#अझपन
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
सानैमा रामेछापको दोरम्वाबाट पोखरा झरे सन्त, गाउँको मोह भने अझैपनि उस्तै पोखरा, ९ फागुन- किशोरअवस्थामै रामेछापको दोरम्वावाट पोखरा झरेका सन्त वहादुर घिसिङको गाउं मोह भने उस्तै छ । सपरिवार पोखरा १३ स्थित भद्रकालीमा वस्दै आएका घिसिङ परिवारले आफ्नो जन्मघर र गाउँको विकासमा धेरै महत्व दिएको छ । २०७२ वैशाख १२ र २९ गते आएको विनाशकारी भुकम्पवाट भएको धनजनको क्षतिमा राहत सामग्री उठाएर आफ्ना गाउँवासी र जिल्ला वासीहरुलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेका सन्त वहादुर घिसिङले गाउँको विकास नभए सम्म सहरको विकास सम्भव नभएको वताएका छन् । पछिल्लो पटक उनले आफ्नो वुवा स्व. खड्ग वहादुर घिसिङको स्मृतिमा गाउँमा निर्माणाधिन वहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग उपलव्ध गराएका छन् । उनले स्वर्गिय वावा खड्क वहादुर घिसिङको स्मृतिमा ५० हजार र आमाको स्मृतिमा ५० हजार गरि १ लाख रुपैया आर्थिक सहयोग प्रदान गर्ने घोषणा मात्र गरेका छैनन् कि सामुदायिक भवन निर्माण समितिलाई पोखरा वोलाएर रकम हस्तान्तरण गरेका छन् । घिसिङले रामेछापको दोरम्वा स्थित निर्माणधिन सामुदायिक भवनका निर्माण समिति��ा अध्यक्ष हस्त लामा र सचिव श्रीलाल योञ्जनलाई एक कार्यक्रमका वीच रकम हस्तान्तरण गरेका छन् । स्व. खड्क वहादुर घिसिङकी वुहारी मिना घिसिङको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा सांस्कृतिक रुपान्तरण अभियानका भिम रानाभाट, प्रकृति मानव मिलन केन्द्रका महासचिव शिव आचार्य, पत्रकारहरु यदुनाथ वञ्जारा माधव पनेरु, शिवराज वस्ताकोटी भवन निर्माण समितिका श्रीलाल योञ्जन र हस्त लामा, भद्रकाली टोल विकास संस्थाका अध्यक्ष राम वहादुर के.सी. माओवादी केन्द्रका प्रतिनिधि विवि थापा, नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार कुम वहादुर तामाङ हयाङ्ला तामाङ समाजका राजु लामाले शुभकामना व्यक्त गरेका थिए । सहयोग दाता सन्त वहादुर घिसिङले स्वर्गिय वुवा खड्क वहादुर घिसिङको चिनारी सहित गाउँ विकासको चर्चा गरेका थिए । कार्यक्रम को सञ्चालन सुर्यमान तामाङले गरेका थिए ।
0 notes