Tumgik
#रपम
nepal123 · 7 years
Photo
Tumblr media
अवैध रुपमा युएइ पुगेका ३५ महिला फिर्ता वैशाख २० । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ । फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट मंगलबार दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी […] The post अवैध रुपमा युएइ पुगेका ३५ महिला फिर्ता appeared first on नेपाल आज.
0 notes
chaitanyabharatnews · 5 years
Text
पीएम मोदी को चिट्ठी लिखने वाले 49 फिल्म निर्माताओं के खिलाफ दर्ज हुई FIR , जानिए क्या है मामला
Tumblr media
चैतन्य भारत न्यूज पिछले दिनों कुछ फिल्म कलाकारों ने प्रधानमंत्री नरेंद्र मोदी को मॉब लिंचिंग के खिलाफ एक्शन लेने को लेकर एक पत्र लिखा था। लेकिन अब ये पत्र उन फिल्मकारों के लिए मुसीबत बन चुका है। (adsbygoogle = window.adsbygoogle || ).push({}); दरअसल इन 49 फिल्म कलाकारों के खिलाफ मुजफ्फरपुर जिले सदर थाना में एफाइआर दर्ज हुई है। इन फिल्मकारों ने देश में खराब माहौल की बात करते हुए पीएम मोदी को पत्र लिखा था। लेकिन अब इन सबके खिलाफ एफआईआर दर्ज हो चुकी है। जानकारी के मुताबिक, यह रिपोर्ट कोर्ट के आदेश पर हुई है। अधिवक्ता सुधीर ओझा ने इन फिल्म कलाकारों के खिलाफ 27 जुलाई को कोर्ट में याचिका दाखिल की थी।
Tumblr media
पीएम मोदी को लिखी इस चिट्ठी में अनुराग कश्यप, केतन मेहता, श्याम बेनेगल, रामचंद्र गुहा, शुभा मुद्गल, अपर्णा सेन और कोंकणा सेन शर्मा, अनुपम रॉय, रपम इस्लाम, परमब्रता, रिद्धि सेन जैसी हस्तियों के हस्ताक्षर थे। चिट्ठी लिखने का मकसद प्रधानमंत्री नरेंद्र मोदी का ध्यान देश में बढ़ती असहिष्णुता की तरफ आकर्षित करना था। मामला मीडिया में आने के बाद अधिवक्ता सुधीर ओझा ने देश को एक साजिश के तहत विदेश में बदनाम करने का आरोप लगाते हुए कोर्ट में परिवाद किया था। यह भी पढ़े... मॉब लिंचिंग पर पीएम मोदी को चिट्ठी लिखने वाली हस्तियों पर भड़कीं कंगना, 49 लोगों को दिया जवाब Read the full article
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
साउनको तेस्रो हप्ताबाट परीक्षणका रुपमा मेलम्चीको खानेपानी वितरण काठमाडौँ, ७ वैशाख । मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताउनु भएको छ । उहाँले साउनको दोस्रो हप्तापछि वर्षात्मा बढेको वाग्मतीको पानीलाई परीक्षणको रुपमा प्लान्टमा ल्याई खानेपानीको रुपमा वितरण सुरु गरिने जानकारी दिनु भयो । त्यसरी पठाइएको वाग्मतीको पानी पूर्णरुपमा खानयोग्य हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो– सुरुका केही दिन पाइपमा लागेको फोहरका कारण पानी केही फोहर होला तर केही दिनमै त्यो पूर्ण सफा र खानयोग्य हुन्छ । मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै सुरुङमार्फत आउने पानी सुचारु भएपछि वाग्मतीको पानीको ठाउँमा असोज दोस्रो हप्तापछि मेलम्चीको पानी पठाउन सुरु गरिने लक्ष्य लिइएको छ । हाल ८० देखि ९० प्रतिशत ठाउँमा नयाँ पाइप बिच्छ्याउने काम सकिएको आयोजनाले जनाएको छ । श्रेष्ठले भन्नुभयो– चन्द्र शमशेरका पालादेखिका जीर्ण पाइप हटाएर अहिले सबै ठाउँमा नयाँ पाइप राख्ने काम पूरा गरिएको छ । पहिलो चरणमा असोजको दोस्रो हप्ताभित्र मेलम्चीको पानीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । जसमार्फत पहिलो चरणअन्तर्गत सुरुमा आठ करोड लिटर र केही समयपछि दैनिक १७ करोड लिटर पानी राजधानीवासीले उपभोग गर्न पाउने छन् । परियोजनाअन्तर्गत तीन चरणमा मेलम्ची आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा मेलम्चीको पानी ल्याएर दैनिक १७ करोड लिटर राजधानीवासीलाई वितरण गर्ने तथा दोस्रो र तेस्रो चरणमा याङ्री र लार्के नदीको समेत पानी ल्याएर दैनिक ५१ लिटर पानी वितरण गर्ने लक्ष्य