#बलबलकक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
निर्वाचनमा बालबालिकाको प्रयोग रोक्ने नेपालगन्ज १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न सबैको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिइएको छ । सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले निर्वाचनमा बालबालीका प्रयोग नगर्न सबैमा आग्रह गरेका छन । नेपाल पत्रकार महासंघ बाँके साखाकोे आयोजनामा बालअधिकार संरक्षण र प्रर्बद्धनका लागि सञ्चारकर्मीको भूमिका बिषयक कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका निर्वाचन अधिकारी बसन्तराज अधिकारीले राजनीतिक दलहरुले गर्ने भेला, आमसभा, चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नहुने बताए । उनले आचारसंहितामै बालबालिकाको प्रयोग गर्न नहुने स्पष्ट उल्लेख गरिएको वताए । बाल कल्याण समितिका संयोजक समेत रहेका बाँकेका प्रमु्ख जिल्ला अधिकारी रविलाल पन्थले निर्वाचनमा बालबालिकाको प्रयोग हुनै नदिन राजनीतिक दलका नेताहरुलाई लिखितरुपमा प्रतिबद्धता गराइएको बताए । पन्थले बालबालिका प्रयोग गर्न नदिन कार्ययोजनाका साथ अ��ि बढिएको उल्लेख गरे । पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह ���ारुको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका क्षेत्रीय संयोजक झलक गैरे, महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख सुनिता केसी, बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक आशिष वर्मा, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतले निर्वाचनमा बालबालिकाको प्रयोग शुन्यमा झार्न दण्डहिन्ता अन्त्य गरिनु पर्नेमा जोडएका थिए । The post निर्वाचनमा बालबालिकाको प्रयोग रोक्ने appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन इलाम, ४ वैशाख । आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दललाई सचेत गराउने उद्देश्यले बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाको अगुवाइमा समिति गठन गरिएको हो । मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । समितिको सदस्यमा करुणा फाउन्डेसनका व्यवस्थापक अजित योञ्जन, मानव अधिकार मञ्चका योगराज सापकोटा, इन्सेकका सुरेश पोर्तेल, नामसालिङ सामुदायिक विकास केन्द्रका अमर देवान, सुनगाभा विकास संस्थाका दुर्गादेवी फुयाँल, गैसस महासङ्घका शशीदेवी घिमिरे, जिल्ला बाल सञ्जालका अध्यक्ष प्रवेश रिजाल, महिला कल्याण समाजका पशुपति भट्टराई, पत्रकार कोकिला ढकाल र ख्याम भुजेल, प्यागका भीम सङ्गम कार्की र अपाङ्ग महासङ्घका सचिव हेमराज अधिकारी रहेका छन् । समितिले निर्वाचनमा बालबालिकाको प्रयोग, विद्यालयमा चुनावी कार्यक्रम आयोजना र अपाङ्गतामैत्री मतदान केन्द्रका विषयमा निगरानी गर्ने जनाइएको छ । समितिले निगरानी गर्नुअघि जिल्लास्थित राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयलाई सचेत गराउँदै ध्यानाकर्षणपत्र दिने संयोजक अधिकारीले जानकारी दिनुभयो । The post चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बेलायतको अपराध एजेन्सीले भन्यो- नेपाली बालबालिकाको तस्करी भएको खबर ‘झुट’ गत वर्ष बेलायतको ‘सन’ पत्रिकाले नेपालको भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको बेलायतमा बिक्री  भएको भिडियो सार्वजनिक गरेपछि निकै सनसनी मच्चियो । त्यो खबर आएसँगै पश्चिमा मिडियाले ‘नेपाली बालबालिका बेलायतमा  बिक्री’
