#नरमणम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
महिला क्षमतालाई राष्ट्र निर्माणमा लगाउनु आजको आवश्यकता -देउवा २५ फागुन,काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले महिला दिवसको सन्दर्भमा आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका महिला दिदी बहिनीको सुख शान्ति समृद्धिको एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । ‘जनसङ्ख्याको झन्डै आधाभन्दा बढी भाग ओगटेको महिलालाई हरेक निकायमा संलग्न गराई उनीहरुको क्षमतालाई राष्ट्र निर्माणमा लगाउनु आजको आवश्यकता हो’ सन्देशमा भनिएको छ । उनले आफ्नो पार्टीले हरेक संरचनामा महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै पदीय जिम्मेवारीमा महिलालाई लगी मुलुकमा रहेको लैङ्गिक भेद्भावलाई हटाउनु पर्दछ भन्ने आफ्नो मान्यता रहेको सन्देशमा उल्लेख छ । रासस The post महिला क्षमतालाई राष्ट्र निर्माणमा लगाउनु आजको आवश्यकता -देउवा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
देश विकासमा कर्मठ जनशक्ति र नीति निर्माणमा चुस्तताको अभाव छ–प्रधानमन्त्री दाहाल ललितपुर, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र विकासको मूल मेरुदण्डका रुपमा रहेका युवालाई समयसापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, राष्ट्रिय एकता र विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताउनुभएको छ । राष्ट्रिय सेवाद्वारा सञ्चालित १२ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कबाज समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “युवा पलायनलाई रोक्नसके राष्ट्र विकासका लागि पर्याप्त जनशक्ति निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।” सामान्य विपद्का बेलादेखि ठूलास्तरका प्राकृतिक विपत्ति, दुर्घटनालगायतमा समेत सेवा दलबाट तालिम प्राप्त व्यक्तिले अमूल्य योगदान दिनसक्ने जनाउँदै प्रधानमन्त्री दाहालले नेपालजस्तो विपद्को उच्च जोखिममा रहेको देशका लागि यो तालिमको अपरिहार्यता झनै बढेको छ भन्नुभयो । आफूले सो तालिम लिएको स्मरण गर्दै उहाँले युवावस्थाको जोश, जाँगर र उत्साहलाई अनुशासन र देशभक्तिको मार्गमा डोे¥याउन उक्त तालिमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कडा परिश्रम, लगनशील र उत्सुकताका साथ तालिममा सिकेका सैनिक तथा विविध व्यावहारिक ज्ञानले एक अनुशासित र कर्मठ देशभक्त नागरिकको रुपमा कार्य गर्न फलदायी भएको विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो–“भविष्यमा समाजको सफल नेतृत्वकर्ताका रुपमा स्थापित भएको देख्न पाएमा नेपाल सरकार, नेपाली सेना र राष्ट्रिय सेवा दलको पहलकदमी सार्थक भएको ठहरिनेछ ।” अहिलेको मुलुकको विकासका लागि खड्किएको मुख्य दुई समस्याका रुपमा आफूले नीति निर्माणमा चुस्तताको अभाव र देशका लागि काम गर्ने कर्मठ जनशक्तिको न्यूनता देखेको बताउँदै उहाँले भन्नुभयो– “शिक्षित जनशक्ति विदेश पलायन हुने तथा अर्धशिक्षित जनशक्ति नीति निर्माण तहमा पहँुच राख्न नसक्ने हुँदा अथाह सम्भावनाका बाबजुद पनि मुलुकले विकासमा फड्को मार्न सकेको छैन ।” राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षत्रीले युवा जनशक्तिलाई राष्ट्र, राष्ट्रियता, अनुशासन, देशभक्तप्रति प्रतिबद्ध तुल्याउँदै नेतृत्व विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सङ्गठनले