#दवनदवम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
मुलुक द्वन्द्वमा फस्ने खतरा उब्जिएको छः मन्त्री लेखक डोटी, ५ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले दुई खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले आज बिहान दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “एकथरीले हिमाल–पहाडमा बस्ने तराई–मधेसका शत्रु’ र अर्को थरीले ‘तराई–मधेसमा बस्ने देशका शत्रु’ हुन् भनेर आरोप लगाइरहेका छन्, यी दुबै खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको हो ।” मन्त्री लेखकले यस्ता अतिवादले ल्याउन सक्ने द्वन्द्वबाट राष्ट्रियता खतरामा पर्न सक्नेतर्फ सचेत हुन सबैमा आग्रह गर्दै सबै नेपालीलाई जोड्ने काम नै असली राष्ट्रवाद हो भन्नुभयो । मुलुकलाई द्वन्द्वबाट जोगाउन ‘मुलुक जोड्ने अभियान’ मा नेपाली काँग्रेस जुटेको बताउँदै उहाँले ‘यसका लागि काँग्रेसले दुबैथरीलाई रिझाउँदै निकासको बाटो खोजिरहेको छ भन्नुभयो ।’ मन्त्री लेखकले संविधानको सर्वस्वीकार्यता बनाउन काँग्रेस लागिपरेको चर्चागर्दै यसका लागि दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता भएको र पछिल्लो प्रस्ताव उपर छलफल चलिरहेको धारणा व्यक्त गर्��ुभयो । वैशाख ३१ गतेको निर्वाचन कुनै पनि अवस्थामा नसर्ने बताउँदै उहाँले मधेसवादी दल सहमतिमा आउने अवस्था रहे केही जिल्लामा बरु पछि निर्वाचन हुनसक्ने स्पष्ट पार्नुभयो । The post मुलुक द्वन्द्वमा फस्ने खतरा उब्जिएको छः मन्त्री लेखक appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मुलुक द्वन्द्वमा फस्ने खतरा, केही जिल्लामा भने दोस्रो चरणमा चुनाव गर्न सकिन्छ : मन्त्री लेखक ५ वैशाख, डोटी। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले मुलुक द्वन्द्वमा फस्ने खतरा औल्याएका छन् । डोटीको दिपायलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लेखकले हिमाल–पहाडमा बस्ने तराईका र तराई–मधेमा बस्ने देशकै शत्रु हुन् भनेर आरोप लगाउने प्रवृत्तिले देशलाई द्वन्द्वमा लैजान सक्ने बताएका हुन् । दुबै थरीको लडाईँको बीचमा ‘राष्ट्रियता’ पनि खतरामा पर्दै गएको उनको भनाई थियो । बैशाख ३१ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने दावी गरेका मन्त्री लेखकले मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा भने दोस्रो चरणमा चुनाव गर्न सकिने पनि दोहोर्याए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : केन्द्रीय सदस्य कोइराला २४ चैत, पर्सा । नेपाल काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मोर्चालाई सहभागी नगराइ भएको स्थानीय तहको निवार्चनले तराईमा जातीय द्वन्द्व बढाउनुको साथै अतिवादी शक्ति हाबी हुने खतरा रहको विचार व्यक्त गरे । उनले तराईको समस्यालाई काठमाडौँका नेताले नबुझेको बताउँदै मध्यमार्गी शक्तिको रुपमा रहेको मधेसी मोर्चालाई निवार्चनमा सहभागी गराएर देश विकासमा साथसाथै अघि बढ्नुको विकल्प नभएको प्रस्ट पारे । रासस The post मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : केन्द्रीय सदस्य कोइराला appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मोर्चालाई अलग्याएर मुलुक जातीय द्वन्द्वमा फस्छ : कोइराला  पर्सा, २४ चैत । नेपाल काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मोर्चालाई सहभागी नगराइ भएको स्थानीय तहको निवार्चनले तराईमा जातीय द्वन्द्व बढाउनुको साथै अतिवादी शक्ति हाबी हुने खतरा रहको विचार व्यक्त गर्नुभयो । उहाँले तराईको समस्यालाई काठमाडौँका नेताले नबुझेको बताउँदै मध्यमार्गी शक्तिको रुपमा रहेको मधेसी मोर्चालाई निवार्चनमा सहभागी गराएर देश विकासमा साथसाथै अघि बढ्नुको विकल्प नभएको प्रस्ट पार्नुभयो । The post मोर्चालाई अलग्याएर मुलुक जातीय द्वन्द्वमा फस्छ : कोइराला appeared first on Etajakhabar.
0 notes
nepal123 · 9 years ago
Text
द्वन्द्वमा विस्थापित भएका बैंकका १२७ शाखा पुनः स्थापित  
१९ कात्तिक, काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका बेला ���िस्थापित भएका सरकारी बैंकका १ सय १७ शाखा पुनः स्थापित भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका द्वन्द्वकालमा २ सय ८४ ओटा शाखा विस्थापित भएका थिए । पुन:स्थापना हुन बाूकी रहेका १ सय ५७ शाखा पुनस्र्थापनाको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कृषि विकास बैंकले ५४ ओटा, राष्ट्रिय वाणिज्य बैंकले ४७ ओटा र नेपाल बैंकले…
View On WordPress
0 notes