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सीमान्तकृत बालबालिकाका लागि दिइने दिवा खाजा कार्यक्रम प्रभावकारी चितवन, २६ फागुन- सीमान्तकृत बालबालिकाका लागि दिइने दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । पहाडी र ग्रामीण क्षेत्रका गरिब परिवारलाई लक्षित गरी दिइने खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या केही हटेको प्रधानाध्यापकहरु बताउँछन् । जिल्लामा कक्षा १ देखि ५ सम्म सञ्चालन भएका १४२ वटा विद्यालयका छ हजार ८६२ विद्यार्थी खाजा कार्यक्रममा सहभागी छन् । सहायक जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाका अनुसार उनीहरुले विद्यालय समयमा दैनिक रु १५ का दरले बन्ने खाजा वा नगद लिएर खाजा किनेर खाँदै आएका छन् । जसका लागि चैत मसान्तसम्मको रु एक करोड ४० लाख ५० हजार ९८५ निकासा भइसकेको छ । गत वर्षसम्म जिल्लाका पहाडी नौ गाविसका सबै प्राथमिक विद्यालय र माडीका तीन विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन गरिएको थियो । जसबाट सात हजार ७०० बालबालिका लाभान्वित भएका थिए । यस वर्ष भने जिल्ला भरका सीमान्तकृत कक्षा ५ सम्म पढ्ने बालबालिकालाई दिवा खाजाबापत सो रकम उ��लब्ध गराइएको खनियाले बताउनुभयो । दारेचोक गाविसको धुसाहा राप्राविका प्रधानाध्यापक सोमलाल श्रेष्ठले खाजा पाउने भएपछि विद्यार्थी नियमित आउने गरेको बताउनुभयो । सोही गाविसको राप्रावि तामिनका प्रधानाध्यापक कृष्ण घिमिरेले पकाउने ठाउँ नहुँदा विद्यार्थीलाई नगद दिएको बताउँदै पैसा पाउने आशाले नियमित विद्यार्थी आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “विद्यार्थी आउन नपाउँदा अभिभावकले आफैँले बिदा मागिदिने गर्छन् । मिल्यो भने खाजाको पैसा दिन आग्रह गर्ने गर्छन् ।” चण्डीभञ्ज्याङ गाविसको निमावि पामडाँडाका प्रधानाध्यापक ऐनबहादुर गुरुङले खाजा कार्यक्रमले बीचमा विद्यालय छाड्ने समस्या कम हुँदै गएको बताउनुभयो । जिल्लामा प्रावि तहमा आठ प्रतिशत विद्यार्थीले बीचमा नै कक्षा छाड्ने गरेकाले यो कार्यक्रमले बीचमा कक्षा छाड्ने समस्यामा कमी आउने सहायक जिल्ला शिक्षा अधिकारी खनियाले बताउनुभयो । गत वर्षसम्म पहाडी क्षेत्रका सबै बालबालिकाका लागि खाजा कार्यक्रम भए पनि यस वर्षबाट सीमान्तकृतका लागि मात्र छुट्याएपछि सोही भूभागमा बसोबास गर्ने उत्तिकै हैसियत भएका अन्य बालबालिका भने खाजा कार्यक्रमबाट वञ्चित बनेको खनियाले बताउनुभयो । उत्तिकै हैसियत भएका कसैले खाजा खाइरहने कसैले टुलुटुलु हेर्नुपर्ने बाध्यता बनेको भन्दै उहाँले पहाडी विपन्न समुदायमा सबैलाई खाजा कार्यक्रममा सहभागी गराउँदा राम्रो हुने बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु अफगानिस्तान, १३ माघ- अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिनुभएको छ । “अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,” हसारले सिन्ह्वालाई बताउनुभयो । हिमपात विगत केही दिनदेखि नै भइरहेको र कतिपय ठाउँमा ५० सेन्टिमिटरसम्म हिँउ जमेकोले हिँडडुल गर्न पनि धेरै गाह्रो भइरहेको छ । द्वन्द्वग्रस्त मुलुकको यस क्षेत्रमा खाद्य असुरक्षाको समस्या पनि उत्तिकै रहेको छ । संयुक्त राष्ट्रसङ्घको मानवता मामिला समन्वय कार्यालयले