सञ्चालन गर्दै आएको तालिमबाट हालसम्म २६ हजार ८०० छात्रछात्रा लाभान्वित भएको जानकारी दिनुभयो । ‘��नुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आर्दश लिएर २०२२ कात्तिकमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । सेवा दलले पछिल्लो समय मुलुकका ६६ जिल्लाका ९० विद्यालयका छात्रछात्रालाई सय दिनको तालिम प्रदान गर्दै आएको छ । यस वर्षमात्र सेवा दलले विद्यालयस्तरका तीन हजार ५६५ र उच्चमाध्यामिकस्तरका ४३५ जनालाई तालिम प्रदान गरेको जनाइएको छ । सेवा दलले नवलपरासी, सुनसरी र बाँकेमा छात्रछात्राका लागि २१ दिने ामूहिक नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्दै आएको छ । आजको दीक्षान्त समारोहमा उपत्यकाका नौ विद्यालयका छात्रछात्राको सहभागिता थियो । सैनिक नागरिकबीचको सम्बन्ध विस्तारको एउटा शृङ्खला र कडीको यो तालिमलाई हेरिँदै आएको छ । युवा पुस्तामा राष्ट्रिय सेवा दलद्वारा प्रदान गर्ने तालिमको लोकप्रियता र माग बढेकाले आगामी दिनमा मुलुकका ७५ जिल्लामा विस्तार गरिने सो अवसरमा जानकारी दिइयो । सेवा दलले उक्त तालिममा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई युवा आदानप्रदान कार्यक्रममार्फत भारत, बङ्गलादेश र श्रीलङ्का पठाउने गरेको जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले समारोहमा तालिममा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई दज्र्यानी चिन्ह्र प्राप्त गर्नुका साथै पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । समारोहमा नेपालको भौगोलिक र सांस्कृतिक विविधता झल्कने गीत सङ्गीत र कला प्रस्तुत गरियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
तमोर नदीको मोटरेबल पुल निर्माणमा ढिलाइ ताप्लेजुङ, ५ फागुन । ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदी माथिको मोटरेबल पुल यो वर्ष पनि बन्ने छाँट देखिएको छैन । नदीको सतह घटेका बेला गर्नुपर्ने कामको सुरुवात अझै भएको छैन । निर्माण सम्झौता भएको पाँच वर्षपछि वर्षात्को समयमा कामले गति लिँदै गर्दा निर्माणकै क्रममा गत वर्षको असार अन्तिममा आएको बाढीले पुल बगाएको थियो । अढाई वर्षभित्रै सक्ने गरी २०६६ मङ्सिर ८ गते निर्माणको जिम्मा सरकारले कनकाई मैना चुलीयाक्थुङ्हाङ कम्पनीलाई दिएको थियो । प्राविधिक समस्या देखाउँदै २०७३ असोज १५ गते सम्म म्याद थप गरिएको थियो । सम्झौताअनुसार समयमै पुल बनेको भए जिल्लावासीको सपना पहिल्यै पूरा हुन्थ्यो । तर वर्षात्को समयमा बल्लतल्ल काम थालिँदा बाढीले पुल नै बगाएपछि जिल्लावासीमा निरासा छाएको छ । फेरि काम थाली हाल्ने हल्ला त्यही बेला चलेको थियो तर थप गरिएको म्याद पनि गत असोज १५ मा नै सकिएर चार महिना बितिसक्दा समेत यहाँ देखिने काम सुरु नहुँदा अब पुल नै बन्दैन भन्नेको सङ्ख्या बढ्दै गएको छ । तर आगामी वैशाखभित्रै पुल बनिसक्ने ठेकेदार कम्पनीले दाबी गरिरहेको छ । विगतमा हुलास कम्पनीले समयमै निर्माण सामग्री उपलब्ध नगराएको बताउने कम्पनीले फागुनभित्रै निर्माणस्थलमा सामान झारिसक्ने र त्यसपछिको दुई अढाई महिनाको अवधिमा काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीका रामप्रसाद मैनालीले यो महिनाभित्रै सामान भित्र्याइ सक्ने र वैशाखदेखि जेठ लाग्दासम्ममा निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले काम धमाधम भइरहेको बताउनुभयो । मैनालीले अहिले सामान