#वकसम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली काठमाडौँ, १८ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घले आज यहाँ आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले नेपालको खेलको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “खेलाडीका लागि अस्पताल निर्माण, खेल विश्वविद्यालय, खेलाडी प्रोत्साहन भत्ता, स्वास्थ्य बिमा, परिचयपत्र वितरण, प्रत्येक विद्यालयमा खेलमैदान निर्माण, प्रत्येक प्रदेशमा रङ्गशाला निर्माणलगायतका कामलाई मन्त्रालयले अगाडि बढाएको छ ।” मन्त्री श्रीपाइलीले सरकारले अनाथ बालबालिकाको सहयोगका लागि पनि विभिन्न कार्यक्रम अगाडि बढाएको उल्लेख गर्नुभयो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले ��नाथ बालबालिकालाई तेक्वान्दो खेलाडीमार्फत आत्मबल बढाउन सङ्घले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले अनाथ बालबालिकाको वृत्तिविकासका लागि राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले प्राकृतिक र राजनीतिक घटनाक्रमका कारण आफ्ना अभिभावक गुमाएका अनाथ बालबालिकाका लागि तेक्वान्दो तालिम १० महिनाका लागि सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले विभिन्न आठ संस्थाका २५० बालबालिकालाई उक्त तालिम दिइने बताउनुभयो । The post खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
रेसुङ्गाको संरक्षण र विकासमा पर्यटन व्यवसायी जुट्न थाले रेसुङ्गा (गुल्मी), २९ चैत । ऐतिहासिक तपोभूमिका रुपमा परिचित गुल्मी जिल्लास्थित रेसुङ्गा यहाँको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको शिरमा अवस्थित यो स्थल सदरमुकाम र आसपासको खानेपानीको मुख्य स्रोत हो भने ३१ प्रजातिका जडीबुटी, विशेष प्रकारका ३० थरी रुख तथा वनस्पति, १५ प्रकारका वन्यजन्तु, ४० प्रकारका पक्षी बसोबास गर्ने विविधतायुक्त स्थल हो । प्राचीनकालदेखि ऋषिमहर्षिले तपस्या गरेको यो स्थल धार्मिक पर्यटनको समेत उत्कृष्टस्थल भएको गुल्मीका पर्यटन व्यवसायी एवम् होटल व्यवसायी मञ्च गुल्मीका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताउनुभयो । अत्यन्त मनोरम हिमाली तथा पहाडी दृश्य एक साथ अवलोकन गर्न सकिने यो स्थलको आवश्यक प्रचारप्रसारका साथै अत्यावश्यकीय पूर्वाधार विकास गर्नसकिए रेसुङ्गालाई स्वदेशी एवम् विदेशी पर्यटककको आकर्षक गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ । समुद्री सतहबाट २,३४७.२ मिटरको उचाइमा रहेको रेसुङ्गाको चुचुरोमा प्राचीन सिद्धस्थान छ । यस स्थानमा साउन महिनामा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवललगायतका स्थानबाट भक्तजन सिद्धको दर्शनका लागि आउने गर्दछन् । सिद्धको पूजा गरेपछि मानिसलाई आयु आरोग्य प्राप्त हुने, गाईभैँसी सधैँ दुहुना हुने, अनिकाल हट्ने, अतिवृष्टि र अनावृष्टि रोकिने, सुख, समृद्धि र सम्मुन्नति हुने जनविश्वास छ । “रेसुङ्गा आसपासका क्षेत्रमा सिद्धस्थान, विष्णुपादुका, यज्ञशाला, महापोखरी, फूलबारी, सानो रेसुङ्गा, साउने, मैरा, कान्छा प्रभुको तपस्यास्थल, गौशालाजस्ता अत्यन्त दर्शनीयस्थल रहेका छन्,” भण्डारीले भन्नुभयो – “यी स्थलको प��रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकास गर्नसके मात्र पनि समग्र जिल्लाकै आर्थिक समृद्धिमा यी स्थानले वि��िष्ट योगदान गर्न सक्छन् ।” रेसुङ्गाको पोखरीमा साउन