#ढङग
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
दरौंदी नदीमा ठेकेदारको ब्रम्हलुट, नियम बिपरित ढुङ्गा, गिटी वालुवा उत्खनन ३० चैत, गोरखा । जिल्ला प्रशासनको निर्देशनलाई अटेर गर्दै कानून बिवरित गोरखाको दरौंदी नदी किनारमा नदीजन्य सामाग्रीको तस्करी फष्टाउन थालेको छ । जिल्ला समन्वय समितिले दुई कम्पनीलाई दरौंदीको गिटी
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, ढुङ्गा हानाहानले बन्यो जात्रास्थल तनावग्रस्त भक्तपुर । भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान भएको छ । बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीलगायत पाँच जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपाल निवासी सरोज शिल्पकार र कमल विनायक निवासी सञ्जीव मधिकर्मी छन् । घाइतेमध्ये प्रहरी नायब निरीक्षक खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । तौमढीमा रथ तान्ने क्रममा गएराति ९ बजेदेखि भएको ढुङ्गा हानाहान जात्रास्थल तनावग्रस्त बनेको थियो । The post भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, ढुङ्गा हानाहानले बन्यो जात्रास्थल तनावग्रस्त appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी उदयपुर, १० फागुन- त्रियुगा नगरपालिका– २ ढिम्की तटमा रहेको ढिम्की शिवालय मन्दिर आसपासको क्षेत्र र बरुवा ��न क्षेत्रको संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेका छन् । शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गरिएको तटबन्ध समेत भत्काउँदै उक्त ठाउँमा रातिको समयमा ढुङ्गा निकासी गर्ने गरिएको स्थानीयवासी दुर्गा पराजुलीले जानकारी दिनुभयो । सो संवेदनशील क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाले प्रतिबन्ध लगाएको छ । सम्बन्धित निकायले अनुगमन र रेखदेख नगर्दा केही स्थानीयवासी ढुङ्गा तस्करसँग मिलेर अवैधरुपमा गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्दैआएका छन् । तस्करले प्रतिट््याक्टर रु चार हजारदेखि रु चार हजार ५०० का दरले ढुङ्गा गिट्टी बिक्री गर्ने गरेका स्थानीयवासी नरेन्द्र कार्की बताउनुहुन्छ । विसं २०३०, २०३९ र २०४८ मा बरुवा नदी गाईघाट बजारतर्फ प्रवेश गर्दा सयौँं बिगाहा जग्गा बगरमा परिणत भएको थियो भने सयौँं परिवार विस्थापित भएका थिए । त्यसपछिका दिनमा ढिम्क क्षेत्रमा तटबन्ध निर्माण गरिनुका साथै उक्त क्षेत्रबाट ढुङ्गा गिट्टी र बालुवा निकासी गर्न प्रतिबन्ध लगाइएको हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्ने क्रम बढेपछि कुरुप बन्दै छन् नदीहरु म्याग्दी, ७ फागुन- कालीगण्डकी र म्याग्दीनदीका बगरबाट अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्ने क्रम बढेपछि नदी कुरुप बन्न थालेका छन् । नदी छेउका बगरमा डोजर लगाएर ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीको मौलिक स्वरुप नै परिर्वतन आउन थालेका छन् । अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीका छेउछाउका गाउँसमेत खतरामा परेका छन् । बढ्दो सहरीकरणका कारण घर निर्माण हुने क्रम बढ्दै