#जलवदयत
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
म्याग्दीका स्थानीयवासीको लगानीमा २५ मेगावाट जलविद्युत् आयोजना बेनी (म्याग्दी), १४ वैशाख । स्थानीयवासीको लगानीमा जिल्लामा २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । स्वदेश तथा विदेशमा रहेका जिल्लावासीको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको सो आयोजना निर्माण कम्पनी दरवाङ कालिका हाइड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो । म्याग्दीवासीको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले जलविद्युत् आयोजना अगाडी बढाइएको कुँवरको भनाइ छ । कोरियामा रहेका म्याग्दीका बासिन्दाले लगानीको प्रतिबद्धता जनाएका छन् भने अन्य मुलुकमा रहेका यहाँका बासिन्दा समेत सो आयोजनामा लागानी गर्न इच्छुक देखिएका कुँवरले बताउनुभयो । मालिका गाउँपालिकाअन्तर्गत पर्ने सो आयोजनास्थलको माटोको जाँच प्रक्रिया समेत अगाडी बढाइएको छ । आयोजनालाई आवश्यकताअनुसारको सहयोग गर्ने प्रभावित क्षेत्रका बासिन्दाले प्रतिबद्धता जनाएका छन् । ‘रन अफ द रिभर’ प्रकृतिको दरबाङ–म्याग्दीखोला आयोजना दरबाङदेखि दुई किलोमिटर माथि देवीस्थान र ताकम धारापानी जाने भेदीखोालमा बाँध बाँधेर पाँच किलोमिटर टनेलहुँदै दरबाङ र बाबियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुङ्गामा १०० मिटर अग्लो बाँध निर्माण गरिनेछ । सो आयोजनाको प्रारम्भिक कुल लागत रु तीन अर्ब ९३ करोड रहेको छ । सेयरबाट सङ्कलन भएको रकमबाहेक बैंकबाट कर्जा लिएर आयोजना निर्माण गरिने बताइएको छ । The post म्याग्दीका स्थानीयवासीको लगानीमा २५ मेगावाट जलविद्युत् आयोजना appeared first on Etajakhabar.
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
ब्रह्मपुत्र पर चीन की जलविद्युत कंपनी ने पहले बहाव क्षेत्र की योजना बनाई https://tinyurl.com/y4l4oune #brahmaputra #china #great_bend #hydropower_company #hydropower_porjects #hydropower_project #powerchina #tibet #tibet_autonomous_region #yarlung_zangbo #क #कपन #कषतर #चन #जलवदयत #न #पर #पहल #बनई #बरहमपतर #बहव #यजन
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
‘हाइड्रो भिलेज’ नारच्याङमा १० जलविद्युत् आयोजना म्याग्दी, १० वैशाख । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै ‘हाइड्रो भिलेज’का रुपमा चिनिन थालेको छ । नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ सालदेखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लामै जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । जलस्रोतको अथाह भण्डार भएको यस गाउँमा निर्माण सम्पन्न भएको एक आयोजनासहित १० वटा जलविद्युत् आयोजना भित्रिएको नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले बताउनुभयो । अन्नपूर्ण दक्षिणबाट बग्ने घलेम्दी, नीलगिरि हिमालबाट बाग्ने नीलगिरि अर्थात् मिस्ती र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै करिब दुई सय ९० मेगावाट क्षमताका १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् । “अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजना निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै यस नारच्याङलाई ‘हाइड्रो भिलेज’मा परिणत गराउने सम्भावना बढेको छ,” जलसरोकार समितिका सदस्य गुरुङले भन्नुभयो । अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजनामध्ये पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला आयोजनाले धमाधम पूर्वाधार निर्माण गरिरहेका छन् । त्यसैगरी, ३८ मेगावाटको नीलगिरि, ६२ मेगावाटको नीलगिरि क्यास्केट, १० मेगावाटको रेले खोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सकेको नारच्याङ जलसरोकार समितिले जनाएको छ । नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा रहेका छन् । अनुमतिपत्र खारेजीमा परेको एक सय ६५ मेगावाट क्षमताको कालीगण्डकी गर्जको विस्तृत सर्भेक्षणको काम सकिएको र करिब तीन सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएकाले उक्त आयोजनासमेत लगानीकर्ताको खोजीमा रहेको बुझिएको छ । जलविद्युत् आयोजनाको आगमनसँगै गाउँको सामाजिक र भौतिक पूर्वाधार विकासले समेत गति लिएको अनुभव गरिँदै छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीका साथै अन्य सहायक खोलानालालाई विद्युत्का लागि उपयोग गर्दै सिङ्गो जिल्लालाई मुलुककै ‘हाइड्रो हब’ बनाउने सङ्कल्प यहाँका स्थानीय निकाय र जनताले गरिसकेका छन् । नारच्याङमा दर्ता भएका जलविद्युत् आयोजनाले अहिले धमाधम काम गर्न थालेपछि जिल्लाभर यसले सकारात्मक सञ्चार गराएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सय २० केभी क्षमताको सबस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरिएपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर लामो समयदेखि आयोजना दर्तामै थन्किनु परेको थियो । जलविद्युत् आयोजनाको ‘हब’ रहेको करिब चार सय ८० घरधुरीको बसोबास रहेको नारच्याङमा अहिले सर्वसाधारण नागरिक फुर्सदमा देखिन छाडेका छन् । