#गउक
Explore tagged Tumblr posts
Photo
रोजगारीका क्रममा जापान पुगेका बागलुङेले गरे गाउँका लागी एक करोडको अक्षयकोष स्थापना बागलुङ, २ वैशाख । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा शुक्रवार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गर्नुभयो । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । “शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ पु¥याउन कोष स्थापना गरिएको हो’ अध्यक्ष सुवेदीले भन्नुभयो,” “जापानमा रहेका सबै बिहुँकोटवासीको यसमा ठूलो योगदान छ ।” बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्च���लन गर्नेछ । अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताउनुभयो । काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ । ‘बिहुँकोट क्षेत्रको विकासका लागि कोष रकम परिचालित हुन्छ’ अध्यक्ष शर्माले भन्नुभयो ‘शिक्षा, स्वास्थ्य र भइपरी आउने विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने योजना छ ।’ कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले प्रवासमा रहेर पनि आफ्नो गाउँको विकासमा सक्रिय रहनु प्रशंसनीय कार्यभएको बताउनुभयो । ‘आफ्नो जन्म गाउँ र स्वेदशको विकासमा लागि प्रवासमा रहेका नेपालीको ठूलो देन छ’ उहाँले भन्नुभयो “यस्ता कल्याणकारी सामाजिक कार्यको सबै क्षेत्रले अनुसरण गर्नु आवश्यक छ ।” The post रोजगारीका क्रममा जापान पुगेका बागलुङेले गरे गाउँका लागी एक करोडको अक्षयकोष स्थापना appeared first on Etajakhabar.
0 notes
Photo
बिहे कहिले भा’को नि ? खै त्यै बा–आमाले जान्दा होला: चेपाङ गाउँकी ताराकुमारी नारायण ढुंगाना चितवन, २्९ फागुन – पखेरामा बनेको सानो झुप्रोको माइती घर । अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ । झिङ्गा भन्किरहेको छ । झिङ्गा आउँछ भनेर हातले नाकमुखमा छोपेकी छिन् । दुई बच्चा अर्ध निद्रामा रहेकी उनको दुईतिर बसेर स्तन चुस्दैछन् । सानो बच्चालाई ताराकुमारीले हातमा च्यापेकी छिन् भने अर्को बच्चा त्यहीँ निदाएको छ । सरसफाइको अभावमा रहेको बच्चाको कपडा मैला छन्, अनुहारमा समेत फोहर छ । यही फागुन २३ गते सोमबार ताराकुमारीलाई यस्तै अवस्थामा भेटिइन् । यो अवस्थाले नै उनको जीवनको व्यथा कहानी बोलिरहेको छ । तस्बिर खिचेपछि उनको अर्धनिद्रा भङ्ग भयो । ‘कति वर्षको हुनु भो दिदी रु’ कुरा सुरु गरें । ‘खै के‘था १’ ताराकुमारीले छोटो उत्तर दिइन् । ‘क्या रे बाउ, मो कति भयो रु’ बुबा पट्टि फर्किएर सोधिन् । ‘खै ३०–३५ भो की रु,’ बाहिर भिरालो बारीमा टुक्रुक्क बसेरै बुबाले भने । उनको भनाइमा परिवार पाल्ने एक पाटो जमिन छ । यसपालि उब्जनी भएको अन्न सबै सकिइसक्यो । ‘यो पालिको मकै पोलेर खान पनि पुगेन,’ ताराकुमारीले भनिन्, – एक पाटाको के गर्ने सर, भुराले पोलेर खाइहाल्छ, कति पुगोस् त १ अहिले गाउँमा पर्म ग¥यो, देउ न होई भन्यो, एक–एक पाथी माग्यो, खा��ो ।’ ‘छोराले कमाउँलान् नि त रु’ भन्ने प्रश्नमा तिनले भनिन् – ‘छोराले के कमाउँछ रु त्यही आफ्नो ज्यान पाल्छ । नुन तेल ल्याउँछ, त्यही हो ।’ परिवारमा कसैले पढेका छैनन् । साना बच्चा पनि पढ्ने खालका देखिंँदैनन् । पढाइप्रति चेतना नै छैन । ‘कोहीले नि परेन सर, के गर्ने अब रु’ – तिनले भनिन् । उनको घरमा अहिले खानका लागि अन्न छैन । खडेरीका बेला चेपाङ गाउँ सुख्खा छ । ‘एक एक ठाउँमा साहु हुन्छ नि सर १ भोलि हामी काम गरेर तिर्छौं भनेर एक एक पाथी दुई दुई पाथी मागेर खाने,’ ताराकुमारीले भेद खोलिन् । मागेर पनि नपाइने अवस्थामा चेपाङहरु जङ्गलमा गिठा र भ्याकुर खोजेर भोक टार्छन् । यति कुरा गरिरहँदा सहयोगीहरुले दिएको कपडा छान्दै बच्चाहरु झगडा गरिरहेका थिए । ताराकुमारीका ३ छोरा र ३ छोरी छन् । चार बच्चा चाहिँं पछिल्लो पटकका बर्सेनिका हुन् । यति कुरो चाहिंँ उनलाई थाहा छ । वर्ष कसैको थाहा छैन । न त आफ्नो वर्ष नै थाहा छ न त बिहे गरेको मिति नै । दुईजना छोराअलि ठूला छन् । जेठाको नाम राजु र माइलाको नाम माइलो नै । उनीहरु चितवनको रत्ननगरस्थित पिठुवामा मजदुरी गर्न गएको ताराकुमारीले बताइन् । अन्य ४ वटा बर्सेनिका भने उनीसँगै छन् । ‘कान्छाको नाम कान्छैै हो, जेठी सञ्चमायाँ, यो सानी कान्छी, अनि यो कान्छी,’ तिनले औंल्याउँदै भनिन् । छोरा छोरी कति वर्षका भए भन्ने उनलाई हेक्का छैन । श्रीमान्को नाम रामप्रसाद चेपाङ । सरकारसँग के माग्नुहुन्छ भन्ने प्रश्नमा तिनले भनिन् – ‘खै हामी पहारको मान्छे केही जान्दैन सुन्दैन ।’ एकछिन छिमेकी लरीमायाँसँग चेपाङ भाषामै खासखुस गरिन् र फेरि भनिन् – ‘सरकारले जस्ता दिया त हुन्थ्यो भन्ने लाग्छ आफ्नो मनले ।’ बिहे कहिले भा’को नि ? खै त्यै बा–आमाले जान्दा होला । तपाईलाई थाहा छैन ? अँ हँ, ओ बा कति सालमा व्ये ग¥या रे मलाई ? बूढा खै त ? बुरा खै तलतिर गा’छ । के गर्छन् त ? पर्म गर्छ, खान्छ, हिँड्छ । काम गर्दैनन् ? एक पाटोमा के काम गर्नु ? अरु काम ? खाना नपुग्या बेला कुल्ली गर्छ। संक्षिप्त कुराकानीमा तिउनले भनिन् । चितवनको विकट पहाडी गाउँ सिद्धि गाविसको वडा नम्बर ९ छेरवाङमा उनको घर छ । चितवनको सदरमुकाम भरतपुरबाट पूर्व पर्छ विकट गाउँ सिद्धि । चेपाङ्गको बसोबास बढी छ । भरतपुरबाट झण्डै ३० किलोमिटरको सवारी यात्रामा शक्तिखोरको दोगरा पुगिन्छ । त्यहाँबाट करिव ३ घण्टाको उकालो चढेर उनको घर पुगिन्छ । घर नजिकै माइती भएकाले सोमबार विहानै ताराकुमारी लालाबाला च्यापेर माइत पुगिन् । त्यही बेला उनीसँग भेट भएको हो । जन्मिहाल्यो, फाल्नु भएन बच्चाबच्ची किन यति धेरै जन्माएको त भन्ने प्रश्नमा एकछिन मज्जैले हाँसिन् तिनी । ‘जन्मी हाल्यो के गर्नु त अब, फाल्नु भै’न,’ तिनको सहज जवाफ थियो । अब भने बच्चा नजन्माउने उनको अठोट छ । छ बच्चा पाएपछि उनमा बल्ल चेत खुलेको छ । छ जना बच्चा जन्माएपछि परिवार नियोजनको ख्याल आएको ताराकुमारीले बताइन् । ‘अस्तिदेखि क्याप्सुल लगाको,’ उनले भनिन् – ‘अब बन्द भो ।’ शक्तिखोरका दलबहादुर चेपाङ अधिकाँश चेपाङको पीडा यस्तै भएको बताउँछन् । पटक पटक अन्न कपडा दिएर भन्दा सिप र शिक्षा दिनु आवश्यक उनी ठान्छन् । यसतर्फ न राज्यले ध्यान दिएको छ न गैरसरकारी संस्थालाई नै चासो छ । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समिर खत्री उनीहरुको अवस्था देखेपछि अब परिवर्तनका लागि अभियान नै चलाउने सोच बनाएको अनुभव सुनाउँछन् ।