गएपछि ढुङ्गा, गिट्टी र बालुवाका लागि म्याग्दी र कालीगण्डकीका बगर धमाधम खनिँदै छन् । यसबाट नदीको धार परिवर्तन हुनुका साथै वरपरका गाउँलाई समेत खतरा उत्पन्न भएको स्थानीयको गुनासोे छ । “जथाभावी रुपमा नदीबाट ढुङ्गा र बालुवा निकालिँदै छ, नियमन निकाय मौन भएर बसेका छन्, नदीले धार परिवर्तन गर्दा नदीको सौन्दर्य नै लोप हुन थालेका छन्,” बेनी नगरपालिका–४ का कृष्णवहादुर किसानले बताउनुभयो । सरकारी स्वामित्वमा रहेका खोला नदी केही व्यक्तिका लागि दुहुनोगाई झैं बनेको छ भने जिल्ला विकास समिति र सम्बन्धित गाविसले पनि त्यसबाट प्राप्त हुने रोयल्टीमा नै मक्ख परेका छन् । यसबाट नदीको बगर अतिक्रमण हुनुका साथै वातावरणीय समस्या समेत उत्पन्न भएको स्थानीयको गुणासो छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
वन अतिक्रमण गरी ढुङ्गा निकाल्ने ट्रयाक्टर र चालक पक्राउ उदयपुर, २५ पुस- उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाको माणीवास खोलाको वन क्षेत्रमा वन अतिक्रमण गरेर ढुङ्गा चोरी गर्ने कार्यमा प्रयोग भएका झन्डै आधादर्जन ट्रयाक्टर र ट्रयाक्टर चालकलाई आइतबार इलाका सेक्टर वन कार्यालय सुन्दरपुरले पक्राउ गरेको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार आइतबार माणीवासको जङ्गल क्षेत्रमा ट्रयाक्टर चालकले अवैधरुपमा वन क्षेत्रबाट ढुङ्गा निकाल्दै गरेको गोप्य सूचनाको आधारमा सेक्टर वन सुन्दरपुर वनका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । पक्राउ गरिएका ट्रयाक्टर सेक्टर वन सुन्दरपुरमा राखिएको छ भने चालकलाई आइतबार साँझ जिल्ला वन कार्यालय उदयपुरमा ल्याएर वनको हिरासतमा राखिएको उदयपुरका जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले बताउनुभयो । तर ट्रयाक्टर नम्बर र चालकको बारेमा अनुसन्धान हुँदै गरेको कारण अहिले खुलाउन नमिल्ने पनि जिल्ला वन अधिकृत बरालले बताउनुभएको छ । यसअघि पनि माणीवास क्षेत्रको जङ्गलबाट ठूलो परिमाणमा ढुङ्गा चोरी हुँदै आएको स्थानीयले बताएका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अवैध रुपमा सञ्चालित ढुङ्गा र माटो खानीबाट चार डोजर र स्काभेटर नियन्त्रणमा भक्तपुर, १७ मङ्सिर- जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा सञ्चालित ढुङ्गा र माटो खानीबाट चार डोजर र स्काभेटर नियन्त्रणमा लिएको छ । जिल्लामा अवैध रुपमा ढुङ्गाखानी र माटो खानी सञ्चालन भइरहेको भन्ने उजुरी परेपछि आज ती खानीको अनुगमन गरी त्यहाँ प्रयुक्त डोजर र स्काभेटर नियन्त्रणमा लिइएको हो । प्रजिअ तेजप्रसाद पौडेलको नेतृत्वमा स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासहितको टोलीले सुडालस्थित ब्रह्मायणी ढुङ्गा खानीको अनुगमन गरी दुई स्काभेटर र दुई सय लि डिजेल नियन्त्रणमा लिएको हो । स्वीकृतिबिना पहाड उत्खनन गरी ढुङ्गा माटो निकालिएकाले ती स्काभेटर नियन्त्रणमा लिइएको प्रजिअ पौडेलले बताउनुभयो । अनुगमन टोली पुग्दा खानी क्षेत्रमा खानी सञ्चालक र कामदार कोही पनि नभेटिएपछि प्रजिअले सुडालस्थित प्रहरी प्रभागलाई स्काभेटर पनि नियन्त्रणमा लिन नि��्देशन दिनुभएको थियो । टोलीले नगरकोट नगरपालिका कार्यालय नजिकको तप डुफो(ठूलो ढिस्को)को समेत अनुगमन गरी दुई डोजर नियन्त्रणमा लिएको छ । जग्गा प्लटिङ गर्ने नाममा स्थानीय परिचयसमेत गुम्ने गरी तप डुफोको माटो उत्खनन गरेको पाइएपछि तत्काल माटो उत्खनन बन्द गराई डोजर नियन्त्रणमा लिइएको हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
