#मनतर
Explore tagged Tumblr posts
Photo
खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली काठमाडौँ, १८ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घले आज यहाँ आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले नेपालको खेलको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “खेलाडीका लागि अस्पताल निर्माण, खेल विश्वविद्यालय, खेलाडी प्रोत्साहन भत्ता, स्वास्थ्य बिमा, परिचयपत्र वितरण, प्रत्येक विद्यालयमा खेलमैदान निर्माण, प्रत्येक प्रदेशमा रङ्गशाला निर्माणलगायतका कामलाई मन्त्रालयले अगाडि बढाएको छ ।” मन्त्री श्रीपाइलीले सरकारले अनाथ बालबालिकाको सहयोगका लागि पनि विभिन्न कार्यक्रम अगाडि बढाएको उल्लेख गर्नुभयो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले अनाथ बालबालिकालाई तेक्वान्दो खेलाडीमार्फत आत्मबल बढाउन सङ्घले मह��्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले अनाथ बालबालिकाको वृत्तिविकासका लागि राज्��ले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले प्राकृतिक र राजनीतिक घटनाक्रमका कारण आफ्ना अभिभावक गुमाएका अनाथ बालबालिकाका लागि तेक्वान्दो तालिम १० महिनाका लागि सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले विभिन्न आठ संस्थाका २५० बालबालिकालाई उक्त तालिम दिइने बताउनुभयो । The post खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली appeared first on Etajakhabar.
0 notes
Photo
आधुनिकताले धार्मिक संरक्षणमा चुनौती : मन्त्री केसी नुवाकोट- सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले धार्मिक सहिष्णुताको उत्कृष्ट सहकार्य नै नेपालीको विशेषता रहेको बताउनुभएको छ । हिन्दू स्वयम्सेवक सङ्घ नेपाल नुवाकोटले त्रिशूलीमा सञ्चालन गरेको ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’को शुभारम्भ गर्दै मन्त्री केसीले शैक्षिक संस्था र पाठशालाबाट विद्यार्थीका लागि सत्मार्ग दिएर कर्तव्य योग्य बनाउन अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । “आधुनिकता र व्यावसायिकताको नाममा धर्म, संस्कृत र मान्यता भुल्दै गएका छन् ।” मन्त्री केसीले भन्नुभयो “सनातन हिन्दू धर्मको जगेर्ना गर्न धार्मिक ग्रन्थ र कथा सङ्ग्रह विद्यालयको पाठ्यक्रममा समावेश गराउनुपर्छ ।” गुरु, आमा र बुबालाई देवताको रुपमा पुज्नुपर्ने भए पनि अहिलेको समयमा त्यसलाई भुल्दै गएको भन्दै धार्मिक संरक्षण चुनौतीपूर्ण घडीमा रहेको उहाँको भनाइ छ । हिन्दू स्वयम्सेवक सङ्घ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाश र महासचिव मुरली निरौलाले हिन्दू धर्मको आस्था, अन्धविश्वास र भक्तिभावमा मात्र नभई अनुशासन, इमान्दारीता र विश्वसनीयता कायम गर्ने बताउनुभयो । The post आधुनिकताले धार्मिक संरक्षणमा चुनौती : मन्त्री केसी appeared first on Etajakhabar.
