Tumgik
#पगक
nepal123 · 7 years
Photo
Tumblr media
अवैध रुपमा युएइ पुगेका ३५ महिला फिर्ता वैशाख २० । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ । फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट मंगलबार दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी […] The post अवैध रुपमा युएइ पुगेका ३५ महिला फिर्ता appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
विदेश पुगेका महिला ऋण बोकेर फर्किन्छन् पथरी ९मोरङ०, २० वैशाख । भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका पे्रमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक ९कटुवाल० विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हानिनुभयो । न त भाषाको ज्ञान थियो । न कुनै तालिम र सीप नै हातमा थियो । जीवनभरि सँगै जिउने प्रतिज्ञा गरेको आफ्नै पतिदेवले राक्षसी रुप देखाएपछि दुर्गाका लागि आफ्नोे भन्ने संसारमा कोही नभएको महसुस भयो । आफँैले रोजेर उपल्लो जातको केटासँग गएका कारण माइती र आफन्तजनमा पनि दुर्गालाई हेर्ने दृष्टिकोण सच्चिन सकेको थिएन । छोरीले आफ्नै ढङ्गले दुःख पाई भन्ने बाबुआमाको बुझाइ थियो । १५ र १३ वर्षका दुईजना छोरा भए पनि उनीहरू आमालाई न्याय दिलाउन सक्ने भइसकेका थिएनन् । गाउँकै साहुसँग रु ४५ हजार ऋण काढेर उहाँ २०६५ साल असारमा भारतको मुम्बईबाट कुवेत पुग्नुभयो । त्यो पनि निक्कै कष्टका साथ । तर उहाँको पैसा कमाउने सपना पानीको फोका झैँ बन्यो । केटाकेटी स्याहार्ने कामका लागि कुवेत पुग्नुभएकी दुर्गा भन्नुहुन्छ, “२२ दिन बसेँ, काम सजिलै थियो, तर पैसाको अनुहार देख्न पाइएन । खान पेटभरि पाइन ।” भाषा नबुझेपछि जहिल्यै गाली गरेजस्तो मात्र लाग्यो, उहाँ भन्नुहुन्छ । बिहानले दिनभरको सङ्केत दिन्छ भने झैँ दुर्गाले कुवेतमा पैसा कमाउने आशा मार्नुभयो र आफ्नै देशमा पाखुरा बजार्ने दृढ सङ्कल्प गर्नुभयो । तर अमिरको घरबाट निस्केर हिँड्न झनै गाह्रो थियो । बजार जाने बहाना बनाएर उहाँ आफ्नो झिटीझाम्टी सबै छोडेर नेपाल फर्कनुभयो, मात्र एकसरो लुगामा, त्यो पनि कहिल्यै पेटभरि खान नपाई । दुर्गा त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । दुर्गाजस्ता धेरै आमा गरिबी, घरेलु हिंसा र पारिवारिक अपमान लुकाउन वैदेशिक रोजगारमा जाने गरेका छन् । तर सीप, तालिम र भाषाको ज्ञान नहुँदा झनै ठूलो पीडाको भारी बोकेर स्वदेश फर्किरहेका छन् उनीहरू । विसं २०६६ साल साउनमा मोरङको केरौन–६ की कल्पना ओझा पनि झोलाभरि पैसा बोकेर आउने सपना लिएर लेबनान जानुभयो । तीन महिनामा एक रुपैयाँ पनि कमाई नभएपछि कल्पनाको सपना तासको महल झैँ ढल्यो । साहुले रोगी र काम गर्न नसक्ने भन्दै निकालिदियो । त्यसपछि अर्को घरमा सरेको बताउँदै कल्पना थप्नुहुन्छ–“मलाई रक्तस्राव भयो । २८ दिनसम्म उपचार पनि गरायो । निको भएपछि उसले पनि घरमा नराख्ने भयो ।” अर्काको देश, न भाषा बुझ्नु, न भेषमा मिल्नु, वैदेशिक रोजगार नै घाँडो भयो कल्पनालाई । स्वदेश फर्कन पाए गिट्टी कुटेर खाने हिम्मत पलायो उहाँमा । खाडी राष्ट्रमा भारतीय ब��टो गरेर अवैधरुपमा पुगेका महिलालाई घर फर्कने कानुनी प्रक्रिया अप्ठ्यारो छ । उहाँ १८ दिनसम्म जसले लगेको हो उसैको त्यहाँको सम्पर्क कार्यालयमा बस्नुभयो पाउरोटी र पानीको भरमा । कार्यालयमा धेरै जिद्दी गरेपछि उहाँ नेपाल त फर्कनुभयो तर झनै ठूलो ऋण बोकेर । नेपाल फर्किंदा उहाँलाई रु एक लाख रुपैयाँ ऋण लागिसकेको थियो । The post विदेश पुगेका महिला ऋण बोकेर फर्किन्छन् appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
