#सरङ
Explore tagged Tumblr posts
Photo
३१ अर्ब खर्चेर मेलम्चीमा अर्को सुरुङ, काठमाडौं आउने पानी तेब्बर हुने १७ चैत, काठमाडौं । सरकारले मेलम्ची आयोजनामार्फत आउने पानीलाई अहिलेको भन्दा तेब्बर क्षमतामा विस्तार गने भएको छ । त्यसका लागि मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसिने भएका छन्
0 notes
Photo
सरकारी स्रोतबाटै सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको कार्यक्रम ल्याइने काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ । भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक÷एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो । पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर सरकारकै स्रोतबाट नमुनाका रुपमा कार्यक्रम अघि सार्न लागिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिनुभयो । “सय वर्षअघि चुरे पहाड छिचोल्ने ६० मिटरको सुरुङ मार्ग बनेको थियो, त्यो विकास हुन सकेन, अब ढिलै भए पनि सरकारी स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइओभर’ निर्माण सुरु हुन्छ” – उहाँले भन्नुभयो । माइतीघर–त्रिपुरेश्वर एक किमी ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रमअन्तर्गत कलङ्कीमा ‘अन्डरपास’ निर्माण भइरहेको छ । मन्त्रालयले एक हजार २५ किमीको पूर्व–पश्चिम राजमार्ग दुई लेनबाट चार लेनको बनाउन सुरु गरेको छ । पहिलो चरणमा एसियाली विकास बैंकको रु २५ अर्ब सहयोगमा नारायणघाट–बुटवल खण्डलाई चार लेन बनाउने कार्य सुरु भएको हो । The post सरकारी स्रोतबाटै सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको कार्यक्रम ल्याइने appeared first on Etajakhabar.
0 notes
Photo
साञ्जेन जलविद्युत् आयोजनाको सुरुङ खोलियो रसुवा, २३ फागुन । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ । समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार ३८७ मिटर लम्बाइको हेड्रेस सुरुङको डिजाइनबमोजिम सफलतापूर्वक सुरुङ खोल्ने काम (ब्रेकथु) आइतबार सम्पन्न गरेपछि अब २० महिनभित्र उत्पादन गरी सक्ने लक्ष्य लिइएको साञ्जेन जलविद्युत् कम्पनीले जनाएको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पेट्रोलियम पदार्थको अभाव २०७२ साल वैशाख १२ को भूकम्पले बाहिरी क्षेत्रको सडक क्षति पु¥याउँदा निर्माणको अवधि बढ्न गएको हो । प्रसारण लाइन निर्माणमा ढिलाइ भए पनि पहिलो चरणमा उत्पादन हुने १४ दशमलव आठ मेगावाट विद्युत् क्षमताको आधारमा चिलिमे कम्पनीको लाइनमार्फत राष्ट्रिय प्रसारणमा बढाइने छ । चिलिमेस्थित साम्वालिङ पुवा क्लबका अध्यक्ष सोनाम दोर्जे लामासहितका स्थानीय बासिन्दाले विद्युत् उत्पादनको महत्वपूर्ण पाटो सुरुङको सफल कामले अब छिट्टै विद्युत् उत्पादन हुने पूर्ण विश्वास रहेको बताउनुभयो । सुरुङ छेड्ने कार्यमा साञ्जेल जलविद्युत् कम्पनीका अध्यक्ष गोपालबाबु भट्टराई, रसुवागढी चिलिमे तथा मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक समेतको सहभागिता रहेको थियो । यस्तै साञ्जेल कम्पनीमार्फत निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काम पनि धमाधम अगाडि बढिरहेको अब २२ महिनाभित्र सो आयोजना पनि सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका निमित्त प्रमुख गुरुदास अमात्यले जानकारी दिनुभयो ।
0 notes