0 notes
Photo
संबिधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो : मन्त्री केसी नुवाकोट, ९ वैशाख । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार मञ्च नुवाकोटले विदुरमा आज आयोजना गरेको ‘स्थानीय निर्वाचन र नेपाली काँग्रेस’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो –“सबै दल मिलेर जारी गरेको संविधानको कार्यान्वयनका लागि पनि सबै दल एक भएर अगाडी बढ्नुको विकल्प छैन् ।” मन्त्री केसीले संविधान कार्यान्वयनमा अहिले केहि जटिलता देखिएकाले तीन ठूला दल मात्र नभई बाँँकी सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिदैं स्थानीय तहको निर्वाचन निष्पक्षरुपमा सबैको सहभागितामा सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो । “ सिंहदरबारमा रहेको अधिकार अहिले गाउँ गाउँमा आइपुगेको छ”, उहाँले भन्नुभयो, “व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहित गाउँको विकासको योजना गाउँमै निर्माण गर्ने अवसर नयाँ संविधानले दिएको छ ।” सांसद बहादुरसिंह लामा तामाङले महामानव विपी कोइरालाको एकता र मेलमिलापको आदर्श तथा समाजवादको सिद्धान्त पूरा गर्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिनुभयो । काँग्रेसका जिल्ला सभापति एवम् सांसद् जगदीश्वरनरसिंह केसीले स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट गुट–उपगुटभन्दा पनि जनताले रुचाएका व्यक्ति उम्मेदवार बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रजातान्त्रिक विचार मञ्चका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तहको चुनाव ठूलो अवसर र महत्वको पर्व रहेकाले सक्षम व्यक्तिको हातमा शक्ति प्रदान गर्न मतदाता सचेत हुनुपर्ने सुझाब दिनुभयो । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले काँग्रेसले जारी गर्न लागेको घोषणापत्रमा परराष्ट्र नीति, सामाजिक न्याय, ज्येष्ठ नगारिक आवासगृह, समाजवादी चिन्तन, प्रजातन्त्रको नारा र समाजवादको मूल्य एवम् मान्यतालाई समावेश गर्न सुझाव दिनुभयो । कार्यक्रममा समाजका नुवाकोट अध्यक्ष शम्भुप्रसाद शर्मा, काँग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, सचिव सुरेन्द्र अधिकारी, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ, रामकृष्ण थापा, शिक्षक ताराप्रसाद पाठक, रामबहादुर थापा, बाबुराम लामिछानेलगायतले काँग्रेसको नीति र आदर्श कार्यान्वयनका लागि प्रजातान्त्रिक विचार मञ्चको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । The post संबिधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो : मन्त्री केसी appeared first on Etajakhabar.
0 notes
Photo
आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी काठमाडौँ, ७ वैशाख । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने गरी तयारीका साथ योजना बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताउनुभयो । “साना उद्योगको विकासले रोजगारी बढाउन सहयोग पुग्छ, ठूला उद्योगले रोजगारी सिर्जनाका साथै देशको आर्थिक विकासमा योगदान गर्छ, संविधान निर्माण भएपछि नेपालमा शान्ति स्थापना भएकाले लगानीको वातावरण बनेको छ, यो वातावरणमा लगानी गर्न हामी सबै मित्रराष्ट्रलाई आग्रह गर्छौं” – उहाँले भन्नुभयो । लगानीकर्तालाई कानुनी रुपमा कुनै समस्या नहुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता पनि मन्त्री जोशीले जनाउनुभयो । छलफलमा नेपालस्थित जापानी राजदूत मासासी ओगावा, फिनल्यान्डका राजदूत योर्मा सुमान्तो, ब्राजिलका राजदूत मारिया टेरेसा मेस्कुटा पेसोआ, संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बीलगायत अमेरिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), युरोपियन युनियन, हबिब बैंक र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का प्रतिनिधिले लगानीको वातावरण बनाउन सरकारले जग्गा प्राप्तिलाई सहज बनाउनुपर्ने, लगानीका लागि सरकारका विभिन्न निकायमा धाउनुपर्ने झन्झटलाई औद्योगिक ऐनमा भएको व्यवस्थाअनुरुप एकल विन्दु सेवाको स्थापना गर���नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला, सहसचिव प्रदीप कोइराला र प्रवक्ता पुरुषोत्तम नेपालले लगानीका लागि नीतगत, कार्यक्रमगत र कार्यविधिगत सुधार गर्न सुझाव सङ्कलन गर्ने उद्देश्यले नेपालमा लगानी र औद्योगिक वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । “आर्थिक समृद्धिका लागि औद्योगिक विकास गर्न लगानी बढाउनुपर्ने भएकाले विदेशका लगानीकर्तालाई आकर्षित गर्न १६ वटा नियोगका प्रतिनिधिको उपस्थितिमा छलफल गरियो, अरु नियोगका प्रतिनिधिले छोटो समयमा बोलाइएकाले आउन नसके पनि नेपालको औद्योगिक क्षेत्रमा लगानी बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्” – प्रवक्ता नेपालले उल्लेख गर्नुभयोे । मन्त्रालयले नेपालमा औद्योगीकरण लागि विदेशी लगानी भित्र्याउने उद्देश्यले गत फागुन २२ र २३ गते लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा विदेशी लगानीकर्ताले रु १४ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।यसका लागि आगामी दिनमा निजी क्षेत्रका उद्योगी व्यवसायीसँग पनि छलफल गरिने मन्त्रालयले जनाएको छ । The post आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी appeared first on Etajakhabar.