अफगानिस्तानी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । अफगानिस्तानको तीन करोड जनसङ्ख्यामध्ये १५ लाख ७० जनता खाद्य असुरक्षामा रहेका छन् भने एक मिलियन बालबालिकामा कुपोषणको समस्या रहेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार गर्न ‘सुनौला हजार दिन’ ललितपुर, २८ पुस- सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गर्नुभएको हो । “स्थानीय निकायको संरचनाले हालको स्थानीय निकायको अवधारणा पनि छिटै आउने भएकाले त्यसतर्फ चनाखो भएर स्थानीय निकायले काम गर्नुपर्छ” – मन्त्री पाण्डेले भन्नुभयो । स्थानीय विकास अधिकारीलगायतका कर्मचारीले उचित कार्ययोजना बनाएर कार्यान्वयनतर्फ लाग्न पनि उहाँले निर्देशन दिनुभयो । ‘पोषणका लागि स���ुदायको क्रियाशीलता आयोजना ः सुनौला हजार दिन’ नारासहित सुरु भएको आयोजना चैत महिनासम्म सम्पन्न गराउनुपर्ने भएकाले त्यसतर्फ उत्सुकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले विश्वबैंकको सहयोगमा सञ्चालन भइरहेको यो आयोजना ��मयभित्रै सम्पन्न गराउन जरु��ी रहेको छ भन्नुभयो । मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले आयोजनामार्फत स्थानीय समुदायमा बालबालिका तथा मातृ कुपोषणलाई न्यूनीकरण गर्न आवश्यक वस्तु तथा सेवाका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध भइरहेको बताउनुभयो । प्रजनन उमेर पुगेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार गर्न सामाजिक धारणा, व्यवहार र परम्परामा सुधार ल्याउनु आयोजनाको मुख्य लक्ष्य रहेको छ । समुदायमा बाल कुपोषणको जोखिम कम गर्ने र पहिलो गर्भवती कम्तीमा २० वर्ष उमेरमा हुने देखिएकाले बच्चा जन्मान्तरको समयावधि बढाउन जनचेतना अभिवृद्धिलगातका कार्य गर्ने आयोजनाको उद्देश्य रहेको बताइएको छ । उक्त आयोजना हाल ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी, सुनसरी, सिरहा, सिन्धुली, रोमछाप, धनुषा, महोत्तरी, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बाबुआमाले दोस्रो बिहे गर्दा बालबालिकाको बिचल्ली गोरखा, ७ पुस– ताक्लुङ १ डाँडेगाउँकी पुतली चेपाङ अहिले ६ वर्षकी भइन् । उनी अहिले एकछाक खोलेफाँडो र अर्को छाक पिँडालु खाएर टार्छिन् । ‘बिहान खोलेफाँडो पकाउँछु । साँझमा उसिनेको पिँडालु खान्छौं’, उनकी ७२ वर्षीया बज्यै धनमाया भन्छिन् । घुँडा टेकेर टुकुटुक हिँड्ने उमेरकी पुतलीलाई छोडेर आमा अर्कै पतिको साथ लागिन् । आमा हिँडेको केही दिनपछि बुबा एकबहादुरले कान्छीआमा भित्र्याए । जन्मेकै वर्ष बुबाआमाविहीन बनेपछि पुतली बाजेबज्यैको घरमा हुर्किरहेकी छन् । किताब-कापी बोकेर स्कुल जाने यो उमेरमा उनी बज्यैको साथमा बनमासा घारीमा गाईबाख्रा चराउन जान्छिन् । ‘स्कुल जान मान्दिनँ, त्यही भएर भर्ना पनि गरेको छैन’, धनमाया भन्छिन्, ‘म जहाँ गयो, त्यहीँ जान्छे । राति हामी बूढाबूढी टाँडमा सुत्छौं । यसलाई भुइँमा थांना ओछ्याइदिन्छौं । त्यहीँ लड्छे । जाडो छ । भएका थांना ओढाइदिन्छु ।’ कान्छीआमा ल्याएपछि बुबा छुट्टिएर पारिको डाँडामा घर बनाएर बस्न थाले । बुबाआमाले छाडेपछि पुतली मात्र होइन, उनका दुई दिदी र दुई दाई पनि अनाथ बने । अहिले यी अनाथ बालबालिकाको बिचल्ली भएको छिमेकी बताउँछन् । ‘बाबुआमा नभएपछि यिनीहरूको बिचल्ली भयो’, स्थानीय अमृत चेपाङ भन्छन् ‘बाजे ७१ वर्षका भए । त्यही पनि रोगी छन् । बज्यै ७२ वर्षकी छन् । ती बूढीले घरभित्र र बाहिरको सबै काम गरेर पाँचजना नातिनातिनीको स्याहार कसरी गर्न सक्छिन् र ? बिचल्ली छ ।’ खान लाउन नपाएपछि पुतलीका नौ र दस वर्षका दुवै दाइहरू काम खोज्दै मुग्लान पसे । दिदीहरू एउटा कालको, अर्की बालविवाहको सिकार बनिन् । उनका दुवै दाइहरू भारतको हिमाञ्चलमा छन् भन्ने खबर आएको छ । ‘भबे (जेठो) गएको तीन वर्ष भो, मोटे (कान्छो) यही वर्ष गएको हो’, बज्यै धनमाया भन्छिन्, ‘गरङ्जा माहिला��े भबेलाई ९ वर्षको हुँदा लगेको हो । मोटेलाई १० वर्षको हुँदा ।’ भबेले गएदेखिको ३६ महिनामा २६ हजार रुपैयाँ कमाएर पठाएको उनले बताइन् । बाल श्रम बेचेर कमाएको २६ हजार बज्यै र कान्छीआमा लिएर छुट्टिएका एकबहादुरले आधाआधा बाँडेर लिए । ताक्लुङ १ ढाँडेकी सानुमाया चेपाङ अहिले आठ वर्षकी भइन् । उनका बुबा उमरबहादुरले ६ जनाको परिवार भारी बोकेर पालिरहेका थिए । तीन वर्षअघि सडकमा हिँडिरहेका बेला ट्रकले हानेर उमरबहादुरको मृत्यु भयो । घटनाको ६ महिना नबित्दै पाँच सन्तानलाई बेवारिसे बनाएर सानुमायाकी आमा नयाँ श्रीमान्को साथ लागिन् । अहिले उनका दुई दिदी र दुई दाइको समेत बेहाल छ । ‘यी सबैलाई यो मंगलेले स्याहार सुसार गरेको छ’, १५ बर्से मंगलबहादुरलाई देखाउँदै स्थानीय अमृत चेपाङले भने, ‘आफैंलाई अभिभावकको खाँचो छ तर दुई बहिनी र एक भाइको अभिभावक बन्नु परेको छ ।’ अभिभावक नहुँदा उनकी १३ वर्षीया बहिनीले विद्यालयको मुख देखिनन् । अरू भाइ बहिनीलाई पनि विद्यलाय जान कसैले भन्दैनन् । अभिभावक नहुँदा यी लालाबालाको वर्तमान मात्र होइन, भविष्य पनि अन्योलमा छ । ताक्लुङ १ ढाँडेगाउँकै भीमबहादुर चेपाङ १५ वर्षका भए । १० वर्षको उमेरदेखि उनले तीनजना बहिनीको लालनपालन र घर व्यवहार चलाउनुपर्ने अभिभारा आइपरेको छ । पाँच वर्षअघि वनबाट घाँसदाउरा बोकेर आउँदा बाटोमै लडेर उनका बुबाको मुत्यु भयो । बुबाको मृत्यु भएको डेढ वर्षपछि आमाले पनि नयाँ मान्छेसँग घरबार गरिन् । ‘१३ वर्षको केटाले पाँच वर्षकी सिर्जना र ६ वर्षकी सुमित्रालाई हुर्काउन कति गाह्रो भयो होला ? ‘ उनका कान्छाबुबा जितबहादुर भन्छन्, ‘भुइँचालोले घर भत्काएको छ । कसले बनाइदिने यिनको घर? खानेबाटो केही छैन । आफ्नो जमिनबाट एकदुई बोरा मकै र एकदुई बोरा धान आउँछ । निमेक गरेर घर चलाइरहेको छ ।’ टुहुरो भएपछि उनका दाइ पनि मुग्लान पसे । आमा अर्कैसँग जाने र बुबाले कान्छीआमा ल्याउनाले चेपाङ समुदाय कहिल्यै उँभो लाग��न नसकेको ठूला उमेरकाहरूले बुझेका छन् । ‘आमा पोइल जासन्छन्, बाबुले अर्की ल्याइहाल्छन् । अनि बच्चालाई कसले शिक्षादीक्षा दिने, कसले सही बाटो देखाइदिने ? ‘, स्थानीय चन्द्रबहादुर चेपाङ भन्छन्, ‘बच्चैदेखि सही बाटो हिँड्न नपाएपछि त्यो मान्छे बिग्रियो, बिग्रियो । हाम्रो चेपाङ समुदाय उँभो लाग्न नसकेको यही भएर हो ।’ आफ्नी आमा पनि पोइल गएको र बाबुले अर्की आमा ल्याएपछि बेस्याहार भएर बाल्यकाल बितेको, पढ्न नपाएको उनको बुझाइ छ । अन्नपूर्ण पाेष्टबाट ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पछाडी पारिएका र सीमान्तकृत बालबालिकाका लागि नेपालगन्जमा सहयात्रा परियोजना नेपालगन्ज, ६ पुस- पछाडी पारिएका र सीमान्तकृत परिवारका बालबालिकाको आधारभूत शिक्षामा पहँुच पु¥याउने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकामा सहयात्रा परियोजना कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०१८ सम्म सञ्चालन हुने सो परियोजनाअन्तर्गत तीनदेखि १२ वर्ष उमेरका बालबालिका र तिनका अभिभावकलाई लक्षित समूहभित्र राखिएको छ भने अपाङ्गता, एचआइभी सङ्क्रमित तथा प्रभावित र विस्थापित बालबालिकाका लागि पनि कार्यक्रम केन्द्रित छ । नेपालगन्जको १७ विद्यालय, दुई मदरसा तथा अति पछाडि परेको यहाँको घसियारन टो��, चिडिमार टोल, वाल्मीकि टोल, श्मशानघाट क्षेत्र र कसगर टोलका बालबालिका र अभिभावका लागि परियोजनाअन्तर्गत तालिम, शैक्षिक सामग्री वितरण, विद्यालय भर्ना, जन्मदर्ता, स्वास्थ्य जाँच लगायतका कार्यक्रम सञ्चालन हुँदै आएको कार्यक्रम संयोजक आशिष वर्माले बताउनुभयो । परियोजनाको कार्यक्रमलाई तोकिएको अवधिभित्र सफल बनाउन आयोजक संस्था बाँके युनेस्को क्लबले जिल्ला शिक्षा कार्यालय, महिला विकास कार्यालय, बालमैत्री स्थानीय शासन समिति, जिल्ला प्रहरी कार्यालय, बाल न्याय समन्वय समिति, बाल संरक्षण समिति र बाल क्लबलाई सहकार्य निकायका रुपमा समेटेको छ । कार्यक्रम संयोजक वर्माका अनुसार, हालसम्म विद्यालयबाहिर रहेको ६३ बालबालिकालाई विद्यालय भर्ना, एक सय ५० बालबालिकालाई शैक्षिक तथा सहयोग सामग्री वितरण, विद्यालयमा कम्प्युटर वितरण, दुई विद्यालयलाई शान्ति क्षेत्र घोषणा, शौचालय निर्माण, खानेपानीको व्यवस्थाजस्ता पूर्वाधार निर्माण गरिएको छ । यसैबीच, परियोजनाद्वारा सञ्चालित कार्यक्रमको मङ्गलबार जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, महिला विकास कार्यालयका पदाधिकारी, पत्रकार, बाल क्लबका पदाधिकारी, सेभ द चिल्ड्रेनका केन्द्रीय प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भूकम्प प्रभावित बालबालिकाका लागि साङ्गितिक कार्यक्रम गरिने काठमाडौँ, २ पुस- भूकम्प प्रभावित दृष्टिविहीन बालबालिकाको सहयोगका लागि यही पुस ९ गते राजधानीमा साङ्गितिक कार्यक्रम हुने भएको छ । नेत्रहीन युवा सङ्घ नेपाल र ‘मार्क इन्टरटेनमेन्ट एन्ड इभेन्टस्’ प्रालिले नेपालको चर्चित ब्यान्डसँग मिलेर कार्यक्रम गर्न लागेकोे हो । सङ्घका अध्यक्ष कलाधर भण्डारीले अपाङ्गता भएका व्यक्ति त्यसमा पनि दृष्टिविहीन बालबालिका भूकम्पबाट बढी प्रभावित रहेकाले भूकम्प पूर्व तयारी र कसरी आफूलाई सुरक्षित राख्ने भन्नेबारेमा कार्यक्रममार्फत सचेतना दिइने बताउनुभयो । सङघका महासचिव रामचन्द्र गैरेले स्वास्थ्य, सरसफाइ, तथा दृष्टिविहीन किशोरीहरुको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या निकै देखिएकाले सुरक्षित रहने उपायबारे जानकारी गराउन आवश्यक रहेकोले उठेको रकम सोही कार्यक्रममा खर्च गरिने बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
शिक्षक दरबन्दी नहुँदा विद्यार्थी बालबालिकाको भविष्य अन्धकारमय इनरुवा, १६ मङ्सिर- सुनसरीका नयाँ सामुदायिक प्राथमिक विद्यालयमा शिक्षक दरबन्दी नहुँदा विद्यार्थी बालबालिकाको भविष्य अन्धकारमय बन्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् । विद्यायलमा विद्यार्थीको नियमित पठनपाठन नभएको गुनासो बाहिर आएको बेला धेरै विद्यालयमा शिक्षक नै नरहेको पाइएको छ । जिल्लाका दक्षिणवर्ती गाविसमा सञ्चालित रहेका सामुदायिक विद्यालयमा कुनै किसिमको विषयगत शिक्षकको दरबन्दी नरहेका कारण विद्यार्थीको जीवन अन्धकारमय बन्दै