0 notes
Photo
एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख भित्र्याए म्याग्दी, २६ फागुन- म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर रु ५० लाख गाउँमा भित्र्याएका छन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट रु ५० लाख बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताउनुभयो । सिमीबाट दाल र अचारको परिकार बनाउने गरिन्छ । सिमी सङ्कलन गरेर निकासीको व्यवस्था गर्दै आएका गर्बुजाका अनुसार प्रतिकिलो रु २०० का दरले सिमी बिक्री भएको हो । सिमी बिक्री गरेर एकजना कृषकले रु २० हजारदेखि रु तीन लाखसम्म आम्दानी गरेका दोवा–६ का किरण पुर्जाले बताउनुभयो । बोटबाट नटिप्दै अग्रिम पेस्की दिएर सहरी क्षेत्रका व्यापारी गाउँमै आएर सिमी खरिद गरेका थिए । दुई सय ८० घरधुरीको बसोबास रहेको दोवाका बासिन्दाले सिमीलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । दोवामा खेती हुने छिर्केमिर्के जातको सिमी स्वादिलो र गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । स्वास्थ्यवद्र्धक, स्वादिलो, छिटो पाक्ने र लयालो हुने भएकाले दाल बनाउनका लागि छिर्केमिर्के सिमीलाई उपभोक्ताले रुचाएको बेनीका होटल व्यवसायी कृष्णबहादुर बरुवालले बताउनुभयो । सिमीलगायतका कृषि उपज निकासी र आवतजावतको सुविधाका लागि दोवाका बासिन्दाले गत वर्ष गाउँसम्म सडक पु¥याएका थिए ।
0 notes
Photo
सानैमा रामेछापको दोरम्वाबाट पोखरा झरे सन्त, गाउँको मोह भने अझैपनि उस्तै पोखरा, ९ फागुन- किशोरअवस्थामै रामेछापको दोरम्वावाट पोखरा झरेका सन्त वहादुर घिसिङको गाउं मोह भने उस्तै छ । सपरिवार पोखरा १३ स्थित भद्रकालीमा वस्दै आएका घिसिङ परिवारले आफ्नो जन्मघर र गाउँको विकासमा धेरै महत्व दिएको छ । २०७२ वैशाख १२ र २९ गते आएको विनाशकारी भुकम्पवाट भएको धनजनको क्षतिमा राहत सामग्री उठाएर आफ्ना गाउँवासी र जिल्ला वासीहरुलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेका सन्त वहादुर घिसिङले गाउँको विकास नभए सम्म सहरको विकास सम्भव नभएको वताएका छन् । पछिल्लो पटक उनले आफ्नो वुवा स्व. खड्ग वहादुर घिसिङको स्मृतिमा गाउँमा निर्माणाधिन वहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग उपलव्ध गराएका छन् । उनले स्वर्गिय वावा खड्क वहादुर घिसिङको स्मृतिमा ५० हजार र आमाको स्मृतिमा ५० हजार गरि १ लाख रुपैया आर्थिक सहयोग प्रदान गर्ने घोषणा मात्र गरेका छैनन् कि सामुदायिक भवन निर्माण समितिलाई पोखरा वोलाएर रकम हस्तान्त��ण गरेका छन् । घिसिङले रामेछापको दोरम्वा स्थित निर्माणधिन सामुदायिक भवनका