महिनाभर स्नान गर्ने प्रचलन रहेको होटल व्यवसायी मञ्च गुल्मीका उपाध्यक्ष विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यस पोखरीमा असारको हरिशयनी एकादशी, साउनको औँसी र कात्तिकको हरिबोधनी एकादशीमा विशेष मेला लाग्दछ । रेसुङ्गाको यज्ञशालामा बाह्रै महिना नित्य पूजा हुने र यस डाँडामा फागुन चैतको महिनामा फुल्ने गुराँसका कारण डाँडो नै गुराँसमय बन्ने बताउनुभयो । सयौँ वर्षदेखि आगो ननिभेको यज्ञशालास्थित अग्नि कुण्ड यहाँको अर्को धार्मिक विशिष्टतायुक्त स्थल भएको यज्ञशालाका प्रमुख पुजारी हरिराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार यज्ञशालामा पूजा गरी यहाँको विभूति(खरानी) लगाएमा भूतप्रेतले नतर्साउने, रोगव्याधिबाट मुक्ति पाइने विश्वासका साथ दर्शनाथी यहाँ आउने गरेका छन् । तम्घास क्षेत्रको पानीको मुख्य स्रोत रेसुङ्गामा रहेको रामकुवा यहाँको अर्को धार्मिक महत्वको जलाशय भएको यज्ञशालाका अर्का पुजारी शान्तराज पौडेल बताउनुहुन्छ । प्राचीनकालमा अयोध्याका राजा दशरथ र रामचन्द्रसँग यो कुवाको सम्बन्ध जोडिएको किंवदन्ति छ । किंवदन्तीअनुसार राजा दशरथका सन्तान नभएपछि रेसुङ्गामा तपस्या गर्दैआएका ऋङ्ग ऋषिलाई लगेर पुत्रेष्ठि यज्ञ गराए पछि राम लक्ष्मणको जन्म भएको थियो । भगवान् रामचन्द्रले ऋङ्ग ऋषि तपस्यारत रेसुङ्गा पुगी तपाईंका लागि एउटा कुनै काम गरिदिने इच्छा छ भन्दा ऋषिले पानीको अभाव भएको बताएसँगै बाणले हानेर कुवा खनिदिएका थिए । धार्मिक विश्वासमा आधारित उक्त कुवा हिउँदमा नसुक्ने र वर्षामा नबग्ने गरेको जानकारी पौडेलले दिनुभयो । त्यही कुवाको जलबाट यज्ञशालाको नियमित पूजाआजा हुने गरेको छ । यो क्षेत्रमा जडीबुटी तथा वनस्पतिको अपार भण्डार रहेको रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जङ्गबहादुर कुँवरले बताउनुभयो । “वन सम्पदाकै कारण यस क्षेत्रबाट आउने पानीले तम्घास र आसपासमा पानीको समस्या कम गराएको छ,” उहाँले भन्नुभयो, “जैविक विविधताको अध्ययन तथा अनुसन्धानका लागि पनि यो क्षेत्र उत्तिकै महत्वको छ ।” पर्याप्त सम्भावना बोकेर पनि आवश्यक प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा रेसुङ्गा क्षेत्र ओझेलमा परेका कारण पछिल्लो समयमा यसको दीर्घकालीन विकास गर्नुपर्छ भन्ने भावनाको विकास भएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कणेलले बताउनुभयो । पछिल्ला वर्षमा होटल व्यवसायी मञ्च, रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिजस्ता संस्थाले यस क्षेत्रको विकासमार्फत समग्र गुल्मी क्षेत्रकै आर्थिक एवम् सामाजिक विकास गर्न लागिपरेको उहाँको भनाइ छ । पछिल्ला वर्षमा यहाँ जाने बाट��लाई व्यवस्थित गर्न लागिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रको अवलोकनका लागि टावर निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया यस क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाको जागरुकता आवश्यक भएको धारणा राख्नुहुन्छ । “यसको विकासका लागि राज्य एवम् स्थानीय सरोकारवालाले पूर्वाधारमा लगानी गर्नुका साथै निजी क्षेत्रको व्यवसायमा संलग्नता कायम गरिनु आवश्यक छ,” उहाँले भन्नुभयो – “विकाससँगै यसको दिगो संरक्षणका लागि समुदायको अपनत्व हुने गरी योजना अघि बढाउनुपर्छ ।” The post रेसुङ्गाको संरक्षण र विकासमा पर्यटन व्यवसायी जुट्न थाले appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