तयार गर्ने र ढुवानीका लागि आवश्यक काम भइरहेको ��ानकारी दिनुभयो । उहाँका अनुसार कतिपय सामान भारतबाट ल्याउनुपर्ने र यसका लागि पनि प्रक्रिया लामो हुने भएकाले थप गरिएको म्यादभित्रै काम नभएको हो । यसको रेखदेख गर्ने सरकारी निकाय मूलघाट दोभान ओलाङ्चुङगोला सडक आयोजना प्रमुख कुवेर नेपालीले राससलाई दिएको जानकारी अनुसार सामान खरिदको जिम्मा पाएको हुलास कम्पनीले करिब ८० प्रतिशत सामान तयार गरेको छ भने ती सामान तत्काल नै निर्माणस्थलमा ढुवानी गर्ने तयारी भइसकेको छ । उहाँले भन्नुभयो – “गत वर्षको बाढीले पुल बगाउँदा ताप्लेजुङ निकैपछि प¥यो तर यो वर्ष हामीले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सक्दो ताकेता गरेका छौँ । वैशाखसम्ममा काम सक्ने गरी सबै पक्षबाट पहल भइरहेको छ ।” फागुनभित्रै पुलका सामान ढुवानी गरी काम सुरु गर्ने गरी पछिल्लो पटक सहमति भए अनुसार नै अहिले आवश्यक काम भइरहेको बताइएको छ । यता पुल निर्माणका लागि अग्रसर क्षेत्र नम्बर २ का सांसद डम्बरध्वज तुम्बाहाम्फेले पनि अब चाँडै पुल निर्माण हुनेमा ढुक्क हुन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । तर झन्डै सात वर्ष बित्न लाग्दा पनि निर्माण नभएको पुल दुई अढाई महिनामा बन्छ भन्नेमा यहाँका सर्वसाधारण भने विश्वस्त देखिएका छैनन् । दोभान घर भएका मानबहादुर मोक्तानले भन्नुभयो– “अब पुल बन्छ भन्ने कुनै आशा छैन । यदि बनिहाल्ने भए पनि गत वर्षकै हालत दोहोरिने देखिन्छ,” उहाँले थप्नुभयो – “समयमै काम सुरु गर्नु पथ्र्यो अझै काम भएको छैन । अब पनि वर्षात्को समयमा काम सुरु भयो भने हामी काम गर्न दिदैनौँ किनकि पुल बनाउने निहुँमा राज्यको सम्पत्ति फेरि खोलामा बगेको देख्न मन छैन ।” गर्मी सुरु भएसँगै हिउँ बिलाउन थाल्ने र खोलो क्रमिकरुपमा बढ्ने उहाँको तर्क छ । यस्तै नजिकै रहेको चाँगे गाविस निवासी उदय लिम्बूको भनाइ पनि उस्तै छ । लिम्बू भन्नुहुन्छ – “नदीमा गरिने काम बर्खा लागेपछि सम्भव देखिँदैन । गत वर्षकै क्षतिबाट सजग हुनुपर्ने हो, तर यो वर्ष पनि बर्खामै काम सुरु गरेर त्यही गति दोहोरिने देखिन्छ ।” यता ताप्लेजुङ नगरपालिका–१ का नवीन गुरागाईले भन्नुभयो – “गत वर्ष नाकाबन्दीलाई देखाएर निर्माण पक्ष पन्छिँदा पुल निर्माण नभएको हो । यो वर्ष पनि पुल बन्ने छाँट देखिएन ।” गत सालको बाढीले पुलको टेकालगायतका सामग्री बगाउँदा रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको थियो । ती सामान अझै पनि नदीभित्रै यत्रतत्र छरिएर रहेका छन् । जिल्लाका २३ गाविस जोड्ने पुल नबन्दा क्षेत्र नम्बर २ का बासिन्दा दोभान बजारबाट भारी ओसारेर खान बाध्य छन् । यो पुल बने ताप्लेजुङ क्षेत्र नम्बर २ का २३ गाविस सडक सञ्जालसँग जोडिने छन् र स्थानीय जनताको दोभानबाट भारी ओसारेर जीविकोपार्जन गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । यस्त��, ताप्लेजुङ सदरमुकामसँग जोडिएको दोभान, सङ्खुवासभाको गुफापोखरी, तेह्रथुमको वसन्तपुर हुँदै धरान धनकुटा सिधा यातायात सञ्चालन हुने थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