ढुङ्गा बोकेर जीन्दगिमा पहिलोपल्ट २२ सय कमाएको थिएँः गायक बाबु बोगटी मैले जीवनमा ढुंगा बेचेर पहिलो कमाइ गरेको थिएँ । झन्डै २२ वर्षअघिको कुरा हो, एसएलसीपछिको खाली समयमा घर (लेटाङ)नजिकैको चिसाङ खोलामा ढुंगा बटुल्न जान्थेँ । त्यतिवेला एक गाडी ढुंगा साढे चार सय रुपैयाँमा पाइन्थ्यो । मैले एकै दिन दुई गाडी जम्मा गरेर बेचेँ । नौ सय रुपैयाँ पाएँ । त्यो नै मेरो जीवनको पहिलो कमाइ हो । त्यो पैसा मैले आमालाई दिएँ । आमाले दुईटा रातो कुर्सी किन्नुभयो । अनि मलाई टिसर्ट र पाइन्ट पनि किनिदिनुभयो । मलाई अहिले पनि याद छ, त्यो रातो टिसर्टको । त्यतिवेला किनेको कुर्सी अहिले पनि छ । मैले जति कमाउँछु, सबै आमालाई दिने गरेको छु । उहाँले नै चलाउनुहुन्छ । अचेल पनि म आफूले कमाएको जति आमालाई दिन्छु । गीत गाएर भएको पहिलो कमाइ पनि मलाई राम्ररी याद छ । यो चाहिं ०५८ सालतिरको कुरा हो क्यारे । मैले त्यतिवेला राष्ट्रिय सभागृहमा भएको एउटा कार्यक्रममा गीत गाउने मौका पाएको थिएँ । त्यतिवेला मैले मेरो भर्खर आएको गीत ‘पुल्चोक– पाटन’ गाएको थिएँ । गीत त्यति नचले पनि स्टेजमा गाउँदा भने माहोल निकै जमेको थियो । स्टेजमा गाएबापत मलाई आयोजकले एक हजार रुपैयाँ पारिश्रमिक दिएका थिए । त्यो पनि ‘अनएक्सपेक्टेड’ रकम थियो । स्टेजमा गाएर पारिश्रमिक पनि पाउनु बहुतै ठूलो कुरा थियो त्यतिवेला । अहिले सम्झिँदा निकै रमाइलो लाग्छ । नयाँ पत्रिकाबाट ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
ढुङ्गा लाग्दा मृत्यु म्याग्दी, मङ्सिर ५ । नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत पाल्पा खालिवन–५ का ५० वर्षीय भीमबहादुर राई यहाँका मजदुरलाई ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरुङ खन्ने क्रममा विस्फोट गराएपछि सफा गर्ने क्रममा अचानक खसेको ढुङ्गाले राईको टाउकामा चोट लागेकामा बेनीस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
धरानमा ढेङ्गु रोग देखियो कात्तिक २६ । देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ । डेङ्गु धरानलगायत आसपासकै क्षेत्रमा फैलनु चिन्ताको विषय बनिरहेको प्रतिष्ठानका चिकित्सकको भनाइ छ । प्रतिष्ठानको आकस्मिक कक्षमा डेङ्गुपीडित दैनिक चारदेखि पाँचजना आउने र उनीहरुलाई प्रतिष्ठानले उपचार गरिरहेको चिकित्सकले जानकारी दिएका छन् । डेङ्गुपीडित भएर आउनेलाई आकस्मिक कक्षबाटै उपचार गरेर डिस्चार्ज गरिँदै आएको छ । उपचारका लागि धरानबाटै आएकी एक बालिका र एक अर्का व्यक्तिको मेडिकल विभागमा उपचार भइरहेको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा एक दिनअघि झापाको दमक–१५ बाट डेङ्गुपीडित भएर आउनुभएका २८ वर्षीय सञ्जय निरौला आकस्मिक कक्षमा नै उपचार गराइरहेका छन् । उपचारमा रहेका निरौलाले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताए । सोही अवसरमा चिकित्सक सुनिल जिरेलले आकस्मिक कक्षमा दैनिक चारदेखि पाँचजना पीडित मानिस भर्ना हुने गरेको जानकारी दिए । The post धरानमा ढेङ्गु रोग देखियो appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