देश विकासमा कर्मठ जनशक्ति र नीति निर्माणमा चुस्तताको अभाव छ–प्रधानमन्त्री दाहाल ललितपुर, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र विकासको मूल मेरुदण्डका रुपमा रहेका युवालाई समयसापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, राष्ट्रिय एकता र विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताउनुभएको छ । राष्ट्रिय सेवाद्वारा सञ्चालित १२ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कबाज समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “युवा पलायनलाई रोक्नसके राष्ट्र विकासका लागि पर्याप्त जनशक्ति निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।” सामान्य विपद्का बेलादेखि ठूलास्तरका प्राकृतिक विपत्ति, दुर्घटनालगायतमा समेत सेवा दलबाट तालिम प्राप्त व्यक्तिले अमूल्य योगदान दिनसक्ने जनाउँदै प्रधानमन्त्री दाहालले नेपालजस्तो विपद्को उच्च जोखिममा रहेको देशका लागि यो तालिमको अपरिहार्यता झनै बढेको छ भन्नुभयो । आफूले सो तालिम लिएको स्मरण गर्दै उहाँले युवावस्थाको जोश, जाँगर र उत्साहलाई अनुशासन र देशभक्तिको मार्गमा डोे¥याउन उक्त तालिमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कडा परिश्रम, लगनशील र उत्सुकताका साथ तालिममा सिकेका सैनिक तथा विविध व्यावहारिक ज्ञानले एक अनुशासित र कर्मठ देशभक्त नागरिकको रुपमा कार्य गर्न फलदायी भएको विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो–“भविष्यमा समाजको सफल नेतृत्वकर्ताका रुपमा स्थापित भएको देख्न पाएमा नेपाल सरकार, नेपाली सेना र राष्ट्रिय सेवा दलको पहलकदमी सार्थक भएको ठहरिनेछ ।” अहिलेको मुलुकको विकासका लागि खड्किएको मुख्य दुई समस्याका रुपमा आफूले नीति निर्माणमा चुस्तताको अभाव र देशका लागि काम गर्ने कर्मठ जनशक्तिको न्यूनता देखेको बताउँदै उहाँले भन्नुभयो– “शिक्षित जनशक्ति विदेश पलायन हुने तथा अर्धशिक्षित जनशक्ति नीति निर्माण तहमा पहँुच राख्न नसक्ने हुँदा अथाह सम्भावनाका बाबजुद पनि मुलुकले विकासमा फड्को मार्न सकेको छैन ।” राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षत्रीले युवा जनशक्तिलाई राष्ट्र, राष्ट्रियता, अनुशासन, देशभक्तप्रति प्रतिबद्ध तुल्याउँदै नेतृत्व विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सङ्गठनले सञ्चालन गर्दै आएको तालिमबाट हालसम्म २६ हजार ८०० छात्रछात्रा लाभान्वित भएको जानकारी दिनुभयो । ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आर्दश लिएर २०२२ कात्तिकमा राष्ट्रिय सेवा दलको स्��ापना भएको थियो । सेवा दलले पछिल्लो समय मुलुकका ६६ जिल्लाका ९० विद्यालयका छात्रछात्रालाई सय दिनको तालिम प्रदान गर्दै आएको छ । यस वर्षमात्र सेवा दलले विद्यालयस्तरका तीन हजार ५६५ र उच्चमाध्यामिकस्तरका ४३५ जनालाई तालिम प्रदान गरेको जनाइएको छ । सेवा दलले नवलपरासी, सुनसरी र बाँकेमा छात्रछात्राका लागि २१ दिने ामूहिक नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्दै आएको छ । आजको दीक्षान्त समारोहमा उपत्यकाका नौ विद्यालयका छात्रछात्राको सहभागिता थियो । सैनिक नागरिकबीचको सम्बन्ध विस्तारको एउटा शृङ्खला र कडीको यो तालिमलाई हेरिँदै आएको छ । युवा पुस्तामा राष्ट्रिय सेवा दलद्वारा प्रदान गर्ने तालिमको लोकप्रियता र माग बढेकाले आगामी दिनमा