लिइएको छ । परियोजनाअन्तर्गत रु साढे तीन अर्बको बजेट ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का लागि छुट्टाइएको छ । जसमा ७० प्रतिशत जापानी सहयोग नियोग (जाइका)को ७० प्रतिशत सहुलियत ऋण र बाँकी नेपाल सरकारको लगानी छ । जाइकाले ४० वर्षका लागि शून्य दशमलव एक प्रतिशत ब्याजमा सो ऋण प्रदान गरेको जाइका नेपालका प्रतिनिधि नानाको त्सुकाहाराले जानकारी दिनुभयो । हाल एनजिएस कन्सल्टेन्ट कम्पनी लिमिटेडले प्लान्टको काम गरिरहेको छ । विसं २०७० पुसदेखि प्लान्टको कामको लागि सम्झौता भएको थियो । विसं २०७२ चैतभित्र प्लान्टको काम सक्ने लक्ष्य लिइएकोमा भूकम्प, भारतीय नाकाबन्दी, विभिन्न समयमा भएको आन्दोलन, स्थानीयको असहयोगजस्ता कारणले आयोजनाको काममा ढिलाइ भएको हो । प्लान्ट सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गरी तीन महिनासम्म निर्माण कम्पनीले बोर्डका कर्मचारीलाई सञ्चालनसम्बन्��ी तालिम दिइने छ । सुन्दरीजलमा ५०० रोपनी क्षेत्रफल प्लान्टको लागि जग्गा लिइएको छ । मेलम्ची खानेपानी वितरण गर्न १० ठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की निर्माण गरिँदै छ । आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिङ्नी र कटुन्जेमा ट्याङ्की निर्माण हुँदैछ । The post साउनको तेस्रो हप्ताबाट परीक्षणका रुपमा मेलम्चीको खानेपानी वितरण appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
२०७४ लाई संविधान कार्यान्वयन वर्षका रुपमा लिनुपर्छ : खनाल २ बैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७४ साललाई संविधान कार्यान्वयनको वर्षको रुपमा लिनुपर्ने बताएका छन् । अहिलेको संबिधानले सबै बर्ग, जातिका समुदायलाई हक
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
अवैधानिक रुपमा युएई पुगेका तीन जना महिलालाई नेपाल फर्काइयो काठमाडौं, चैत २२ / अवैधानिक रुपमा युएई पुगेका तीन जना महिलालाई नेपाल फर्काइएको छ । घरेलु कामदारका रूपमा युएई पुगेका इलामको महमाई ७ का आसमाया राई, झापाको बनियानी ४ का सविता गौतम र पृथ्विनगर ९ की जशु शाहीलाई सोमबार नेपाल फर्काइएको नेपाली दूतावास युएईले जनाएको छ । युएईमा अलपत्र परेपछि उनीहरुल आबुधाबिस्थित दूतावासको सुरक्षित महिला आवास गृहमा पुगेको थिए । अहिले युएईको अजमानमा बस्ने सुष्मा श्रेष्ठले जशु र सवितालाई युएई पुर्‍याएकी थिइन् । त्यस्तै आसमायालाई झापाकी निर्मला लावतीले अवैधानिक रुपमा युएई पठाएकी हुन् । The post अवैधानिक रुपमा युएई पुगेका तीन जना महिलालाई नेपाल फर्काइयो appeared first on Sajha Post.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
भ्रष्टाचार र बेथिति चरम रुपमा बढ्यो: यादव १२ चैत, काठमाडौं। संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको समेत बताए । उनले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए । यादवले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर संघीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए । यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने स्पष्ट पारे । यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा यस्तो समस्या नै नआउने दाबी गरे । The post भ्रष्टाचार र बेथिति चरम रुपमा बढ्यो: यादव appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