0 notes
Photo
पत्नीसहित मन्त्री बेपत्ता काठमाडौँ । एकजना मन्त्रीले पदीय मर्यादा कायम नराख्दा नेपालको फेरि अन्तर्राष्ट्रिय बेइज्जती भएको छ ।ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत एक हप्ता चीनमा हल्लिएर नेपाल फर्किएका छन् । राज्यमन्त्रीलाई श्रीमतीसहित घुमाउने काम चीनकै गेजुवा कम्पनीले गरेको हो । गेजुवा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको विवादित कम्पनी हो । चाइना गेजुवा एण्ड पावर ग्रुप कम्पनी लिमिटेडले नेपालको त्रिशूली तीन ‘ए’ आयोजनामा गुणस्तरहीन सिमेन्ट प्रयोग गरेको भनी विवादमा आइरहेको छ । त्रिशूली तीन एको क्षमता वृद्धि गर्न यो कम्पनीले नेपाल सरकारलाई व्यापक दबाब दिएको थियो । तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले क्षमता वृद्धि गर्दा अर्बौं भ्रष्टाचार हुने अडान लिएपछि काम रोकिएको थियो । पौडेल हाल चीनका लागि राजदूत छन् । नक्कली भ्याट बिल प्रकरणमा पनि यो कम्पनी विवादित बन्दै आएको छ । हाल यस कम्पनीले बूढीगण्डकी आयोजना आफूलाई दिन नेपाल सरकारलाई दबाब दिँदै आएको छ । यही मेसोमा ऊर्जा राज्यमन्त्रीलाई चीनको सयर गराएको बुझिएको छ । उनको चीन भ्रमणको कुनै एजेण्डा थिएन । यसबारे ऊर्जा मन्त्रालयमा जनआस्थाले सम्पर्क गर्दा एक अधिकारीले यो नितान्त निजी भएको बताए । तर, आफ्नै मन्त्रालयअन्तर्गत काम गर्ने विवादित कम्पनीको खर्चमा विदेश घुम्न मिल्ने हो कि होइन भन्ने प्रश्नमा उनले कुनै जवाफ दिएनन् । नेपालका प्रधानमन्त्री चीन भ्रमणमा जाँदा एक महिनादेखि राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्न प्रयास गर्नुुपर्छ । त्यो पनि अन्तिम समयसम्म चिनियाँ पक्षले भेट हुने नहुने टुंगो छैन भन्दै झुलाउने गर्छ । चीनबाट नेपाल भ्रमण आएको आउरे बाउरे जोसुकैले यहाँ आएपछि प्रधानमन्त्री र राष्ट्रपतिभन्दा तलका व्यक्तिसँग भेट गर्दैन । हुँदा–हुँदा केही महिनाअघि एउटा चिनियाँ पर्यटन कम्पनीले नेपालका उपराष्ट्रपतिसँग खाना खानेसम्मको विज्ञापन गरेको थियो । भेट गर्न व्यक्तिको प्रोफाइल के हो रु उसको सरकारसँग के सम्बन्ध छ रु ऊ कुन हैसियतको व्यक्ति हो रु जस्ता कुरा वास्तै नगर�� भेट दिँदा हाम्रा नेताले आफ्नो पदीय मर्यादा त राखेनन् देशकै बेइज्जत गर्न पनि पछि परेका छैनन�� ।