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेकोे घलेम्दीखोला जलविद्युत् आयोजनामा अहिले करिब ९० जनाभन्दा बढी स्थानीयवासीले रोजगारी पाएका छन् । आयोजनाको सुरुङ मार्ग, बाँध निर्माणलगायत आयोजनाका लागि आवश्यक पर्ने जनशक्ति स्थानीयस्तरमा उपलब्ध भए उनीहरुलाई नै अवसर दिने नीतिले समेत नारच्याङमा स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना भइरहेका छन् । यस गाउँबाट रोजगारीक��� लागि गाउँमा अवसर नपाएर बिदेसिनुपर्ने बाध्यताको अन्त्य भएको छ । घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले आयोजनामा सीप नभएकालाई पनि अन्य व्यक्तिबाट सीप सिकेर क्षमताअनुसारको काम गर्ने अवसर दिइएको बताउनुभयो । नारच्याङ गाविसका जनताले आयोजनामा करिब रु एक करोडको सेयर लगानी पनि गरेका छन् । उपल्लो नारच्याङको लेकगाउँका अधिकांश घरधुरीबाट आयोजनामा लगानी भएको छ । नारच्याङमा घलेम्दीसँगै रोबस्ट इनर्जी कम्पनीले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत् आयोजनासमेत निर्माण चरणमा प्रवेश गरेपछि नारच्याङमा जलविद्युत् आयोजनाको चहलपहल झनै बढेको छ । आयोजनामा काम गर्ने कामदार र लगानीकर्ताको आवतजावत यहाँ बढ्न थालेको छ । जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि सडक, पुल लगायतका भौतिक विकास निर्माणलाई समेत अगाडि बढाइँदा यसले स्थानीयवासीलाई प्रत्यक्षरुपमा सहजता समेत प्रदान गरेको छ । जलविद्युत् आयोजनाले स्थानीयवासीलाई रोजगारी र लगानीका अवसर सिर्जना गर्ने तथा दीर्घकालीनरुपमा समेत यसले गाउँको विकासमा सघाउने भएकाले स्थानीयस्तरबाट समेत जलविद्युत्को विकासका लागि आवश्यक वातावरण तयार गर्ने काम भइरहेको स्थानीय युवा अर्जुन मगर बताउनुहुन्छ । नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले रोजगारी र लगानीको अवसर मात्रै नभई स्थानीय विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने, विकास निर्माणका पूर्वाधार निर्माण गर्नेजस्ता सामाजिक काममा गाउँलेलाई प्रत्यक्ष राहत मिलेको छ । The post ‘हाइड्रो भिलेज’ नारच्याङमा १० जलविद्युत् आयोजना appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बाढीले जलविद्युत् आयोजना ठप्प तेह्रथुम, ९ वैशाख । वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडकखण्डसमेत अवरुद्ध भएको छ । बुधबार साँझ परेको पानीले यहाँको २२ किलोवाट क्षमताको अमलेबेँसी लघु जलविद्युत् आयोजनाको १०० मि कुलो बगाएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताउनुभयो । यस्तै १७ किलोवाट क्षमताको फलामसाँघु लघु जलविद्युत् र २९ किलोवाट क्षमताको कोया खोला तेस्रो लघु जलविद्युत् आयोजनाको समेत कुलो बगाएपछि विद्युत् उत्पादन ठप्प भएको छ । केन्द्रीय प्रसारण लाइन नपुगेको र जलविद्युत् आयोजनाको समेत उत्पादन ठप्प भएपछि खाम्लालुङ र सम्दुका बासिन्दा दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादन बन्द भएपछि यहाँ सञ्चालित करिब एक दर्जन मिलसमेत ठप्प बनेका छन् । यस पटक वैशाखको पहिलो साता नै आएको बाढीले २०६५ सालपछिकै सबैभन्दा ठूलो क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । बाढीले खुङ्ग्रिङ खोलाको आसपास सडक क्षति गरेपछि सडक अवरुद्ध बनेको हो । स्थानीय उपभोक्ताले आफ्नै अगुवाइ र लगानी समेतमा बनाएका आयोजना मर्मत गर्नका लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । The post बाढीले जलविद्युत् आयोजना ठप्प appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै काठमाडौँ, ३ वैशाख । नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो ।पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथितानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ । छिमकी राष्ट्र चीनमा यस प्रकारका आयोजना बढी सञ्चालनमा छन् । लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब एक सयदेखि तीन सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बेगनास माथिल्लो र रुपा तल्लो तहमा पर्छ । विद्युत्को अध्याधिक माग हुने साँझको समयमा करिब चार घन्टा चलाउन मिल्ने गरी पिक स्टोरेज बनाउने प्रस्ताव प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडि सार्नुभएको हो । आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत् माग पूरा गर्ने ब्याट्रिकोरुपमा काम गर्ने प्राधिकरणको विश्वास छ । सरकारले गत साल फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कटकाल तथा कार्यान्वयन दशकसम्बन्धी अवधारणामा समेत पम्प स्टोरेज ��योजनालाई अगाडि बढाउने विषय समावेश गरेको थियो । विसं २०७५ असारमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणपछि पनि पिक आपरको विद्युत् मागलाई पूरा गर्न गाह्रो हुने र ऊर्जाको विविधिकरणका लागि प्राधिकरणले पिक स्टोरेज निर्माण योजना अगाडि बढाएको कार्यकारी निर��देशक घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार, बेगनास र रुपा तालबीचमा रहेको ५७ मिटर लामो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिने छ । कार्यकारी निर्देशक घिसिङले पम्प स्टोरेज आयोजना निर्माणका लागि अध्ययन भइरहेको र छिट्टै निष्कर्षमा पुगिने जानकारी दिनुभयो । बेगनास तालको सञ्चित पानी त्यहीको प्राकृतिक बाँधमा प्रयोग गरी रुपा तालमा खसाएर विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ‘‘रुपा तालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनास तालमै खसालिने छ ।” रुपा तालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुबै तालको हालको प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थितिलाई कुनै पनि प्रभाव नपार्ने अध्ययनले देखाएको छ । कार्यकारी निर्देशक घिसिङले केही दिनअघि प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके सहितको प्राविधिक टोलीले आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । यस अघि काठमाडौँ विश्वविद्यालयको सिभिल तथा जियोमेटिक्स विभागका प्राडा रमेशकुमार मास्के नेतृत्वको टोलीले केहीवर्ष अघि गरेको अध्ययनले बेगनास–रुपा पम्प स्टोरेज जलविद्युत् आयोजनाबाट एक सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो । आयोजनाबाट साँझको पाँच घन्टा एक सय मेगावाट विद्युत् उत्पादन गर्नसक्ने देखाएको छ । विद्युत् उत्पादनपछि रुपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन करिब १२५ मेगावाट विद्युत् आवश्यक पर्नेछ । रातको समयमा उल्लेख्य मात्रामा विद्युत् उपलब्ध हुने भएकाले त्यसमा कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ । The post बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
तमोर जलविद्युत् आयोजना ‘अयोग्य’ काठमाडौं । वार्षिक करिब १२ अर्ब रुपैयाँको विद्युत् भारतबाट आयात गर्दै आइरहेको सरकारले ७६६ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजनाको स्वाभाविक क्षमता नष्ट गर्दै दुई सय मेगावाटमा सीमित गरेर ‘निर्माण अयोग्य’ चरणमा पुर्याएको छ । आयातीत ऊर्जाले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्र्रभाव बढ्दै गइरहेका बेला सरकारले स्वदेशको जलाशययुक्त जलविद्युत् आयोजनालाई भने उपेक्षा गरेको हो । कुल ७६६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको क्षमता घटाएर दुई सय मेगावाटको अनुमतिपत्र जारी गरिनुका साथै त्यसका आधारमा अध्ययन हुँदा लगानी अयोग्य देखिएपछि दीर्घकालमा ऊर्जा आयातमै भर पर्नुपर्ने भएको छ । चार वर्षअघि विद्युत् विकास विभागले विद्युत् प्राधिकरणलाई दुई सय मेगावाट क्षमतामा तमोरको लाइसेन्स लिएको थियो । तमोर आयोजना प्रमुख प्रेमचन्द गुप्ताका अनुसार तमोरलाई दुई सय मेगावाटमा निर्माण गर्दा तीन वर्षमै जलाशयमा बालुवा र ढुंगाले भरिने हुँदा यो आयोजना काम लाग्दैन । ‘सञ्चालनमा आएको तीन वर्षभित्रै बालुवाले जलाशय भरिने रहेछ’, गुप्ताले भन्नुभयो, ‘सात सय ६६ मेगावाट गर्ने हो भने यो आयोजना देशका लागि उत्कृष्ट देखिन्छ ।’ गुप्ताका अनुसार सात सय ६६ मेगावाटमा यसको लागत एक खर्ब २१ अर्ब पर्नेछ जबकि १२ सय मेगावाटको यस्तै जलाशययुक्त तर उत्पादन हुने ऊर्जा तमोरसरह रहेको बूढीगण्डकीको लागत हालको मूल्यमा दुई खर्ब ५४ अर्ब रुपैयाँ पर्छ । बूढीगण्डकीले वार्षिक ३३ करोड ८३ लाख युनिट र तमोरले ३३ करोड ५४ लाख युनिट उत्पादन गर्ने देखिएको छ । प्राधिकरणका अनुसार समान ऊर्जा उत्पादन गर्ने यी दुई आयोजनामा विस्थापन लागत भने उल्लेखनीय फरक छ । बूढीगण्डकीमा १० हजार चार सय ३६ घर विस्थाप��त हुनेछन् भने तमोरमा जम्मा एक सय २६ घर मात्र पुनर्वास गर्नुपर्ने अध्ययनले देखाएको छ । बूढीगण्डकीमा सामाजिक तथा वातावरणीय खर्च कुल लागतको २५ प्रतिशत पर्ने र तमोरमा जम्मा पाँच प्रतिशत मात्र लाग्नेछ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । The post तमोर जलविद्युत् आयोजना ‘अयोग्य’ appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मुलुकलाई