एकीकृत बस्ती निर्माणमा रकम नपुग्दा निराश भएका धुर्मुसलाई थप ८८ हजार सहयोग जुट्यो गौशाला, ४ फागुन- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मङ्गलबार एक कार्यक्रमबीच धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ८८ हजार सहयोग गरिएको छ । महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन लागेको धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मङ्गलबार साँझ जलेश्वर आएको बेला स्थानीयवासीले भव्य स्वागत गर्दै रु ८८ हजार सहयोग गरेका थिए । जलेश्वर उद्योग वाणिज्य सङ्घ जलेश्वरको सभाहलका आयोजित स्थानीय बुद्धिजीवी, समाजसेवी र अगुवासँगको भेटघाटमा फाउन्डेसनलाई तत्काल भेटघाटमा उपस्थित व्यक्तिले आफूसँग रहेको रकम मुुसहर बस्ती निर्माणका लागि सहयोग गरेका थिए । सो कार्यक्रममा जलेश्वरका युवा एवम् एडभान्स बोर्डिङ स्कुल सञ्चालक लवराजा सिंहले रु ५१ हजार, स्थानीय व्यपारी सुरेन्द्र साहले रु ११ हजार, जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले रु पाँचहजार पाँचसय, नेपाली काँग्रेसका नेता बजरङ्ग नेपालीले रु पाँच हजार पाँचसय, स्थानीय व्यापारी फुलबाबु साहले रु पाँच हजार, राराब क्याम्पस जनकपुरका प्रा जुगेश्वर साहले रु पाँच हजार र पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष ईश्वरी पौडेलले रु पाँच हजार सहयोग गरेका थिए । धुर्मुस–सुन्तलीको मुसहर बस्ती निर्माण निक्कै सराहनीय भएको र उहाँहरुको कार्यको निक्कै प्रशंसा गर्दै जलेश्वरवासीले आउँदा दिनमा सो फाउन्डेसनमा बढीभन्दा बढी सहयोग जम्मा गर्न सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
स्याङजाको साल्मेडाँडामा गोर्खा स्मारक निर्माणमा सहयोग गर्न संघ संस्थाका अध्यक्षहरुका आव्हान पोखरा, १२ माघ- स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं. ८ रामकोट साल्मेडाडामा निर्माण भईरहेको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न अत्यन्तै प्रभावशाली संघ संस्थाका अध्यक्षहरुले आव्हान गरेका छन् । साल्मे डाडामा निर्माण भइरहेको स्मारकको अवलोकनको क्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, संस्थापक अध्यक्ष मिनप्रसाद तमु, एनआरएन युकेका अध्यक्ष मुछेत्र तमु, सहारा युकेका अध्यक्ष मिनबहादुर तमु, सहारा युकेका प्रमुख सल्लाहकार महेस तमु, नेवा खल कास्कीका अध्यक्ष एवं शिक्षासेवी अशोक पालिखेले स्मारक गोर्खाजको मात्रै नभई राष्ट्रकै गौरब निर्माण हुने भएकाले सहयोगको आव्हान गर । एनआरएन युकेका अध्यक्ष मुक्षेत्र तमुले १ लाख, तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुले १ लाख, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले १ लाख, तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुले ५० हजार, सहारा युकेका अध्यक्ष मिनबहादुर तमुले ५० हजार, सहारा युकेका प्रमुख सल्लाहकार सामाजिक अभियन्ता महेस तमुले ५० हजार, साहारा एफ सी युकेका अध्यक्ष ले.कुसाङ तर्मुले ५० हजार सहयोग पनि गरेका छन् । कार्यक्रममा पहिलो पटक गोर्खा स्मारक स्थलमा पुग्नु भएकी तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आफु पनि गोर्खा सैनिक संघ गेसो संस्थापक सदस्य भएको खुलासा गर्दै गोर्खा स्मारक निर्माणका लागि सबैलाई सहयोग गर्न आग्रह गरिन् । तमु धिं यकेका अध्यक्ष ज्ञाम तमुले अत्यन्तै उत्कृष्ठ ठाउमा गोर्खाजको पुण्यस्थल निर्माण भइरहेको खुशी व्यक्त गर्दै नेपाल चिनाउने सगरमाया, बुद्ध र बीर गोर्खाहरु हो तिनै गोर्खाको स्मारक निर्माण सम्पन्न गराउन सरकारका साथै सबैलाई सहयोग गर्न आग्रह गरे । तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुले अत्यन्तै रमणीय स्थलमा