सुशील कोइराला प्रधानमन्त्री हँुदा पर्यटन तथा संस्कृतिमन्त्री दीपक अमात्य चीन गएका थिए । मन्त्रीजस्तो व्यक्ति जाँदा बेइजिङस्थित दूतावासलाई जानकारी गराएनन् । चीन सरकारलाई पनि केही जानकारी थिएन । एउटा कार्यक्रममा राजदूत महेश मास्केसँग भेट हुँदा उनले आफू पूर्वएमाले अध्यक्ष झलनाथ खनालको पिएको हैसियतमा आएको बताएका थिए । डेढ वर्षअगाडि भारतले नेपालमाथि नाकाबन्दी लगाइरहेको बेला आपूर्तिमन्त्री वाइसिएल अध्यक्ष गणेशमान पुन सुटुक्क बेइजिङ पुगे । उनले त्यहाँ एकजना जर्नेललाई मात्र भेट्न सके । उनले आफू नेपालको मन्त्री भएको र पेट्रोलियम पदार्थ आपूर्तिका लागि वार्ता गएको आएको भनेर खबर गर्दा चीनले पत्याएन । भारतले त हाम्रा मन्त्रीलाई हेपेकै थियो अब चीनले पनि पुछ्न छाडेको छ । त्यो पनि मन्त्रीहरूको आफ्नै कारणले । कसैले बोलाउँदैमा र बाटो खर्चका रूपमा कमिसन दिँदैमा दंग परेर हामफाल्न नहुने रु राज्यमन्त्री भगतलाई गेजुवा कम्पनीले बेइजिङलगायत थ्री गर्जेज परियोजनाको पनि अवलोकन भ्रमण गराएको छ । आजको जनआस्थामा खबर छ । चीनमा रहँदा भगतले गेजुवाकै प्रमुखलाई समेत भेट्न पाएनन् । गेजुवाको दोस्रो तहको व्यक्तिले भोज खुवाएको बुझिएको छ । झण्डै एक साता चीनमा बिताएर गेजुवाले दिएको उपहार लिई भगत नेपाल फर्किएका छन् । The post पत्नीसहित मन्त्री बेपत्ता appeared first on Etajakhabar.
0 notes
Photo
मुलुक द्वन्द्वमा फस्ने खतरा उब्जिएको छः मन्त्री लेखक डोटी, ५ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले दुई खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले आज बिहान दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “एकथरीले हिमाल–पहाडमा बस्ने तराई–मधेसका शत्रु’ र अर्को थरीले ‘तराई–मधेसमा बस्ने देशका शत्रु’ हुन् भनेर आरोप लगाइरहेका छन्, यी दुबै खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको हो ।” मन्त्री लेखकले यस्ता अतिवादले ल्याउन सक्ने द्वन्द्वबाट राष्ट्रियता खतरामा पर्न सक्नेतर्फ सचेत हुन सबैमा आग्रह गर्दै सबै नेपालीलाई जोड्ने काम नै असली राष्ट्रवाद हो भन्नुभयो । मुलुकलाई द्वन्द्वबाट जोगाउन ‘मुलुक जोड्ने अभियान’ मा नेपाली काँग्रेस जुटेको बताउँदै उहाँले ‘यसका लागि काँग्रेसले दुबैथरीलाई रिझाउँदै निकासको बाटो खोजिरहेको छ भन्नुभयो ।’ मन्त्री लेखकले संविधानको सर्वस्वीकार्यता बनाउन काँग्रेस लागिपरेको चर्चागर्दै यसका लागि दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता भएको र पछिल्लो प्रस्ताव उपर छलफल चलिरहेको धारणा व्यक्त गर्नुभयो । वैशाख ३१ गतेको निर्वाचन कुनै पनि अवस्थामा नसर्ने बताउँदै उहाँले मधेसवादी दल सहमतिमा आउने अवस्था रहे केही जिल्लामा बरु पछि निर्वाचन हुनसक्ने स्पष्ट पार्नुभयो । The post मुलुक द्वन्द्वमा फस्ने खतरा उब्जिएको छः मन्त्री लेखक appeared first on Etajakhabar.