आत्मनिर्भर बनाउन युवा शक्ति जलविद्युत् उत्पादनमा लाग्नुपर्छ – मन्त्री शर्मा काठमाडौँ, १२ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौँको दोस्रो जिल्ला सम्मेलनलाई यहाँ आज उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारासबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताउनुभयो । ऊर्जा मन्त्रालयले तिला कर्णाली जलविद्युत् आयोजनामा सम्पूर्ण कर्णालीवासीलाई एक÷एक लाखको सेयर दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले सोही योजना मुलुकभर नै अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुुभयो । राष्ट्र निर्माणको प्रमुख आधार जलविद्युत् नै उत्तम विकल्प भएको उल्लेख गर्दै नेपालका मेहनती, अनुशासित र कर्तव्यनिष्ट युवा शक्तिलाई विश्वासमा लिएर एकाध वर्षमा उच्च आर्थिक समृद्धि गर्ने सरकारको चाहना भएको मन्त्री शर्माले स्पष्ट पार्नुभयो । वैदेशिक रोजगारीमा रहेका युवालाई समेत स्वदेशमा फर्काउने एउटा मात्रै विकल्पको रुपमा जलविद्युत् आयोजना र त्यसमा गरिने लगानी भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “ राजनीतिक दलको घेराभन्दा माथि उठेर सम्पूर्ण युवा शक्ति अगाडि आउने हो भने नेपालको समृद्धि धेरै टाढा छैन । ऊर्जा मन्त्रालय सोही लक्ष्यका साथ काम गरिरहेको छ ।” क्षमताअनुसारको काम दिने र युवा शक्तिलाई मुलुक निर्माणको अभियानमा जोड्ने एउटा मात्रै विकल्प जलविद्युत् मात्रै भएको भन्दै बुढेसकालमा पेन्सन पाउने, आर्थिक रुपमा समृद्ध हुने आधार क्रमशः तयार भएको बताउनुभयो । परिवर्तनको एजेण्डालाई संस्थागत गर्ने लक्ष्यका साथ माओवादी केन्द्र नेतृत्वको सरकारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले पनि स्थानीय तहमा युवाले जित्नैपर्ने आवश्यकता औँल्याउनुभयो । उज्यालो नेपालको अभियानले नेपाली जनतामा विश्वासको वातावरण तयार भएको भन्दै त्यसैका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन र परिवर्तनको एजेण्डालाई विजयी गराउन लाग्नुपर्नेमा उहाँको जोड थियो । आर्थिक समृद्धिबिनाको राष्ट्रवादको नारा केवल हावादारी गफ मात्रै हुने भएकाले यथार्थमा आउन र मुलुकलाई समृद्धिको दिशामा लैजान तर्कसङ्गत कुरा अगाडि सार्न उहाँले नेकपा(एमाले)लाई आग्रह गर्नुभयो । सो अवसरमा नेकपा(माओवादी केन्द्रका नेता झक्कुुप्रसाद सुवेदीले परिवर्तनको कार्यभार पूरा गर्नका लागि आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा विजयी हुनैपर्ने धारणा राख्नुभयो । उहाँले माओवादी आन्दोलनले उठाएको विषय लागू हुने चरणमा रहेको र स्थानीय तहलाई दिइएको अधिकार त्यसैको एउटा स्वरुप भएको बताउनुभयो । ��ाओवादी केन्द्रका अर्का तथा काठमाडौँ जिल्ला इन्चार्ज नेता लेखनाथ न्यौपानेले माओवादी विजयी हुने लक्ष्यका साथ जनताका माझमा जान सबै नेता तथा कार्यकर्ताको दायित्व भएको बताउनुभयो । आइतबारसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै स्थानीय तहको निर्वाचन सफल बनाउन वाइसियल परिचालित हुने वाइसियलका नेता युवराज दुलालले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु बेँसीसहर, ११ चैत । बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न���यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । उक्त जलविद्युत् आयोजना विसं २०७�� चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ । प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ । संस्थापक सेयरधनीको रु एक अर्ब १२ करोड ५० लाख लगानी रहने आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिनुभयो । सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् रु २२ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात् रु १५ करोड सेयर छुट्टयाइएको उहाँले बताउनुभयो । आयोजनामा १५÷१५ मेगावाटको दुईवटा टर्बाइन रहनेछ । वार्षिक १७ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
साञ्जेन जलविद्युत् आयोजनाको सुरुङ खोलियो रसुवा, २३ फागुन । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ । समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार ३८७ मिटर लम्बाइको हेड्रेस सुरुङको डिजाइनबमोजिम सफलतापूर्वक सुरुङ खोल्ने काम (ब्रेकथु) आइतबार सम्पन्न गरेपछि अब २० महिनभित्र उत्पादन गरी सक्ने लक्ष्य लिइएको साञ्जेन जलविद्युत् कम्पनीले जनाएको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पेट्रोलियम पदार्थको अभाव २०७२ साल वैशाख १२ को भूकम्पले बाहिरी क्षेत्रको सडक क्षति पु¥याउँदा निर्माणको अवधि बढ्न गएको हो । प्रसारण लाइन निर्माणमा ढिलाइ भए पनि पहिलो चरणमा उत्पादन हुने १४ दशमलव आठ मेगावाट विद्युत् क्षमताको आधारमा चिलिमे कम्पनीको लाइनमार्फत राष्ट्रिय प्रसारणमा बढाइने छ । चिलिमेस्थित साम्वालिङ पुवा क्लबका अध्यक्ष सोनाम दोर्जे लामासहितका स्थानीय बासिन्दाले विद्युत् उत्पादनको महत्वपूर्ण पाटो सुरुङको सफल कामले अब छिट्टै विद्युत् उत्पादन हुने पूर्ण विश्वास रहेको बताउनुभयो । सुरुङ छेड्ने कार्यमा साञ्जेल जलविद्युत् कम्पनीका अध्यक्ष गोपालबाबु भट्टराई, रसुवागढी चिलिमे तथा मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक समेतको सहभागिता रहेको थियो । यस्तै साञ्जेल कम्पनीमार्फत निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काम पनि धमाधम अगाडि बढिरहेको अब २२ महिनाभित्र सो आयोजना पनि सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका निमित्त प्रमुख गुरुदास अमात्यले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि एघार अर्ब ऋण दिने काठमाडौँ, १८ फागुन । हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब रु ११ अर्ब २० करोड ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्ताेले परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिनुभएको हो । राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औंँ सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री डा महत र हङ्गेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो । सो वार्ताका क्रममा मन्त्री सिजार्ताेले हङ्गेरी सरकारले प्रत्येक वर्ष दश नेपाली विद्यार्थीलाई हङ्गेरीका विश्व विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको जानकारी दिनुभयो । उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो । विदेशमन्त्री सिजार्ताेले नेपालले दिएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदवारीको समर्थन गर्दै नेपाललाई भोट हाल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । परराष्ट्रमन्त्री डा महत उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । उहाँले मङ्गलबार नै राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँं सत्र��ाई सम्बोधन गर्नुभएको थियो । बुधबार राष्ट्रसङ्घीय मानवअधिकार आयोगका उच्चायुक्तसँग भेटवार्ता गरी नेपालको मानवअधिकारको अवस्था तथा परिषद्मा नेपालको उम्मेदवारीका बारेमा छलफल गर्नुहुने छ । नेपालले सन् २०१८ देखि सन् २०२० सम्मका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अप्पर सोलुखोला जलविद्युत् आयोजना चालीस प्रतिशत निर्माण सम्पन्न सोलुखुम्बु, १५ फागुन- सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ऊर्जा मन्त्रालयले सन् २०१० मा सो आयोजना निर्माणका लागि ��नुमति दिएको थियो । सन् २०१५ को मध्यबाट २२ महिनामा आयोजना निर्माण पुरा गर्ने लक्ष्यसहित निजी क्षेत्रको लगानीमा काम भइरहेको हो । संरचनागत विवरण/प्रगति आयोजनाको सम्पन्न ४० प्रतिशत निर्माणमध्ये बाँधस्थलको प्रगति बढी देखिएको छ । बाँधस्थलमा करिब ७० प्रतिशत निर्माण कार्य भइसकेको छ भने बाँध भन्दा तल एक सय २० मिटर तल डिसेन्डर (बालुवा थिग्र्याउने) पोखरी निमार्ण भइरहेको छ । यसको करिब ८० प्रतिशत निर्माण बाँकी छ । डिसेन्डरमा छानिएको पानी विद्युत गृहसम्म पु¥याउन ‘लो प्रेसर’ र ‘हाइ प्रेसर’ पेनस्टक पाइप जडान गरिने भएको छ । दुई दशमलव पाँच मिटर ब्यास र एक दशमलव नौ मिटर उचाइका पेनस्टक पाइप ठेकेदार ‘सिई कन्सट्रक्सन’ले आयोजनास्थलमै निर्माण गर्दै जडान गरिएको छ । कूल चार दशमलव तीन किलोमिटरको पाइपमध्ये तीनसय नौ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाले जनाएको छ । यो बीचमा एक सय ७० मिटर सुरुङ पनि निर्माण हुँदैछ । आयोजनामा एक दशमलव दुई मिटर उचाई र चार दशमलव तीन मिटर लम्बाइका तीनवटा इन्टेक गेट रहनेछन् । तीनवटै गेटको निर्माण सकिएको छ । बाँधको पानी आवश्यक परेको समयमा रोक्न र बढी हुँदा खोल्न तीन मिटर लम्बाई तथा तीन मिटर उचाइकै दुईवटा गेट भएको ‘स्लुइस’ पनि निर्माण गरिएको छ । विद्युत्गृहमा ११दशमलव ७५ मेगावाट विद्युत् उत्पादन गर्ने दुईवटा जेनेरेसन युनिट राखिनेछ । आयोजनाबाट वार्षिक १३२दशमलव ५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभीको सोलु कोरिडोरमा जडान हुनेछ । प्रसारण लाइनको अध्ययन, डिजाइनलगायत काम पूरा भएको कम्पनीले जनाएको छ । आयोजनाको विद्युतगृहबाट तीन किलोमिटर दुरीको तिङ्लास्थित लाम्मानेमा निर्माण हुने सवस्टेसनमा प्रवद्र्धक आफैंँले प्रसारण लाइन निर्माण गर्ने भएको छ । लाम्माने सव स्टेसनसम्म १२ वटा टावर स्वदेशकै ऊर्जा इन्टरनेसनलले निर्माण गर्ने तय भएको छ । निर्मानाधिन सोलु करिडोर