#वयवसयल
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
सूर्तीजन्य पदार्थको निर्देशिकालाई उद्योग व्यवसायीले टेरेनन् काठमाडौँ, १६ फागुन- सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन केही स्वेदशी उद्योग तथा व्यवसायीले नै अटेर गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ गतेदेखि सो निर्देशिका कार्यान्वयनमा ल्याएको थियो । सो निर्देशिकामा विशेषगरी सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने बाध्यकारी तथा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने प्रावधान रहेको छ । सूर्तीजन्य पदार्थ उत्पादन गर्ने स्वदेशी उद्योगले नै निर्देशिकालाई अटेर गरी कार्यान्वयन नगरिरहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कुन कुन उद्योगले अटेर गरिरहेका छन् भन्ने सार्वजानिक भने गरिएन । अर्काेतर्फ सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश राख्दा ती पदार्थको उपभोग गर्नेको सङ्ख्या आधा घटेको अध्ययनले समेत देखाएको छ । स्वास्थ्यसम्बन्धी अनलाइन ‘नेपाली हेल्थ’ तथा एक्सन नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्नेले अहिले पाँचवटामा झरेको अध्ययनमा देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि सूर्तीजन्य पदार्थका कारण दैनिक अर्थात् १५ हजारको अकालमा मृत्यु हुने गर्दछ । मृत्यु हुनेमा अधिकांश ती पदार्थ सेवन गर्दा लाग्ने क्यान्सरकै कारण हुने गर्दछ । सङ्गठनले नेपालजस्तो विकासोन्मुख देशमा प्रत्येक छ जनामध्ये एकजना क्यान्सरका रोगी हुनसक्ने प्रक्षेपणसमेत गरेको छ । एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा सूर्तीजन्य पदार्थका कारण उत्पन्न हुने रोग देखा परिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने प्रावधानलाई कडाइ गर्न आग्रह गर्नुभयो । उहाँले स्वदेशी उद्योगले नै सरकारको प्रावधानलाई अटेर गरेको हुँदा स्वास्थ्य मन्त्रालयले अनुगमन गरी बाध्यकारी अवस्था सिर्जना गर्नुपर्छ भन्नुभयो । नेपाली हेल्थ अनलाइनका प्रधान सम्पादक रामप्रसाद न्यौपानेले स्वास्थ्य मन्त्रालयको नेतृत्व परिवर्तन भइरहँदा सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ र नियमावली २०७२ आझेलमा पर्ने गरेको हुँदा सञ्चारमाध्यमले यसलाई उठान गर्न छाड्नु हुन्न भन्नुभयो । स्वास्थ्य मन्त्रालयका सहसचिव एवम् प्रवक्ता भोगेन्द्र डोटेलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण तथा नियमावलीको प्रावधानलाई कार्यान्वयन गर्न अनुगमनलाई अगामी दिनमा अन्तरमन्त्रालयको समन्वयमा चुस्त बनाइने जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले हलसालै जारी गरेको मदिरा नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन मदिरा ऐन ल्याउन लागेको छ । वरिष्ठ श्वासप्रश्वास चिकित्सक करवीरनाथ योगीले क्यान्सर हुने प्रमुख कारण धूमपान नै रहेको चर्चा गर्दै यसले श्वासप्रश्वास, मुटु फोक्सोका विभिन्न रोग लाग्ने बताउनुभयो । कार्यक्रममा उपसचिवद्वय शम्भु रेग्मी र खेमानन्द भुसालले धूमपान नियन्त्रण गर्न ऐन, नियमको प्रभावकारी कार्यान्वयनको खाँचो औँल्याउनुभयो । सांसद राधाकृष्ण कँडेलले धूमपानले पार्ने असरका बारेमा ग्रामीण क्षेत्रमा सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिनुभयो । स्वास्थ्य तथा सचेतना मञ्चका अध्यक्ष टीका कँडेलले धूमपान नियन्त्रणसम्बन्धी ऐन तथा नियमलाई प्रभावकारी कार्यान्वयन गर्न अनुगमनको खाँचो औँल्याउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी उदयपुर, १० फागुन- त्रियुगा नगरपालिका– २ ढिम्की तटमा रहेको ढिम्की शिवालय मन्दिर आसपासको क्षेत्र र बरुवा वन क्षेत्रको संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेका छन् । शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गर���एको तटबन्ध समेत भत्काउँदै उक्त ठाउँमा रातिको समयमा ढुङ्गा निकासी गर्ने गरिएको स्थानीयवासी दुर्गा पराजुलीले जानकारी दिनुभयो । सो संवेदनशील क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाले प्रतिबन्ध लगाएको छ । सम्बन्धित निकायले अनुगमन र रेखदेख नगर्दा केही स्थानीयवासी ढुङ्गा तस्करसँग मिलेर अवैधरुपमा गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्दैआएका छन् । तस्करले प्रतिट््याक्टर रु चार हजारदेखि रु चार हजार ५०० का दरले ढुङ्गा गिट्टी बिक्री गर्ने गरेका स्थानीयवासी नरेन्द्र कार्की बताउनुहुन्छ । विसं २०३०, २०३९ र २०४८ मा बरुवा नदी गाईघाट बजारतर्फ प्रवेश गर्दा सयौँं बिगाहा जग्गा बगरमा परिणत भएको थियो भने सयौँं परिवार विस्थापित भएका थिए । त्यसपछिका दिनमा ढिम्क क्षेत्रमा तटबन्ध निर्माण गरिनुका साथै उक्त क्षेत्रबाट ढुङ्गा गिट्टी र बालुवा निकासी गर्न प्रतिबन्ध लगाइएको हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सुनको कोटा वृद्धि, व्यवसायीले अाजदेखि दैनिक २५ किलाे पाउने माघ २५ गते– नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । बजारमा सुन अभावका कारण व्यवसायीले गहना बनाउने अर्डरै लिन छाडेपछि राष्ट्र बैंकले फागुन मसान्तसम्मका लागि सुनको कोटा दैनिक १० किलो बढाएर २५ किलो पुर्‍याएको हो । अन्य बेला दैनिक १५ किलो सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले निर्धारण गरेको थियो । सुनचाँदी व्यवसायीले सुन नभएर ढोका थुन्नपर्ने अवस्था आयो भन्दा पनि सरकारले कोटा नबढाएपछि व्यवसायीले अन्य माध्यम अपनाएर आफ्नो व्यापार चलाएका छन् । ‘वैधानिक बाटोको सुन नपाएपछि विवाहको मध्ये मौसमका बेला पसल बन्द गर्नुभन्दा अन्यत्रबाट भए पनि चलाउनु बुद्धिमता हुने ठानेर तोलामै तीन हजारसम्म बढी तिरेर सुन खरिद गरिरहेका छौं’, एक व्यवसायीले नाम नबताउने शर्तमा भने, ‘सरकारले कि बजार मागअनुसारको व्यवस्था गरिदिनु पर्‍यो कि त व्यवसायी आफैंले सुन ल्याउन पाउनु पर्‍यो ।’ विवाहको सिजन र चाडपर्वका समयमा थप पाँच किलो सुन आयात कोटा थप्दै आएको राष्ट्र बैंकले यस पटक भने फागुन मसान्तसम्मलाई १० किलो कोटा थपेर दैनिक २५ किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । ‘त्यसपछिको अन्य समयमा पनि दैनिक पाँच किलो सुन आयातको कोटा थपेका छौं’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘अब सँधैभरि दैनिक २० किलो सुन आयात गर्न पाउने कोटा निर्धारण भएको छ ।’ राष्ट्र बैंकले सिजन सिजनमा गरी वर्षमा तीन महिना जति यसरी नै कोटा बढाउने गरेको छ । सरकारले २०६६ माघबाटै सुनको आयात उच्च भएको भन्दै कोटा प्रणाली लागू गरेको थियो । त्यतिबेला एक वर्षको अवधिमा करिब ४१ अर्ब रुपैयाँभन्दा बढी सुन आयात भएपछि भुक्तान सन्तुलनमा असर पर्ने बताउँदै कोटा प्रणाली लागू गरेको हो । २०६६ मा कोटा निर्धारण गर्दा ६ महिनामात्र ३१ अर्बको सुन आयात भएको थियो । त्यति बेला कोटा प्रणाली लागू गर्दा दैनिक १० किलोमात्र त्यो पनि वाणिज्य बैंकलेमात्र सुन आयात गर्न पाउने गरी व्यवस्था गरिएको थियो । त्यसको करिब एक वर्ष पछि अर्थात २०६७ पुस १५ बाट दैनिक १५ किलो सुन आयात गर्न पाउने नयाँ व्यवस्था लागू भयो । यसका साथै विदेश गएर आउने तथा विदेश भ्रमणमा जानेले समेत नेपाल फर्कंदा ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था थियो । नेपाल सुन चाँदी व्यवसायी महास��घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने,‘यसले पनि बजारलाई धान्न केही सहज भएको थियो ।’ तर, यस वर्षको भदौदेखि विदेश गएर आउँदा ल्याउन पाउने सुनको कोटा काटिएकाले बजारमा सुनको चर्को अभाव भएको उनले बताए । केही बजार त त्यस्तो सुनले पनि धानेको थियो । ‘ग्राहकलाई सुन नभएर अडर लिन सक्दैनौ भनी फर्काउन थालेको एक महिनाभन्दा बढी भइसक्यो’, उनले गुनासो गरे । अहिले बढाएको कोटाले केही राहत भने मिल्नेछ । अब अडरै लिदैनौ भनी ग्राहकलाई फर्काउने अवस्था भने आउँदैन । सरकारी कोटाअनुसार आएको सुनमध्ये ६० प्रतिशत उपत्यकामा र ४० प��रतिशत उपत्यका बाहिरका जिल्लामा पठाउने व्यवस्था व्यवसायीले मिलाएको छन् । अहिले बजारमा सुनको चरम अभाव छ । विवाहको सिजन भएकाले दैनिक ५० किलो सुनको माग छ भने आयात १५ किलोमात्र । त्यसैले बजार अस्तव्यस्त भएको छ । हामी व्यवसायी हात वाधेर बस्नु पर्ने अवस्था आएको थियो । पुस लागेदेखिनै बजारमा सुनको माग बढेको हो । त्यति बेलै बजारमा दैनिक ३० किलोभन्दा बढी सुनको माग थियो । सरकारी कोटाअनुसार आपूर्ति भएको १५ किलो सुनले बजार धान्न सक्ने अवस्था थिएन । पटकपटकको अनुरोधपछि सरकारले कोटा बढाएर व्यवसायीलाई राहत दिएको उनले बताए । अन्नपूर्ण पाेष्टबाट ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखरामा १ सय ८ फिट अग्लो शिवको मूर्ति स्थापनामा पर्यटन व्यवसायीले सघाउने पोखरा, २६ पुस- ऐतिहासिक, धार्मिक एवम् रमणीय क्षेत्र पोखरा २५ स्थित पुम्दीकोटमा निर्माण गरिने विशाल महादेवको मूर्ति स्थापनामा पर्यटन व्यववसायीले सहयोग गर्ने भएका छन् । पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माण उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिद्वारा पोखरामा आयोजित पर्यटन व्यवसायीबीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सक्दो सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । विश्वशान्ति स्तूपसहित सो क्षेत्रमा सञ्चालित भुजेल, गुरुङलगायत गाउँका घरबास कार्यक्रमलाई एकमुष्ट अगाडि बढाउन स्थानीयस्तरबाट सुरु गरिएको अभियानको बजारीकरणमा सहयोग गर्ने उनीहरुले बताए । पश्चिमान्चल क्षेत्रीय प्रशासक खगराज बरालले पोखरामा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय विमानस्थललाई असर नपर्ने गरी शिवको मूर्ति निर्माण गर्नुपर्ने बताउँदै रातिको समयमा पनि पर्यटकीय आकर्षकका गतिविधि सञ्चालन गरिनुपर्ने सुझाव दिनुभयो । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले ऐतिहासिकस्थलका रुपमा परिचित पुम्दीकोटलाई धार्मिक एवम् पर्यटकीयस्थलको रुपमा विकास गर्न सके त्यस क्षेत्र तथा पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले मुलुकको पर्यटन विकासका लागि मानवनिर्मित स्थलको पनि खाँचो औल्याउनुभयो । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले मूर्तिस्थापनामा आफ्ना स्व बुबा रत्नबहादुर र हजुरबुबा भक्तबहादुर भट्टराईको स्मृतिमा रु दुई लाख दुई सय २२ सहयोग गरिने घोषणा गर्नुभयो । समुद्री सतहबाट एक हजार पाँच सय मिको उचाइमा रहेको कोटस्थित १८ रोपनी जग्गामा लगभग रु २१ करोडको लागतमा एक ��य आठ फिट अग्लो शिव मूर्तिसहित एक सय आठ शिव��िङ्ग निर्माण गरिने समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट रु २० लाख प्राप्त भएको छ । सो परिसरमा ध्यान केन्द्र, स्मृति उद्यान बनाइने योजना छ ।
0 notes