Tumgik
#पठनपठन
nepal123 · 7 years
Photo
Tumblr media
भूकम्प भएको दुई वर्षपछि पनि टहरामै पठनपाठन काठमाडौँ, ४ वैशाख । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि नयाँ भवन निर्माण हुन नसक्दा मुलुककै पहिलो पाठशालाका रुपमा स्थापित दरबार हाइस्कुल (भानु मावि)का विद्यार्थी यतिबेला टहरामा बसेर पढ्न बाध्य छन् । भूकम्पले भवन भत्काएको दुई वर्ष बितिसक्यो तर नयाँ भवन निर्माण गर्ने अझै सुरसार छैन । शिक्षा मन्त्रालयका अनुसार भूकम्पबाट उपत्यकाका पाँच सय सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । उपत्यकाभित्र ६२५ सामुदायिक विद्यालय रहेका छन् । मल्लकालीन रानीपोखरीको पश्चिमपट्टि अवस्थित दरबार हाइस्कुलका नर्सरीदेखि कक्षा १० सम्मका करिब १८० विद्यार्थी टहरामै बढ्दै आएका छन् । सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले भूकम्प भएको दुई वर्षसम्म भवन निर्माणका लागि शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र पुनःनिर्माण प्राधिकरणलगायत सम्बन्धित निकायलाई पटकपटक हारगुहार गर्दासमेत छिट्टै निर्माण हुन्छ भन्दै आश्वासनमात्र दिएको बताउनुभयो । “ गत वर्षको बैशाख १२मा भूकम्प गएदेखि आहिलेसम्म जस्ता पाताको टहरामै पढाउँदै आएका छौँ, टहरामा पढाउँदा धेरै समस्या हुन्छ, एउटा कोठामा पढाउँदा अर्को कोठामा अवरोध हुन्छ, वर्षात्मा पानी पर्दा र जाँडोमा समस्या भएको छ” – प्रधानाध्यापक महतोले भन्नुभयो । उहाँका अनुसार सम्बन्धित निकायमा भवन निर्माणका लागि आग्रह गर्दा निर्माणबारे चीन सरकारसँग सम्झौता भएको र छिट्टै काम सुरु हुने भनिएको छ । उहाँले भन्नुभयो – “अभिभावकले हामीलाई कहिले बन्छ धनेर सोध्नुहुन्छ, सरकारले कहिले बनाउँछ भनेर प्रष्ट भन्दैन ।” विसं १९४८ मा निर्माण भएको सो भवन भत्किएपछि अहिले भवन रहेको अगाडिपट्टि खेल्ने स्थानमा टहरा निर्माण गरी पठन–पाठन हुँदै आएको छ । चर्र्किएको भवन कतिबेला भत्किएर टहरालाई च्याप्ने हो भन्ने अर्को खतरा छ । विसं १९९० को भूकम्पमा दरबार हाइस्कुलको छानाको केही भाग बिग्रिएको थियो । तर २०७२ सालको भूकम्पले बस्न नमिल्ने गरी पूरै भत्काएको छ । भानु माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी नानुमाया श्रेष्ठले टहरामा बसेर पढ्दा जाँडोमा शीत पर्ने, गर्मीमा टिन तातेर बस्नै नसक्ने र वर्षात्मा पानी परेर पढाइमा अवरोध हुने गरेको गुनासो गर्नुभयो । एउटा कक्षामा भएको होहल्लाले अर्को कक्षामा पठन–पाठनमा समस्या हुँदै आएको उहाँको भनाइ छ । कक्षा १० मै अध्ययनरत विद्यार्थी कविता कार्कीले खेल्ने ठाउँमा टहरा निर्माण गरिएको हुँदा खेल्नसमेत समस्या भएको गुनासो गर्नुभयो । शौचालयको पनि समस्या छ । विसं १९४८ देखि हालसम्म सो विद्यालय त्यही भवनमा रहँदै आएको थियो । भवन भत्किएपछि विद्यार्थी पनि विगतको तुलनामा घट्दै आएका छन् । दरबार हाइस्कुलको भुइँतलामा विंस १९३४ मा स्थापना भएको संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी पनि भूकम्पपछि टहरामै बसेर पढ्न बाध्य छन् । सो विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दाहालले सरकारले टहरा निर्माणका लागिसमेत सहयोग नगरेको गुनासो गर्नुभयो । संस्कृत माविमा कक्षा ६ देखि १० सम्म अध्ययन करिब १५० विद्यार्थी रहेका छन् । भूकम्पपछि पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व शिक्षा मन्त्रीहरू र अन्य विभिन्न सम्बन्धित निकायका प्रमुखहरू भत्किएको भवन अनुगमन तथा अध्ययन गरे पनि अहिलेसम्म निर्माणका लागि कहीँ कतैबाट पहल भएको छैन । त्यसैगरी पद्मोदय घुम्तीनजिकै रहेको पद्मोदय उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि नयाँ भवन बन्न सकेको छैन । त्यस विद्यालयका विद्यार्थी अहिले पनि टहरामा बसेर पढ्न बाध्य छन् । प्राध्यानाध्यापक मीना कोइरालाले भवन निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्रोत जुटाउन नसकेका कारण पनि भूकम्पका कारण भत्किएका विद्यालय पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो । The post भूकम्प भएको दुई वर्षपछि पनि टहरामै पठनपाठन appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
विद्यालयको भवन आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित म्याग्दी, ४ चैत- बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयको भवन आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएका छन् । एक सय ७४ जना बालबालिका अध्ययन गर्ने सो विद्यालयको पाँचवटा कक्षा टहराबाट सञ्चालन भएको छ । कक्षा ४, ५, ६, ७ र ८ का एक सयभन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरेको शिक्षक रामप्रसाद शर्माले बताउनुभयो । टहरामा घामले पोल्ने, पानी पर्दा रुझाउने, किताब, कापी भिजाउने, हावाहुरीले सताउने गरेकाले पठनपाठनमा समस्या पर्ने गरेका छन् । विसं २०७३ फागुन २५ गते साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा रहेको भवनमा आगलागी हुँदा रु ९२ लाख बराबरको क्षति पुगेको थियो । भवन जलेपछि नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुसँग आवद्ध विद्यार्थीले श्रमदान गरेर अस्थायी टहरा बनाएका थिए । बालकक्षा, १, २, ३ कक्षा र प्रशासन अर्को भवनबाट सञ्चालन भएको छ । यसैबीच विद्यालयको भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग जुटाउन पूर्व विद्यार्थीले अभियान सञ्चालन गरेका छन् । हाल दक्षिण कोरियामा रहनुभएका पूर्वविद्यार्थी विनोद कुँवरको नेतृत्वमा विश्वका विभिन्न देशमा रहेका डाँडाखेतवासीले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग अभियान सञ्चालन गरेका हुन् । प्रअ तीर्थ बानियाका अनुसार हालसम्म रु १२ लाख सहयोग घोषणा भएको छ । अहिले विद्यालय भइरहेको जग्गामा नयाँ भवन निर्माण गर्न अपुग हुने भएकाले जग्गा व्यवस्थापन, तत्कालीन राहत र भवन निर्माणका लागि स्थानीय स्रोतको पनि खोजी भइरहेको बताउनुभयो । जिल्ला शिक्षा कार्यालय, विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, बेनी नगरपालिकालगायतका निकायमा भवन पुनःनिर्माणका लागि पहल गरिएको शिक्षक शर्माले बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
लमजुङका राजनीतिक दलले भनेः ‘राजनीतिक बहानामा विद्यालयको पठनपाठन अवरुद्ध गर्दैनौँ’ लमजुङ, २६ फागुन- लमजुङको सुन्दरबजार नगरपालिकामा रहेका प्रमुख राजनैतिक दलका प्रमुखहरुले विद्यालयहरुमा कुनैपनि राजनीतिक हस्तक्षेप नगर्ने बताएका छन् । सुन्दरबजार नगरपालिका–४ पैह्रेमा रहेको भविष्य निर्माण माध्यमिक विद्यालयमा आयोजित विद्यालय शान्ति क्षेत्र अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपाली कांग्रेस नगर कार्य समिति सुन्दरबजारका सभापति द्धारिका मिश्र, एमाले नगर कमिटि सुन्दरबजारका अध्यक्ष जनकराज मिश्र, राप्रपाका टिकाराम अधिकारीले निर्वाध रुपमा पढ्न/लेख्न पाउनु विद्यार्थीको अधिकार रहेकाले कुनै पनि राजनीतिक बहानामा विद्यालयको पठनपाठन अवरुद्ध नगरिने प्रतिवद्धता जनाएका छन् । उनीहरुले विद्यालयमा कुनैपनि राजनैतिक गतिविधी सञ्चालन नगर्ने पनि बताएका छन् । अभिभावक र विद्यार्थीहरुले पनि विद्यालयमा राजनीतिक विषयलाई लिएर पठनपाठन अवरुद्ध गर्न नहुनेमा जोड दिएका छन् । राजनैतिक दलले जनाएको प्रतिवद्धतालाई जिल्ला शिक्षा कार्यालय लमजुङका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले खुलेरै प्रसंशा गरे । लमजुङमा जनज्योति मावि बाग्लुङपानीलाई पहिलोपटक विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको उल्लेख गरे । जिल्ला शिक्षा अधिकारी कमालले भने, ‘कुनैपनि हिंंसात्मक, राजनैतिक गतिविधि सञ्चालन नभएको, भेदभावमुक्त वातावरण सिर्जना भएको विद्यालयलाई नै विद्यालय शान्ति क्षेत्र भनिन्छ ।’ उनले बालबालिकाको भविष्य सुनिश्चित नभई राज्यको भविष्य सुनिश्चित नहुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी कडेँलले बालबालिकाको पढ्ने/लेख्ने अधिकारलाई कसैले अवरोध गर्न नहुनेमा जोड दिए ।
1 note · View note
nepal123 · 8 years
Photo
Tumblr media
अब गाउँका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन पर्वत, २० माघ- बसाईसराईका कारण सुनसान बन्दै गएको पर्वतको आर्थरडाँडाखर्क गाउँ बिकास समितिमा रहेका सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाउने तयारी भएको छ । बसाईसराई रोक्न र गाउँमै शहरबजारको जस्तो शिक्षा दिने अभियान अन्तर्गत गाबिसमा रहेका रहेको पञ्चकोशी उच्च मावि तथा एक आधारभूत तथा ७ वटा प्राथमिक बिद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन शुरु हुन लागेको हो । पञ्चकोशी माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा आर्थिक संकलन गरेर नर्सरी र कक्षा २ सम्म आगामी शैक्षिकसत्र देखि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिने उद्देश्य राखिएको छ । सबै बिद्यालयले यस शैक्षिकसत्रमा २ कक्षा सम्म र त्यसपछि क्रमश कक्षा बढाउँदै लैजाने योजना बनाएका हुन् । अहिले बिद्यालयहरुमा अंग्रेजी तथा मन्टेश्वरी माध्यमबाट शिक्षा दिनका लागि शिक्षकलाई तालिम दिने काम भैरहेको छ । भूपु बिद्यार्थी मञ्चको आयोजनामा सोमबार देखि १५ दिने मन्टेश्वरी तालिम शुरु भएको छ । तालिममा बिद्यालयहरुमा बालबिकास केन्द्र तथा प्राथमिक तहमा अध्ययन गराउने दुई दर्जन शिक्षकहरु सहभागी छन् । पोखराको प्राइम मन्टेश्वरी टिचर टे«निङ्ग इन्सिच्युटको प्राबिधिक सहयोगमा सञ्चालित तालिमपछि सबै बालबिकास केन्द्र र कक्षा दुई सम्म मन्टेश्वरी बिधीबाट अंग्रेजी माध्यममा पठनपाठन गर्न जनशक्रि तयार हुने भएकाले आगामी शैक्षिकसत्र देखि नै यो अभियान शुरु हुने मञ्चका सल्लाहकार मनोज गुरुङ्गले जानकारी दिए । गाउँबाट शिक्षाको खोजीमा बिद्यार्थी र अभिभावक शहर झरेपछि गाउँ सुनसान बन्दै गएको छ । त्यसलाई रोक्दै