तपाईंलाई थाहा छ अत्यन्त महँगो ‘क्वार्ज’ नामक ढुङ्गा पाइन्छ म्याग्दीमा म्याग्दी, २२ कात्तिक । पश्चिम म्याग्दीको अति विकट गाविस गुर्जामा रहेको अत्यन्त महँगो ‘क्वार्ज’ नामक ढुङ्गा खानी उत्खनन हुन नसक्दा राज्यले करोडौँ रुपैयाँ गुमाउनु परेको छ । घुर्मखोलाअन्तर्गत गुर्जा हिमालको फेदमा रहेको सो खानी प्रयोगमा ल्याउन राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो । क्वार्ज ढुङ्गाको बजारमा अत्यधिक माग भए पनि सरकारले यहाँको खानी उत्खनन गर्न कुनै चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् । हिरा, मोतीलगायतका महँगा धातुमा प्रयोग हुने क्वार्ज ढुङ्गाखानी उत्खनन भए सयौँले रोजगारी पाउनुका साथै देशले पनि वार्षिक लाखौँ राजस्व प्राप्त गर्ने स्थानीयवासीको भनाइ रहेको छ । गुर्जा गाउँबाट करिब एक दिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको स्थानीय अगुवा झकप्रसाद छन्त्यालले बताउनुभयो । खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयवासीले घरेलु प्रविधि प्रयोग गरेर निकाल्ने प्रयास गरे पनि नसकेर फर्किएका थिए । क्वार्ज नामक ढुङ्गा भएको पुष्टि भएपछि २०६५ सालमा आयोज��त म्याग्दी महोत्सवमा यसलाई प्रदर्शनीमा राखिएको थियो । महोत्सवको आकर्षणका रुपमा रहेको ढुङ्गालाई पहिचान तथा प्रशोधनका लागि भारतसम्म पु¥याइए पनि राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन गर्न खोज्ने व्यापारी प्रहरीको निगरानीमा परेपछि अलपत्र अवस्थामा छोडिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताउनुभयो । केही वर्ष अगाडि तीन टन ढुङ्गा निकालेर बजारमा ल्याउने क्रममा प्रहरीले दरवाङमा व्यापारीलाई पक्राउ गरेर अदालतमा पेस गरेपछि उत्खननमा चासो देखाएकाहरू समेत पछाडि हटेका थिए । जिल्लाका विभिन्न गाविसमा तामा, स्टेल, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि बन्द अवस्थामा रहेका छन् । प्राचीनकालमा खानी भएकै क्षेत्रमा छन्त्याल, दलितलगायतका जातजाति बसोबास गर्ने जङ्गल अहिले बस्तीमा परिणत भएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मुखको दुवैपट्टिको भागमा ढुङ्गा प्रहार गरी महिलाको हत्या राजविराज, २२ असोज । सप्तरी बोरिया गाविसमा आज शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । मुखको दुवैपट्टिको भागमा ढुङ्गा प्रहार भएको र शरीरको अन्य भागमा समेत नीलडाम परेको अवस्थामा शव फेला परेको हुँदा कसैले उनलाई हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अध्ययन एवम् अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बटुवालाई ढुङ्गा हान्ने सविताले नमस्कार गर्न थालेपछि… बेँसीसहर, १५ असोज । साङ्लाले बाँधिएर घरभित्रै राखिएकी सविता कुँवर अहिले कक्ष १ मा पढ्छिन् । सुन्दरबजार–१ अकलाकी सविता मुख बोल्न सक्दिनन् नत उनी राम्रोसँग सुन्न नै सक्छिन् । बाटोमा बराल्लिएर हिड्ने, बटुवालाई ढुङ्गा हान्ने, झम्टने सविताको बानी थियो । बटुवालाई जथाभावी झम्टने गरेपछि उनलाई घरभित्रै साङ्लाले बाँधेर राखिएको थियो । चारवर्ष अघिमात्रै सविता विशेष कक्षामा भर्ना भएकी हुन् । “सविताको आनीबानी नकरात्मक मात्रै थियो, फोहोरी थिइन्, अहिले उनको बानी सुधार भएको छ”–शिक्षिका मिरा खनालले भन्नुभयो । भोटेओडारस्थित भक्ती नमुना उमाविमा विशेष कक्षा सञ्चालन भएपछि सवितालाई पनि भर्ना गरिएको थियो । सुरुका वर्षमा उनको आनीबानी परिवर्तन गर्न गराउन कठिन भएको शिक्षिका खनाल बताउनुहुन्छ । “सविताको बानी सुधार गर्नमात्रै तीन वर्षभन्दा बढी लाग्यो, अहिले उनले अनुशासन सिकेकी छन्”–शिक्षिका खनाल भन्नुहुन्छ, “उनी यसरी परिवर्तन हुनेछिन् भन्ने लाग्न छाडेको थियो, सविता अहिले केही अक्षर लेख्न सक्ने भएकी छन् ।” अहिले उनलाई अनुशासन सिकाउन पर्दैन, बटुवालाई ढुङ्गा मुढाले हान्ने सविता अहिले विद्यालयमा कोही नयाँ मान्छे देख्ने बित्तिकै दुई हात जोडेर नमस्कार गर्छिन्, आफ्नो सरसफाइमा विशेष ध्यान दिन थालेकी छिन् । “विद्यालयमा कोही आएर उनीसँग बोलेन भने वा वास्ता गरेन भने उनी मन दुःखाउछिन्”–शिक्षिका खनालले भन्नुभयो, “चिनेको मान्छेलाई अँगालो हाल्छिन्, नचिनेकालाई नमस्कार गर्छिन् ।” सवितामा आएको परिवर्तनले उनका घर परिवार, शिक्षक÷शिक्षिका सबै छक्क परेको विद्यालयका प्राचार्य उत्तर कुमार श्रेष्ठ बताउनुहुन्छ । “उनको फरक क्षमता विकास हुन बाँकी छ, तर उनको बानी भने सुधार भइसकेको छ” प्राचार्य श्रेष्ठले भन्नुभयो । विशेष कक्षा सञ्चालन भएदेखि नै भर्ना भएका कोल्कीका नवराज गुरुङ अहिले कक्षा आठमा अध्ययन गर्दैछन् । कक्षा ५ सम्म भोटेओडारको विशेष कक्षामा अध्ययन गरेका २० वर्षिय गुरुङ अहिले बाग्लुङमा अध्ययन गर्दै आएक��� छन् । अध्ययनका क्रममा गुरुङ कहिल्यै दोस्रो भएनन् । पढाइका अतिरिक्त उनी कराते प्रशिक्षक पनि हुन् । अध्ययनकै क्रममा उनले सहपाठीलाई कराते सिकाउने गरेका छन् । “शारिरिक अपाङ्गता भए पनि नवराजमा बहुप्रतिभा छ”–प्राचार्य श्रेष्ठ भन्नुहुन्छ, “उनले जिल्लास्तरीय करातेमा उपाधि जितेका छन्, उनको क्षमताले उनलाई अपाङ्ग हुन् जस्तो लाग्दैन ।” कक्षा ५ सम्म अध्ययन गरेर थप अध्ययनका लागि बाग्लुङ गएका होम तामाङ पनि बहुप्रतिभाका धनी हुन् । तामाङले पनि जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएर आफ्नो फरक क्षमता भएको उनले पुष्टि गरेका छन् । मुख नबोल्ने आफ्नो नातीलाई विशेष कक्षामा भर्ना गरेपछि आएको परिवर्तनले बँेसीसहरकी कृष्णकुमारी अधिकारीलाई खुशीको सीमा नै छैन । नाती अकित पौडेल अहिले कक्षा ३ मा अध्ययन गरेको देख्न पाउदा उहाँ हर्षित बन्नुभएको छ । “सानैदेखि मुख बोल्न नसक्ने र सुस्तश्रवण भयो, अहिले ३ कक्षामा पढेको देख्दा अचम्म लाग्छ”– कृष्णकुमारी भन्नुहुन्छ “पढाइभन्दा पनि मेरो नाती अनुशासीत भएको देख्दा निकै खुसी लाग्छ ।” गाउँमा अनेक उपनाम पाएर अपहेलित गोरखाकी अम्बिका परियार पनि विशेष कक्षामा आएपछि परिवर्तन भएकी छन् । अम्बिकामा आएको परिवर्तनले उनका बुबा गणेशबहादुरलाई निकै हर्ष भएको छ । “गाउँमा सबैले हेला गर्थे, छोरीको व्यवहार पनि अस्वभाविक थियो, अवसर पाए यस्ता बालबालिका पनि परिवर्तन हुँदा रहेछन्”–परियारले भन्नुभयो “अहिले छोरीको आनीबानी फरक भएको छ, मलाई मेरो छोरी अपाङ्ग जस्तै लाग्दैन ।” भक्ती नमुना उमाविमा सञ्चालित विशेष कक्षामा ३० जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । सोहीकक्षामा अध्ययन गरेका दुई विद्यार्थीलाई थप शिक्षाका लागि बाग्लुङ पठाइएको छ । विशेष कक्षाका लागि तीन शिक्षकले अध्यापन गराउँछन् । सुस्त श्रवण भएका र बोल्न नसक्ने साना बालबालिकाहरुलाई पढाउन पाउदा निकै खुसी लागेको शिक्षक सुनील आलेमगर बताउनुहुन्छ । आँफैमा बोल्न नसक्ने शिक्षक आले मगर इशारा गर्दै जस्तो सुकै बालबालिकालाई पनि शिक्षाको अवसर दिनुपर्ने बताउनुहुन्छ । “सुरुमा म बालबालिका पढाउन आएको होइन, प्रौढलाई पढाउँछु भनेर आएको थिएँ, पछि यहाँको विद्यालयले मलाई बालबालिका पढाउन आग्रह ग¥यो”–शिक्षक आलेमगरले भन्नुभयो, “सुरुमा विद्यार्थीको बानी सुधार गर्न निकै हम्मे भयो, अहिले करिब तीन दर्जन विद्यार्थीलाई पढाउन पाएकोमा निकै खुसी लागेको छ, मेरा विद्यार्थी निकै अनुशासीत छन् ।” सुस्त श्रवण र बोल्न नसक्ने बालबालिकाबीच नौ वर्ष काम गर्नुभएकी शिक्षिका खनाल पनि बालबालिकाका क्षमतालाई खेलाचीको रुपमा लिन नहुने बताउनुहुन्छ । “हामीले सवितालाई परिवर्तन गरायौँ, नवराज उत्कृष्ट खेलाडी बन्यो, होमको चित्र उत्कृष्ट छन्, यहाँका विद्यार्थीमा वास्तवमै फरक क्षमता छ”–शिक्षिका खनालले भन्नुभयो, “यी बालबालिकामा देखिने मुस्��ान र उनीहरुको क्षमताले मन भित्रैदेखि आनन्द आउँछ ।” विशेष कक्षामा १४ छात्र, १६ छात्रा छन् । उनीहरु सबै विद्यालयको आवासमा रहँदै आएका छन् । सुस्त श्रवण र बोल्न नसक्ने भए पनि विद्यार्थीको अनुशासनले व्यवस्थापनमा कठिनाइ नभएको शिक्षक धनबहादुर मालुवा बताउनुहुन्छ । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सडक निर्माण गरी फर्कंदै गर्दा ढुङ्गा लागेर प्रदीप बोहराको मृत्यु जाजरकोट, ३० भदौ । जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । गएराति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जानकारी दिनुभयो । मृतकको शवपरीक्षण दल्लीस्थित स्वास्थ्य केन्द्रमा गरिएको छ ।
0 notes
nepal123 · 8 years ago
Text
ढुङ्गा खोपेर गोरखामा पुल बनाइयो
ढुङ्गा खोपेर गोरखामा पुल बनाइयो
नेपालमा पहिलो पटक ढुङ्गा खोपेर बनाइने पुल अर्थात ‘क्यान्टिलिभर’ पुलको निर्माण सम्पन्न भएको छ। गोरखा जिल्लाको केरौजा गाविसको यारु बगरमा  निर्माण भएको  यो पुल १ सय ९५ मिटर लामो ��हेको छ। गत वैशाख दुई गतेदेखि निर्माण कार्य सुरु गरी जेठ २ मा यसको निर्माण सम्मपन्न गरिएको छ। यो अहिले  सञ्चालनमा आईसकेको छ। यो पुलमा मानिसका साथै घोडा तथा खच्चर समेत हिँड्न मिल्दछ। चट्टान रहेको उक्त  भागमा गोरेटो बाटो…
View On WordPress
0 notes