#सरतबट
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
सरकारी स्रोतबाटै सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको कार्यक्रम ल्याइने काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ । भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक÷एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो । पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर सरकारकै स्रोतबाट नमुनाका रुपमा कार्यक्रम अघि सार्न लागिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिनुभयो । “सय वर्षअघि चुरे पहाड छिचोल्ने ६० मिटरको सुरुङ मार्ग बनेको थियो, त्यो विकास हुन सकेन, अब ढिलै भए पनि सरकारी स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइओभर’ निर्माण सुरु हुन्छ” – उहाँले भन्नुभयो । माइतीघर–त्रिपुरेश्वर एक किमी ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रमअन्तर्गत कलङ्कीमा ‘अन्डरपास’ निर्माण भइरहेको छ । मन्त्रालयले एक हजार २५ किमीको पूर्व–पश्चिम राजमार्ग दुई लेनबाट चार लेनको बनाउन सुरु गरेको छ । पहिलो चरणमा एसियाली विकास बैंकको रु २५ अर्ब सहयोगमा नारायणघाट–बुटवल ���ण्डलाई चार लेन बनाउने कार्य सुरु भएको हो । The post सरकारी स्रोतबाटै सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको कार्यक्रम ल्याइने appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मध्यम आयोजना स्वदेशी स्रोतबाट काठमाडौं, असोज १ – सरकारले आन्तरिक खपतका लागि स्वदेशी स्रोत परिचालन गरेर मध्यमखाल जलविद्युत आयोजना निर्माण गर्ने महत्वकाक्षी योजना अघि सारेको छ। ऊर्जामन्त्री जनार्धन शर्माले स्वदेशका ठूला वित्तिय संस्था र कोषहरूको लगानीमार्फत झन्डै एक दर्जन आयोजना अघि बढाउने घोषणा गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ। घोषणा अनुसार माथिल्लो अरूण (३३५ मगावाट), दुधकोसी (६४० मेगावाट), तमोर (५३० मेगावाट), सुनकोसी-३ (६०० मेगावाट), लाङटाङ (२३२ मेगावाट), नलसिंहगाड ४०० मेगावाट, उत्तरगंगा ३०० मेगावाट, नौमुरे २५० मेगावाट र तीला-१ ४४० मेगावाट आयोजना सरकार मातहतका वित्तिय संस्था, निजी वित्तिय संस्था, कल्याणकारी कोष, रेमिट्यान्स, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, मजदुर तथा सर्वसाधारणको प्रत्यक्ष लगानी र सहभागितामा निर्माण गरिनेछ।
0 notes