Tumgik
#टयकटर
nepal123 · 8 years
Photo
Tumblr media
संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी उदयपुर, १० फागुन- त्रियुगा नगरपालिका– २ ढिम्की तटमा रहेको ढिम्की शिवालय मन्दिर आसपासको क्षेत्र र बरुवा वन क्षेत्रको संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेका छन् । शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गरिएको तटबन्ध समेत भत्काउँदै उक्त ठाउँमा रातिको समयमा ढुङ्गा निकासी गर्ने गरिएको स्थानीयवासी दुर्गा पराजुलीले जानकारी दिनुभयो । सो संवेदनशील क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाले प्रतिबन्ध लगाएको छ । सम्बन्धित निकायले अनुगमन र रेखदेख नगर्दा केही स्थानीयवासी ढुङ्गा तस्करसँग मिलेर अवैधरुपमा गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्दैआएका छन् । तस्करले प्रतिट््याक्टर रु चार हजारदेखि रु चार हजार ५०० का दरले ढुङ्गा गिट्टी बिक्री गर्ने गरेका स्थानीयवासी नरेन्द्र कार्की बताउनुहुन्छ । विसं २०३०, २०३९ र २०४८ मा बरुवा नदी गाईघाट बजारतर्फ प्रवेश गर्दा सयौँं बिगाहा जग्गा बगरमा परिणत भएको थियो भने सयौँं परिवार विस्थापित भएका थिए । त्यसपछिका दिनमा ढिम्क क्षेत्रमा तटबन्ध निर्माण गरिनुका साथै उक्त क्षेत्रबाट ढुङ्गा गिट्टी र बालुवा निकासी गर्न प्रतिबन्ध लगाइएको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
सडकबाट एक सय मिटर तल खसेर ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु रुकुम, २९ माघ- रुकुममा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा १ त १०८२ नं को ट्र्याक्टरका चालक दाङ धनौली गाविसका ४४ वर्षीय सुकराम चौधरी रहेको प्रहरीेले जनाएको छ । मुसिकोट नगरपालिका–५ सोलवाङबाट सिमेन्ट लिएर राडी बजार जाँदै गरेको ट्र्याक्टर मग्मा–५ बास्तालामा दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिनुभयो । ट्र्याक्टर सडकबाट एक सय मिटर तल खसेको र ७० बोरा सिमेन्ट पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते पाँचथर, १४ माघ– पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट््याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भिमबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएकामध्ये रानीटार– ६ का सूर्यमान गुरुङ र फिदिमनगरपालिका– ३ का जयकुमार राईको झापाको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा तथा फिदिम नगरपालिका– ३ कामानबहादुर राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मे १ त ३६९० नं ट््याक्टर गोलिया काठ लिएर फिदिमतिर आउने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
ट््याक्टर दुर्घटना एकको मृत्यु भोटेओडार (लमजुङ), १२ माघ । लमजुङको भोटेओडारस्थित पैरेमा ट््याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट््याक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो । दुर्घटनामा परी सहचालक तनहुँको रुपाकोट– २ मानेचौक निवासी २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । उहाँकाअनुसार दुर्घटनामा परी घाइते भएका चालक वर्ष २७ का सुरज गायकको स्थानीय कर्मदा अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्ये छ । रा
0 notes
nepal123 · 9 years
Text
नवलपरासीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु  
५ पुस, नवलपरासी । नवलपरासीमा भएको ट्याक्टर दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । दाउन्नेदेवि गाविस वडा नम्बर ७ को भित्री सडकखण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा बर्दघाट पाँच निवासी १६ वर्षकी अञ्जु चौधरीको मृत्यु भएको हो । अन्य चार जना घाइते छन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
सप्तरीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु  
२९ मंसिर, राजविराज । सप्तरीको मलेकपुर गाविस ६ मा मंगलबार विहान ट्याक्टर पल्टिँदा त्यसमा सवार एक व्यक्तिको च्यापिएर मृत्यु भएको छ । ट्याक्टरका चालक गम्भीर घाइते भएका छन् । (more…)
View On WordPress
0 notes