Tumgik
#करखततरफ
nepal123 · 8 years
Photo
Tumblr media
किसान व्यावसायिक रुपमा केराखेतीतर्फ आकर्षित बर्दिवास, ८ चैत । महोत्तरीको उत्तरी क्षेत्रका किसान व्यावसायिक रुपमा केराखेतीतर्फ आकर्षित भएका छन् । बर्दिबास नगरपालिकाका पूmलबारीटोल, पशुपतिनगर, भङ्गाहा गाउँपालिकाका बिर्तापलार, रामनगर, हतिसर्वा र सिङ्ग्याहीका कम जग्गामा मनग्य आम्दानी गर्न व्यावसायिक रुपमा उन्नत जातको केराखेती गर्न आकर्षित भएका हुन् । परम्परागत रुपमा लगाइँदै आएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायत जातका केराका ठाउँमा किसानले रोवेष्ट्रा र उन्नत मालभोग जातको केराखेती गर्न थालेका छन् । सानो रुख, धेरै केरा फल्ने भएका कारण रोवेष्ट्रा जातको केरा किसानको रोजाइमा पर्ने गरेको छ । पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका भङ्गाहा गाउँपालिका रामनगर बस्तीका सत्यनारायण यादव १० कट्ठा जग्गामा लगाएको केराबाट बर्सेनि रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ । सानो रुख हुनाले ढल्ने सम्भावना कम हुने, बजारमा माग बढी रहेको र रोपेको नौ महिनामा नै उत्पादन लिन सकिने भएकाले रोवेष्ट्रा केरा उपयुक्त भएको उहाँको भनाइ छ । एकपटक लगाएको केराले पाँच वर्षसम्म उत्पादन दिन्छ । केरा तरकारीका समेत प्रयोग गरिन्छ । सरकारी सेवाबाट अवकाश लिनुभएका हतिसर्वाको सग्रामपुरका किसान जासर यादव व्यावसायिक केराखेतीका लागि जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । बर्सेनि रोगका कारण केराखेतीबाट नोक्सानी व्यहोर्नु परिरहेको उहाँको भनाइ छ । सल्लाह, अनुगमन र उपचार सेवाका लागि जिल्ला कृषि कार्यालयको कृषि सेवा केन्द्र र उपकेन्द्र भए पनि ती कार्यालयबाट नियमित अनुगमन नभएको यादवको गुनासो छ । “सल्लाह सुझावका लागि खोज्दा कर्मचारीको अत्तोपत्तो हुन्न,” उहाँले भन्नुभयो । खेतीको प्रविधि सिकाउन, उत्पादन भण्डारणको समुचित प्रबन्ध मिलाउन र बजार व्यवस्थापनमा सहयोग पु¥याउन जिल्ला कृषि विकास कार्यालयलाई उहाँले आग्रह गर्नुभयो । कार्यालयबाट प्रवाहित हुने खेतीसम्बन्धी सबै सहयोगका लागि तयार रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत बेचनप्रसाद साहले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिले ५०० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ ।
0 notes