#सरतजनय
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
चारबोरा सुर्तीजन्य पदार्थ नष्ट काठमाडौँ, ११ चैत । सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको हो । सरकारले यही चैत १ गतेदेखि निश्चित तोकिएको स्थानबाट मात्र सुर्तीजन्य पदार्थ बेच्न पाउने र त्यसका लागि बिक्री अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रजिअ तथा अनुगमन टोलीका संयोजक प्रेमप्रसाद लुइँटेलले सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न बनेको ऐन, २०६८ को कार्यान्वयन, नियमन ऐन, २०७१ र मन्त्रिपरिषद्ले २०७३ साल माघ ६ गते बिक्री वितरण नियन्त्रण गर्न गरेको निर्णय लागू गराउन अनुगमन गरेको बताउनुभयो । टोलीले, सुपरमार्केट, खुद्रा र नाङ्ले पसल, अस्पताल क्षेत्रवरपर गरी ६५ वटा पसलमा अनुगमन गरेको थियो । इजाजतपत्र नलिएका, पत्र लिए पनि उपभोग्य वस्तुसँगै बिक्री गरिएको, धेरै चुरोट ९० प्रतिशत चेतवनीमूलक रङ्गिन चित्रअङ्कित स्वास्थ्य सन्देश नराखी बिक्री–वितरण गरेको पाइएको उहाँले बताउनुभयो । सरकारले सुर्तीजन्य पदार्थको अनुगमन गर्नका लागि हरेक जिल्लामा सहायक प्रजिअलाई जिम्मेवारी तोकेको छ । स्वास्थ्य मन्त्रालयले फागुन मसान्तसम्म सुर्तीजन्य पदार्थ बिक्री–वितरणका लागि अन्तः शुल्कमा दर्ता भई राजस्व कार्यालयबाट अनुमतिपत्र लिई तोकिएको स्थानबाट मात्र बिक्री गर्न निर्देशन दिएको थियो । पसलमा १८ वर्ष मुनिका बालबालिकाले बेचेको, छुट्टै ठाउँको व्यवस्था नगरी किराना पसलमा बेचेको, इजाजत नलिएको, मापदण्डअनुसारको बोर्ड नराखी बेचेको फेला पारेपछि नियन्त्रणमा लिई नष्ट गरेको अनुगमन टोलीले जानकारी दिएको छ । टोलीमा जनस्वास्थ्य कार्यालय, सुरक्षा निकाय र जिप्रकाका बजार अनुगमन अधिकारी र सञ्चारकर्मीको संलग्नता थियो । अनुगमन टोलीले आज कलङ्की, कालीमाटी, बालाजु, नयाँपार्क र चाबहिल क्षेत्रमा अनुगमन गर्ने अनुगमन टोलीका संयोजकसमेत रहनुभएका सहायक प्रजिअ लुइँटेलले बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
आजबाट इजाजतपत्र विना सुर्तीजन्य पदार्थ बिक्रीमा रोक चैत १ । सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ । मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेकोे प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ११ ९६० मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न सक्ने कानुनी व्यवस्था भएबमोजिम सरकारले यस्तो निर्णय गरेको हो । उक्त दफा बमोजिम अनिवार्य रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिएर सूर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए । तोकिएको फागुन मसान्तभित्र दर्ता गर्ने निकायमा दर्ता नभई र इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा ऐनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना टाँस्नुपर्नेछ । अब दैनिक अन्य उपभोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्नका लागि सरकारले हरेक जिल्लामा सहायक प्रजिअलाई जिम्मेवारी तोकेको छ । नयाँ व्यवस्थाका बारेमा प्रचारप्रसार कम भएकाले बिक्री इजाजतपत्र लिनुपर्ने जानकारी धेरैलाई छैन । कतिले इजाजतपत्र लिए भन्नेबारे जानकारी नआइपुगेको मन्त्रालयले जनाएको छ । अहिले हरेक स्थानमा सुर्तीजन्य पदार्थ चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, ��ुट्खा आदि सार्वजनिक रुपमा बिक्रीवितरण हुँदा महिला र बालबालिकाको स्वास्थ्यमा समेत गम्भीर असर परेको भनी बिक्रीवितरण व्यवस्थित गर्न मन्त्रालयमा गुनासो आइरहेको थियो । The post आजबाट इजाजतपत्र विना सुर्तीजन्य पदार्थ बिक्रीमा रोक appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सूर्तीजन्य पदार्थको निर्देशिकालाई उद्योग व्यवसायीले टेरेनन् काठमाडौँ, १६ फागुन- सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन केही स्वेदशी उद्योग तथा व्यवसायीले नै अटेर गरिरहेका छन् । स्वास्थ्य मन्त्रालय��े सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ गतेदेखि सो निर्देशिका कार्यान्वयनमा ल्याएको थियो । सो निर्देशिकामा विशेषगरी सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने बाध्यकारी तथा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने प्रावधान रहेको छ । सूर्तीजन्य पदार्थ उत्पादन गर्ने स्वदेशी उद्योगले नै निर्देशिकालाई अटेर गरी कार्यान्वयन नगरिरहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कुन कुन उद्योगले अटेर गरिरहेका छन् भन्ने सार्वजानिक भने गरिएन । अर्काेतर्फ सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश राख्दा ती पदार्थको उपभोग गर्नेको सङ्ख्या आधा घटेको अध्ययनले समेत देखाएको छ । स्वास्थ्यसम्बन्धी अनलाइन ‘नेपाली हेल्थ’ तथा एक्सन नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्नेले अहिले पाँचवटामा झरेको अध्ययनमा देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि सूर्तीजन्य पदार्थका कारण दैनिक अर्थात् १५ हजारको अकालमा मृत्यु हुने गर्दछ । मृत्यु हुनेमा अधिकांश ती पदार्थ सेवन गर्दा लाग्ने क्यान्सरकै कारण हुने गर्दछ । सङ्गठनले नेपालजस्तो विकासोन्मुख देशमा प्रत्येक छ जनामध्ये एकजना क्यान्सरका रोगी हुनसक्ने प्रक्षेपणसमेत गरेको छ । एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा सूर्तीजन्य पदार्थका कारण उत्पन्न हुने रोग देखा परिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने प्रावधानलाई कडाइ गर्न आग्रह गर्नुभयो । उहाँले स्वदेशी उद्योगले नै सरकारको प्रावधानलाई अटेर गरेको हुँदा स्वास्थ्य मन्त्रालयले अनुगमन गरी बाध्यकारी अवस्था सिर्जना गर्नुपर्छ भन्नुभयो । नेपाली हेल्थ अनलाइनका प्रधान सम्पादक रामप्रसाद न्यौपानेले स्वास्थ्य मन्त्रालयको नेतृत्व परिवर्तन भइरहँदा सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ र नियमावली २०७२ आझेलमा पर्ने गरेको हुँदा सञ्चारमाध्यमले यसलाई उठान गर्न छाड्नु हुन्न भन्नुभयो । स्वास्थ्य मन्त्रालयका सहसचिव एवम् प्रवक्ता भोगेन्द्र डोटेलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण तथा नियमावलीको प्रावधानलाई कार्यान्वयन गर्न अनुगमनलाई अगामी दिनमा अन्तरमन्त्रालयको समन्वयमा चुस्त बनाइने जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले हलसालै जारी गरेको मदिरा नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन मदिरा ऐन ल्याउन लागेको छ । वरिष्ठ श्वासप्रश्वास चिकित्सक करवीरनाथ योगीले क्यान्सर हुने प्रमुख कारण धूमपान नै रहेको चर्चा गर्दै यसले श्वासप्रश्वास, मुटु फोक्सोका विभिन्न रोग लाग्ने बताउनुभयो । कार्यक्रममा उपसचिवद्वय शम्भु रेग्मी र खेमानन्द भुसालले धूमपान नियन्त्रण गर्न ऐन, नियमको प्र��ावकारी कार्यान्वयनको खाँचो औँल्याउनुभयो । स��ंसद राधाकृष्ण कँडेलले धूमपानले पार्ने असरका बारेमा ग्रामीण क्षेत्रमा सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिनुभयो । ���्वास्थ्य तथा सचेतना मञ्चका अध्यक्ष टीका कँडेलले धूमपान नियन्त्रणसम्बन्धी ऐन तथा नियमलाई प्रभावकारी कार्यान्वयन गर्न अनुगमनको खाँचो औँल्याउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
इजाजत नलिई सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने काठमाडौँ, ६ माघ । धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११(छ) मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था भएबमोजिम स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । उक्त दफाबमोजिम अनिवार्य रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिनुभयो । सुर्तीजन्य पदार्थको कारोबार गर्न दर्ता गरी इजाजतपत्र लिन आगामी फागुन मसान्तभित्र समयसीमा तोकिएको छ । तोकिएको म्यादभित्र दर्ता नगरी तथा इजाजतपत्र नलिई आउँदो चैत १ गतेदेखि सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा उक्त ऐनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, गर्भवतीलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना पनि टाँस्नुपर्नेछ । सो सूचना ३० सेमी लम्बाइ र २० सेमी चौडाइ हुनुपर्नेछ । अब दैनिक उपयोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्न सरकारले हरेक जिल्लाका सहायक प्रजिअलाई निरीक्षकका रुपमा तोकेको छ । सुर्तीजन्य चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खालगायत हरेक स्थानमा सार्वजनिक रुपमा बिक्रीवितरण हँुदा महिला र बालबालिकाका स्वास्थ्यमा गम्भीर असर परेको भनी बिक्रीवितरण व्यवस्थित गर्न मन्त्रालयमा गुनासा आइरहेको थियो ।
0 notes