किसान व्यावसायिक रुपमा केराखेतीतर्फ आकर्षित बर्दिवास, ८ चैत । महोत्तरीको उत्तरी क्षेत्रका किसान व्यावसायिक रुपमा केराखेतीतर्फ आकर्षित भएका छन् । बर्दिबास नगरपालिकाका पूmलबारीटोल, पशुपतिनगर, भङ्गाहा गाउँपालिकाका बिर्तापलार, रामनगर, हतिसर्वा र सिङ्ग्याहीका कम जग्गामा मनग्य आम्दानी गर्न व्यावसायिक रुपमा उन्नत जातको केराखेती गर्न आकर्षित भएका हुन् । परम्परागत रुपमा लगाइँदै आएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायत जातका केराका ठाउँमा किसानले रोवेष्ट्रा र उन्नत मालभोग जातको केराखेती गर्न थालेका छन् । सानो रुख, धेरै केरा फल्ने भएका कारण रोवेष्ट्रा जातको केरा किसानको रोजाइमा पर्ने गरेको छ । पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका भङ्गाहा गाउँपालिका रामनगर बस्तीका सत्यनारायण यादव १० कट्ठा जग्गामा लगाएको केराबाट बर्सेनि रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ । सानो रुख हुनाले ढल्ने सम्भावना कम हुने, बजारमा माग बढी रहेको र रोपेको नौ महिनामा नै उत्पादन लिन सकिने भएकाले रोवेष्ट्रा केरा उपयुक्त भएको उहाँको भनाइ छ । एकपटक लगाएको केराले पाँच वर्षसम्म उत्पादन दिन्छ । केरा तरकारीका समेत प्रयोग गरिन्छ । सरकारी सेवाबाट अवकाश लिनुभएका हतिसर्वाको सग्रामपुरका किसान जासर यादव व्यावसायिक केराखेतीका लागि जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । बर्सेनि रोगका कारण केराखेतीबाट नोक्सानी व्यहोर्नु परिरहेको उहाँको भनाइ छ । सल्लाह, अनुगमन र उपचार सेवाका लागि जिल्ला कृषि कार्यालयको कृषि सेवा केन्द्र र उपकेन्द्र भए पनि ती कार्यालयबाट नियमित अनुगमन नभएको यादवको गुनासो छ । “सल्लाह सुझावका लागि खोज्दा कर्मचारीको अत्तोपत्तो हुन्न,” उहाँले भन्नुभयो । खेतीको प्रविधि सिकाउन, उत्पादन भण्डारणको समुचित प्रबन्ध मिलाउन र बजार व्यवस्थापनमा सहयोग पु¥याउन जिल्ला कृषि विकास कार्यालयलाई उहाँले आग्रह गर्नुभयो । कार्यालयबाट प्रवाहित हुने खेतीसम्बन्धी सबै सहयोगका लागि तयार रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत बेचनप्रसाद साहले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिले ५०० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
‘जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन गरिने, चुनाव चिह्नका रुपमा ‘गाई’ प्रयोग गर्ने निर्णय काठमाडौँ, ४ चैत- राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् । पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन दिनभित्र सम्पन्न गरी नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका सबै इकाई समायोजन गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, पार्टीले यही चैत ५ गते चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नुहुनेछ । राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए । गत फागुन ६ देखि ११ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनले सो विवाद टुङ्गो लगाउन सकेको थिएन । फागुन २० गते बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको चुनाव चिह्नका रुपमा ‘गाई’ प्रयोग गर्ने निर्णय गरेको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भीमसेन र द्रौपदीको प्रतीकका रुपमा फरक शैली होलीको बिदाइ भक्तपुर, २९ फागुन- फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएका छन् । भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’—अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई आजबाट बिदाइ गरेका छन् । भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइएको हो । भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीक काष्ठकलालाई झुन्ड्याएर यौन समागमका रुपमा एक सातासम्म प्रदर्शनमा राखिएकामा आज त्यसलाई खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रुपमा विसर्जन गर्ने परम्परा चल्दै आएको हो । काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइएको थियो । भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने बताउनुहुन्छ । चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउनुहुन्छ । बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडा समेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ तर यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ । दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहेने गरेको संस्कृतकर्मीको भनाइ छ । चीर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ । फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रुपमा होली समापन हुने गर्दछ । छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा चल्ने गर्दछ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भारतबाट अवैध रुपमा कुखुरा चल्ला आउने क्रम रोकिएन रत्ननगर (चितवन), २१ फागुन । भारतबाट अवैध रुपमा कुखुराका चल्ला आउने क्रम रोकिन सकेको छैन । पछिल्लो आठ महिनामा झन्डै डेढ लाख कुखुराका चल्ला यसरी अवैध रुपमा चितवन भित्रिएको छ । एकैपटक १८ हजारसम्म चल्ला अवैध रुपमा आएको पाइएको ह्याचरी उद्योग सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्षभरिमा जम्मा ९३ हजार तीन सय ९० वटा चल्ला नष्ट गरिएकामा यो आर्थिक वर्षको आठ महिनामै डेढ लाख चल्ला नष्ट भएको हो । अधिकारीले चालु आवको आठ महिनामा एक लाख ४७ हजार पाँच सय २० वटा कुखुराका चल्ला नष्ट गरेको र चल्ला बरामद गर्न उल्लेखनीय भूमिका खेल्ने प्रहरी तथा सहयोगीलाई रु ६ लाख ३६ हजार ६ सय पुरस्कारस्वरुप दिइएको जानकारी दिनुभयो । “सम्भावित नाकाहरु वाच गर्ने र अनुगमन हामी आफैँ पनि गर्छौैं, तर हाम्रो प्रयास मात्रै सम्भव नभएपछि पुरस्कार नै दिएर निगरानी थालिएको हो”, सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले भन्नुभयो । यसरी कुखुराका चल्ला बरामद गर्ने प्रहरी या जो कसैलाई पनि कुखुरा व्यवसायीले पुरस्कारस्वरुप प्रतिचल्ला रु पाँच रुपैयाँ दिँदै आएका छन् । अवैध रुपमा चल्ला भित्रिएर विभिन्न रोग फैलन सक्ने भन्दै चल्ला आउन नदिन पुरस्कार घोषणा गरिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताउनुभयो । कुखुराका चल्ला अवैध रुपमा आउन नदिन व्यवसायीले समूह नै गठन गरेर निगरानी गर्दै आएका छन् । मुख्यगरी सीमा नाकामा सानो परिमाणमा प्यारेन्ट कुखुरा पाल्ने र भारतबाट अवैध रुपमा ल्याएर आफ्नो छाप लगाउँदै चल्ला भित्र्याउने क्रम पछिल्लो समयमा देखिएको स्वयम् व्यवसायीले बताएका छन् । कुखुरा व्यवसायको प्रमुख समस्याका रुपमा अवैध रुपमा आउने कुखुराजन्य वस्तु रहेको भन्दै यसतर्फ सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने सङ्घका निवर्तमान अध्यक्ष ऋषिराम पौडेलले बताउनुभयो । हाल नेपालमा पोल्ट्री क्षेत्रमा रु ७५ अर्ब बढी लगानी छ । नेपालमा उत्पादनमा आत्मनिर्भर भएको पोल्ट्री क्षेत्रमा कच्चापदार्थ भने आयात गर्नुपर्ने अवस्था छ । नेपालमा हाल २२ लाख वटा अन्डा उत्पादन हुन्छ भने प्रतिहप्ता २५ लाख ब्वायलरका चल्ला उत्पादन हुन्छ । एक लाख २० हजार लेयर्स चल्ला र दैनिक आठ लाख केजी मासु तथा दुई हजार सात सय मेट्रिक टन दाना उत्पादन हुँदै आएको सो क्रममा जानकारी दिइएको थियो । नेपालमा कुखुराजन्य उत्पादन चितवनमा सबैभन्दा धेरै छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
स्ववियु : शान्तिपूर्ण रुपमा मतदान सुरु भक्तपुर, १८ फागुन । यहाँका दुई क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । भक्तपुर नगरपालिकास्थित भक्तपुर बहुमुखी क्याम्पस र मङ्गलबारसम्म तनावग्रस्त बनेको सानोठिमी क्याम्पसमा आज शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान ८ बजेदेखि विद्यार्थीहरु उत्साहका साथ मतदानमा सहभागी भएको भक्तपुर क्याम्पस र सानोठिमी क्याम्पसका प्रशासनले जानकारी दिएका छन् । भक्तपुर क्याम्पसमा नेविसङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले तथा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त उम्मेदवार उठाएका छन् । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसङ्घले संयुक्त तथा अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