राम्रो कामको थालनी भएकाले सबैको सहयोगको जरुरी रहेको बताए । एनआरएन युकेका अध्यक्ष मुक्षेत्र तमुले अत्यन्तै राम्रो कार्यको थालनी भएको उल्लेख गरे । बेलायती साम्राज्यको पक्षमा विश्व युद्धहरु लगायतको विभिन��न लडाइहरुमा मारिएका, हराईरहेका एक लाख बीस हजार भन्दा बढी गोर्खा पितृहरुको समाधिस्थल, संग्रहालय, गोर्खा ग्राम, गोर्खा टावर, रेल, गोर्खा पार्कसमेतको महत्वकांक्षा योजनाका साथ निर्माण भईरहेको छ भने गोर्खा स्मारक अन्र्तगतको पहिलो चरणको समाधिको निर्माण अन्तिम चरणमा पुगेको गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर तमुले जानकारी दिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मुसहर बस्ती निर्माणमा रकम जोहो गर्न धुर्मुस र सुन्तली अष्ट्रेलियामा, सिड्नीमा उठ्याे साढे १७ लाख माघ १० गते– हाँस्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली यतिबेला अष्ट्रेलियामा छन् । धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीमा निर्माण गर्दै गरेको एकीकृत मुसहर बस्तीका लागि रकमको जोहो गर्न उनीहरु अष्ट्रेलिया पुगेका हुन् । अष्ट्रेलियाको सिड्नीमा शनिबार उनीहरुले धुर्मुस सुन्तली साँझ कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गरे । हर्स्टभीलस्थित मरना अडिटोरियममा गज्जबको इभेन्टको संयोजनमा भएको कार्यक्रमबाट मात्रै करिब साढे १७ लाख रुपैयाँ संकलन भएको छ । मुसहर बस्ती निर्माणकै लागि आउँदो जनवरी २९ मा मेलबर्न र फेब्रुअरी ४ तारिखमा ब्रिसबेनमा यस्तैखाले कार्यक्रम आयोजना हुँदैछ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कर्णाली प्रदेशको समृद्धिका लागि उत्तर–दक्षिण लोकमार्ग निर्माणमा जोड दिने जुम्ला, ८ माघ- नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेश कर्णालीका इञ्चार्ज शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशको समृद्धिका लागि उत्तर–दक्षिण लोकमार्ग निर्माणमा जोड दिने बताउनुभएको छ । प्रेस सेन्टर जुम्लाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा इञ्चार्ज बस्नेतले नाक्चेलाग्ना–मुगु–गमगढी–जुम्ला–जाजरकोट–दाङ–बाँके जोड्ने लोकमार्गलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइने जनाउनुभयो । उहाँले भन्नुभयो, “मानसरोवर समेत जोड्ने परिकल्पनाबाट आयोजना सम्पन्न गर्न सकिएमा जुम्ला कर्णालीको आधार शिविर बन्छ, साथै पूर्व–पश्चिम राजमार्गलाई रारातालसम्म पुग्नका लागि ६÷७ घन्टामा सीमित गर्न सकिन्छ ।” त्यसका लागि टनेल मार्गका रुपमा पनि यसलाई निर्माण गर्न पहल गरिने उहाँले बताउनुभयो । पूर्व गृहमन्त्री समेत रहनुभएका इञ्चार्ज बस्नेतले मुलुक परिवर्तनको विभिन्न कालखण्डमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक तथा सामाजिक परिवर्तन हुन नसकेको बताउनुभयो । “अब हामी विगतका सबै कुराको योगमा समीक्षा गर्छौं र त्यसबाट शिक्षा लिएर मुलुक समृद्धिको कोर्समा लाग्छौँ,” उहाँले भन्नुभयो । वर्तमान संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीता माओवादी एजेन्डा भएको जनाउँदै उहाँले माओवादी मार्ग चित्रमा देश अघि बढिरहेको दाबी गर्नुभयो । स्थानीय तहको निर्वाचन कहिले भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, सरकारले स्थानीय तहको चुनाव जेठसम्म गर्छ । प्रदेश र केन्द्रको चुनाव २०७४ माघसम्म गर्ने सरकारले लक्ष्य लिएको पनि