गएको हो । अधिकांश गाविसमा सञ्चालित रहेका ११ नयाँ समुदायिक प्राथमिक विद्यालयमा विद्यार्थी भएपनि दरबन्दी नरहेको जिल्ला शिक्षा कार्यालय सुनसरीको तथ्याङ्कमा उल्लेख रहेको छ । सरकारले नयाँ स्वीकृति दिएका समुदायिक विद्यालयमा शिक्षक दरबन्दी नपठाएका कारण कतिपय विद्यालय बन्दसमेत भइसकेको पाइएको छ । जिल्लाका कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेको पाइएको छ । उता नरसिंहको दलित प्रावि, जालपा प्रावि र नरसिंहनाथ प्रावि दरबन्दी अभावमा बन्द नै भइसकेका छन् भने विद्यालयको नाममा दिएको जग्गा व्यक्तिगतरुपमा प्रयोग भइरहेको स्थानीयवासीले बताएका छन् । अरू विद्यालयको अवस्था पनि नाजुक रहेको बताइएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिँदा विद्यार्थीको जीवन अन्धकारमय बन्ने खतरा बढेको स्थानीयवासीको भनाइ छ । गरिखाने परिवारका बालबालिका सामुदायिक विद्यालयमा भर्ना रहेपनि सरकारले गरिब परिवारका सन्तानको जीवनका बारेमा नसोचेका कारण गुणस्तरहीन शिक्षा पाउन बाध्य रहेका छन् । सुनसरीको दक्षीणवर्ती गाविस साहेवगन्ज, इनरुवा, छिटाहा, औरावनी, बबिया, महेन्द्रनगर, राजगन्जसिनुवारी, सत्तेरझोरा, वसन्तपुर, देवानगञ्ज, घुस्की, हरिनगरा, ज���्पापुर, रामनगरभुटाहा, नरसिंह, भोक्राहा, लौकही, पश्चिम कुशाहा, अमडुवा, कप्तानगन्ज, श्रीपुर, हरिपुर, प्रकाशपुरलगायत गाविसका गरिब परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा पाउन नसकेको स्थानीयवासीले बताएका छन् । विद्यालयमा सरकारले दरबन्दी उपलब्ध नगराउँदा विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अस्तव्यस्त बन्दै गइरहेको श्रीपुरजब्दी गाविसका मनोज यादवले जानकारी दिनुभयो । कतिपय समुदायिक विद्यालयका प्रधानाध्यापकले पहुँचका आधारमा पक्की भवनसमेत निर्माण गरिसकेका छन् भने स्कुलमा कक्षा ८ देखि प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीले नै शिक्षकका रुपमा मासिक चार हजारदेखि सात हजार रुपैयाँसम्मको तलबमा काम गर्दै आएको शिक्षा स्रोतले जनाएको छ । यस प्रकारका स्कुलले पाठ्यपुस्तक, भवन निर्माण, छात्रवृत्ति, पोसाक, मर्मतसम्भार, दातृ निकायको सहयोग र सरकारी निकायको रकम ल्याएर खाने गरेको तर कक्षा सञ्चालन नगरेको समेत आरोप बाहिर आएको छ । दरबन्दीविहीन विद्यालयलाई कि त बन्द गर्नुपर्ने कि त दरबन्दीको व्यवस्था गर्नुपर्ने कालिका युवा विकास केन्द्र नरसिंहका अध्यक्ष दामोदर यादवले बताउनुभयो । सुनसरीका नयाँ सामुदायिक प्राथमिक विद्यालयमा कक्षा १ देखि २ सम्म स्वीकृति पाएका २२, कक्षा १ देखि ३ सम्म स्वकृति पाएका २५, कक्षा १ देखि ४ सम्म स्वीकृति रहेका नौ, कक्षा १ देखि ५ सम्म स्वीकृति नौ र नामको मात्र दर्ता रहेको एकवटा विद्यालयमा दरबन्दी नरहेको उल्लेख गरिएको छ । पछिल्लो पटक २०७१ साल फागुन २८ गते जिल्ला शिक्षा समिति सुनसरीको अनुगमन टोलीले गरेको अनुगमनमा झोले विद्यालय तथा नाम मात्रको विद्यालयलाई कार्वाही प्रक्रिया अगाडि बढाई १७ वटा विद्यालय बन्द गराइसकिएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ । बन्द गरिएका आठ, बन्द गरी समायोजन भएका पाँच, निकासा रोक्का गरी कारबाही गरेको आठ, चेतावनी दिएको दुई र चेतावनी दिई समायोजन प्रक्रियाको कार्यबाही गरेको एकवटा रहेको जिशिका सुनसरीको तथ्याङ्कमा उल्लेख छ । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अमेरिकामा सडक दुर्घटना, ६ बालबालिकाको मृत्यु मंसिर – ७ । अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन् । एउटा रूखमा ठोक्किएर सोमबार बस दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । मृतकमध्ये पाँच बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा ‘किन्नर गार्टेन’का ३५ जना बालबालिका रहेका थिए । टेन्नेस्सीमा हालसालै भएको यो दोस्रो दुर्घटना हो । गत शुक्रबार बिहान भएको अर्को विद्यालय बस दुर्घटनामा करिब दुई दर्जन बालबालिका घाइते भएका थिए । The post अमेरिकामा सडक दुर्घटना, ६ बालबालिकाको मृत्यु appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बालबालिकाको संरक्षणमा राज्यले ध्यान दिनुपर्छः नेता खनाल काठमाडौँ, ५ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बालबालिकाको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा ‘भ्वाइस अफ चिल्ड्रेन’ले यहाँ आज आयोजना गरेको वैकल्पिक पारिवारिक स्याहार पुरस्कार–२०७३ वितरण समारोहमा उहाँले बालबालिकाको पठनपाठनमा ध्यान दिएर राम्रो भविष्य बनाउन राज्यले अझ प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । “लालनपालन गरेर बालबालिकाको भविष्य राम्रो बनाउनु पर्दछ”–उहाँले भन्नुभयो, “देशको भविष्य बालबालिकामाथि भएकाले उनीहरुको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्दछ ।” संविधानले नै बालअधिकारको संरक्षण गरेको भन्दै उहाँले बालबालिकाको संरक्षण गर्न नसके मुलुकको भविष्य निर्माण गर्न नसकिने बताउनुभयो । उहाँले संविधान बनेसँगै देश समाजवाद र परिवर्तनतर्फ उन्मुख भएको बताउनुभयो । सो अवसरमा वरिष्ठ नेता खनालले परिवारबाट वञ्चित बालबालिकालाई हेरचाह गरेबापत तीन विधामा स्याहार पुरस्कार वितरण गर्नुभयो । संस्थातर्फ ‘हिमाली नवीन समाज’लाई नगद रु तीन लाख, व्यक्तितर्फ राजेश शर्मालाई नगद रु दुई लाख र परिवारतर्फ अजयकुमार तामाङलाई नगद रु एक लाख वितरण गरिएको भ्वाइस अफ चिल्ड्रेनका न��र्देशक कृष्णकुमार थापाले बताउनुभयो । कार्यक्रममा सांसद राजेन्द्र पाण्डे तथा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालबालिकाको संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दादुराका कारण दैनिक चार सय बालबालिकाको मृत्यु कात्तिक २७ ।  विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै चार सय जना बालबालिकाको मृत्यु हुने गरेको छ । सन् २००० देखि २०१५ सम्मको अध्ययन गर्दा दादुराबाट मृत्यु हुनेहरुको संख्या घट्दै गएको देखिएपनि सन्तुल��त सुधार भने हुन न��केको राष्ट्रसङ्घका प्रवक्ताले शुक्रबार बताएका छन् । ‘लोकतान्त्रीक गणतन्त्र कङगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानले दिएका विवरणहरुमा दादुराका कारण मृत्यु हुने बालबालिकाहरुको संख्या आधा घटेको छ ।’, राष्ट्रसङ्घका सहप्रवक्ता फरहान हकले भने । ‘दादुरालाई इतिहास बनाउन असंभव छैन,’ युनिसेफका खोप प्रमुख रोबिन नन्दीले भने, ‘संभव बनाउनका लागि हामीसँग ज्ञान र उपाय हामीसँग छ । जति टाढा भएपनि बालबालिकाहरु सम्म पुग्नका लागि हामीसँग राजनीतिक इच्छाशक्तिको खाँचो छ । राजनीतिक इच्छाशक्ति विना बालबालिका यसैगरी मरिनै रहने छन् ।’ दादुरा विरुद्धको विश्वव्यापी अभियानलाई अझै क्षेत्रविस्तार गर्न युनिसेफ, डब्लुएचओ, गाभी, खोप सञ्जाल र रोग नियन्त्रण तथा निवारण केन्द्र क्रियाशिल रहेका छन् । तर प्रयासहरु अझै पनि अपर्याप्त भएका छन् । सन् २०१५मा झण्डै १ लाख ३४ हजार बालबालिकाको दादुराका कारण मृत्यु भएको तथ्यांक छ । ‘यही रोगका कारण बर्षेनी लाखौ बालबालिकाको मृत्यु हुने कुरा स्विकार्नै नसकिने विषय हो । उनीहरुलाई बचाउने प्रभावकारी र सुरक्षित खोप हामीसँग छ र हामी उनीहरुलाई बचाऔं,’ स्वास्थ्य सङ्गठनको खोप तथा जैविक विभागका निर्देशक जोन मरिक ओक्योबेलेले भने । उनले भने, ‘यही बर्ष अमेरिकी क्षेत्रमा दादुरामुक्त क्षेत्र घोषणा गरिएको छ, यस्ले यो सम्भव छ भन्ने पुष्टी गर्दछ । अव हामी वाँकी विश्वमा पनि दादुरामुक्त क्षेत्र बनाउनु पर्दछ । यो अभियान खोपबाट सुरु गर्नुपर्छ ।’ The post दादुराका कारण दैनिक चार सय बालबालिकाको मृत्यु appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बालमस्तिष्क पक्षघात भएका बालबालिकाको उपचार इलाम, ८ कात्तिक । बाल मस्तिष्क पक्षघात भएका बालबालिकालाई उपचार गर्ने उद्देश्यले इलामका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । करुणा फाउन्डेसन नेपाल इलाम र सिपी सेन्टर धापासी ललितपुरको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र इलाम अस्पतालमा सञ्चालित शिविरमा ३१ जना बालबालिकाको उपचार गरिएको छ । शिविरमा बालरोग विशेषज्ञ डा रीतेश थापा, फिजियोथेरापिस्ट मनोजकुमार शाह, करुणा फाउन्डेसनका सन्त विश्वकर्माले बालबालिकालाई उपचार तथा परीक्षण गर्नुभएको थियो । बाल मस्तिस्क पक्षघात भएका बालबालिकालाई उपचारका लागि काठमाडौँसम्म लैजान ल्याउन समस्या हुने भएकाले स्थानीय तहमै शिविर सञ्चालन गरिएको फाउन्डेसनका विश्वकर्माले बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
खुसीको घरमा बालबालिकाको शिक्षामा जोड काठमाडौँ, ३० भदौ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, गाँस, बास, सुरक्षित जीवनलगायत बालबालिकाको अधिकार प्राप्तिमा अधिकारकर्मीले जोड दिएका छन् । राष्ट्रिय बालदिवस–२०७३ को अवसरमा खुसीको घर (ह्याप्पी होम) नामक संस्थाद्वारा बुधबार आयोजित कार्यक्रममा रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र आमा घरकी अध्यक्ष दिलशोभाले बालबालिका भोलिका कर्णधार भएको हुँदा आज उनीहरूको शिक्षामा सबैभन्दा बढी ध्यान दिनुपर्ने धारणा राख्नुभयो । नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् भदौ २९, २०४७ सालदेखि प्रत्येक वर्ष बाल दिवस मनाउने गरिएको छ । खुसीको घर (ह्याप्पी होम)की संरक्षक महिमा पोखरेलले अहिले ह्यापी होममा अलपत्र परेका करिब सय बालबालिका रहेको जानकारी दिनुभयो । बाल दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा विभिन्न सामाजिक कार्यमा निरन्तर लाग्नुहुने व्यक्तित्व र एसएलसीमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
0 notes
nepal123 · 9 years ago
Text
मुसहर बस्ती पुगे ‘धुर्मुस र सुन्तली’, बालबालिकाको अध्ययनमा सहयोग गर्ने
मुसहर बस्ती पुगे ‘धुर्मुस र सुन्तली’, बालबालिकाको अध्ययनमा सहयोग गर्ने
राजकरण महतो, बर्दिबास, महोत्तरी ।  महोत्तरीको बर्दिवास नगरपालिका-२ का ३५ बषिर्य रामपृत सदा मुसहरको एउटा सानो झुपडी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् । (more…)
View On WordPress
0 notes