#अभवदध
Explore tagged Tumblr posts
Photo
चिनियाँ नेतासँग सद्भाव अभिवृद्धि गर्न प्रधानमन्त्रीलाई सुझाव १० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको औपचारिक भ्रमण थाल्नुअघि पूर्वप्रधानमन्त्री तथा चीन मामिलाका विज्ञहरुसँग छलफल गरेका छन् । चीन भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री प्रचण्डले आफूले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ता र आपसी चासोका विषयमा उहाँको सरकारी निवासमा पूर्वप्रधानमन्त्री तथा विज्ञसँग सुझाव लिनुभएको हो । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री तथा विज्ञ तथा व्यवसायीलाई स्पष्ट पारिएको जानकारी दिए । चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् । सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री महतले दुई देशबीच सहयोगको क्षेत्र कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा नेपा��को तयारी पूरा भएको तर अहिले प्राविधिक कारणले सम्झौता भने नहुने बताए । दुई देशको कनेक्टिभिटी, कोदारी सडक, स्याफ्रुबेसी मार्ग र वन बेल्ट वन रोड लगायतका विषयमा छलफल हुने मन्त्री महतको भनाई छ । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई देशबीच सद्भाव अभिवृद्धि गर्न सम्पूर्णरुपले ध्यान केन्द्रित गर्नुहोस् भनेर आफूहरुले सुझाव दिएको प्रतिकृया दिए । उनले भने, ‘दुई देशबीच विकास र सहयोगका धेरै सम्भावना छन् । त्यो सम्भावनालाई ध्यानमा राखेर जानुपर्छ । यस बीचमा चिसिन खोजेको भ्रमणलाई न्यानो बनाउन सक्नुभयो भने सफल हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ बैठकमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी थिए । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अहिले चीन र भारतसँगको सम्बन्धमा विश्वासको कमी भएर गएकाले सद्भाव बढाउन सुझाव दिएको बताए । उनले भने, ‘विश्वासको सङ्कट हुन थालेको अवस्थामा यस्ता भ्रमणको मूल उद्देश्य विश्वास आर्जन गर्ने हो, सद्भाव बढाउने हो ।’ –रासस The post चिनियाँ नेतासँग सद्भाव अभिवृद्धि गर्न प्रधानमन्त्रीलाई सुझाव appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
अर्थतन्त्रको विकाससँगै लेखापरीक्षकको जिम्मेवारी अभिवृद्धि: राष्ट्रपति भण्डारी काठमाडौँ, १८ माघ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान जारी भएसँगै राजनीतिक सङ्क्रमणकालको अन्त्य भएकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्सहरुको प्रथम दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अबको प्राथमिकता मुलुकको द्रुततर आर्थिक सामाजिक रुपान्तरण भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रा प्राकृतिक, बौद्धिक, भौतिक साधन स्रोतको अत्यधिक परिचालन र बाह्य पुँजी, सीप र प्रविधिको यथोचित सदुपयोग गर्नु आजको प्रमुख आवश्यकता हो ।” व्यापार, उद्योगधन्दा, कलकारखाना र वित्तीय संस्थाको विस्तारबाट अर्थतन्त्रको विकास भएसँगै लेखापरीक्षकको जिम्मेवारी र भूमिका अभिवृद्धि हुने बताउँदै उहाँले पेसागत कर्तव्यपालना गर्ने क्रममा आउने बाधा र अड्चनलाई संस्थाको आचारसंहितामा रही निष्पक्षताका साथ पूरा गर्न कटिबद्ध रहनुपर्ने सुझाव दिनुभयो । राष्ट्रपति भण्डारीले पेसागत बफादारी, कर्तव्यपरायणता तथा जिम्मेवारी कायम गरी आफ्नो ज्ञान अनुभव सीप र दक्षतानुरुप समुदाय, समाज तथा ��ेशको हितका लागि कार्य गर्न आग्रह गर्नुभयो । उहाँले चार्टर्स एकाउन्टेन्ट्सले तयार पारेको आर्थिक प्रतिवेदनबाट बजेटका सामग्री तर्जुमा गर्न निर्णयलाई महत्वपूर्ण सघाउ पुग्ने भएकाले सरकारी तथा निजी क्षेत्रको आर्थिक अनुशासन र पारदर्शिता र उत्तरदायित्वमा एकाउन्टेन्ट्सको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले लेखा व्यवसायीको कार्यसम्पादनबाट संस्थागत आर्थिक अनुशासन कायम भई विश्वसनीय वित्तीय विवरण तयार भई राष्ट्रको अर्थव्यवस्था मजबुत हुने पनि बताउनुभयो । लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्न, लगानीको वातावरण बनाउन, राज्यको कर प्रशासनलाई पारदर्शी, चुस्त र परिपक्व बनाउन तथा व्यवसायसँग सम्बन्धित परामर्शका लागि सिएहरुको योगदान अतुलनीय रहनेमा राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले लेखा क्षेत्रमा थप प्रगतिका लागि व्यावसायिक इमान्दारीलाई सदैव ध्यान दिनुपर्ने बताउनुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले विश्वव्यापीकरणमा लेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेकाले विश्वसनीय बन्दै लेखा व्यवसायीको गरिमालाई उँचो बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले ती सय २९ सिएलाई दीक्षित गर्नुभएको थियो । नेपाल चार्टर्ड एकान्टेन्स संस्थाका अध्यक्ष महेश खानालले मुलुकमै पहिलो पटक भएको दीक्षान्त समारोहले लेखा व्यवसायको गरिमा बढाएको बताउनुभयो ।
0 notes
Photo
‘मानवीय सहयोगका लागि क्षमता अभिवृद्धि’ कार्यक्रम आजबाट सुरु काठमाडौँ, ६ असोज । विपद् व्यवस्थापनका लागि टोलटोलमा स्वयम्सेवक व्यवस्था गर्ने उद्देश्यसहित कारितास नेपालले ‘मानवीय सहयोगका लागि क्षमता अभिवृद्धि’ कार्यक्रम आजबाट सुरु गरेको छ । पन्ध्र जिल्लामा ८२० व्यक्तिलाई स्वयम्सेवक तालिम दिई उनीहरु बस्ने टोलमा स्वयम्सेवी समूह गठन गर्ने गरी कार्यक्रम अगाडी बढाएको संस्थाको विपद् व्यवस्थापन प्रबन्धक लक्ष्मी जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार सो कार्यक्रम कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, चितवन, महोत्तरी, सिन्धुली, धनुषा, सिन्धुपाल्चोक, उदयपुर र सप्तरीमा सञ्चालन गरिनेछ । भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपद्पछि तत्काल राहत तथा उद्धार गर्न स्वयम्सेवी समूहको परिचालन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गर्नु कार्यक्रमको लक्ष्य रहेको सो संस्थाले जनाएको छ । कार्यक्रमको अवधि दुई वर्ष रहेको कारितास नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर बोगटीले बताउनुभयो ।
0 notes