जापान पुगेका बागलुङ्बासीले गाउँमा एक करोडको अक्षयकोष स्थापना गरे २ वैशाख, बागलुङ । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका- ५ र ६ बिहुँकोट्बासीले  गाउँमा एक करोडको अक्षयकोष स्थापना गरेक छन् । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
रोजगारीका क्रममा जापान पुगेका बागलुङेले गरे गाउँका लागी एक करोडको अक्षयकोष स्थापना बागलुङ, २ वैशाख । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा शुक्रवार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गर्नुभयो । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । “शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ पु¥याउन कोष स्थापना गरिएको हो’ अध्यक्ष सुवेदीले भन्नुभयो,” “जापानमा रहेका सबै बिहुँकोटवासीको यसमा ठूलो योगदान छ ।” बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्चालन गर्नेछ । अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताउनुभयो । काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ । ‘बिहुँकोट क्षेत्रको विकासका लागि कोष रकम परिचालित हुन्छ’ अध्यक्ष शर्माले भन्नुभयो ‘शिक्षा, स्वास्थ्य र भइपरी आउने विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने योजना छ ।’ कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले प्रवासमा रहेर पनि आफ्नो गाउ���को विकासमा सक्रिय रहनु प्रशंसनीय कार्यभएको बताउनुभयो । ‘आफ्नो जन्म गाउँ र स्वेदशको विकासमा लागि प्रवासमा रहेका नेपालीको ठूलो देन छ’ उहाँले भन्नुभयो “यस्ता कल्याणकारी सामाजिक कार्यको सबै क्षेत्रले अनुसरण गर्नु आवश्यक छ ।” The post रोजगारीका क्रममा जापान पुगेका बागलुङेले गरे गाउँका लागी एक करोडको अक्षयकोष स्थापना appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
स्वास्थ परिक्षणका लागी बैंकक पुगेका ओलीको यसरी हुँदैछ उपचार काठमाडौं, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्डमा स्वास्थ्य परीक्षण भइरहेको छ । शनिबार थाइल्याण्ड प्रस्थान गरेका ओलीको दुई दिन अघि देखिनै बैंकको एक अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ । यस अघि पनि थाइल्याण्डमै मृगौला प्रत्यारोपण गरेका ओली नियमित स्वास्थ परिक्षणका लागी बेला बेला बैंकका जाने गरेका छन् । The post स्वास्थ परिक्षणका लागी बैंकक पुगेका ओलीको यसरी हुँदैछ उपचार appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
अवैधानिक रुपमा युएई पुगेका तीन जना महिलालाई नेपाल फर्काइयो काठमाडौं, चैत २२ / अवैधानिक रुपमा युएई पुगेका तीन जना महिलालाई नेपाल फर्काइएको छ । घरेलु कामदारका रूपमा युएई पुगेका इलामको महमाई ७ का आसमाया राई, झापाको बनियानी ४ का सविता गौतम र पृथ्विनगर ९ की जशु शाहीलाई सोमबार नेपाल फर्काइएको नेपाली दूतावास युएईले जनाएको छ । युएईमा अलपत्र परेपछि उनीहरुल आबुधाबिस्थित दूतावासको सुरक्षित महिला आवास गृहमा पुगेको थिए । अहिले युएईको अजमानमा बस्ने सुष्मा श्रेष्ठले जशु र सवितालाई युएई पुर्‍याएकी थिइन् । त्यस्तै आसमायालाई झापाकी निर्मला लावतीले अवैधानिक रुपमा युएई पठाएकी हुन् । The post अवैधानिक रुपमा युएई पुगेका तीन जना महिलालाई नेपाल फर्काइयो appeared first on Sajha Post.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