सुस्तगतिमा अगाडि बढेको टिप्पनी गर्दै आगामी २२ महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन भए पनि प्रशारण भने नहुने प्रवद्र्धकको चिन्ता छ । तोकिएको समयमा प्रसारण लाइन निर्माण नगरे वा अन्य कुनै कारणले प्राधिकरणले विद्युत् लिन नसके कूल ऊर्जा उत्पादनको ४५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान विद्युत् खरिद सम्झौता (पिपिए) मा उल्लेख छ । लगानी आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा आठवटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । लक्ष्मी बैंकसहित नेपाल इन्भेष्टमेन्ट, एनएमबी, एभरेस्ट, एनआइसी एसिया, ग्लोबल आइएमई, लुम्बिनी, सेन्चुरी कमर्सियल बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीले रु तीन अर्ब सात करोड ५० लाख ऋण लगानी गरेका छन् । लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैकले रु ५०÷५० ��रोड, एभरेष्ट बैकको ४० करोड, ए��आइसी एसियाको ३४ करोड १२ लाख ५० हजार, सेन्चुरी कमर्सियलको २४ करोड ३७ लाख ५० हजार लगानी गरेका छन् । यस्तै जलविद्युत् कम्पनीको रु २० करोड, ग्लोबल आइएमई र लुम्बिनी बैकको १९दशमलव ५०÷१९ दशमलव ५० करोड बराबरको लगानी छ । आयोजनाको ऋण सम्झौता हुँदा अनुमानित लागत रु चार अर्ब १० करोड निर्धारण गरिए पनि सम्पन्न हुँदा रु चार अर्ब ४० करोड पुग्ने आयोजनाले अनुमान गरेको छ । कुल लागतको २५ प्रतिशत स्वपुँजी रहने छ । सन् २०१२ बाट निर्माण सुरु गर्ने तालिका रहे पनि प्राधिकरणले समयमा पिपिए नगर्दा काम सुरु गर्न ढिला भएकाले लागत थपिन गएको कम्पनीको दाबी छ । निर्माण सुरु गर्न ढिला भए पनि सन् २०१८ को अक्टोबरसम्म आयोजनाले व्यापारिक गर्ने प्रतिबद्धता जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई अगाडि बढाउने काठमाडौँ, २२ माघ । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ । सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिन पहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएको हो । कम्पनी दर्ता भएपछि थप आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ । यसअघि नै मन्त्रिपरिषद्ले सो आयोजना प्राधिकरणले नै बनाउने गरी सैद्धान्तिक सहमति दिइसकेको थियो । प्राधिकरणले नै निर्माण गर्ने गरी अगाडि बढाइएको प्रस्तावलाई संशोधन गरी प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाउन पनि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । लामो समयदेखि प्राधिकरणको स्वामित्वमा रहेको सो आयोजना विदेशी प्रवद्र्धकलाई दिन लागिएको भन्दै विरोधसमेत भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सस्तो आयोजनाको रुपमा रहेको सो आयोजना कम्पनी ढाँचामा अगाडि बढाउने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । कुल ३३५ मेगावाट क्षमताको सो आयोजना हालसम्मकै सबैभन्दा सस्तो आयोजनाको रुपमा मानिन्छ । प्राधिकरणका सहायक कम्पनीमार्फत अगाडि बढाएका आयोजनाको प्रतिफल राम्रो देखिएको र व्यवस्थापनसमेत चुस्त देखिएको सन्दर्भमा कम्पनी ढाँचामा आयोजना अगाडि बढाउन लागिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । आयोजनामा प्राधिकरणको शतप्रतिशत लगानी रहनेछ । लगानी जुटाउने विषयमा विभिन्न सरोकारवाला निकायसँग पनि छलफल सुरु भइसकेको छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थल भन्दा आठ किलोमिटर माथि आयोजना स्थल रहेको छ । आयोजनालाई गति दिन परामर्शदाता, प्राविधिक मूल्याङ्कन तथा लगानीको जोहोलगायतका विषयमा समेत प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणको हातमा कुनै पनि आयोजना नरहेको अवस्थामा माथिल्लो अरुण जलविद्युत् आयोजना अगाडि बढाउन लागिएको हो । प्राधिकरणका तत्कालीन सञ्चालक समिति अध्यक्ष लीलामणि पौड्यालले आयोजना स्वदेशी लगानीमा नै अगाडि बढाउने निर्णय गर्नुभएको थियो । निर्णय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्यौल बढेको थियो । केपी ओली नेतृत्वको सरकारले सो आयोजना चिनियाँ लगानीमा अगाडि बढाउने विषयमा चीन सरकारसँग सामान्य कुराकानी भए पनि ठोस प्रस्ताव भने अगाडि बढ्न सकेका थिएन । प्राधिकरणले नै सन् १९९१ मा सम्भाव्यता अध्ययन गरिसकेको माथिल्लो अरुण आयोजना निर्माण गर्दा कम डुबान क्षेत्र पर्छ भने अध्ययनको आधारमा हालसम्मकै सबैभन्दा सस्तो आयोजनामध्ये एक हो । तीन सय पैतीस मेगावाटको उक्त आयोजनाको लागत रु ५३ अर्ब ४० करोड रहनेछ । प्राधिकरणकाअनुसार सो आयोजनाबाट उत्पादन हुने विद्युत्को लागत प्रति युनिट दुई रुपैयाँ ७४ पैसा मात्रै पर्नेछ । आयोजनाको क्षमतालाई बढाएर ७ सय मेगावाटसम्म बनाउन सकिने प्राधिकरणको प्रारम्भिक अध्ययनले