निर्माण समितिका अध्यक्ष हस्त लामा र सचिव श्रीलाल योञ्जनलाई एक कार्यक्रमका वीच रकम हस्तान्तरण गरेका छन् । स्व. खड्क वहादुर घिसिङकी वुहारी मिना घिसिङको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा सांस्कृतिक रुपान्तरण अभियानका भिम रानाभाट, प्रकृति मानव मिलन केन्द्रका महासचिव शिव आचार्य, पत्रकारहरु यदुनाथ वञ्जारा माधव पनेरु, शिवराज वस्ताकोटी भवन निर्माण समितिका श्रीलाल योञ्जन र हस्त लामा, भद्रकाली टोल विकास संस्थाका अध्यक्ष राम वहादुर के.सी. माओवादी केन्द्रका प्रतिनिधि विवि थापा, नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार कुम वहादुर तामाङ हयाङ्ला तामाङ समाजका राजु लामाले शुभकामना व्यक्त गरेका थिए । सहयोग दाता सन्त वहादुर घिसिङले स्वर्गिय वुवा खड्क वहादुर घिसिङको चिनारी सहित गाउँ विकासको चर्चा गरेका थिए । कार्यक्रम को सञ्चालन सुर्यमान तामाङले गरेका थिए ।
0 notes
Photo
क्यानोनिङ गाउँको छात्रबासलाई विदेशबाट सहयोग पोखरा, २ फागुन– कास्कीको क्यानोनिङ गाउँ ल्वाङघलेलस्थित गौरीशंकर मनिलाल माध्यामिक विद्यालयलको छात्रबासलाई नगद सहयोग प्राप्त भएको छ । मेरीगोल्ड चेनले विदेशी दाताहरूको सहयोगमा संकलन गरेको ६७ हजार रुपियाँ छात्रबासलाई प्रदान गरिएको हो । छात्रबासमा यसवर्षको एस.इ.स��. (स्कूल एजुकेशन सर्टिफिकेट) परीक्षा दिने विद्यार्थीहरू अध्ययनरत छन् । आर्थिक कठिनाइले छात्रबासको व्यवस्थापन गर्न कठिन भएको अवस्थामा मेरीगोल्ड चेनको सहयोेगले सहज भएको विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षेत्रीले बताए । अ ार्थिक समस्या झेल्दै आएको विद्यालय र गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यले मेरीगोल्ड चेनले रकम संकलनको जोहो गरेको संस्थाका संस्थापक रामबहादुर गुरुङले बताए । पर्यटन व्यवसायीसमेत रहेका गुरुङले यसअघि उक्त विद्यालयमा इन्टरनेट सेवा जडान गरिदिएका थिए । विद्यालय प्राड्डणमा आइतबार आयोजित एक कार्यक्रमका बीच पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङले उक्त रकम विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षेत्रीलाई हस्तातरण गरे । उनले शिक्षा क्षेत्रमा सहयोगी दातले गरेको कर्मप्रति मुक्तकण्ठले प्रशंसा व्यक्त गरे । नेपाली काँग्रेसका महासमिति सदस्य हरिमाया गुरुङले शिक्षा क्षेत्रको विकासले सम्पूर्ण देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुकबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक जीतबहादुर क्षेत्री, पूर्व स्रोतव्यक्ति कमलबहादुर गुरुङ, भूपू विद्यार्थी सीता अधिकारी लगायतले शिक्षा क्षेत्रमा गरिएको सहयोगले गाउँकै भविष्य उज्यालो हुने बताए ।
0 notes
Photo