0 notes
Photo
मुलुक द्वन्द्वमा फस्ने खतरा, केही जिल्लामा भने दोस्रो चरणमा चुनाव गर्न सकिन्छ : मन्त्री लेखक ५ वैशाख, डोटी। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले मुलुक द्वन्द्वमा फस्ने खतरा औल्याएका छन् । डोटीको दिपायलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लेखकले हिमाल–पहाडमा बस्ने तराईका र तराई–मधेमा बस्ने देशकै शत्रु हुन् भनेर आरोप लगाउने प्रवृत्तिले देशलाई द्वन्द्वमा लैजान सक्ने बताएका हुन् । दुबै थरीको लडाईँको बीचमा ‘राष्ट्रियता’ पनि खतरामा पर्दै गएको उनको भनाई थियो । बैशाख ३१ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने दावी गरेका मन्त्री लेखकले मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा भने दोस्रो चरणमा चुनाव गर्न सकिने पनि दोहोर्याए ।
0 notes
Photo
शिक्षक व्यवस्थापनका लागि छुट्टै निकाय : मन्त्री पौडेल काठमाडौँ, ४ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको ‘स्थानीय तहमा शिक्षकको व्यवस्थापन’ विषयक एकदिने कार्यशाला गोष्ठीमा उहाँले अन्य कर्मचारीलाई हेर्ने निकाय जस्तै शिक्षकलाई व्यवस्थापन गर्ने पनि छुट्टै निकाय हुनुपर्ने बताउनुभएको हो । शिक्षक सेवा आयोगलाई संवैधानिक बनाएर वा अन्य छुट्टै निकाय गठन गरेर शिक्षकको व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री पौडेलले सङ्घीय संरचनाअनुसार समग्र शिक्षाको खाका बनाइरहेकाले शिक्षक व्यवस्थापन अलि पछि परे पनि स्थानीय निर्वाचनलगत्तै अघि बढाउने बताउनुभयो । “अहिले हामी सङ्घीय संरचनाअनुसार शिक्षाको खाका बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “त्यसले केही ढिला भएको हो तर अब स्थानीय निर्वाचनलगत्तै स्थानीय तहमा शिक्षकको व्यवस्थापन गर्छौं ।” मन्त्री पौडेलले शिक्षाको सबभन्दा नजिकको सरकार स्थानीय तह भएकाले स्थानीयस्तरको शिक्षालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षकको अहिलेको जस्तो मर्यादा सङ्घीयमा पनि हुने भएकाले शिक्षकलाई थप जिम्मेवार बनाइनुपर्ने उहाँले बताउनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले केन्द्रीय तहमा शिक्षकको व्यवस्था नगरिएको जानकारी गराउनुभयो । “अब प्रदेश र स्थानीय तहमा शिक्षक हुन्छन्”, उहाँले थप्नुभयो – “धेरै शिक्षक स्थानीय तहमा रहने छन् ।” शिक्षाविद् डा विद्यानाथ कोइराला र प्रा डा मनप्रसाद वाग्लेले स्थानीय तहका शिक्षकलाई बढी जिम्मेवार बनाए शिक्षामा सुधार हुने बताउनुभयो । The post शिक्षक व्यवस्थापनका लागि छुट्टै निकाय : मन्त्री पौडेल appeared first on Etajakhabar.