धुर्मुस सुन्तलीलाई अमेरिकाबाट २ करोड सहयोग, मुसहर बस्ती बनाउने रकम पुगेको घोषणा २१ चैत, काठमाडौं । महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई १ करोड सहयोग आएको छ । बस्ती हस्तान्तरण् गर्न १० दिन बाँकी रहँदा अमेरिकाको
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
निर्वाचन आयोग घेराउ गर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त ७ चैत, काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । काठमाडौं कान्तिपथमा रहेको आयोगको कार्यलय घेर्न पुगेका राप्रपा कार्यकर्ताले प्रहरीको घेरा तोड्न खोजेपछि सामान्य झडप भएको प्रहरीले जनाएको छ । राप्रपाका कार्यकर्ताले प्रहरीको घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले लाठीचार्ज तथा अश्रुग्याँस हानेकाे छ । निर्वाचन आयोगले हिन्दुराष्ट्र र राजतन्त्र संविधान विपरित भएको भन्दै विधानबाट हटाईदिएपछि सत्तारुढ राप्रपा आन्दोलित भएको हो । अहिले पनि त्यहाँकाे अवस्थता तनावग्रस्त छ । The post निर्वाचन आयोग घेराउ गर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अधिवेशन गराउनका लागि केन्द्रको जिम्मेवारी लिएर रोल्पा पुगेकी प्रतिनिधि नै गायब भएपछि … रोल्पा, १४ फागुन- नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय जिम्मेवारी लिएर रोल्पा आएकी महासङ्घकी केन्द्रीय प्रतिनिधि (सचिव सङ्गीता खड्का) शुक्रबार दिउँसो ३ बजेदेखि बेखबर हुनुभएको छ । महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि बिहीबार दिउँसो उद्घाटन गरिएको कार्यक्रमको बन्दसत्र भने बिहीबार नै सम्पन्न भएको थियो । शुक्रबार मतदान प्रक्रियाका लागि अन्तिम नामावली प्रकाशन पश्चात निर्वाचन प्रक्रिया सुरु हुनु अगाडि नै उहाँ बेखबर हुनुभएको हो । दिउँसो करिब २ बजेतिर हलभित्र प्रवेश गरेकी खड्काको ३ बजेदेखि शनिबार बिहान ८ बजेसम्म मोबाइल अफ भएको हुँदा उहाँ कहाँ हुुनुहुन्छ भन्ने बारेमा कुनै किसिमको आधिकारिक जानकारी प्राप्त हुन सकिरहेको छैन । उहाँ मोबाइल फोन अफ गरेर बेखबर भएपछि निर्वाचन अधिकृत कुमार शाह नेतृत्वको टोली उहाँ बसेको होटल सदरमुकामस्थित भट्ट गेष्ट हाउस लगायत जिल्लाका अन्य केही होटलमा खोजी गरी पत्ता लगाउन नसकेपछि सो टोली राति ९ बजे जिल्ला प्रहरी कार्यालय रोल्पामा समेत खोजी कार्यमा सहयोग गर्नका लागि पुगेको थियो । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पा, प्रेस चौतारी रोल्पा, क्रान्तिकारी पत्रकार महासङ्घ रोल्पा र क्रान्तिकारी पत्रकार सङ्गठन रोल्पाका अध्यक्ष तथा प्रतिनिधिले शनिबार बिहान संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया अगाडि नबढाइ निर्वाचन समितिलाई समेत जानकारी नदिइ रातारात भागेर गएको कार्यले हामी आश्चर्यचकित भएको उल्लेख गरेको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
विवाह गरेको २५ बर्ष पुगेको खुशियालीमा सामाजीक काम लेखनाथ, २० माघ- लेखनाथ नगरपालिका वाड नं ३ निवासी टिकाराम अधिकारी र सावित्री अधिकारीले आफनो विवाह उत्सवको २५ औं वर्षगाठको अवसर पारेर पोखराको वात्स्यायन बृद्धाश्रमका बृद्धवृदाहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरेका छन् । विवाह उत्सवमा केही सामाजीक कार्य गर्ने अभिलासाले अधिकारी दम्पतीले श्रीपञ्चमीको दिन पारेर आश्रमका वसोवार गर्दै आएका २५ जना बृद्धबृदाहरुलाई सहयोग सामाग्री हस्तान्त्रण गरेका हुन् । सामाजीक क्षेत्रमा