Tumgik
#सनतललई
nepal123 · 7 years
Photo
Tumblr media
धुर्मुस सुन्तलीलाई अमेरिकाबाट २ करोड सहयोग, मुसहर बस्ती बनाउने रकम पुगेको घोषणा २१ चैत, काठमाडौं । महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई १ करोड सहयोग आएको छ । बस्ती हस्तान्तरण् गर्न १० दिन बाँकी रहँदा अमेरिकाको
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
२०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान धुर्मुस सुन्तलीलाई प्रदान गरिने बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । अगामी वैशाख ३ गते विर्तामोडमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद रु १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिनुभयो । वीरता जेसीजको अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष सञ्जु भारतीले बताउनुभयो । सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको परम्परा सुरु गरेको हो । “समाज परिवर्तनका लागि विशेष योगदान पु¥याउने व्यक्तिको छनोट गरी सम्मान गर्दै आएका छौँ,”वीरता जेसीजका अध्यक्ष भारतीले भन्नुभयो । The post २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान धुर्मुस सुन्तलीलाई प्रदान गरिने appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मुसहर बस्ती निर्माण गर्न धुर्मुस सुन्तलीलाई एक करोड रुपैयाँ अभाव महोत्तरी, ८ चैत । बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ । साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १) मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन रु एक करोड ३० लाख अभाव भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो । सहयोगी हातहरु निरन्तर प्राप्त भइरहेकाले रकम जुट्नेमा आफू विश्वस्त रहेको कट्टेलले बताउनुभयो । कुल रु चार करोड ७८ लाखको लागतमा निर्माण हुने सो बस्ती आगामी नयाँ वर्ष १ का दिन मुसहरलाई हस्तान्तरण गरिने योजनाका साथ काम भइरहेको हास्य कलाकार कुञ्जना घिमिरेले जानकारी दिनुभयो । सो बस्तीका घरमा छाना, रङ्गरोगन, शौचालय, झ्याल तथा ढोका, खानेपानी, विद्युत् र धारा जडान, घरको अन्तिम प्लास्टर, दृश्यस्तम्भ, बस्तीभित्रको सडकको पिसिसी ढलान जस्ता काम तीव्र गतिमा भइरहेको फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताउनुभयो । एक सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजनानुसार बस्तीको २० प्रतिशत काम बाँकी छ भने फाउन्डेसनसँग अब २४ दिन मात्र बाँकी रहेको छ । गत पुस २५ गते मह जोडीद्वारा शिलान्यास भई तीव ्रगतिमा निर्माणाधीन बस्ती निर्माणमा पछिल्ला दुई महिनायता दिनहुँ तीन सय जनाले पसिना बगाइरहेका छन् ।
0 notes