#आजबट
Explore tagged Tumblr posts
Photo
आजबाट इजाजतपत्र विना सुर्तीजन्य पदार्थ बिक्रीमा रोक चैत १ । सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ । मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेकोे प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ११ ९६० मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न सक्ने कानुनी व्यवस्था भएबमोजिम सरकारले यस्तो निर्णय गरेको हो । उक्त दफा बमोजिम अनिवार्य रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिएर सूर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए । तोकिएको फागुन मसान्तभित्र दर्ता गर्ने निकायमा दर्ता नभई र इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा ऐनबमोजिम कारबाही गरिने मन्त्रालयले जना��को छ । इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना टाँस्नुपर्नेछ । अब दैनिक अन्य उपभोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्नका लागि सरकारले हरेक जिल्लामा सहायक प्रजिअलाई जिम्मेवारी तोकेको छ । नयाँ व्यवस्थाका बारेमा प्रचारप्रसार कम भएकाले बिक्री इजाजतपत्र लिनुपर्ने जानकारी धेरैलाई छैन । कतिले इजाजतपत्र लिए भन्नेबारे जानकारी नआइपुगेको मन्त्रालयले जनाएको छ । अहिले हरेक स्थानमा सुर्तीजन्य पदार्थ चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा आदि सार्वजनिक रुपमा बिक्रीवितरण हुँदा महिला र बालबालिकाको स्वास्थ्यमा समेत गम्भीर असर परेको भनी बिक्रीवितरण व्यवस्थित गर्न मन्त्रालयमा गुनासो आइरहेको थियो । The post आजबाट इजाजतपत्र विना सुर्तीजन्य पदार्थ बिक्रीमा रोक appeared first on नेपाल आज.
0 notes
Photo
मुसहरका ३५ बालबच्चा आजबाट कखरा सिक्दै महोत्तरी, १९ माघ- विद्याकीदेवी सरस्वती पूजाको अवसरमा बर्दिबास – २ मुसहर बस्तीका ३५ बालबालिकाले आजदेखि कखरा सुरु गरेका छन् । श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन अभिभावकले एकै साथ आफ्ना ३५ बालबालिकालाई किताव, कलम र कपी दिएर पढाउन सुरु गरेका हुन् । धुर्मुस– सुन्तलीको प्रेरणाले पुस्ताँैपुस्तादेखि अशिक्षित रहँदै आएका सो बस्तीका अभिभावकले आ–आफना बालबालिकालाई पढाउन सुरु गरेको स्थानीय अगुवा मञ्जय सदाले बताउनुभयो ।सो बस्तीमा पहिलोपटक देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयवासीले निष्ठापूर्वक पूजा गरी छोराछोरीलाई लेख्न र पढ्न सुरु गराएका हुन् । सो बस्तीका मुसहरले आफ्ना बालबालिकालाई बस्ती नजिकैको जनता माविमा भर्ना गराएको समाजिक अभियन्ता राजकरण महतोले बताउनुभयो । यसअघि पनि सो बस्तीका ६८ बालबालिका स्कुल भर्ना भएका थिए
0 notes
Photo
आजबाट चितवन महोत्सव सुरु चितवन, २५ पुस । एघारौँ चितवन महोत्सव आजबाट सुरु भएको छ । महोत्सव सुरु हुनुअघि विभिन्न बाजागाजा र झाँकी सहितको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको छ । विगतका महोत्सवभन्दा पृथक गरिएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले केही बेरपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यही माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवमा पाँच सयवटा साधारण स्टल, सात विशेष स्टलसहित जनजातिका रहनसहन झल्कने बोटे, कुमाल, चेपाङ र थारू जातिका घर पनि रहेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमका अनुसार स्टलमा स्वदेशी र विदेशी उत्पादन बिक्री तथा प्रदर्शनका लागि राखिएका छन् । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा लिइएको महोत्सव अवधिमा पाँचवटा विभिन्न विषयको कार्यशाला गोष्ठी आयोजना गरिने छ । महोत्सवमा दैनिक राष्ट्रिय र स्थानीय कलाकारले मनोरञ्जन दिनेछन् । विगतको परम्परालाई परिमार्जन गर्दै यस वर्ष बालउद्यान हटाइएको, पास वितराण रोकिएको र पान वा भ्याटमा दर्ता नभएका व्यवसायीलाई स्टल नदिइएको बताइएको छ विगतका वर्षमा ३० हजारभन्दा बढी पास वितरण गरिन्थ्यो । महोत्सवका क्रममा यही पुस २८ देखि माघ २ गतेसम्म चार दिन नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल हँुदैछ । महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र रु २५ करोड रुपैयाँभन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवन आयोजक रहेको महोत्सवमा चितवन जिविस र भरतपुर उपमहानगरपालिका सहआयोजक रहेका छन् ।
0 notes
Photo
१० वर्षअघि सुरु भएको सिद्धिखोला सिँचाई योजना आजबाट सञ्चालनमा भद्रपुर, २५ पुस- झापाको बाहुन्डाँगी गाविस क्षेत्रलाई लक्षित गरी १० वर्षअघि सुरु भएको सिद्धिखोला सिँचाई योजना आजबाट सञ्चालनमा आएको छ । करिब रु४४ करोडको लागतमा २०६३ सालमा सुरु भएको निर्माण कार्य सम्पन्न भइ कृषकको खेतमा पानी जान थालेपछि स्थानीय कृषक उत्साहित भएका छन् । लगभग २१ किलोमिटर लामोे सो नहरमा १३ वटा शाखा छन् भने एक हजार ७०० हेक्टर जग्गामा सिँचाइको भरपर्दो व्यवस्थाले कृषकमा खुसी आएको हो । बाहुन्डाँगी गाविसको ५ नं वडाबाहेक सबै वडामा पानी पुग्ने व्यवस्था मिलाइएको छ । नहरमा १ दशमलव ५ क्यूसेक पानी आउने र यो नहरले बाहुन्डाँगी क्षेत्रमा करिब तीन हजार हेक्टर जग्गामा पानी पुग्ने क्षमता रहेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । भौगोलिक विकटताका कारण पहाडको भित्ता चिरेर पक्की नहर निर्माण गर्नुपरेकाले योजना सम्पन्न गर्न समय लागेको प्रमुख डिभिजन इन्जिनियर ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले यो नहरलाई पूर्णरुपमा व्यवस्थित गर्न सरकारले कम्सेकम पाँच वर्षका लागि एएमआइएसमा राख्नुपर्ने सुझाव दिनुभयो । नहरलाई व्यवस्थित रुपमा सञ्ंचालन एवम् रेखदेख गर्न सिँचाइ विकास डिभिजन कार्यालयले नियुक्त गरेको आठ कर्मचारीलाई नहरबाट आउने पानीको पालो मिलाउने र कृषकको खेतसम्म पानी पु¥याउन काम गर्ने जिम्मेवारी दिइएको छ । सिद्धि खोला सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष हरि चौलागार्इंले लगभग ४७ हजार जनता र एक हजार ७५० घरधुरी रहेको बाहुन्डाँगी गाविसका जनता यो नहरबाट लाभान्वित हुनुका साथै उत्पादन बृद्धि हुनेमा जोड दिनुभयो । लामो समय लगाएर र धेरै खर्च गरेर निर्माण गरिएको यो नहरलाई दुरुस्त राख्न उपभोक्ताको पनि जिम्मेवारी बढेको प्रतिक्रिया पनि उहाँले दिनुभयो । त्यस्तै, ४ नं शाखाका जल उपभोक्ता समितिका अध्यक्ष हेमलाल गुरागार्इंले नहर निर्माण भएकामा खुसी व्यक्त गर्दै अब कृषकले जमिनबाट कसरी अत्यधिक लाभ लिने भन्नेमा लाग्न कृषकलाई आग्रह गर्नुभयो । आफ्नै खेतमा पानी रेखदेख गरिरहेका कृषक कृष्णबहादुर प्रधान र प्रभाखर पौडेलले नहर निर्माण भएकै कारण हिउँदको समयमा ��ाम्रो खेतमा पानी आएको हो नत्र भने कृषकले लगाउने बालीमा पानीको अभावले अपेक्षित लाभ लिन कठिनाइ हुने बताउनुभयो ।
