर्वाचन गरिने अझै सुनिश्चितता भइनसकेको बताउदै निर्वाचन हुने नै स्थिति पैदा भएमा जाने बाटो पार्टीले लिने बताए । जनयुद्ध तथा क्रान्तिले गंभीर धक्का खाई प्रतिक्रियाकाल सुरु भएको, जनताका बीचमा संगठन विस्तार गर्न आवश्यक बन्न गएको, जनताको एउटा ठुलो हिस्सामा निर्वाचनप्रति चासो देखिएकोले निर्वाचनको क्रान्तिकारी ढंगले उपयोग गर्न आवश्यक छ, वैद्यले भनेका छन् । यस प्रकारको उपयोग पार्टीद्वारा सिधै नभई संयुक्त मोर्चा मार्फत् गर्ने र त्यसका लागि मोर्चालाई समर्थन गरेर जाने नीति अबलम्वन गर्नुपर्नेमा वैद्यले जोड दिएका छन् । The post स्थानीय चुनावमा क्रान्तिकारी ढंगले भाग लिन्छौः मोहन वैद्य appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चुनावमा भाग लिन अध्यक्ष ठाकुरको आग्रह वीरगन्ज, १५ फागुन- जनतान्त्रिक तराई–मधेस पार्टीका केन्द्रीय अध्यक्ष रामलोचन ठाकुर स्वामीले आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको स्वागत गर्दै नेपाली जनतालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष ठाकुरले १९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा आफ्नो दलले प्रदेश नं २, ३ र ५ का ३४ जिल्लामा उम्मेदवार खडा गर्ने जानकारी दिनुभयो । नेता ठाकुरले चुनावसँगै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो । निर्वाचन आयोगमा दर्ता रहेको सो दलको केन्द्रीय समितिको विस्तारित बैठकपछि चुनावी रणनीति तयार गर्ने अध्यक्ष ठाकुरले बताउनुभयो । उहाँले स्थानीय निकायलाई बलियो तथा सशक्त बनाउन आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गर्दै स्थानीय सरकार बलियो भए मात्र लोकतन्त्रको स्थायित्व र विकास हुने भएकाले यस्तो अवसर नगुमाउन सबै मतदातासँग अनुरोध गर्नुभयो ।
0 notes
nepal123 · 8 years
Text
अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछः देउवा
अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछः देउवा
१५ कात्तिक, भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । यसपटक पनि नेपाली जनताले कांग्रेसलाई नै पहिलो पार्टी बनाउने देउवाले विश्वास व्यक्त गरे । नेपाली कांग्रेस भक्तपुरले सोमबार आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘वर्तमान समयमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि कांग्रेसले सक्नेजति भूमिका इमान्दारीपूर्वक निर्वाह गरिरहेको छ । नेपालको…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
अमेरिकी राष्ट्रपतीय चुनावमा हिलारीको पल्ला भारी
अमेरिकी राष्ट्रपतीय चुनावमा हिलारीको पल्ला भारी
अमेरिका । दुबै पार्टीका गनेचुनेका सबै मानिस एउटै हलमा भेला भएका थिए, हफ्ट्रा विश्व विद्यालयको हल न्यूयोर्कमा । त्यहाँ राजनीतिक नाराबाजी थिएन । कुनै राजनीतिक हानाहान थिएन । तेस्रो विश्वमा जस्तो डक सडकमा ढुंगा हान्ने र तोडफोड गर्ने किसिमको राजनीति थिएन । उत्तेजित मानिसहरुलाई बहस हल भित्र प्रवेश पनि दिइएको थिएन । बहसको शुरुदेखि नै हिलारीले डोनाल्ड ट्रम्पलाई साइजमा राख्न सकेको चर्चा चल्दै थियो ।…
View On WordPress
0 notes
nepal123 · 9 years
Text
२२ बुँदे प्रतिबद्धता पत्रसहित लय संग्रौला चुनावमा होमिए, एमाओवादी र एमालेको गठबन्धन  
नेपाल चलचित्र कलाकार संघको भोली हुने निर्वाचनका लागि अहिले सरगर्मी ह्वात्तै बढेको छ । यस्तो लाग्छ, अहिले ४ सय जना भोटर भएको कलाकार संघको नभएर देशमै आम निर्वाचनको अवस्था हो । (more…)
View On WordPress
0 notes