#धरमस
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
एउटै संस्थाले मुसहर बस्तीलाई दुई करोड सहयोग गरेपछि खुशीले फुरुगं बने धुर्मुस सुन्तली बर्दिवास, २२ चैत । महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न गर्न अब रकम अभावको स्थिति अन्त्य भएको छ । पछिल्लो पटक सोमबार अमेरिकाको मिनेसोटामा रहेका नेपालीको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले बस्ती निर्माणार्थ रु दुई करोड १० लाख सहयोग गरेपछि आर्थिक अभावको स्थिति अन्त्य भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको हो । यसअघि बस्ती हस्तान्तरणसम्म पुग्दा करिब रु एक करोड २५ हजार रकम अपुग हुने बताउँदै आउनुभएको फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले अब आर्थिक पाटोबाट ढुक्�� भएको जानकारी दिनुभयो । “अब हामीलाई आर्थिक अभाव हुँदैन” धुर्मुसले भन्नुभयो–, “सात समुन्द्र पारी बसेर पनि नेपाल र नेपालीप्रति स्नेह राख्ने मनकारी नेपालीको सहयोगले एकीकृत नमुना मुसहर बस्ती निर्माणमा रहेको अभाव मेटिदियो ।” बस्ती हस्तान्तरण गर्न ११ दिनमात्र बाँकी रहँदा सोमबार फाउन्डेसनलाई एसोसिएसन अफ नेपालिज इन मिनेसोटाका प्रतिनिधिद्वय अनिल रायमाझी र स्वीटी सिंह श्रेष्ठले रु दुई करोड १० लाख रकमको चेक परियोजनास्थलमै पुगेर हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण गरेसँगै एसोसिएसनका प्रतिनिधि रायमाझीले अमेरिकामै रहँदा बस्ती निर्माणमा रकम अपुग भएको समाचार सुनेपछि यो मानवीय कार्यमा आफ्नो सानो हिस्सा लगाउन रकम सहयोग गर्न आएको बताउनुभयो । एसोसिएसनले आफूले गरेको सहयोगभित्रबाटै गोर्खाको कसुण्डे गाउँका भूकम्प प्रभावितको घरमा छाना लगाउन एक हजार ९०० थान जस्तापाता समेत व्यवस्थापन गरिदिन धुर्मुससुन्तली फाउन्डेसनसँग अनुरोध गरेको छ । गत पुस २५ गते रु चार करोड ३८ लाखको लागतमा मुसहरका ५० घर निर्माण थालिएको बस्तीमा पछि भ्यू–टावर र मुसहरबाहेकका तीन परिवारलाई व्यवस्थापन गर्न थप घर बनाउन पर्दा लागतसमेत बढेको फाउन्डेसनले जनाएको छ । अहिले निर्माण कार्य ९५ प्रतिशत सकिएर हस्तान्तरण चरणका अन्तिम काम भइरहेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताउनुभयो । बस्ती अब ठीक १० दिनपछि नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने छ । यसैबीच सोमबारै धुर्मुससुन्तली फाउन्डेसनलाई अमेरिकामा बस्दै आएका बर्दिवासका सुमन चालिसे र तारा पौडेलले पठाउनुभएको रु ५० हजार १५१ उहाँहरुका परिवारजनले धुर्मुसलाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी बर्दिवासको स्वास्थ्य सरोकार मञ्चले पनि सोमबारै फाउन्डेसनलाई रु ५३ हजार नगद हस्तान्तरण गरेको छ । The post एउटै संस्थाले मुसहर बस्तीलाई दुई करोड सहयोग गरेपछि खुशीले फुरुगं बने धुर्मुस सुन्तली appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
धुर्मुस सुन्तलीलाई अमेरिकाबाट २ करोड सहयोग, मुसहर बस्ती बनाउने रकम पुगेको घोषणा २१ चैत, काठमाडौं । महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई १ करोड सहयोग आएको छ । बस्ती हस्तान्तरण् गर्न १० दिन बाँकी रहँदा अमेरिकाको
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
२०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान धुर्मुस सुन्तलीलाई प्रदान गरिने बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । अगामी वैशाख ३ गते विर्तामोडमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद रु १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिनुभयो । वीरता जेसीजको अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष सञ्जु भारतीले बताउनुभयो । सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको परम्परा सुरु गरेको हो । “समाज परिवर्तनका लागि विशेष योगदान पु¥याउने व्यक्तिको छनोट गरी सम्मान