0 notes
Photo
नवलपरासीको दोस्रो ठूलो सरकारी अस्पतालमा आजबाट सेवा सुचारु नवलपरासी, २४ कात्तिक । नवलपरासीमा दोस्रो ठूलो सरकारी अस्पतालको रुपमा सरकारले स्थापना गरेको चिसापानी अस्पतालले आजबाट आफ्नो सेवा औपचारिक रुपमा सुचारु गरेको छ । पन्ध्र श्ययाको क्षमता रहेको सो अस्पतालले बहिरङ्ग सेवा, आकस्मिक सेवासहित जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालबाट पाइने खालका २० प्र��ारको अन्य आवश्यक सेवा सुरु गरेको हो । सो अस्पताल २०७२ असोज २२ गतेको मन्त्रिपरिषद् बैठकबाट चिसापानीमा स्थापना गर्ने निर्णय भएको थियो भने २०७३ साउन ५ गते चिसापानी अस्पतालको रुपमा दर्ता भएको थियो । सो अस्पतालमा तीनजना चिकित्सकसहित १९ जनाको दरबन्दी रहेको छ । सो अस्पताल स्थापनासँगै विशेष गरी दाउन्नेबारीको राजमार्ग क्षेत्रका स्थानीय, नवलपरासीको ग्रामीण क्षेत्रका १४ गाविसका जनतासहित सीमावर्ती भारतीय गाउँका बिरामीसमेत लाभान्वित हुने छन् । उक्त अस्पताल दाउन्नेबारीका स्वास्थ्य संस्थाका लागि रिफर सेन्टरको रुपमा स्थापित हुने जिल्ला स्वास्थ्य प्रमुख अरुणकुमार महतोले बताउनुभयो । नवलपरासीमा सरकारी स्वामित्व रहेको यसअगावै १५ श्यया क्षमता रहेको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी रहेको छ । सो अस्पताललाई समेत अब ५१ श्यया बनाउने सरकारको तयारी अन्तिम चरणमा पुगको हो । पछिल्लोपटक सरकारले नवलपरासीको चिसापानी अस्पतालसँगै कास्कीको थुम्कीकोटमा समेत नयाँ अस्पताल स्थापना गरेको छ भने १२ वटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा क्षमता विस्तार गरेको थियो ।
0 notes
Photo
आजबाट ललितपुरको इमाडोलबाट मिथेन ग्यास उत्पादन सुरु काठमाडौं, कात्तिक ५ । ललितपुरको इमाडोलबाट मिथेन ग्याँस उत्पादन सुरु भएको छ । स्वदेशमा नै ग्यास उत्खननका लागि पहिलो पटक नमूना परीक्षणका रुपमा ग्याँसको उत्पादन भएको हो । खानी तथा भूगर्भ विभागले शुक्रबार ललितपुरको इमाडोलमा मिथेन ग्यासको नमूना परीक्षण गर्न लागेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट, थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सहयोगमा पहिलो पटक सुरक्षित तरिकाले ग्यासको नमूना परीक्षण गर्न लागिएको विभागले जनाएको छ । विभागका ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले स्वदेशमा नै बनेको उपकरणले प्राकृतिक ग्यासको नमूना परीक्षण गर्न लागिएको बताए । नमूना परीक्षणको शुक्रबार दिउँसो उद्योगमन्त्री नविन्द्रराज जोशीले निरिक्षण एंव अवलोकन गर्नेछन् । विभिन्न अध्ययनबाट इमाडोलसँगै काठमाडौं उपत्यकाका १४ ठाउँमा ग्यास उत्पादन गर्न सकिने निष्कर्ष निकालेको श्रेष्ठले बताए । इमाडोलको परीक्षण सफल भए अरु ठाउँमा पनि नमूना परीक्षण गरी उत्खनन् गरिने सरकारको तयारी छ । उक्त ग्याँसलाई भण्डारण गरी सरकारी कार्यालयमा प्रयोगमा ल्याउने बताइएको छ ।
0 notes
Text
१० वर्षपछि प्रेस सेन्टरको महाधिवेशन आजबाट सुरु
१० वर्षपछि प्रेस सेन्टरको महाधिवेशन आजबाट सुरु