मुलुकका ७५ जिल्लामा विस्तार गरिने सो अवसरमा जानकारी दिइयो । सेवा दलले उक्त तालिममा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई युवा आदानप्रदान कार्यक्रममार्फत भारत, बङ्गलादेश र श्रीलङ्का पठाउने गरेको जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले समारोहमा तालिममा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई दज्र्यानी चिन्ह्र प्राप्त गर्नुका साथै पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । समारोहमा नेपालको भौगोलिक र सांस्कृतिक विविधता झल्कने गीत सङ्गीत र कला प्रस्तुत गरियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
राष्ट्रपति भन्छिन्ः देशको विकासमा योगदान गर्ने जनशक्ति प्राथमिकताको विषय बन्नुपर्छ पोखरा, ९ फागुन- राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकताअनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको चौधौँ दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन बाध्यबन्नु आजको तीतो, दुखद तर यथार्थ परिदृश्य हो ।” राष्ट्रपति भण्डारीले हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय जगत्मा नगण्यमात्र योगदान गर्न सक्नु दुखद विषय भएको उल्लेख गर्दै “मुलुकमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले हाम्रो वास्तविक आवश्यकतालाई पूरा गर्ने र अन्तर्राष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सचेत रहनु आजको भूमण्डलीकरणको युगमा समयसापेक्ष हुन आउँछ भन्नुभयो ।” मुलुकका समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने संवैधानिक मूल्यमान्यता र आदर्शलाई मूर्तरुप दिन हाम्रो शिक्षा प्रणाली त्यहीअनुरुप तर्जुमा गरी कार्यान्यन गर्नु आजको सर्वोपरी आवश्यकता भएकोमा जोड दिदैं उहाँले नेपालमा पर्याप्त स्रोत साधन रहेको र तिनीहरूको समुचित परिचालनबाट देशले चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले ज्ञान तथा सीप हासिल गरेका युवा जनशक्ति र प्राकृतिक स्रोतसाधनको यथोचित र समन्वयात्मक परिचालनले देशको सर्वाङ्गीण विकासको गति बढाउन सकिने बताउनुभयो । दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै उहाँले आफ्नो देश, समाज र जनताप्रति समर्पित बन्दै यहाँको मौलिकता, स��स्कृति र वैभवप्रति गर्व गरी राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध रहन आग्रह गर्नुभयो । विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री धनीराम पौडेलले दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान तथा सीपलाई समाज र राष्ट्रको हितमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । संविधानले ��मुन्नत राष्ट्र निर्माणको परिकल्पना गरिएको र शिक्षा स्वास्थ्यजस्ता विषयलाई मौलिक अधिकारका रुपमा स्थापित गरेको उल्लेख गर्दै उहाँले समयानुकूल शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री पौडेलले योग्य एवम् सक्षम जनशक्ति समग्र राष्ट्र विकासका लागि आवश्यक रहेकोमा पनि जोड दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले चौधौँ दीक्षान्त समारोहमा २०७३ साल माघ महिनासम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रम तह पार गरेका करिब पाँच हजारजना विद्यार्थी दीक्षित भएको जानकारी दिनुभयो । “प्रतिस्पर्धाका आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक एवम् प्राज्ञिक