‘म खुल्ला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ’: प्रचण्ड १७ फागुन, काठमाडौं। प्रधानमन्त्री प्रचण्डले अव उपेक्षित वर्ग आफै नेतृत्वमा पुग्ने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले असन्तुष्ट पक्षलाई समेट्न सरकार परिवर्तन गर्न समेत तयार भएको बताए । आरोप र गालीको सामना गरेर पनि संसोधन प्रस्ताव पेश गरी पारित गर्न प्रयासरत रहेको उनले बताए। ‘मैले असन्तुष्ट पक्षको नेतृत्व गरेको छु । त्यसैले उनीहरुका माग सबैभन्दा नजिकबाट बुझेको छु । संविधान मधेस र दविएको वर्गलाई चाहिएको हो । परम्परागत शासक वर्गलाई गणतन्त्र, धर्मनिरपेक्षता संघीयता मन परेको छैन् । त्यो उल्ट्याउने सपना गरिरहेका छन् । यो षड्यन्त्र सफल हुन दिन सकिन्न ।’ उनले भने। ‘आवेग होइन विवेक देखाउन सक्नु पर्छ ।’ प्रचण्डले भने,  ‘स्थानीय तहको संख्या बढाउन सरकार गम्भीर छलफलमा छ । यसलाई मधेसी जनताले उत्सवका रुपमा मनाउनेछन् भन्ने अपेक्षा छ ।’ ‘म खुल्ला रुपमा भन्न चाहन्छु, विखाण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ । अतिवाद सह्य हुँदैन ।’ प्रचण्डले भने। यो पढ्नुस्। राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन – लाइभ अपडेट The post ‘म खुल्ला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ’: प्रचण्ड appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
‘म खुल्ला रुपमा भन्न चाहन्छु, विखाण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ’: प्रचण्ड १७ फागुन, काठमाडौं। प्रधानमन्त्री प्रचण्डले अव उपेक्षित वर्ग आफै नेतृत्वमा पुग्ने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले असन्तुष्ट पक्षलाई समेट्न सरकार परिवर्तन गर्न समेत तयार भएको बताए । आरोप र गालीको सामना गरेर पनि संसोधन प्रस्ताव पेश गरी पारित गर्न प्रयासरत रहेको उनले बताए। ‘मैले असन्तुष्ट पक्षको नेतृत्व गरेको छु । त्यसैले उनीहरुका माग सबैभन्दा नजिकबाट बुझेको छु । संविधान मधेस र दविएको वर्गलाई चाहिएको हो । परम्परागत शासक वर्गलाई गणतन्त्र, धर्मनिरपेक्षता संघीयता मन परेको छैन् । त्यो उल्ट्याउने सपना गरिरहेका छन् । यो षड्यन्त्र सफल हुन दिन सकिन्न ।’ उनले भने। ‘आवेग होइन विवेक देखाउन सक्नु पर्छ ।’ प्रचण्डले भने,  ‘स्थानीय तहको संख्या बढाउन सरकार गम्भीर छलफलमा छ । यसलाई मधेसी जनताले उत्सवका रुपमा मनाउनेछन् भन्ने अपेक्षा छ ।’ ‘म खुल्ला रुपमा भन्न चाहन्छु, विखाण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ । अतिवाद सह्य हुँदैन ।’ प्रचण्डले भने। यो पढ्नुस्। राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन – लाइभ अपडेट The post ‘म खुल्ला रुपमा भन्न चाहन्छु, विखाण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ’: प्रचण्ड appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दलित समुदायको मुद्दालाई राष्ट्रसङ्घमा प्रभावकारी रुपमा उठाउँछु : प्रधानमन्त्री काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताउनुभएको छ । आज दक्षिण एसियाका दलित सांसदसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक, सामाजिक र सांस्कृतिकलगायत राज्यको मूलधारबाट सदियौँदेखि किनारामा पारिएको दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत लगायतका मुद्दालाई गम्भीरताका साथ राष्ट्रसङ्घमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । दलित समुदायले भोगिरहेका समस्या उनीहरूको मात्र समस्या नभएर समग्र नेपालकै समस्या भएको हँुदा त्यसलाई विश्वव्यापी रुपमै सङ्गठित