ओम शर्मा, विष्णु सापकोटा र बलराम थापा (बायाँबाट क्रमश:) । १३ असोज, काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन विहीबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्नेछन् । बन्दसत्र भने कार्की पार्टी प्यालेस बबरमहलमा हुने छ । महाधिवेशनका प्रतिनिधि र पर्यवेक्षकलाई ५ सय रुपैयाँ प्रवेश शुल्क…
View On WordPress
0 notes
Photo
‘मानवीय सहयोगका लागि क्षमता अभिवृद्धि’ कार्यक्रम आजबाट सुरु काठमाडौँ, ६ असोज । विपद् व्यवस्थापनका लागि टोलटोलमा स्वयम्सेवक व्यवस्था गर्ने उद्देश्यसहित कारितास नेपालले ‘मानवीय सहयोगका लागि क्षमता अभिवृद्धि’ कार्यक्रम आजबाट सुरु गरेको छ । पन्ध्र जिल्लामा ८२० व्यक्तिलाई स्वयम्सेवक तालिम दिई उनीहरु बस्ने टोलमा स्वयम्सेवी समूह गठन गर्ने गरी कार्यक्रम अगाडी बढाएको संस्थाको विपद् व्यवस्थापन प्रबन्धक लक्ष्मी जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार सो कार्यक्रम कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, चितवन, महोत्तरी, सिन्धुली, धनुषा, सिन्धुपाल्चोक, उदयपुर र सप्तरीमा सञ्चालन गरिनेछ । भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपद्पछि तत्काल राहत तथा उद्धार गर्न स्वयम्सेवी समूहको परिचालन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गर्नु कार्यक्रमको लक्ष्य रहेको सो संस्थाले जनाएको छ । कार्यक्रमको अवधि दुई वर्ष रहेको कारितास नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर बोगटीले बताउनुभयो ।
0 notes
Photo
‘वृहत शैक्षिक मेला’ आजबाट पोखरा, २७ भदौ । विग एफएमको प्रस्तुतिमा आजदेखि पोखरामा ‘वृहत शैक्षिक मेला’ शुरु हुँदैछ । वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्यूसन्सको आयोजनामा भएको मेला पोखरा सभागृहमा तीन दिनसम्म चल्नेछ । भदौ २९ गतेसम्म चल्ने मेला वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना भएको हो । शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलेज र विश्वविद्यालयहरुले सहभागिता जनाउँदैछन् । तीन दिने मेलामा विद्यार्थीहरुले एकै स्थानबाट थुप्रै कलेज तथा यूनिभर्सिटीको बारेमा जानकारी लिन सक्ने आयोजकले जनाएको छ । आयोजक संस्था वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले पटक पटक यस्तो अवसर नआउने भएकोले मेलामा विद्यार्थी र अभिभावकले एकचोटी सहभागिता जनाउन उचित हुने बताएका छन् । यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने लहर चलेको छ । र, त्यहि लहरमा धेरैजना नबुझि वैदेशिक अध्ययनमा जाँदा समस्यामा पनि पर्ने गरेका छन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको वान अपले बताएको छ । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने आयोजकले बताएको छ । तीन दिने मेला अवधीभर पोखरा सभागृहमा ३६ वटा स्टलबाट परामर्शदाताहरुले वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिनेछन् । त्यो सँगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुका लागि ‘हात खाली नजाने’ उपहार योजना पनि आयोजकले ल्याएको छ । त्यस्तै मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये लक्की ड्रमार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।
0 notes