#अवधरपम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी उदयपुर, १० फागुन- त्रियुगा नगरपालिका– २ ढिम्की तटमा रहेको ढिम्की शिवालय मन्दिर आसपासको क्षेत्र र बरुवा वन क्षेत्रको संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेका छन् । शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गरिएको तटबन्ध समेत भत्काउँदै उक्त ठाउँमा रातिको समयमा ढुङ्गा निकासी गर्ने गरिएको स्थानीयवासी दुर्गा पराजुलीले जानकारी दिनुभयो । सो संवेदनशील क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाले प्रतिबन्ध लगाएको छ । सम्बन्धित निकायले अनुगमन र रेखदेख नगर्दा केही स्थानीयवासी ढुङ्गा तस्करसँग मिलेर अवैधरुपमा गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्दैआएका छन् । तस्करले प्रतिट््याक्टर रु चार हजारदेखि रु चार हजार ५०० का दरले ढुङ्गा गिट्टी बिक्री गर्ने गरेका स्थानीयवासी नरेन्द्र कार्की बताउनुहुन्छ । विसं २०३०, २०३९ र २०४८ मा बरुवा नदी गाईघाट बजारतर्फ प्रवेश गर्दा सयौँं बिगाहा जग्गा बगरमा परिणत भएको थियो भने सयौँं परिवार विस्थापित भएका थिए । त्यसपछिका दिन���ा ढिम्क क्षेत्रमा तटबन्ध निर्माण गरिनुका साथै उक्त क्षेत्रबाट ढुङ्गा गिट्टी र बालुवा निकासी गर्न प्रतिबन्ध लगाइएको हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अवैधरुपमा लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित व्यापारी पक्राउ जाजरकोट, ९ फागुन- अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला वन कार्यालयको छुट पुँर्जीबिना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र ८ का सन्तोष खत्री पक्राउ पर्नुका साथै उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र २०० किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो । प्रहरीले उक्त जडीबुटी दल्लीस्थित इलाका वन कार्यालयलाई बुझाएको सहायक वन अधिकृत नेपाली साहले बताउनुभयो । अवैध रूपमा ट्र्याक्टरमा हाली जाजरकोटबाट नेपालगन्जतर्फ लैजान खोजिएको उक्त जडीबुटी निकासीसम्बन्धी कुनै पनि कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गरिएको र अनुसन्धानपछि वन ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ । स्रोत साधन तथा जनशक्ति अभावमा जडीबुटी चोरी निकासी नियन्त्रण गर्न कठिन भएकोे जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताउनुभयो । चोरी निकासी हुने नाकामा पुग्न ३,४ दिन लाग्ने र नजिकमा रेन्ज पोस्ट पनि नहुँदा थप समस्या भएको उहाँको भनाइ छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नेपालबाट अवैधरुपमा भारत लैजाँदै गर्दा आठवटा ट्रकसहित १ सय ७१ गोरु प्रहरी कब्जामा कपिलवस्तु, १९ पुस- कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयले गएराति १२ बजे आठवटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जामा लिएको छ । भारतबाट खुला सिमानाका कारण कपिलवस्तुमा गोरु तस्कारी हुने खबर पाएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा लोड गरी लैजाँदै गरेका ट्रकसहित गोरु बरामद गरिएको हो । कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौँडालगायतका स्थानबाट लोड गरिएका ट्रक रातारात हेटौँडा लैजाने गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले बताउनुभयो । भारतबाट अवैधरुपमा नेपाल प्रवेश गराई कपिलवस्तुको कृष्णनगरमा रहेको पशु क्वारेन्टाइनका कर्मचारीसँग मिलेर नेपाली कागज बनाएर लैजाँदै गरेका आठ ट्रकमा लोड गरिएका ती गोरु कब्जा गरिएको हो । गोरु तस्कारले ना ५ ख ८८९०, ना ६ ख ५८०, ना ६ ख २०८१, ना ६ ख ६३०८, ना ६ ख ३३३४, ना ६ ख ५२०५, ना ५ ख ९००९ र ना ६ ख ६५१० नम्बरको ट्रकमा ती गोरु लोड गरी राति लैजाँदै गरेको अवस्थामा कपिलवस्तुको खरेन्द्रपुरबाट पक्राउ गरिएको हो । इलाका प्रशासन कार्यालयका शाखा अधिकृत अर्याल, सुब्बा गणेश कार्की, स्थानीय एक पत्रकार र खरेन्द्रपुरमा रहेको सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गणका रामबहादुर घर्तीको कमाण्डमा खटिएका ११ जनाको टोलीले खरेन्द्रपुरबाट ट्रकसहित गोरु पक्राउ गरेको थियो । कब्जा गरिएका गोरु र ट्रक रातिनै व��ा प्रहरी कार्यालय चन्द्रौटामा बुझाइएको थियो । तस्करले खुल्ला सिमानाका कारण भारतबाट अवैधरुपमा नेपाल भित्र्याउने, यहाँबाट बुटवल, नारायणगढ हँुदै हेटाँैडा, झापामा पु¥याउने गरेको बताएका छन् । झापाबाट पुनः भारतमा प्रवेश गर्दै बङ्गलादेश पु¥याउने गरेको गोरु ओसारपसारमा संलग्न सिराहाका नुर मोहम्मदले जानकारी दिएका छन् । पछिल्लो समय गोरु तस्करले कपिलवस्तुलाई गोरु तस्करको मुख्य अखडा बनाएका छन् । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
रामग्राम स्तुप आसपासको क्षेत्रबाट अवैधरुपमा माटो निकालिँदै नवलपरासी, २७ कात्तिक । पुरातात्विक क्षेत्र नवलपरासीको रामग्राम स्तुप आसपासको क्षेत्रबाट अवैधरुपमा माटो निकाल्ने कार्य हुँदासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् । गौतमबुद्धको आठवटा अष्टधातुमध्ये सिङ्गो भाग रहेको अष्टधातु रामग्राम स्तुपमा मात्र रहेको छ । जुन धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । तर संरक्षणमा सरकारी निकाय र जिम्मेवारी लिइने निकायले चासो नलिएपछि स्तुप क्षेत्र अस्तव्यस्त बनेको छ । रामग्राम स्तुपको संरक्षणमा सरकारी निकायले चासो नदेखाउँदा स्तुप क्षेत्रमा अवैध रुपमा माटो खन्ने कार्य भइरहेको छ । स्तुप क्षेत्र वरिपरीबाट माटो खनेर ट्याक्टरमा लैजाने गरेका छन् । लुम्बिन��� विकास कोष अन्तर्गतको स्तुप क्षेत्र संरक्षण नभएका कारण अवैधरुपमा माटो खन्ने र जथाभावी उत्खनन्ले पुरातात्विक महत्वका सामग्री नष्ट भएर जाने गरेको छ । संरक्षण र विकासको जिम्मेवारी पाएको लुम्बिनी विकास कोषका दुईजना कामदारको रुपमा कर्मचारी रहेको भए पनि यस क्षेत्रबाट माटो खल्ने कार्य रोकिएको छैन् । रामग्राम नगरपालिका– ७ उजैनीमा रहेको स्तुप क्षेत्र वरिपरी माटो खनिनुका साथै झरही खोलाबाट पनि बालुवा र माटो खनेर लैजाँदा स्तुप क्षेत्रमा असर परेको स्थानीयवासीको भनाइ छ । रामग्राम स्तुप उत्तर तर्फबाट माटो खन्दा त्यहाँ रहेका रुख बिरुवा समेत मासिने गरेका छन् । रामग्राम स्तुपमा वार्षिक १५ हजारदेखि २० हजार तेस्रो मुलुकबाट बौद्धधर्मालम्बी र पर्यटक आउने गरेको तथ्याङ्क आगन्तुक पुस्तिकाले देखाउँछ ।
0 notes