भएर अन्त्य गर्न दलित अधिकारको पक्षमा आवाज उठाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विसं २०१७, २०४६, २०६२÷०६२ मा भएका सङ्घर्ष र सशस्त्र द्वन्द्वलगायत मुलुक निर्माणमा दलित समुदायको उल्लेख्य योगदान रहेको स्मरण दिलाउँदै उहाँले राज्यका हरेक संयन्त्रमा ती समुदायको समान सहभागिताका लागि आफूले सक्दो प्रयास गरेको बताउनुभयो । “राजतन्त्र र एकात्मक सत्ताले दलित समुदायलाई विभेद गर्दै आयो, हाम्रो पार्टीले त्यसको विरुद्धमा सङ्घर्ष ग¥यो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र मेरो सपना थियो, अब यसलाई सफल बनाउनु छ”–उहाँले भन्नुभयो । भेटका क्रममा सांसदहरूले एसियाली दलित अधिकार मञ्चद्वारा आयोजित ‘दक्षिण एसियाका दलित सांसद सम्मेलन’ले घोषणा गरेको चारबुँदे ‘घोषणा पत्र’ प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । एसियाली देशहरुमा विद्यमान जातीय तथा वर्र्गीय विभेदका विषयमा अन्तर देशीय अवस्था र अनुभवको आदानप्रदान गर्ने लगायतका चारबुँदे घोषणा पत्र जारी गरी उक्त सम्मेलन सम्पन्न भएको सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
जर्मन चान्सलर मर्केलको उम्मेदवारी औपचारिक रुपमा चयन जर्मनी-  जर्मन चान्सलर एन्जेला मर्केलको दल क्रिश्चियन डेमोक्रेट्सले आफ्नो पार्टीको उच्च उम्मेदवारका रुपमा मर्केललाई नै औपचारिक रुपमा छानेको छ । सन् २०१७ को सेप्टेम्बरमा हुने संसदीय निर्वाचनमा उहाँलाई औपचारिक उम्मेदवारी दिनका ९५ प्रतिशत प्रतिनिधिको समर्थन मिलेको छ । जर्मनीको उत्तरपूर्वी मेकलेनवर्ग–पश्चिमी पोमेरानिया राज्यमा भएको अधिवेशनले शनिबार उहाँलाई अत्यधिक बहुमतका साथ उम्मेदवारी दर्ता गर्न जनादेश दिएको हो । मर्केलले सन् १९९० देखि स्ट्रालसन्डबाट निर्वाचनमा भाग लिँदै आउनुभएको छ । जर्मन मतसर्भेक्षणमा मर्केलले अनपेक्षित रुपमा यहाँको मध्यपन्थी सोसल डेमोक्रेट्सका उम्मेदवार मार्टिन स्कुल्जसँग कडा प्रतिस्पर्धा हुने जनाएको छ । स्कुल्ज युरोपियन पार्लियामेन्टका पूर्व अध्यक्ष हुनुहुन्छ । शनिबारको सम्बोधनमा मर्केलले स्कुल्जका बारेमा केही बोल्नुभएन तर मर्केलले उहाँका पूर्ववर्ती गेरहार्ड स्क्रोइडरले अघि सारेका आर्थिक सुधारका विषयलाई भने प्रशंसा गर्नुभएको थियो । स्क्रोइडरद्वारा अघि सारिएका केही आर्थिक पक्षबारे स्कुल्जले आफू नेतृत्वमा पुगेमा संशोधन गर्ने आश्वासन दिनुभएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्ने क्रम बढेपछि कुरुप बन्दै छन् नदीहरु म्याग्दी, ७ फागुन- कालीगण्डकी र म्याग्दीनदीका बगरबाट अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्ने क्रम बढेपछि नदी कुरुप बन्न थालेका छन् । नदी छेउका बगरमा डोजर लगाएर ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीको मौलिक स्वरुप नै परिर्वतन आउन थालेका छन् । अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीका छेउछाउका गाउँसमेत खतरामा परेका छन् । बढ्दो सहरीकरणका कारण घर निर्माण हुने क्रम बढ्दै गएपछि ढुङ्गा, गिट्टी र बालुवाका लागि म्याग्दी र कालीगण्डकीका बगर धमाधम खनिँदै छन् । यसबाट नदीको धार परिवर्तन हुनुका साथै वरपरका गाउँलाई समेत खतरा उत्पन्न भएको स्थानीयको गुनासोे छ । “जथाभावी रुपमा नदीबाट ढुङ्गा र बालुवा निकालिँदै छ, नियमन निकाय मौन भएर बसेका छन्, नदीले धार परिवर्तन गर्दा नदीको सौन्दर्य नै लोप हुन थालेका छन्,” बेनी नगरपालिका–४ का कृष्णवहादुर किसानले बताउनुभयो । सरकारी स्वामित्वमा रहेका खोला नदी केही व्यक्तिका लागि दुहुनोगा�� झैं बनेको छ भने जिल्ला विकास समिति र सम्बन्धित गाविसले पनि त्यसबाट प्राप्त हुने रोयल्टीमा नै मक्ख परेका छन् । यसबाट नदीको बगर अतिक्रमण हुनुका साथै वातावरणीय समस्या समेत उत्पन्न भएको स्थानीयको गुणासो छ ।
0 notes