उहाँले बताउनुभयो । यसमा स्थानीय तहले २२ वटा अधिकार सम्पादन गर्नसक्ने बनाएको उहाँले बताउनुभयो । स्थानीय तहको स्वरुप कस्तो हुने भन्ने विषयमा सङ्ख्या तथा सीमा निर्धारण आयोगको प्रतिवेदनले प्रष्ट्याउने जानकारी दिँदै भर्खरै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोगको प्रतिवेदन बुझेको उहाँको भनाइ थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग दमक, २ माघ- राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधन मार्फत आफ्ना माग पूरा गराउन दबाब दिन थालेका हुन् । वैश्यहरुको मागलाई संविधानमा समेट्नका लागि दबाब दिन महासङ्घको युवा टोलीले मेची–महाकाली वैश्य पहिचान अभियानको यहाँबाट आरम्भ गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका केन्द्रीय महासचिव राजीव शाहले नेपालमा रहेका सबै वैश्य व्यवसायी भएको र राजनीतिक दललाई आफूहरुले सहयोग गरे पनि आफ्नो पहिचानलाई ख्याल नगरेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा महासङ्घका कोषाध्यक्ष श्यामनारायण शाहले २५ जाति रहेको वैश्य समाजको राजनीतिमा पहँुच ��ढाउन आवश्यक भएको बताउनुभयो । नेपालमा वैश्य समुदाय करिब ३० लाखको हाराहारीमा रहेको बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको ठूलो भूमिका छ–प्रधानमन्त्री दाहाल काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको निकै ठूलो भूमिका रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको र प्रेसको सकारात्मक भूमिका भएकै कारण शान्ति र संविधान लेखन प्रक्रिया टुङ्गोमा पु¥याउन सफल भएको उल्लेख गर्नुभयो । नेपाल राजनीतिक ��ङ्क्रमणको अन्तिम चरणमा रहेको भन्दै उहाँले नेपालको संविधानअनुरुप पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले २१ औँ शताब्दी सूचना र प्रविधिको युग भएको हुँदा सूचना र प्रविधिको विकासले विश्व जगत्मै महत्वपूर्ण परिवर्तन ल्याएको धारणा राख्नुभयो । सो अवसरमा भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री र प्रेस काउन्सिलका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।
0 notes
nepal123 · 9 years ago
Text
नेपाली सेना जलविद्युत् निर्माणमा लाग्दै  
२९ मंसिर, काठमाडौं । नेपाली सेना पहिलो पटक जलविद्युत् ��त्पादनमा लाग्ने भएको छ । सेनाले रोल्पाको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
विद्यालय भवन निर्माणमा अनियमितता  
२० मंसिर, जाजरकोट । एक वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुन्मा–३ जाजरकोटस्थित विजय मावि काफल चौरको चारकोठे भवन अलपत्र परेको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
चकलेट खुवाउँदै ‘चकलेट’को प्रमोशन, भवन निर्माणमा सहयोग आउन सुरु  
मंसिर १८ गतेबाट प्रदर्शनमा आउनका लागि तयार भएको चलचित्र ‘चकलेट’को प्रचारमा चकलेटकै प्रयोग गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नायिका तथा  निर्मात्री पूजना प्रधानले चकलेट बाढ्दै पत्रकार तथा पाहुनाको स्वागत गरिन् । चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
नाकाबन्दीले ‘गणतन्त्र स्मारक’ निर्माणमा अवरोध  
८ मंसिर, काठमाडौं । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले कच्चापदार्थको अभाव भएपछि नारायणहिटी परिसरमा बन्दै गरेको गणतन्त्र स्मारक निर्माणको काम रोकिएको छ । (more…)
View On WordPress
0 notes