सामुदायिक बिद्यालयहरुले पनि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिन सक्छन भन्ने सबैका सामु उदाहरण पेश गर्न पनि अभियान शुरु भएको उनको भनाई छ । आर्थर डाडाँखर्क गाबिसबाट मात्रै बिगत डेढ दशकको अवधिमा ४ सय भन्दा बढी परिवार बसाईसराई गरेका छन् । अझै बालबालिका पढाउनका लागि बजारमा डेरा खोजेर बस्नेको संख्या बर्षेनी सय भन्दा बढी हुने गरेको छ । गाउँमै राम्रो शिक्षा दिन सके बजार झर्ने क्रम रोकिने बिश्वास लिइएको गुरुङ्ग बताउँछन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि तालाबन्दी, पठनपाठन ठप्प बनेपा, १९ माघ- काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडाँै विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो । विश्वविद्यालयका रजिष्टार डा भोला थापाले तालाबन्दीक��� कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता जारी रहेको बताउनुभयो । काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउँदै विद्यार्थी कल्याणको चुनाव यथाशीघ्र गर्न आग्रह गर्नुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपालमा मिडवाइफ विषयमा स्नातक तहको पठनपाठन सुरु काठमाडौँ, ३ माघ- नेपालमा मिडवाइफ विषयमा (ब्याचलर्स इन मिडवाइफ्री कोर्स) स्नातक तहको पठनपाठन सुरु भएको छ । राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालमा पहिलोपटक स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स) र काठमाडौँ विश्वविद्यालयमा पुस २१ गतेदेखि सो विषयमा पठनपाठन सुरु गरेका हुन् । युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेपालमा मातृमृत्यु र नवजात शिशु मृत्युदर घटाउन मिडवाइफहरूको भूमिका महत्वपूर्ण रहुको हुँदा मिडवाइफ जनशक्ति उत्पादनका युएनएफपिएले सो सहयोग गरेको जनाइएको छ । सो अवसरमा नेपालका लागि युएनएफपिएकी प्रतिनिधि जुलियाभलिसीले अग्रणी ती दुई संस्थाबाट ब्याचलर्स इन मिडवाइफ्री कोर्स सुरु गरेकामा धन्यवाद दिँदै यसबाट नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि महत्वपूर्ण कासेढुङ्गा सावित भएको बताउनुभएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राम्ररी तालिम प्राप्त मिडवाइफहरूका साथै उनीहरूलाई रोजगारीमा भर्ना लिने, काममा खटाउने र काममा लगाइराख्ने योजनाले कुल मातृ तथा नवजात शिशु मृत्युको झन्डै दुईतिहाइ घटाउनका निम्ति मद्दत पु¥याउन सक्ने उल्लेख गरिएको छ । उनीहरूले ८७ प्रतिशतसम्म अत्यावश्यक यौन, प्रजनन, मातृ तथा शिशु स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने, अनुकूल परिस्थितिको निर्माण र आवश्यक नीति–नियमबाट साथ दिने हो भने मिडवाइफहरू स्वास्थ्य सेवामा सबैको पहँुच सुनिश्चित गर्न एउटा सबैभन्दा मितव्ययी र सांस्कृतिक रूपमा संवेदनशील उपाय हो विज्ञप्तिमा भनिएको छ । युएनएफपिएका पैरवी तथा सूचना अधिकृत सन्तोष क्षेत्रीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सङ्गठन, युनिसेफ, युएनएफपिए र विश्व बैंकसहितको अन्तर एजेन्सी समूहको मातृ मृत्युसम्बन्धी एक अनुमानअनुसार सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा ९०१ मातृ मृत्युदर रहेकामा सन् २०१५ मा २५८ मा झारेर नेपालले अत्यन्तै ठूलो प्रगति गरेको जनाइएको छ । सुत्केरी गराउने दक्ष सहयोगीको अभावमा घरमै सुत्केरी हुँदा वा स्वास्थ्य निकायहरूमा पूर्णरूपमा स्तरीय प्रसूति सेवा÷रेखदेखको उपलब्धता नहुनाले धेरै महिलाको सुत्केरी हुने क्रममा मृत्यु हुने क्रम अझै जारी छ । त्योभन्दा पनि ज्यादा, स्वास्थ्य सेवाको उपयोग र पहुँचमा असमानताले विभिन्न भौगोलिक क्षेत्र, जातीय समूह तथा शैक्षिक र आर्थिक अवस्था भएकाहरूबीचको स्वास्थ्य स्थितिमा गम्भीर विभेद पैदा गरेको विज्ञप्तिमा भनिएको छ । युएनएफपिएले सन् २००९ देखि नै नेपालमा मिडवाइफी शिक्षाको विशिष्टीकरणका लागि स्वास्थ्य मन्त्रालय र अन्य साझेदारहरूसँग काम गर्दै आइरहेको छ । मिडवाइफहरूका एजेन्डालाई मूलधारमा ल्याउन नेपाल नर्सिङ काउन्सिलले खेलेको सक्रिय भूमिकाको पनि हामी स्वागत गर्न चाहन्छौँ । “हामी आशा गर्छौं कि, सरकारले छिट्टै भविश्यका मिडवाइफलाई रोजगारीमा भर्ना लिने, काममा खटाउने, काममा लगाइरहने र उनीहरूको करियरको योजना बनाउने छ, जसले गर्दा उनीहरूले आफू स्नातक हुनेबित्तिकै सेवा दिने अवसर पाउने छन्”, भलिसीले भन्नुभयो–“मिडवाइफहरूलाई अझ सबल बनाउन सरकारलाई सघाउन युएनएफपिए तत्पर छ ।”
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भवन पुनःनिर्माण नहुँदा जीर्ण भवनमा पठनपाठन गर्न बाध्य भक्तपुर, २६ पुस- विनाशकारी भूकम्पले भक्तपुर खौमास्थित जागृति माविको भवन ठाउँ ठाउँमा चिरा चिरा प¥यो । जिल्ला शिक्षा कार्यालयको प्राविधिक टोलीले सो भवनलाई पूर्ण क्षतिको सूचीमा राखेर रातो स्टिकर प्रदान ग¥यो । कर्यालयले सो विद्यालयलाई कटुञ्जेको महेन्द्र निमाविमा सार्ने निर्णय गरेपनि विभिन्न राजनीतिक दललगायतको विरोधले कार्यालयले आफ्नै निर्णय कार्यान्वयन गर्न सकेन । हाल सो विद्यालय सोही भवनमा नियमित रुपमा सञ्चालन भइरहेको छ । कार्यालयले भूकम्पले क्षति पु¥याएका १२९ विद्यालयको विवरणमा जागृति माविको भवनलाई रेट्रोफिटिङ आवश्यक भएको उल्लेख गरेको छ । सुरुमा रातो स्टिकर प्रदान गरेको सो भवनलाई अहिले हरियो स्टिकर प्रदान गरिएको छ । त्यसैगरी भूकम्पले खरिपाटीस्थित गणेश माध्यमिक विद्यालयको छ वटा भवनमध्ये एउटा पूर्ण क्षति बनायो । विद्यालयको फलामको ट्रस्टबाट निर्माण भएको सो भवन अहिले पनि लड्ने अवस्थामा छ । विद्यालयले सो भवनमा विद्यार्थी, शिक्षक र कर्मचारीका लागि खाजाघर सञ्चालन गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक न्हुछेभक्त फोँजुले सो भवनलाई भत्काएर हटाउन जिल्ला शिक्षा कार्यालयमा पटक पटक अनुरोध गरे पनि कुनै सुनुवाइ न��एको बताउनुभयो । गत सोमबार कार्यालयमा पुगेर प्रधानाध्यापक फोँजुले सो भवन भत्काएर नहटाउँदा विद्यालयको अन्य भवनमा आउन जानसमेत अप्ठ्यारो भएको गुनासो गर्नुभयो । भूकम्पको सानो धक्काले पनि कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको सो भवनको ट्रस्टले कुनै पनि बेला ठूलो क्षति हुन सक्नेतर्फ सचेत गराउँदा पनि सम्बन्धित निकायको ध्यान नगएको उहाँको गुनासोे छ । चित्तपोलस्थित बालशिक्षा सदन निमाविको पाँचवटै भवन पूर्ण क्षतिको सूचीमा सूचीकृत भएको थियो । पाँचमध्ये एउटा पूर्णरुपमा भत्काउनु पर्ने र बाँकी चार वटा तत्काल मर्मत गर्नुपर्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ । तर हालसम्म सो