#सथपत
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
दुर्गममा सामुदायिक स्वास्थ्य एकाइ स्थापित बाग्लुङ, २१ कात्तिक । सबै नागरिकमा सहज स्वास्थ्य सेवा पु¥याउन जिल्लामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । त्यस्ता एकाइ अधिकांश दुर्गम गाविसमा लक्ष्य गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नौ गाविसमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भइसकेका छन् । हाल रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीसम्म सहज पहुँच नपुगेका सर्वसाधारणलाई लक्ष्य गरेर सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरिएको छ । “साबिकमा रहेका स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्थाका ठाउँमा एकाइ स्थापना गरेका छौँ” –बाग्लुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले भन्नुभयो । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बालिघाट पर्यटकीय क्षेत्रका रुपमा स्थापित रामपुर (पाल्पा), ११ असोज । कालीगण्डकी नदीको किनारमा अवस्थित बालिघाट क्षेत्रलाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा विकास गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा स्थापना गरेपछि विगत दुई वर्षयता पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । बालिघाट धार्मिक क्षेत्र संरक्षण समितिको पहलमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि रमणीय बनेको बालिघाट क्षेत्रले धेरैको मन लोभ्याएको छ । स्थानीयवासीको पहलमा सरकार�� एवम् गैरसरकारी सङ्घ संस्था र स्थानीयको सहयोगमा बनेको शिवालय मन्दिर, बाल उद्यान, दरै संस्कृतिमा आधारित घुमाउने घर, पिकनिक स्थल, प्रतिक्षालय, हरियाली आँपको बगैँचा, बालुवामा खेलिने भलिबल कोर्ट, हरियाली घाँसेमैदानसहितको जङ्गल, संस्थाको कार्यालय निर्माण गरिएपछि यस ठाउँको सुन्दरतालाई अझ मनमोहक पारेको स्थानीय वीरबहादुर विसीले बताउनुभयो । बालिघाट क्षेत्रमा रहेको शिवालय मन्दिरमा पूजापाठ गर्न र वनभोजका लागि आउनेको सहभागिता बढ्दो छ । कालिनदीको चिसो, शान्त, मनोरम दृश्यसँगै मनै लोभ्याउने खालको बालिघाट क्षेत्रमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानका विद्यालय, सङ्घसंस्था, व्यक्ति अवलोकन गर्न र पिकनिकका लागि आउने गर्दछन् । वाल्मिकी ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको धार्मिक किम्वदन्ती रहेको बालिघाटमा शनिबार पिकनिक आउनेको चहलपहल हुने गरेको बालिघाट संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताउनुभयो । कालिगण्डकी नदीबेँसीमा रहेका यस्ता धार्मिक तथा साँस्कृतिक स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नसके थप गाउँको विकासमा टेवा पुग्ने थियो । बालिघाट जस्तै थुप्रै धार्मिक, ऐतिहासिक, मनोरम क्षेत्रको विकास गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा व्यापार व्यवसाय फस्टाउने थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
गोेदावरीमा जैविक विविधता उद्यान स्थापित ललितपुर, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय गोदावरीमा स्थापित ‘जैविक विविधता शैक्षिक उद्यान’ पर्यटक, पर्यावरण र भावी सन्ततिका लागि अध्ययन केन्द्र बन्न सक्ने बताउनुभएको छ । राष्ट्रिय वनस्पति उद्यानद्वारा आज आयोजित नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको २०० वर्षका अवसरमा निर्मित उद्यानको उद्घाटन गर्दै उहाँले जैविक विविधताले जलवायुबाट आएको नकारात्मक असरलाई कम गर्न र प्रकृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सकिने बताउनुभयो । सो अवसरमा वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले जैविक विविधता मानव तथा वातावरण चक्रका लागि अपरिहार्य रहेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनवहादुर शाहीले उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण हुने विश्वास व्यक्त गर्नुभयो । वनस्पति विभागका महानिर्देशक राजदेवप्रसाद यादवले उद्यान स्थापनाले रोजगारीको सिर्जना, अध्ययनको वातावरण तथा पर्यटक आगमनमा थप मद्दत पुग्ने बताउनुभयो । नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसले नेपालसँग बेलायतको सम्बन्ध दिगो रुपमा कायम रहने विश्वास व्यक्त गर्नुभयो । उद्यानको स्थापना बेलायती सहयोगमा भएको बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
विरगञ्जमा स्थापित अस्थायी इजलासबाट काम सुरु वीरगन्ज, ५ असोज । प्रदेश नं २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा स्थापना भई आजबाट आफ्नो कामकाज सुरु गरेको छ । नेपाल सरकारको भदौ २९ गतेको निर्णयअनुसार सो इजलास स्थापना भई बारा, पर्सा तथा रौतहट जिल्लाको सेवाग्राहीलाई न्याय सेवा पु¥याउँदै आएको छ । जनताको घरदैलोसम्म न्याय सेवा पु¥याउने उद्देश्यले अस्थायी इजलास वीरगन्जमा स्थापना गरिएको सो इजलासका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले बताउनुभयो । नेपाल सरकारको निर्णयअनुसार १५ जना न्यायाधीशको दरबन्दी भए पनि सुरुमा अहिले ��ातजना न्यायाधीश मात्र रहेका छन् । आफ्नो भवन नभएकाले अहिले वीरगन्ज चिनी कारखानाको प्रशासकीय भवनमा सो इजलासको कामकाज सुरु गरिएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रधानमन्त्रीको सम्बोधन स्थापित मान्यता विपरीत– नेम्वाङ विराटनगर, २४ भदौ । नेकपा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले ��िहीबार संसदमा गर्नुभएको सम्बोधन संविधान र स्थापित मान्यता विपरित रहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नीति तथा कार्यक्रमको झल्को दिने गरी नयाँ कार्यक्रम ल्याउनु गलत भएको टिप्पणी गर्नुभयो । नेता नेम्वाङले यदि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम ल्याएको हो भन्ने त्यसलाई प्रष्ट पार्नुपर्ने उल्लेख गर्दै यसअघि आफै सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा नयाँ कार्यक्रम ल्याउनु विधिसम्मत नभएकाले यसको जवाफ सरकारले दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । पत्रकारको जिज्ञासामा नेता नेम्वाङले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने कार्य देश र जनताको हित विपरीत देखिएकाले संविधान संशोधन आपूmहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको सम्बन्धमा सरकारले आपूmहरुसँग कुनै छलफल नगरेको जानकारी गराउनुभयो । स्थानीय तहको निर्वाचनको सम्बन्धमा उहाँले संविधानअनुसार बनेको स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको खाकाअनुसार नै स्थानीय तहको निर्वाचन गराउनुपर्ने धारणा व्यक्त पनि गर्नुभयो । The post प्रधानमन्त्रीको सम्बोधन स्थापित मान्यता विपरीत– नेम्वाङ appeared first on Diyo post.
0 notes