0 notes
Photo
क्यान्सर बिरामीको उपचारका लागि पाँच लाख सहयोग दिने तयारी– मन्त्री थापा भक्तपुर, ४ वैशाख । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उहाँले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताउनुभएको हो । सरकारले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा रु ५० हजार सहयोग रकम दिँदै आएकामा यसलाई वृद्धि गरी हाल रु एक लाख दिँदै आएको छ । मन्त्री थापाले भन्नुभयो – “क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तीमा रु पाँच लाखसम्म सहयोग पु¥याउनुपर्छ भनेर अर्थमन्त्रालयमा प्रस्ताव पठाएका छाँै, अर्थमन्त्रालयले यसलाई स्वीकृत ग¥यो भने यो सहयोग बिरामीले पाउनेछन् ।” सरकार सकेसम्म नागरिक बिरामी हुने अवस्था नै नआओस् भनेर प्रयत्नशील रहेको चर्चा गर्दै उहाँले यसका लागि पूर्वाधारको तयारी, नागरिकको सहभागिता र साझेदारीका काम अगाडि बढाएको बताउनुभयो । “कडा रोग लाग्दा सबै घरखेत सकिने अवस्था छ, त्यही कुरालाई मनन गरेर देशभरका सरकारी अस्पतालको अवस्था एवम् सेवा सुविधालाई प्रभावकारी र सुदृढ गर्न काम गरिरहेका छौँ”, मन्त्री थापाले भन्नुभयो – “औषधि पनि सस्तो गर्दै जाने र सरकारको सहयोग वृद्धि गर्न सके बिरामीका परिवारमा आर्थिक सङ्कट उत्पन्न भइ गरिबी बढने अवस्था रोक्न सकिन्छ ।” उपचारका लागि अब काठमाडौँ नै धाउनुपर्ने अवस्था नआओस् भनेर सरकारले जिल्ला जिल्लाका अस्पतालको सेवा, सुविधा र गुणस्तरीयतामा वृद्धि गर्न लागेको बताउँदै उहाँले भन्नुभयो – “गङ्गालाल अस्पताल काठमाडौँमा छ तर गङ्गालालको सेवा भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दिने गरी सेवा सुरु गरेको छाँै, जनकपुर अञ्चल अस्पतालबाट पनि यो सेवाका लागि प्रारम्भिक काम गरेका छौँ, क्यान्सर रोगको सेवा दिन गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालन गर्ने गरी नेपालगन्जमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका छाँै, पूर्वाञ्चलमा कोसी अञ्चल अस्पताललाई अझै विकास गर्न लागिरहेका छाँै ।” सरकारी अस्पताल र गैरनाफामूलक अस्पताल विस्तार गरेर थप सेवा गर्दै लैजान सके अहिले भएकै स्रोतबाट पनि चलाउन सक्ने अवस्था रहेको छ भन्दै मन्त्री थापाले अस्पतालको सेवा सुदृढ गर्ने, बलियो बनाउने र सेवा सस्तो बनाउन सकेमा क्यान्सरको उपचार रु पाँच लाखभन्दा कममै हुनसक्ने बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालक��� लागि आवश्यक प्राविधिक सामग्री एवम् उपकरण किन्नका लागि सरकारका तर्फबाट सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाको कानुनसहितको प्रस्ताव आगामी ७ गते बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको बताउँदै मन्त्री थापाले मन्त्रिपरिषद्ले यसलाई पारित गरेलगत्तै पूर्वाधारको विकासमा लाग्ने र अर्को वर्षदेखि सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य लागू हुने बताउनुभयो । मन्त्री थापाले भन्नुभयो – “स्वास्थ्य बिमा लागू भएपछि प्रिमियम पनि तिर्न नसक्ने अतिविपन्न नागरिकको प्रिमियम सरकारले तिर्छ, बाँकी सबैले परिवारकै बिमा गर्नुपर्छ, त्यसपछि उपचारका लागि मलाई रु एक लाख, रु दुई लाख देउ भन्ने अवस्था आउँदैन, उपचार बिमाले गर्छ ।” कार्यक्रममा मन्त्री थापाले क्यान्सर अस्पतालको स्मृति भवन निर्माणमा रु चार करोड सहयोग पु¥याउने काठमाडाँै बागबजार निवासी चिनीकाजी श्रेष्ठ र श्रीमती शान्तदेवी श्रेष्ठलाई सम्मान गर्नुभएको थियो । रु चार करोड ८० लाखको लागतमा निर्माण भएको भवनका लागि थप रु ८० लाख भने विभिन्न दाताबाट सङ्कलन गरिएको थियो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाशराज न्यौपानेले १५ शै्यया र १५ कर्मचारीबाट सुरु भएको यो अस्पताल अहिले १५० शै्ययामा विस्तार भएको र २०० कर्मचारीले एकवर्षमा ६० हजारसम्म बिरामीलाई सेवा दिँदै आएको बताउनुभयो । अहिले पनि ४० प्रतिशत विपन्न बिरामीलाई सेवा दिँदै आएको यस अस्पतालमा आवश्यक केही पूर्वाधारको विकास र उपकरणका लागि सरकारले सहयोग गरे क्यान्सरको सम्पूर्ण उपचार यहीबाट गर्न सकिने उहाँले बताउनुभयो । अनुदान बृद्धि र प्रविधिमा सहयोग भए सरकारले तोकेको शुल्कभन्दा पनि कम शुल्कमा सेवा सकिने मेडिकल डाइरेक्टर डा न्यौपानेले दाबी गर्नुभयो । The post क्यान्सर बिरामीको उपचारका लागि पाँच लाख सहयोग दिने तयारी– मन्त्री थापा appeared first on Etajakhabar.
0 notes
Photo
मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यजनकः मन्त्री नायक काठमाडौँ, ३ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले मधेसी मोर्चाले सरकारसँगको छलफलमा सहमति जनाउने तर बाहिर भने आन्दोलनको घोषणा गरेर नाटकीय चरित्र देखाएको आरोप लगाउनुभएको छ । आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले भन्नुभयो, “मोर्चाको विचार नाटकीय रुपमा बाहिर आएको छ । सरकार मोर्चाको मागको हदैसम्म लचकता अपनाएर सम्बोधन गर्न लागिपरेको बेला मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यनजक छ ।” तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्दै मन्त्री नायकले संसदमा दर्ता भएको दोस्रो संविधान संशोधन प्रस्तावमा मोर्चाले नै उठाएका सबै माग समेटिएकाले अपुग भएका कुरा छलफलमा बसेर टुङ्गो लगाई निर्वाचनमा जानुपर्ने बताउनुभयो । “सरकार यतिसम्म लचक भएको छ कि दुई चरणमा निर्वाचन गराउन पनि तयार छ । तर मोर्चाको मनसाय बुझन सकिएन । भित्र (सरकारसँग) सहमति जनाउने बाहिर विरोध गर्दै हिँड्ने ?” नेपाली काँग्रेसका नेता रमेश रिजालले मधेसलाई बाहिर राखेर निर्वाचन हुन नसक्ने भएकाले मोर्चालाई निर्वाचनमा जाने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले छलफलमा मोर्चाका सबै माग पूरा हुन्छ भन्ने तर कार्यान्वयनमा नदेखिने मोर्चाको आरोप छ । अविश्वासको वातावरण हटाएर विश्वासको वातावरण बनाउनुप¥यो । मोर्चा निर्वाचनमा जान चाहन्छन् ।” नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले कुनैपनि हालतमा निर्वाचन सार्न नहुने भन्दै जनताको मूल्याङ्कनको सामना गर्न सक्ने भए मोर्चाले निर्वाचनमा भाग लिनुपर्छ भन्नुभयो । उहाँले सरकारले मोर्चाको सहमतिमा दोस्रो संशोधन प्रस्ताव ल्याएको भने पनि मोर्चाले विरोध गरिरहेकाले सरकारले एकलौटी रुपमा प्रस्ताव ल्याएको आरोप लगाउनुभयो । “सरकारले एमालेको पनि दोस्रो संशोधन प्रस्तावमा सहमति भएको भन्ने अभिव्यक्ति दिएको छ । यो सरासर गलत हो । यसमा एमालेको कुनै संलग्नता छैन । तर मोर्चा लोकतन्त्र र जनताको पक्षमा छन् भने निर्वाचनमा भाग लिनुपर्छ ।” The post मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यजनकः मन्त्री नायक appeared first on Etajakhabar.