विद्यालयका कुनै पनि भवन मर्मत हुन सकेको छैन । विद्यार्थी अस्थायी सिकाइ केन्द्र (टिएलसी)मा बसेर पठनपाठन गरिरहे पनि कक्षा कोठाको अभाव भएपछि हाल कक्षा ६, ७ र ८ लाई जोखिम मोलेरै जीर्ण भवनमा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “भवनको गाह्रो चर्केको छ । ट्रस्ट पनि नभएकाले सोही भवनमा कक्षा सञ्चालन गरिएको हो ।” भूकम्पले मध्यपुर थिमि–१५, कौशलटारस्थित जनप्रेमी निमापविको चार वटामध्ये फलामको ट्रस्टले निर्माण भएको दुई वटा भवन पूर्ण क्षति भएको थियो । सो स्थानमा नयाँ भवन निर्माण नहुँदा विद्यार्थी टिएलसीमा बसेर अध्ययन गर्न बाध्य छन् । अस्थायी केन्द्रमा विद्यार्थीले अत्यन्त सकसका साथ अध्ययन गर्नु परिरहेको प्रधानाध्यापक रणबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीमा त ठीकै छ तर जाडो र वर्षामा विद्यार्थीलाई धेरै सकस छ । जिल्ला कार्यालयमका पटक पटक भवन मर्मतका लागि ताकेता गरे पनि सुनवाइ भएको छैन ।” भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि भूकम्पले क्षति पुगेका विद्यालयका भवन मर्मत हुन नसक्दा भक्तपुरका सयौँ विद्यार्थी जोखिमपूर्ण भवन र टिएलसीमा बसेर पठनपाठन गर्न बाध्य छन् । भूकम्पले जिल्लाका १२९ विद्यालयका ९३ वटा भवनमा पूर्ण क्षति भएको थियो । कार्यालयका अनुसार गत वर्ष जिल्लाका ५० वटा विद्यालयका कक्षा कोठा सामान्य मर्मत गरिएको छ । भूकम्पले सामान्य क्षति पुगेका ती कक्षाकोठा सामान्य मर्मतपछि कक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले जानकारी दिनुभयो । गतवर्ष कुनै पनि विद्यालय भवन मर्मत नगरेको जिशिकाले यस वर्ष १७ वटा विद्यालयका भवन पुनःनिर्माणका लागि माथिल्लो निकायमा प्रस्ताव गरिएको जानकारी दिएको छ । कार्यालयका अनुसार विद्यालयको जग्गाको अवस्था र विद्यालयको आवश्यकतालाई समेत मध्यनजर गर्दै बोडे मावि बोडे, चण्डेश्वरी निमावि र ठूली ब्रह्मायणी प्राविमा आठ कोठे, जनप्रेमी निमावि कौशलटारमा छ कोठे पक्की भवन निर्माणका लागि प्रस्ताव गरिएको हो । त्यसैगरी भीम आदर्श निमावि, सरस्वती निमावि नैचाल र सन्तकृष्ण प्राविमा चार कोठे भवन निर्माणका लागि सिफारिस गरिएको जिशिअ अधिकारीले बताउनुभयो । त्यसैगरी चित्रपुर प्रावि, चन्द्रसूर्योदय निमावि, द्यौला प्रावि, नगरकोट निमावि, तौथली प्रावि र बर्दायानी निमाविमा तीन कोठे र ब्रह्माचारिणी प्रावि, बालचेतन प्रावि, देउजागाउँ निमावि र सिरुटार माविमा दुई कोठे भवन निर्माणका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । रासस
0 notes
nepal123 · 9 years
Text
पठनपाठन बन्द गरी विद्यार्थी मानव साङ्लोमा
पठनपाठन बन्द गरी विद्यार्थी मानव साङ्लोमा
अन्त्यहीन बन्द र नाकावन्दीले आजित बनेका  विद्यार्थीले पठन पाठन बन्द गरेर तराई मधेसमा जारी बन्द हडतालको समर्थनमा विद्यार्थीले शुक्रवार हुलाकी राजमार्गमा मानव साङ्लो प्रर्दशन गरेका छन्। (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
महोत्तरीका सबै विद्यालयमा पठनपाठन सुरू
महोत्तरीका सबै विद्यालयमा पठनपाठन सुरू
८ मंसिर, महोत्तरी । मधेस आन्दोलनका कारण बन्द रहेका महोत्तरीका सबै विद्यालय आजदेखि पूर्णरुपमा सञ्चालन भइ पठनपाठन सुरु भएको छ । (more…)
View On WordPress
0 notes