वातावरणलाई बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक तुल्याउनु विश्वविद्यालयको प्रमुख लक्ष्य रहेको छ” – उहाँले भन्नुभयो । विश्वविद्यालयको परीक्षा प्रणालीलाई त्रुटिरहित,चुस्त र मर्यादित तुल्याउन, प्रशासनिक कार्यहरूलाई छिटो छरितो तुल्याउन तथा पठनपाठनलाई व्यवस्थित, परिणाममुखी र अनुसन्धानमूलक तुल्याउन विश्वविद्यालयले विभिन्न योजना अघि सारेको उपकुलपति शर्माले जानकारी दिनुभयो । दीक्षान्त समारोहमा विभिन्न विषयमा उत्कृष्टता हासिल गरी डिन लिस्टमा समावेश भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई लक्ष्मी विद्या स्वर्ण पदकका साथै कुलपति तथा उपकुलपति पदकबाट सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीले विश्वविद्यालयको नवनिर्मित प्रशासकीय भवनको आजै एक समारोहबीच उद्घाटन गर्नुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारतले ३६ अर्ब ४७ करोड सहयोग गर्दै काठमाडौँ, ८ फागुन- नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले रु ३६ अर्ब ४७ करोड ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित सहमतिपत्र हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । भीमदत्तनगरको महाकाली नदीमा चार लेनको पक्की पुल र १८ सडक योजनाका लागि ऋण सहयोग प्रदान गरिएको हो । गण्डक नहर सडक, सहजपुर–बोगटान–दिपायल, वसन्तपुर–कथरिया–कबाहीगोठ–पिपराढी–पदम, तराई सहरी सडक नेपालगन्ज, रम्भापुर–गुलरिया, गुलरिया–रजनवा, लमही–घोराही, घोराही–तुलसीपुर, चरीकोट–तामाकोसी–जिरी, सेलेघाट–रामेछाप–साँघुटार, तराई सहरी सडक–राजविराज, सिरहा–मलङ्गवा–जलेश्वर, भालुवाङ–बाग्दुला–भीमगिठे, भेडेटार–बुधबारे–रबी–राँके, गैँडाकोट–रामपुर–राम्दी, चन्द्रौटा–कृष्णनगर, कृष्णनगर सहरी सडक, बर्दिवास–जलेश्वर सडक योजनाका लागि ३४०.२२ अमेरिकी डलर अर्थात् रु ३६ अर्ब ४७ करोड ऋण सहयोग स्वीकृतिको अन्तिम सहमतिपत्र हस्तान्तरण गरियो । मन्त्री रमेश लेखक र भारत सरकारका रेलमन्त्री सुरेश���्रभाकर प्रभुको उपस्थितिमा सचिव धनबहादुर तामाङ���ाई नेपालका लागि भारतीय राजदूत रणजित रायले सहमतिपत्र हस्तान्तरण गर्नुभयो । सहमतिपत्र हस्तान्तरणपछि मन्त्री लेखकले दुई देशबीच आपसी सम्बन्ध, सद्भाव र पारस्परिक सहयोग कायम गर्दै नेपालमा रेलमार्ग र हुलाकी सडक निर्माणमा पनि भारतको महत्वपूर्ण सहयोग प्राप्त भएको छ भन्नुभयो । भारतीय रेलमन्त्री प्रभुले दुई छिमेकीले पूर्वाधार विकासलगायत क्षेत्रमा एकापसमा सहयोग आदानप्रदान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बन्याे धरमपुर मार्ग भद्रपुर, १३ माघ– इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग जोडिने यो बाटो केही महिना अघि साँगुरो, जीर्ण र कमजोर अवस्थामा थियो । स्थानीय विकास अधिकारीको हैसियतमा यहाँको नेतृत्व सम्भाल्न आइपुग्नुभएका खेमराज ओझाले विकासमा पछि परेको धरमपुरको यो अवस्था देखेर यहाँको स्तरोन्नति एवम् प्रगतिमा विशेष ध्यान दिन दिएका कारण यो बाटो अहिले फराकिलो र कालोपत्रे हुन लागेको छ । जिविसले सो बाटो भ्याटसहित रु १० करोड ५८ लाख ७१ हजारको लागमा निर्माण गर्न कान्छाराम जेभी निर्माण कम्पनीलाई दिएकामा अगामी पुस मसान्तभित्रमा निर्माण गर्ने गरीे द्रुत गतिमा काम भइरहेको छ । लगभग १४ किमी लम्बाइ र ६दशमलव ७५ मिटर चौडाइको सो मार्गको निर्माणले धरमपुर, तोपगाछी र पाँचगाछीका