देखाएको छ । सन् १९९१ मा जापानी अन्तर्राष्ट्रि¬य सहयोग नियोग (जाइका)ले गरेको अध्ययनमा सो आयोजना सहज र सस्तो आयोजनाको रुपमा रहेको देखाएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सोलुखोला जलविद्युत् आयोजनामा छ बैंकको लगानी काठमाडौँ, १८ माघ- माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गर्नुभयो । कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा रु दुई अर्ब २८ करोड लगानी हुने बताइएको छ । आयोजनाको लागत रु तीन अर्ब २६ करोड रहने छ, जसमा रु ९८ करोड प्रवद्र्धको लगानी रहेको छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थामार्��त ऋण लिइएको हो । आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विभोर विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता बलबहादुर केसी, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (माओवादी केन्द)का पोलिटब्युरो सदस्य लक्की शेर्पा, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सोलुखुम्बु जिल्लाको बेनी गाविसमा आयोजनास्थल छ । नदी प्रवाहमा आधारित उक्त आयोजनाबाट वार्षिक १२ करोड ८० लाख युनिट विद्युत् उत्पादन हुने छ । आयोजना २०७६ माघ १ गते सम्पन्न गर्ने गरी प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
म्याग्दीमा करिब आधा दर्जन जलविद्युत आयोजनाले गती लिँदै म्याग्दी, ६ माघ- सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत्् आयोजनाको कामले गति लिएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरेपछि लामो समयदेखि रोकिएको जलविद्युत् आयोजना निर्माणको काम अघि बढेको हो । उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सवस्टेसनको अभावमा अनुमति लिएर बसेका दर्जनाँै आयोजनाको काम अघि बढेको छ । म्याग्दीको नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको छ । बेगमा ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, पिप्लेमा ४० मेगावाटको राहुघाट, नारच्याङमै ३८ मेगावाटको निलगिरि पहिलो र ६५ मेगावाटको निलगिरि दोस्रो आयोजनाले समेत पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढाएका छन् । मुस्ताङको टुकुचेमा १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नौ वर्षअघि रोवष्ट इनर्जी प्रालिले निर्माण प्रक्रिया थालेको मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सुरु गरेको प्रबन्ध निर्देशक डोलराज शर्��ाले बताउनुभयो । “वित्तीय व्यवस्थापन र अन्य प्रक्रियागत काम पूरा गरे पनि सवस्टेसन र प्रसारण लाइन कुरेर बसेका थियौँ”, शर्माले भन्नुभयो – “जति छिटो पूर्वाधार बन्छ, त्यति गतिमा आयोजनाको काम अघि बढाउँछौँ ।” नारच्याङमै निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाले पनि आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सुरुङ, बाँध र विद्युत्गृह बनाउने काम तीव्र रुपमा अघि बढाएको जनाएको छ । घलेम्दी हाइड्रो लिमिटेडका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बहुप्रतिक्षित सवस्टेसन र प्रसारण लाइनको काम सुरु भएसँगै कालीगण्डकी र आसपासका नदीमा जलविद्युत् आयोजना बनाउन लगानीकर्ता सक्रिय बनेका बताउनुभयो । “जेनेरेसन लाइसेन्स लिई पिपिए गरेर बसेका आयोजना अघि बढाउन राम्रो वातावरण बनेको छ” केन्द्रीय सदस्य श्रेष्ठले भने “म्याग्दी मात्र नभएर समग्र धौलागिरि क्षेत्रमा जलविद्युत् विकासको सम्भावना बढेको छ ।” विसं २०७५ को साउनमा सम्पन्न गर्ने लक्ष्यसहित दाना र कुश्मामा सवस्टेसनका साथै प्रसारण लाइनको काम गर्न रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी टाटा प्रोजेक्ट चिन्ट इलेक्ट्रिकले कार्यक्षेत्रमा परिचालित भएर कामलाई तीव्रता दिएको छ । ठेकेदारले सवस्टेसन निर्माण हुने ठाउँको जग्गा सम्माउने र घेराउ गर्ने काम सकेर पूर्वाधार निर्माण सुरु गरेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । उहाँका अनुसार ट्रान्समिसन लाइनको नक्साङ्कनको काम पनि अन्तिम चरणमा पुगेको छ । “निर्धारित समयभित्रै आयोजना सक्ने लक्ष्यसहित काम अघि बढाएका छौँ”, प्रमुख घोषले भन्नुभयो – “स्थानीयस्तरबाट सहयोग, विपद्लगायतका समस्या नभए निर्धारित समयमै आयोजना सम्पन्न हुन्छ ।” सवस्टेसन बनाउन दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । पर्वतको खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण गरेर सवस्टेसन बनाउनका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ । खुर्कोटमा जग्गा अधिग्रहण प्रक्रियामा मुआब्जामा सहमति नजुट्दा आयोजनाको काम करिब डेढ वर्षपछि धकेलिएको हो । दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम सकिएको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले बताउनुभयो । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढ्ने, मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो काठमाडौँ, २१ पुस- बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले पहिलो चरणमा सलाङ, मैदी, खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले न्यूनतम प्रतिरोपनी रु पाँच लाख २५ हजारदेखि अधिकतम रु आठ लाख ३५ हजारसम्मको मुआब्जा तय भएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले विभिन्न ११ वटा खण्डमा मुआब्जा तय गरेको छ । बाक्लो बस्ती र मूल मोटरबाटोसँग जोडिएका दायाँ बायाँका जग्गालाई सबैभन्दा बढी मुआब्जा दिइनेछ । यस्तै मूल मोटरबाटोसँग जोडिएका दायाँ बायाँ जग्गाको रु आठ लाख चार हजार, घरबस्ती क्षेत्र र सहायक मोटर बाटोको रु सात लाख ७३ हजार, खेत अब्बल रु सात लाख ४२ हजार, खेत दोयम रु सात लाख ११ हजार, खेत सिम रु छ लाख ८० हजार, खेत चाहार रु छ लाख ४९ हजार, बारी अब्बल रु छ लाख १८ हजार, बारी दोयम रु पाँच लाख ८७ हजार, बारी सिम रु पाँच लाख ५६ हजार तथा बारी चाहार रु पाँच लाख २५ हजारका दरले मुआब्जा तोकिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार आयोजनाको प्रक्रिया अगाडि बढेको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार परियोजनाका लागि जग्गा अधिग्रहण गर्दा, सम्पूर्ण घर र जग्गा अधिग्रहणमा परी विस्थापित हुने र अन्यत्र कहीँ पनि घर जग्गा नभएका विस्थापितले सोको प्रमाणपत्र पेस गरेको खण्डमा पाँच रोपनीभन्दा कम जग्गा हुने र पाँचदेखि १० रोपनीसम्म मात्र जग्गा हुने परिवारको हकमा तोकिएको मुआब्जाभन्दा बढी जग्गाको प्रकारका आधारमा थप १५ प्रतिशतसम्म मुआब्जा प्राप्त गर्ने छन् । घर, गोठ, उद्योग, कलकारखाना तथा बोटबिरुवालगायत अन्य वैयक्तिक भौतिक सम्पत्तिको लगत लिन अलग्गै टोली खटाउने र सोका आधारमा मूल्याङ्कन गरी थप मुआब्जा दिइनेछ भने मुआब्जा निर्धारण हुन बाँकी रहेका आरुघाट र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि विशेष टोली खटाइ सो टोलीले दिने प्रतिवेदनका आधारमा मुआब्जा तय गरिनेछ । गृहमन्त्रालयले बूढीगण्ड���ी आयोजना विकास समितिका तर्फबाट आज सार्वजनिक सूचना प्रकाशित ग��ी सलाङ, मैदी र खरी गाविसको मुआब्जाका लागि आयोजनाको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि पहिलो चरणमा तीन गाविसको मुआब्जा वितरण गर्ने सूचना प्रकाशित गरेको थियो । बूढीगण्डकी आयोजना विकास समितिका अध्यक्ष डा लक्ष्मीप्रसाद देवकोटाले मुआब्जा लिनका लागि स्थानीय प्रभावितले जिल्ला प्रशासन कार्यालय, गोरखा र आयोजनाको कार्यालय सिउरेनीटारमा निवेदन दिइसकेको जानकारी दिनुभयो । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले आगामी १५ दिनभित्र गोरखाका घ्यालचोक, भूमलीचोक र दर्बुङ गाविसको करिब दुई हजार १०० कित्तामध्ये एक हजार कित्ताको मुआब्जाका लागि निवेदन प्राप्त भएको र अन्यको चाँडै नै मुआब्जा वितरण गरिने बताउनुभयो । आयोजनाका लागि चालु आवमा अर्थ मन्त्रालयले रु पाँच अर्ब बजेट विनियोजन गरेको छ भने नेपाल आयल निगमले भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार शुल्कमार्फत हालसम्म रु तीन अर्ब रकम जग्गा भइसकेको छ । यस्तै आयोजनाले इन्जिनियरिङ, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत तयार पारिसकेको छ । आयोजना प्रभावितलाई मुआब्जा वितरणका लागि केही दिनभित्रै संयोजक पद चयन गरिने ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कास्कीको माछापुच्छ्रेमा ३६ मेगावाटको नयाँ जलविद्युत आयोजना निर्माणको तयारी पोखरा, १६ पुस- पूर्व सांसद एंव उद्योगपति सूर्य बहादुर केसीले माछापुच्छ्रे गाविसको झ्याम्लुङ्मा ३६ मेगावाटको हाईड्रो पावरको निर्माण गर्ने बताएका छन् । कास्कीको माछापुच्छ्रेमा २५ औँ गाँउ परिषदमा केसीले होईडोपावर निर्माणको काम छिटै सुरु हुने बताए । परिषदमा स्थानिय स्तरमा संचालित पुराना योजनाहरुको कार्य प्रगतिका विषयमा समिक्षा तथा नयाँ योजना छनौट गरेको थियो । परिषदमा कार्यक्रममा गाविसका सचिव जगन्नाथ अधिकारीले चालु आर्थीक वर्ष ०७३/७४ को प्रस्तावित बजेट रु. ७४ लाख १ हजार ७ सय २१ र आगामी आर्थीक वर्ष ०७४/७५ को अनुमानीत बजेट रु ७५ लाख ३० हजार २१ रुपैयाँको आय व्ययका बारे जानकारी दिएका थिए । उनका अनुसार चालु आवको पुर्वाधार तर्फ रु २३ लाख ३३ हजार ७ सय ७६ र लक्षित तर्फ कृषीमा रु ८ लाख २७ हजार २ सय ४६, जनजाती, आपङग्, दलित र जेष्ठ नागरीकहरुलाई रु ८ लाख २७ हजार २ सय ४६ र महिला तर्फ ५ लाख ५१ हजार बजेट विनियोजन गरिएको छ ।
0 notes