क्रियासिल अधिकारीले २५ वर्षको बैवाहीक जिवनमा मिलेको सफलतालाई मध्यनजर राख्दै आगामी दिनमा पनि अन्य सामाजिक कार्य गर्दै जाने विचार राखेका थिए । लायन्स क्लव अफ लेखनाथका सदस्य तथा एमनेष्टी ईन्टरनेशनका सदस्य अधिकारीका दुई छोरा र एक छोरी रहेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नोटबन्दीः रिजर्व बैंक तालाबन्दी गर्न पुगेका पूर्व गृहमन्त्री शिन्दे गिरफ्तार माघ – ५ । भारत सरकारको नोटबन्दीको विरोधमा आज गुजराजको रिजर्व बैंकको कार्यालयमा तालाबन्दी गर्न गएका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता सुशील कुमार शिन्देलाई प्रहरीले गिर्फतार गरेको छ । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार रिजर्व बैंकको कार्यालयमा पार्टीका अन्य नेता तथा कार्यकर्तासंगै पुगेका पूर्व मन्त्रीलाई प्रहरीले गिर्फ्तार गरको हो । उनीसंगै पगुजारत प्रदेश अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री भरतसिंह सोलन्की, पूर्व मुख्यमन्त्री शंकरसिंह वाघेलालाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नुअघि शिन्देले नोटबन्दीका कारण गरिब तथा मजदुरले दुःख झेल्नु परेको आरोप लगाएका थिए । नोटबन्दीको घोषणाको केही समयपछि नै यसको विरोधमा उत्रिएको कांग्रेसले पछिल्लो समय गुजरातभरी बैंकमा तालाबन्दीको कार्यक्रम आयोजना गरिरहेको छ । The post नोटबन्दीः रिजर्व बैंक तालाबन्दी गर्न पुगेका पूर्व गृहमन्त्री शिन्दे गिरफ्तार appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
आफै धरमरको अवस्थामा पुगेका नायक जीवन लुइँटेलको भरमा कहाँ पुग्लिन् नीता माघ २ । नोटबुक फिल्मले गतिलो व्यापार त गरेन ‘गाला रातै…’ गीतले हिरोईन नीता ढुंगानालाई मनग्यै चर्चा दिलायो । नोटबुक रिलिज भएको पनि ४ वर्ष बित्नै लाग्यो, त्यसपछि नीताले सफलताको स्वाद चाख्न पाएकी छैनन् । बरु फूलै फूलको मौसम तिमीलाई, पार्सल अनि तँ, म र ऊबाट फ्लप फिल्मको ह्याट्रिक गरेकी छन् । आमेश भण्डारीसँंगको ब्रेकअपको पीडामाथि करिअर उभोँ नलाग्दाको चिन्ता थपिएको छ । यही कारण हुनुपर्छ नीता न सामाजिक सञ्जालमा सक्रिय छिन्, न फिल्मी जमघटमा । देश विदेशमा हुने अवार्ड समारोहमा हुने अवार्डमा उनको उपस्थिति देखिन्न । तर, लेकसाईडको प्रर्दशन मिति माघ २८ मा तोकिएसँंगै नीता फेरि जुर्मुराएकी छिन । कारण, यस फिल्ममा उनी नोटबुककै अभिनेता जीवन लुइैटेलको अपोजिटमा छिन । तर, बिडम्बना के छ भने पछिल्लो समयमा जीवनलाई आफ्नै साख जोगाउन हम्मेहम्मे परिरहेको छ । ओरालो लागिरहेको जीवनले नीताको करियर उभोँ लगाउलान त ? –नेपाल साप्ताहिकबाट The post आफै धरमरको अवस्थामा पुगेका नायक जीवन लुइँटेलको भरमा कहाँ पुग्लिन् नीता appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
जापानमा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला, जाे २ बर्षअघि मात्रै जापान पुगेका थिए पुस २७ गते- जापानको टोकियोमा काठमाडौंका एक युवाले आत्महत्या गरेका छन् । अध्ययनका लागि २ वर्ष अघि जापान पुगेका काठमाडौं पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा बस्ने ३२ वर्षिय जोन लामाले आत्महत्या गरेका हुन् । उनको शव झुण्डिएको अवस्थामा उनी बस्दै आएको कोठामा फेला परेकाृ थियो । सोमवार साँझ ६ बजे झुण्डिएको अवस्थामा फेला परेपनि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । लामाको आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।
0 notes