दुर्गम गाउँका झण्डै तीन हजारले पाए सरकारी एकीकृत सेवा रसुवा, २४ माघ– रसुवाको पारच्याङमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट ठूलो सङ्ख्याका ग्रामीणवासीले नागरिकता प्राप्ति र स्वास्थ्य परीक्षणलगायतकासेवा प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाको अगुवाइमा नागरिकता वितरण, आँखा परीक्षण र औषधि वितरण, कृषिसम्बन्धी ज्ञान, बीउ प्रदान, फोटोसहितको मतदान नामावली, अध्यावधिक, घरेलु पसल दर्ता, अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र प्रदान, पशु उपचार, सुत्केरी, गर्भवती र बालबालिकालाई पोषण सामग्री वितरण एवम् भूकम्प प्रतिरोधी आवास निर्माणको परामर्श, बैङ्क खाता खोल्ने समेतका सेवा घरदैलोमा प्रदान गरिएको छ । यही २२ र २३ माघ महिनामा बढी जनघनत्व भएको दक्षिण्ी रसुवाको भोर्ले, सरमथली र यार्सा ��ाविसलाई केन्द्रित गरी सरमथली गाविस–८ पारच्याङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
0 notes
Photo
अब गाउँका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन पर्वत, २० माघ- बसाईसराईका कारण सुनसान बन्दै गएको पर्वतको आर्थरडाँडाखर्क गाउँ बिकास समितिमा रहेका सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाउने तयारी भएको छ । बसाईसराई रोक्न र गाउँमै शहरबजारको जस्तो शिक्षा दिने अभियान अन्तर्गत गाबिसमा रहेका रहेको पञ्चकोशी उच्च मावि तथा एक आधारभूत तथा ७ वटा प्राथमिक बिद्यालयमा अंग्रेजी माध्यमबाट अ��्यापन शुरु हुन लागेको हो । पञ्चकोशी माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा आर्थिक संकलन गरेर नर्सरी र कक्षा २ सम्म आगामी शैक्षिकसत्र देखि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिने उद्देश्य राखिएको छ । सबै बिद्यालयले यस शैक्षिकसत्रमा २ कक्षा सम्म र त्यसपछि क्रमश कक्षा बढाउँदै लैजाने योजना बनाएका हुन् । अहिले बिद्यालयहरुमा अंग्रेजी तथा मन्टेश्वरी माध्यमबाट शिक्षा दिनका लागि शिक्षकलाई तालिम दिने काम भैरहेको छ । भूपु बिद्यार्थी मञ्चको आयोजनामा सोमबार देखि १५ दिने मन्टेश्वरी तालिम शुरु भएको छ । तालिममा बिद्यालयहरुमा बालबिकास केन्द्र तथा प्राथमिक तहमा अध्ययन गराउने दुई दर्जन शिक्षकहरु सहभागी छन् । पोखराको प्राइम मन्टेश्वरी टिचर टे«निङ्ग इन्सिच्युटको प्राबिधिक सहयोगमा सञ्चालित तालिमपछि सबै बालबिकास केन्द्र र कक्षा दुई सम्म मन्टेश्वरी बिधीबाट अंग्रेजी माध्यममा पठनपाठन गर्न जनशक्रि तयार हुने भएकाले आगामी शैक्षिकसत्र देखि नै यो अभियान शुरु हुने मञ्चका सल्लाहकार मनोज गुरुङ्गले जानकारी दिए । गाउँबाट शिक्षाको खोजीमा बिद्यार्थी र अभिभावक शहर झरेपछि गाउँ सुनसान बन्दै गएको छ । त्यसलाई रोक्दै सामुदायिक बिद्यालयहरुले पनि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिन सक्छन भन्ने सबैका सामु उदाहरण पेश गर्न पनि अभियान शुरु भएको उनको भनाई छ । आर्थर डाडाँखर्क गाबिसबाट मात्रै बिगत डेढ दशकको अवधिमा ४ सय भन्दा बढी परिवार बसाईसराई गरेका छन् । अझै बालबालिका पढाउनका लागि बजारमा डेरा खोजेर बस्नेको संख्या बर्षेनी सय भन्दा बढी हुने गरेको छ । गाउँमै राम्रो शिक्षा दिन सके बजार झर्ने क्रम रोकिने बिश्वास लिइएको गुरुङ्ग बताउँछन् ।