0 notes
Photo
कुनै पनि हालतमा वैशाख ३१ मै निर्वाचन हुन्छ : मन्त्री थापा ३० चैत, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छ्न् । नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले बुधबार थिमिको भुँलाखेलमा
0 notes
Photo
प्रचण्डले देउवालाई छाड्ने हो, एमालेले काँध नथापे हुन्छः मन्त्री महत २५ चैत, काठमाडौं । शान्त कुटनीतिको रणनीतिअनुसार परराष्ट्र मन्त्रालय चलाइरहेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत एकाएक चर्चा र विवादमा ��न् । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले घरेलु कामदारसम्बन्धी निर्देशिका कार्यान्वयन
0 notes
Photo
मध्यरातमा अनुगमनमा निस्किए मन्त्री शाही, भने- खाल्डोमा सवारी खस्यो भन्ने सुन्न नपरोस् २४ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाही मध्यरातमा मेलम्ची खानेपानीको पाइप बिछ्याएको अनुगमन गर्न निस्किएका छन् । मेलम्चीको पाइप गाड्न सडकमा खनिएको खाल्डोमा सवारी साधन खस्ने गरेको
0 notes
Photo
मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन: मन्त्री शर्मा २३ चैत, रुकुम। ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । आज बिहान यहाँ ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्रिया कार्यक्रममा उनले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पुर्याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उनको दाबी थियो । सिंहदरबारको अधिकार गाउँ-गाउँसम्म पुर्याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो । उनले अब छिट्��ै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिए । सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उनले बताए । रासस The post मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन: मन्त्री शर्मा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
सिमांकनलाई थाती राख्न मोर्चा सहमत भएको छः सिंचाई मन्त्री गिरी १९ चैत, दाङ । सिचाई मन्त्री दिपक गिरीले मधेशी मोर्चा पनि स्थानीय तहको निर्वाचनमा सहभागि हुने बताएका छन् । दाङमा ��एको कार्यक्रममा मन्त्री गिरीले सरकारले मधेशी मोर्चालाई स्थानीय निर्वाचनमा सहभागि गराउन लचिलो भएको भन्दै मोर्चा पनि निर्वाचनमा सहभागि हुने बताए । सिमाङ्नलाई थाति राखेर संविधान संसोधन गर्नेमा मोर्चा सहमत भएको भन्दै मन्त्री गिरीले शान्तिपूर्ण रुपमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताए । स्वच्छ र निष्पक्ष ढंगले चुनाव सफल पार्न सबै लाग्नु पर्ने उनको भनाई थियो । The post सिमांकनलाई थाती राख्न मोर्चा सहमत भएको छः सिंचाई मन्त्री गिरी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
वडाअध्यक्षहरु स्थानीय सरकारका ‘मन्त्री’ हुन्, यस्ता छन् अधिकार १६ चैत, काठमाडौं । आगामी स्थानीय चुनावले देशभरका ६८८० वडाका वडाध्यक्ष चयन गर्नेछ । तर, धेरैको ध्यान भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा मात्र गएको
0 notes