गर्दै आएका छौँ,”वीरता जेसीजका अध्यक्ष भारतीले भन्नुभयो । The post २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान धुर्मुस सुन्तलीलाई प्रदान गरिने appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मुसहर बस्ती निर्माण गर्न धुर्मुस सुन्तलीलाई एक करोड रुपैयाँ अभाव महोत्तरी, ८ चैत । बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ । साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १) मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन रु एक करोड ३० लाख अभाव भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो । सहयोगी हातहरु निरन्तर प्राप्त भइरहेकाले रकम जुट्नेमा आफू विश्वस्त रहेको कट्टेलले बताउनुभयो । कुल रु चार करोड ७८ लाखको लागतमा निर्माण हुने सो बस्ती आगामी नयाँ वर्ष १ का दिन मुसहरलाई हस्तान्तरण गरिने योजनाका साथ काम भइरहेको हास्य कलाकार कुञ्जना घिमिरेले जानकारी दिनुभयो । सो बस्तीका घरमा छाना, रङ्गरोग��, शौचालय, झ्याल तथा ढोका, खानेपानी, विद्युत् र धारा जडान, घरको अन्तिम प्लास्टर, दृश्यस्तम्भ, बस्तीभित्रको सडकको पिसिसी ढलान जस्ता काम तीव्र गतिमा भइरहेको फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताउनुभयो । एक सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजनानुसार बस्तीको २० प्रतिशत काम बाँकी छ भने फाउन्डेसनसँग अब २४ दिन मात्र बाँकी रहेको छ । गत पुस २५ गते मह जोडीद्वारा शिलान्यास भई तीव ्रगतिमा निर्माणाधीन बस्ती निर्माणमा पछिल्ला दुई महिनायता दिनहुँ तीन सय जनाले पसिना बगाइरहेका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
धुर्मुस सुन्तलीको प्रेरणाले मुसहरका बालबालिका विद्यालय जान थाले गौशाला, २ चैत । हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन् । धुर्मुस सुन्तलीले सो बस्तीमा सामूहिक आवास बनाउनुका साथै ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकलाई बुझाएपछि अभिभावकले आ–आफ्ना बालबालिकालाई स्कुल पठाउन थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका छन् । ६० घरपरिवारका ३७५ जना बसोबास रहेको सो बस्तीका ६४ जना बालबालिका जनता उच्च माध्यमिक विधालय बर्दिवासमा पढ्न जान थालेका छन् । विद्यालयका तथ्याङ्कअनुसार, शिशु कक्षामा २४ जना, कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा छ जना गरी जम्मा ६४ जना बच्चा धुर्मुस र सुन्तलीको प्रेरणाले स्कुल पुगेका हुन् । सो बस्तीमा शिक्षाप्रतिको चेतना बढेका कारण बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाइ अभियानमा जुटेका छन् । कालाकारद्वय धुर्मुस र सुन्तलीको जोडीले मुसहरबस्तीका दयनीय अवस्था हेरेपछि उत्थानका लागि जनचेतना जगाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम गरेर यहाँका बालबालिकालाई शिक्षित तुल्याउन विद्यालय पठाउनुपर्ने सन्देश प्रवाह गरेका ��िए । बर्दिवास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिवास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहरबस्तीको विकासका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा सहयोग गरिरहेका छन् । बर्दिवास नगरपालिकाले मुसहरबस्तीका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि रु सात लाखमा सामुदायिक भवनसमेत निर्माण गरिदिएका छन् । जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र स्थानीय सामाजिक परिवर्तनमा योगदान पु¥याउने सामाजिक सङ्घसंस्थाले मुसहर बस्तीको शिक्षा स्तर बढाउन थप गम्भीर बने यहाँका बालबालिकाको उपस्थिति यस विद्यालयका कक्षा कोठामा उल्लेख्य देखिने आफूलाई विश्वास भएको बताउनुभयो । दुई लाख ३४ हजार ४९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत मात्र साक्षर रहेको छ भने शिक्षाको हिसाबले महिलाको अवस्था निकै दयनीय ��हेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानमा धुर्मुस र सुन्तली पर्सा, ९ फागुन । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गर्नुभएको छ । भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपर्नुभएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस)ले विनाशकारी भूकम्पले पिरोलिएका हिमाली, पहाडी र तराईवासीले एकापसमा सहयोग गरी देखाएको सौहार्दता पछिल्लो समयमा नेताहरुको बोली र व्यवहारले कमजोर भएको बताउनुभयो । उहाँले ‘राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तराईमा व्याप्त अशिक्षा, बालविवाह, असमानताविरुद्धको चेतनामूलक कार्यक्रमसँगै तराईका जिल्लामा रहेका दलित बस्तीको पुनःनिर्माणको अभियानलाई अगाडि बढाएको जानकारी दिनुभयो । कट्टेलका अनुसार महोत्तरीको बर्दिबासमा बालमैत्री एकीकृत बस्ती निर्माण कार्यको थालनी गरिएको छ र अहिलेसम्म सो बस्तीको काम ५० प्रतिशत पूरा भएको छ । पत्रकार सम्मेलनमा साथै रहनुभएकी कुञ्जनाले बालविवाह, दाइजो प्रथाजस्ता विकृतिले पिरोलिएका तराईवासीमा चेतना अभिवृद्धि गर्न आफूहरुले तयार पारेका दुईवटा चलचित्र पर्सा जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मुसहर बस्ती निर्माणमा रकम जोहो गर्न धुर्मुस र सुन्तली अष्ट्रेलियामा, सिड्नीमा उठ्याे साढे १७ लाख माघ १० गते– हाँस्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली यतिबेला अष्ट्रेलियामा छन् । धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीमा निर्माण गर्दै गरेको एकीकृत मुसहर बस्तीका लागि रकमको जोहो गर्न उनीहरु अष्ट्रेलिया पुगेका हुन् । अष्ट्रेलियाको सिड्नीमा शनिबार उनीहरुले धुर्मुस सुन्तली साँझ कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गरे । हर्स्टभीलस्थित मरना अडिटोरियममा गज्जबको इभेन्टको संयोजनमा भएको कार्यक्रमबाट मात्रै करिब साढे १७ लाख रुपैयाँ संकलन भएको छ । मुसहर बस्ती निर्माणकै लागि आउँदो जनवरी २९ मा मेलबर्न र फेब्रुअरी ४ तारिखमा ब्रिसबेनमा यस्तैखाले कार्यक्रम आयोजना हुँदैछ ।
0 notes
nepal123 · 8 years ago
Text
दीपकराज फिल्ममै व्यस्त हुने, धुर्मुस सुन्तली टेलिभिजनमै फर्किने
दीपकराज फिल्ममै व्यस्त हुने, धुर्मुस सुन्तली टेलिभिजनमै फर्किने
  काठमाडौं । फिचर फिल्ममा व्यस्त हुन थालेका दीपकराज गिरी फेरि टेलिभिजनमा फर्किने मुडमा छैनन् । हास्य सिरियलको क्षेत्रमा उधुम मच्चाएको ‘तीतो सत्य’को क्रेज क्रमशः कम हुँदै गएपछि उनले सिरियलको काममा पूर्णविराम लगाएका छन् । ‘तीतो सत्य’को क्रेज कम हुँदै गएपछि मैले बन्द गरें र फिल्मतिर लागेँ, अब फिचर फिल्ममै व्यस्त हुन्छु’ गिरीले भने, एउटै चिज वर्षौंसम्म प्रशारण गरिरहँदा दर्शकलाई बोर हुन्छ ।’ उनको…
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
मुसहर बस्ती पुगे ‘धुर्मुस र सुन्तली’, बालबालिकाको अध्ययनमा सहयोग गर्ने
मुसहर बस्ती पुगे ‘धुर्मुस र सुन्तली’, बालबालिकाको अध्ययनमा सहयोग गर्ने
राजकरण महतो, बर्दिबास, महोत्तरी ।  महोत्तरीको बर्दिवास नगरपालिका-२ का ३५ बषिर्य रामपृत सदा मुसहरको एउटा सानो झुपडी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
धुर्मुस हेर्न भन्दैdf प्रचण्ड हिँडेपछि एमाओवादी बैठक रोकियो
धुर्मुस हेर्न भन्दैdf प्रचण्ड हिँडेपछि एमाओवादी बैठक रोकियो
उर्मिलाले भनिन्- एमालेमा झिँगा मारेर बसेकी थिइँन
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
‘मेरी बास्सै’को अवस्था सरकार र मधेसवादी दलको वार्ता जस्तै’ : धुर्मुस  
नेपाल टेलिभिजनबाट प्रशारण भैरहेका चर्चित हाँस्य सिरियलहरु अहिले धमाधम बन्द भैरहेका छन् । केही सिरियलले चर्चा पाइरहेका छन् भने केहीको भने प्रशारण नै बन्द भैसकेको अवस्था छ । ‘तितो सत्य’ बन्द भइसकेको अवस्था हो भने ‘जिरे खुर्सानी’ पनि यही अवस्थामा छ । (more…)
View On WordPress
0 notes