0 notes
Photo
आधा दर्जन बढी गाउँका बासिन्दा हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य कञ्चनपुर, १७ माघ- कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि, असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन् । नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना बनाउन खटिएको टोलीले गरेको अध्ययनमा हातेपम्पबाट तानिने पानीमा आर्सेनिकको मात्रा अधिक रहेको पाइएको हो । अध्ययनका क्रममा हातेपम्पबाट निकालिएको पानीमा आर्सेनिकको मात्रा ५० पिपिएभन्दा बढी रहेको बताएको रिव्स इन्जिनियरिङ कन्सल्टेन्ट तथा डेभलपमेन्ट कन्सल्टेन्ट प्रालिका परामर्शदाता डा केदार दाहालले बताउनुभयो । “हातेपम्प २० फुटदेखि ४० फुटसम्म गाडिएका क्षेत्रमा बढी आर्सेनिकयुक्त पानी पाइएको छ” – उहाँले भन्नुभयो । हातेपम्प सय मिटरमुनि गाडिएको पानीमात्रै खान योग्य हुने उहाँको भनाइ छ । असैना निवासी ज्ञानबहादुर विष्टले केही वर्षअघि गैरसरकारी संस्थाले समेत जाँच गर्दा आर्सेनिकयुक्त ठह¥याइएका हातेपम्पबाट तानिएको पानी पनि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएका छन् भन्नुभयो । नगरपालिकाका करिव ९० प्रतिशत बासिन्दा हातेपम्पको पानीे प्रयोग गर्छन् । आर्सेनिकयुक्त पानीको प्रयोग गरेमा छालाका रोगहरु, आन्द्रा, दाँतको सङ्क्रमणसँगै दीर्घकालीन आर्सेनिकोसिस रोग लागि छाला, फोक्सो, ब्लड क्यान्सर हुने सम्भावना रहने पिपलाडी स्वास्थ्य चौकीका सिअहेब चेतराज भट्टले बताउनुभयो । “गर्भवती महिलालाई समेत आर्सेनिकयुक्त पानीले असर पु¥याउँछ” – उहाँले भन्नुभयो, “ लगातार दुईदेखि १० वर्षसम्म आर्सेनिक धेरै भएको पानी खाने मानिसलाई रोग देखिन सक्छ । रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्न थाल्छन्, स्वास्थ्य सुरुमा नदुख्ने, नपोल्ने गिर्खा बढ्दै गएपछि उपचार गरिएन भने यिनै गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्यु हुनसक्छ ।” निर्धारित मापदण्डअनुसार पानी न्यूनतम् १० माइक्रोग्राम प्रतिलिटर आर्सेनिक भए बाह्य सरसफाइका लागि प्रयोग गर्न सकिने र न्यूनतम शून्य दशमलब ०५ माइक्रो प्रतिलिटर मात्रै पिउन योग्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले भने एक लिटरमा १० माइक्रो ग्रामसम्म आर्सेनिकयुक्त पानी पिउन योग्य मानेको छ । रासस
0 notes
Text
नर्सको सम्झनामा त्यो गाउँको दशैं, यो शहरको दशैं
नर्सको सम्झनामा त्यो गाउँको दशैं, यो शहरको दशैं
परालको टौवामुनि नाम्लोको पिङ हालेर मच्चिनुको मज्जा म आधुनिक युगको लिङ्गे र रोटे पिङ्गमा पाउन सक्दिनँ । दशैं आएपछि घरमै खसी काटेर मासुमा झोल हालेर खाएको स्वाद म अहिलेको दैनिक सहज हुने मटनमा पाउन सक्दिनँ । गाउँघरमा कोइलीको कुहु कुहुमा रमाउने यो मन अहिले भेन्टीलेटरको टुटुमा बानी परेको छ । दशैं आएपछि उतिबेला छुट्टै रौनक हुन्थ्यो गाउँ घरमा । दाइ काठमाण्डौंमा बस्नुहुन्थ्यो, लाग्थ्यो दशैंमा दाइ घर आउँदा…
View On WordPress
0 notes