बासिन्दा निकै उत्साहित बनेका छन् । झापाको केचनादेखि चारआलीसम्म निर्माण हुने भनिएको ३९ किमी बाटो ४१ वर्ष पार गरिसक्दा पनि निर्माण नहुँदा यात्रा गर्ने मनिस तथा भद्रपुर, महेशपुर, पृथ्वीनगर, पाठामारी, बालुबाडी, बनियानी, केचना, घेराबारीका जनता वर्षात्मा हिलो, सुख्खा मौसममा धुलो, बसमा यात्रा गर्दा हुने कठिनाइ र जोखिमको भयबाट मुक्त हुन नसकिरहेको अवस्थामा धरमपुरका जनताले आफूलाई भाग्यमानी ठानिरहेका छन् । त्यो मार्गमा पर्ने कमल खोलाको पुल एक वर्ष पहिले निर्माण भई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकामा धरमपुरको डुडामारीमा जिविसको रु ५८ लाखको लागतमा निर्माण भएको अर्को एक पुल निर्माण भई तीन महिना पहिले स्थानीय विकास अधिकारी ओझाले उद्घाटन गर्नुभएको थियो । निर्माण कार्य सुरु गरेर समयमै सम्पन्न हुने परिपाटीले अब यो क्षेत्र विकासमा अघि बढ्ने र यसैको माध्यमबाट यस क्षेत्रमा शिक्षा, स्वास्थ्यसँगसँगै आर्थिक, सामाजिक र राजनीतिक विकास हुने सम्भावना बढ्दै गएको धरमपुर निवासी समाजसेवी अग्नि सापकोटाले बताउनुभयो । उहाँले धरमपुरमा सामुदायिक भवन निर्माण गर्न रु १० लाखभन्दा बढी मूल्य पर्ने जग्गा निःशुल्क दान गर्नुभएको छ । अहिले सो भवनका लागि लगभग रु २२ लाख नगद पनि सङ्कलन भएसकेको स्थानीयवासी मेघराज ओझाले बताउनुभयो । धरमपुरमा ��ीनदिन लाग्ने मङ्गलबारे, शुक्रबारे र पाडावाडी बजारलाई व्यवस्थित गर्न जिविसले डिपिआर तयार गरी भवन तथा सहरी विकास मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ । सो सम्बन्धमा स्थानीय विकास अधिकारी ओझाले राजनीतिक, आर्थिक, सामाजिक कारणले विकासमा पछि परेको यो ठाउँको विकास गर्न आफूले गरिरहेको प्रयास र सहयोगले आनन्द लागेको प्रतिक्रिया दिनुभयो । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ– उपप्रम महरा पोखरा, २ माघ- उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताउनुभएको छ । स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण ��रिसर आज अवलोकन गर्दै उहाँले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेव मूर्तिसहितका संरचनामा सरकारले सहयोग गर्ने उल्लेख गर्दै उहाँले विकास निर्माणमा राज्य, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो । प्राकृतिक सौन्दर्य नगरी पोखरामा रहेका प्राकृतिक स्रोतको भरपुर उपयोग गरेर थप पर्यटकीय गन्तव्य निर्माण गर्नुपर्ने बताउँदै उहाँले आन्तरिक एवम् बाह््रय पर्यटन प्रबद्र्धनले स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले एक विदेशी पर्यटक बराबर १२ जनाले रोजगार पाउने बताउँदै विशाल महादेवमू��्ति स्थापनाले पर्यटकको एक दिनको बसाइँ लम्ब्याउन सहयोग पुग्ने बताउनुभयो । पुम्दीकोट विशाल महादेवमूर्ति निर्माण तथा उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले ‘समृद्धि र विकास बेरोजगारी र विदेश पलायनको निकास’ भन्ने लक्ष्यका साथ सुरु गरिएको धार्मिक एवम् पर्यटकीय क्षेत्र निर्माणमा सरकारी पक्षबाट उचित सहयोगको अपेक्षा गरिएको बताउनुभयो । समुद्री सतहबाट एक हजार पाँच सय मिटरको उचाइमा रहेको लगभग १८ रोपनी क्षेत्रफलमा फैलिएको सो कोटमा महादेवकोमूर्ति, योगसाधना कक्ष, बगँैचा, बन्ने भएको छ । विगतमा लगभग रु २१ करोड लाग्ने अनुमान भए पनि पछिल्लो समयको मूल्यवृद्धिलगायतका कारणले लागत बढ्ने अनुमान गरिएको छ ।
0 notes