#तलबनद
Explore tagged Tumblr posts
Photo
मेयर उमेद्बार विवादले पार्टी कार्यालयमा तालाबन्दी १६ बैशाख, काठमाडों । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा उमेद्बार उठाउने विषयमा विवाद भएपछि कार्यकर्ताले पार्टीको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । डम्बर अर्याललाई उमेद्बार बनाउने निर्णयसँगै कार्यकर्ताले आज कार्यालयमा तालाबन्दी गरेका हुन् । मेलम्ची नगरपालिकाको मेयरमा जिल्ला पार्टी कार्यालयले धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इँ र बालकृष्ण देउजालाई सिफारिस गरेको थियो । एमाले स्थायी कमिटीले अर्याललाई निर्णय गरेसँगै तालाबन्दी गरेको हो । The post मेयर उमेद्बार विवादले पार्टी कार्यालयमा तालाबन्दी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
कपिलबस्तुको वन कार्यालयमा तालाबन्दी १ बैशाख, कपिलवस्तु । कपिलबस्तु वन उपभोक्ता महासंघले जिल्ला वन कार्यालयमा तालाबन्दी गरेको छ । साझेदारी वनलाई वडाको काम, कर्तव्य र अधिकारअन्तर्गत राखिएको विरोधमा महासंघले तालाबन्दी गरेको हो ।
0 notes
Photo
भाडा वृद्धिको विरोधमा कुस्मादेखि बागलुङको बलेवा जोड्ने यान्त्रिकपुलमा तालाबन्दी फलेवास (पर्वत), ५ चैत । पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको यान्त्रिक पुलको भाडा वृद्धि गरिएको विरोधमा स्थानीयले तालाबन्दी गरेपछि एक सातादेखि आवतजावत ठप्प बनेको छ । कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन् । बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ । यान्त्रिक पुलको भाडादर अस्वभाविक र अवैज्ञानिक रुपले बढाएको भन्दै स्थानीय महिला समूहका सदस्यले तालाबन्दी गरेका हुन् । विगत पाँच वर्षदेखि सञ्चालित ��ान्त्रिक पुलले एकैपटक ३३ प्रतिशतभन्दा बढी भाडा बढाएको थियो । स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १०० रहेकामा रु १२५ लिने गरी भाडावृद्धि गरेको थियो । व्यवस्थापन समितिले पुरानै भाडादर कायम गर्नुपर्ने महिला संजाल बलेवाका अध्यक्ष जमुना श्रेष्ठले बताउनुभयो । मूल्य समायोजन गरी पुरानै भाडादर कायम नगरेसम्म ताला नखोल्ने उहाँले जानकारी दिनुभयो । यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पु¥याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पु¥याइएको यान्त्रिक पुलका कार्यालय प्रमुख चिरञ्जीवी शर्माले बताउनुभयो । पुल व्यवस्थापन समितिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सेयर सदस्यले १० प्रतिशतभन्दा लाभांश माग गरेपछि भाडा बढाइएको हो । कर्मचारीको तलब वृद्धि तथा समय समयमा गर्नुपर्ने मर्मतमा धेरै खर्च हुन थालेपछि भाडा बढाउनुपरेको श्रेष्ठले जानकारी दिनुभयो । यान्त्रिक पुल बन्द हुँदा दक्षिणी पर्वतका डेढ दर्जन गाविसका बासिन्दाहरु सास्ती खेप्न बाध्य भएका छन् । उनीहरुले पाँच मिनेटको दूरीमा आइने कुश्माबजार दैनिक डेढ घण्टा घुमेर पैदल यात्रा गरी आउजाउ गर्न बाध्य भएको गुनासो गरेका छन् ।
0 notes
Photo
सप्तरीको स्थानीय तहका कार्यालयमा मोर्चाद्धारा तालाबन्दी काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् । ‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको आधारमा स्थानीय तह निर्धारण गर’ भन्ने जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताले विहिबार राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । दर्जनौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले समन्वय समिति स्थित स्थानीय विकास अधिकारी सुदेव पोखरेल, प्रशासन प्रमुख सुभाष मण्डल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्षमा ताला लगाएका छन् । शुक्रवारदेखि जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गर्ने तयारी भईसकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी दिए । यस्तै मधेसी मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनमा नलाग्न कार्यालय प्रमुखहरुलाई आग्रह समेत गरेका छन् ।
0 notes
Photo
पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरी तालाबन्दी १९ फागुन, काठमाडौं । देशैभरिका जिल्ला शाखा तथा प्रतिष्ठानहरुमा अधिवेशन चलिरहेको बेला नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा हिजोदेखि फेरी तालबन्दी गरिएको छ । रोल्पाको थवाङबाट नयाँ पार्टी नामाकरण गरेर आएको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी पत्रकार संगठनले हिजो साँझदेखि महासंघको कायालयमा तालबन्दी गरेको हो । महासंघका पुराना सदस्यहरुको समेत छानविन गरी शुद्धिकरण गर्नुपर्ने, देशैभर तीन दलीय सिण्डिकेट कायम गरी आफ्नो संगठन तथा कुनै पनि संगठनमा आबद्ध नभएका पत्रकारहरुलाई सदस्यता वितरणमा निषेध गरिएको साथै क्रान्तिकारी पत्रकार संगठनमा आबद्ध भएका पत्रकारहरुलाई महासंघले सदस्यता वितरण गर्दा बिभेद गरेको भन्दै तालाबन्दी गरिएको हो । कार्यालयको मूलगेटमा क्रान्तिकारी पत्रकार संगठनका महासचिव प्रज्वल श्रेष्ठको नेतृत्वमा गएको समुहले मूलगेटमा बक्तव्य टाँसेर तालाबन्दी गरेको हो । दिउँसो ज्ञापन पत्र बुझाइएको र वार्ता र संवादबाट हल गर्ने सम्झौता कार्यान्वयन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको महासचिव श्रेष्ठले बताए । यसअघि नेपाल प्रेस युनियनले लगाएको तालाबन्दी खुलेको केहीदिन पछि नै संगठनले ताला लगाएको हो । संगठनका अध्यक्ष तथा महासंघकै सचिव प्रभात चलाउनेले आफ्नो घोषित कार्यक्रम अन्तरर्गत छलफल र संवादबाट सम��्या समाधान नहुँदासम्म तालबन्दी गर्ने आफ्नो संगठनको नीति रहेको बताए । The post पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरी तालाबन्दी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
स्ववियू निर्वाचन प्रभावित, दुई क्याम्पसमा तालाबन्दी भएपछि उम्मेदवारी दर्ता स्थगन बनेपा, १४ फागुन- धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा आज मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ । विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र काँगे्रस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता स्थगित भएको धुलिखेल क्याम्पस स्ववियु निर्वाचन आयुक्त दीपक गौतमले जानकारी दिनुभयो । पनौतीस्थित इन्द्रेश्वर क्याम्पसमा पनि विद्यार्थी भर्नाको विषयलाई लिएर उम्मेदवारी दर्ता स्थगित भएको छ । यस्तै काभ्रेपलान्चोकका त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त अन्य चौधवटा विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । हरेक दुई वर्षमा हुने स्ववियु निर्वाचन यसपटक आठ वर्षमा हुदँैछ । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा २८ वर्षको उमेर हद र मिश्रीत चुनाव प्रणाली अवलम्बन गरिने बताइएको छ ।
0 notes
Photo
पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुल्यो काठमाडौँ, ६ फागुन- नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ । महासङ्घ र प���रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । सहमति पत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै महासङ्घले आजै विज्ञप्ति जारी गर्ने र युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने उल्लेख छ । ताला खोलेपछि महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घले बुझेको बताउँदै महासङ्घ सबैको साझा संस्था भएकोमा जोड दिनुभयो । युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्नुपर्ने सुझाव दिनुभयो । महासङ्घले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति अवगत गराउँदा पनि त्यसलाई बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको युनियनले जनाएको थियो ।
0 notes
Photo
लेखनाथमा खानेपानी आपूर्ति नभएपछि कार्यालयमा तालाबन्दी पोखरा, २९ माघ- खानेपानीको नियमित आपूर्ति नभएको भन्दै खानेपानी उपभोक्ताले लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । मानवजीवनको लागि अत्यावश्यक र संवेदनशील पानी आपूर्ति नभएपछि आक्रोशित उपभोक्ताको एक समूहले लेखनाथ १२ स्थित खुँदीमा रहेको कार्यालयमा बिहीबार बिहान ११ देखि ४ बजेसम्म तालाबन्दी गरेको हो । कार्यालयका कर्मचारीले महिनामा एक दुई दिनमात्र त्यो पनि मिटर रिडिङ गर्ने क्रममा पानी छोड्ने तर रिडिङ गरिसकेपछि आपूर्ति बन्द गर्ने गैरजिम्मेवार कार्य गरेको भन्दै आक्रोशित भएका हुन् । ढुंगेपाटनको बञ्जार्नीको चौतारादेखि भण्डारढिक जाने सडक र सो सडकदेखि ढुंगेपाटन २ नं. चोक जोडिने सडकलाइनका दायाँबायाँ करिब एक सय घरधुरीमा यस्तो समस्या रहेको स्थानीय सविन तिवारीले बताए । तिवारीको नेतृत्वमा गएको उपभोक्ताको समूहले तालाबन्दी गरेपछि समितिका पदाधिकारीले सोहीदिन देखि तत्कालै पानीको आपूर्ति गरिदिएको र सो आपूर्ति नियमित हुने तथा दीर्घकालीन निकासका लागि छिट्टै समितिले थप योजना बनाउने आश्वासन दिएका छन् । यसबारे समितिका सदस्य खेम पुनले अब समस्या हुन नदिने दाबी गरे । सो क्रममा कृष्ण पौडेल, अनुप गौतम, सुमन थापासमेतका युवा तथा स्थानीय उपभोक्ता कार्यालय पुगेका थिए । पानीको आपूर्ति नभएको त्यस क्षेत्र बाहेकका खुँदी ढुंगेपाटन क्षेत्रका सबै भागमा पानीको सहज आपूर्ति हुँदाहुँदै पनि आफ्नो क्षेत्रमा मात्र नियमित समस्या भएकोले सोको निकास लागि उपभोक्ताले वर्षौदेखि गुनासो गर्दैआएतापनि सोको सुनुवाई नभएको कारण उपभोक्ताको समूहले २३ माघमा समस्या निकासका लागि ज्ञापनपत्र बुझाएको थियो । त्यसमा सुनुवाई नभएपछि तालाबन्दी गरिएको स्थानीय सविन तिवारीले बताए । करिब ७ वर्ष अघि नेपाल सरकार र उपभोक्ताको संयुक्त लगानीमा निर्मित उक्त आयोजनाको थप सुधारका लागि विभिन्न स्थानमा पाइप मर्मत कार्य सुरु भएको जनाइएको छ ।
0 notes
Photo
कार्यकारी अधिकृतले मनपरी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी महोत्तरी, २५ माघ – कार्यकारी अधिकृतले मनपर्दी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयवासीले महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन । गत माघ २० गते नगरपालिकाले निकालिएको बोलपत्रआह्वानको नतिजा पुनः परादर्शी ढङ्गले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरी वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानीयवासीको छ । कार्यकारी अधिकृतसंग यी समस्या समाधानका लागि पटक पटक आग्रह गर्दापनि त्यसलाई बेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको नागरिक वडामञ्चका पूर्वअध्यक्ष नवीनकुमार साहले बताउनुभयो । नगरपालिकाको मूलढोकामा तालाबन्दी ��एपछि सेवाग्राही मर्कामा परेका छन् ।
0 notes
Photo
काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि तालाबन्दी, पठनपाठन ठप्प बनेपा, १९ माघ- काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडाँै विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो । विश्वविद्यालयका रजिष्टार डा भोला थापाले तालाबन्दीका कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता जारी रहेको बताउनुभयो । काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले ��नेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउँदै विद्यार्थी कल्याणको चुनाव यथाशीघ्र गर्न आग्रह गर्नुभयो ।
0 notes
Photo
नोटबन्दीः रिजर्व बैंक तालाबन्दी गर्न पुगेका पूर्व गृहमन्त्री शिन्दे गिरफ्तार माघ – ५ । भारत सरकारको नोटबन्दीको विरोधमा आज गुजराजको रिजर्व बैंकको कार्यालयमा तालाबन्दी गर्न गएका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता सुशील कुमार शिन्देलाई प्रहरीले गिर्फतार गरेको छ । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार रिजर्व बैंकको कार्यालयमा पार्टीका अन्य नेता तथा कार्यकर्तासंगै पुगेका पूर्व मन्त्रीलाई प्रहरीले गिर्फ्तार गरको हो । उनीसंगै पगुजारत प्रदेश अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री भरतसिंह सोलन्की, पूर्व मुख्यमन्त्री शंकरसिंह वाघेलालाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नुअघि शिन्देले नोटबन्दीका कारण गरिब तथा मजदुरले दुःख झेल्नु परेको आरोप लगाएका थिए । नोटबन्दीको घोषणाको केही समयपछि नै यसको विरोधमा उत्रिएको कांग्रेसले पछिल्लो समय गुजरातभरी बैंकमा तालाबन्दीको कार्यक्रम आयोजना गरिरहेको छ । The post नोटबन्दीः रिजर्व बैंक तालाबन्दी गर्न पुगेका पूर्व गृहमन्त्री शिन्दे गिरफ्तार appeared first on नेपाल आज.
0 notes
Photo
सचिव सरुवाको बिषयलाई लिएर गाविस कार्यालयमा तालाबन्दी, सेवाग्राही मारमा गौशाला, ८ मङ्सिर- गाविस सचिव सरुवाको बिषयलाई लिएर विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्वले महोत्तरी जिल्लाको महदैया तपनपुर गाविस कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राही मारमा परेका छन् । तालाबन्दीका कारण जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नाता प्रमाणित र नागरिकता सिफारिस लगायत गाविसबाट प्रवाह हुने सार्वजनिक सेवा प्रभाबित हुँदा सेवाग्राही मारमा परेका हुन् । एमालेका विसुनदेव सहनी, काँग्रेसका मेथल विहारी यादव, तमलोपाका लक्ष्मण यादव र राप्रपाका हेमशङ्कर यादव लगायत स्थानीय नेतृत्वसहित सयौंँको सङ्ख्यामा आएका स्थानीयवासीले मङ्गलबार बिहान सो गाविस कार्यालयमा तालाबन्दी गरेका थिए । गाविस सचिव रामएकवाल यादवलाई सरुवा गरिएको र अर्का सचिव हाजिर हुन आइरहेको खबर पाएपछि उनीहरुले सो गाविस कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् । सचिव रामएकवालको सरुवा रोक्न दबाब दिने उद्देश्यले गाविस कार्यालयमा तालाबन्दी गरेको राप्रपा नेपालका नेता हेमशङ्कर यादवले बताउनुभयो । रासस
0 notes
Text
जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीमा तालाबन्दी
अनिल खत्री २४ मंसिर, गुल्मी । जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीमा तालावन्दी भएको छ । गुल्मी जिल्लामा क्रियाशिल स्वास्थ्य क्षेत्रका ट्रेड युनियनहरुले आफ्ना बिभिन्न मागहरु पूरा नगरेको भन्दै बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीमा तालाबन्दी गरेका हुन् । (more…)
View On WordPress
0 notes