#कइरल
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
अचानक यस्तो भेषमा देखापरिन नायिका मनिषा कोइराला काठमाडौँ‘ – नायिका मनिषा कोइराला लामो समयपछि बदिउडमा फर्किएकी छिन् । उनी निर्देशक इम्तियाज अलीको फिल्म ‘डयर माया’ बाट बलिउडमा कमब्याक गर्न लागेको बताइएको छ । केही दिन अगाडि मात्रै टिजर सार्वजनिक गरिएको फिल्ममा नायिका कोइराला एक पाकी महिलाको भुमिकामा देखिएकी छिन् । अब भने संजय दत्तको जीवनीमा बन्ने बायेपिक फिल्ममा पनि मनिषाले काम गर्ने पक्का भइसकेको बताइएको छ । The post अचानक यस्तो भेषमा देखापरिन नायिका मनिषा कोइराला appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मनिषा कोइराला क्यान्सरमूक्त भएको पाँच वर्ष पुग्यो बैशाख–१३ । बलिउड अभिनेत्री मनिषा कोइराला चाँडै नै क्यान्सर मूक्त भएको पाँचौ वर्ष मनाउँदै छिन् । मनिषा सहभागी एक कार्यक्रममा उनले आफूलाई क्यान्सर लागेको पाँचौ वर्ष विशेष गरी मनाउने जानकारी दिइन । मिति नतोके पनि उनले पाँच वर्ष पूरा हुने त्यो समय चाँडै आउने बताइन् । क्यान्सरमुक्त भएदेखि उनी शाकाहारी भोजन, नियमित व्यायम, योगा आदिमा […] The post मनिषा कोइराला क्यान्सरमूक्त भएको पाँच वर्ष पुग्यो appeared first on नेपा�� आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
समृद्ध राष्ट्र बनाउने हो भने काँग्रेसले जित्नुपर्छ :महामन्त्री कोइराला काठमाडौँ, ७ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको भूमिका’ विषयक अन्तक्र्रियामा महामन्त्री डा कोइरालाले काँग्रेस सरकारको पालामा मुलुकमा विकास निर्मा��का काम अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिनका लागि भए पनि काँग्रेसले जित्नुपर्ने बताउनुभएको हो । महामन्त्री डा कोइरालाले राष्ट्र निर्माण गर्ने जिम्मा बौद्धिक वर्गको रहेको भन्दै पार्टीलाई सही सुझाव, सल्लाह दिन बौद्धिक वर्गलाई आग्रह गर्नुभयो । उहाँले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार उठे वा पार्टीको उम्मेदवारलाई सहयोग नगरे तत्काल कारबाही गरिने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचनका लागि दलहरुको सहमति आवश्यक रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो – “संसद्को ठूलो र संविधान निर्माणको नेतृत्व गरेको दलको हैसियतले सबैलाई समेटेर अगाडि बढ्ने मुख्य दायित्व काँग्रेसको हो ।” स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहेका थापाले काँग्रेसले वैशाख १० गतेदेखि प्रचारप्रसारको कामलाई तीव्रता दिने बताउनुभयो । काँग्रेसका सांसद सकलदेव सुतियारले स्थानीयस्तरमा जनतासँग भिजेको व्यक्तिलाई टिकट नदिए निर्वाचनमा काँग्रेसले जित्न नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – “मधेसी दललाई समेटेर निर्वाचनमा जानुपर्छ ।” वरिष्ठ पत्रकार हरिहर विरहीले पार्टीको निर्णयलाई कार्यकर्ताले मानेर अगाडि बढेमात्र काँग्रेसको जित सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो – “एउटै विचार एउटै कार्यक्रम लिएर अगाडि बढेमात्र सोचेजस्तो परिणाम आउन सक्छ ।” समाजका अध्यक्ष डा केदारनरसिंह केसी, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेलगायतले समाजले पार्टी र गुठभन्दा माथि उठेर प्रजातन्त्रवादीहरुलाई एक ठाउँमा जुटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य वीरेन्द्र थपलिया, प्राध्यापक कपिल श्रेष्ठ, कानुनविद् दिनेश त्रिपाठी, इञ्जिनियर सरोज देवकोटाले काँग्रेसले लिएको नीति देशका लागि महत्वपूर्ण नीति भएकाले स्वदेशमै रोजगारी र विकास हुने गरी स्थानीय तहको घोषणापत्र बनाउन पार्टीलाई सुझाव दिनुभयो । लामो समयदेखि प्रजातन्त्रको विकास र विस्तारका लागि काम गर्दै आएको समाजको ४० भन्दा बढी शाखा विस्तार भइसकेको छ । स्थानीय तहको घोषणापत्रमा समावेश गर्नका लागि समाजका वरिष्ठ उपाध्यक्ष वाग्ले र महासचिव गोकर्ण अर्यालले विदेश र छिमेकी नीति, भ्रष्टचार नियन्त्रण नीति, निर्वाचनमा विचार समाजको भूमिकालगायतका कुरालाई समेटी पाँच पृष्ठ लामो सुझाव पेस गर्नुभएको थियो । The post समृद्ध राष्ट्र बनाउने हो भने काँग्रेसले जित्नुपर्छ :महामन्त्री कोइराला appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कतारका लागि नेपाली राजदूतमा कोइराला नियुक्त ३ बैशाख, काठमाडौं । कतारका लागि नेपाली राजदूतमा रमेशप्रसाद कोइराला नियुक्त भएका छन् । सरकारको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले कोइरालालाई राजदूत नियुक्त गरेकी हुन् । यस्तै इजरायलका लागि नेपाली राजदूतमा निरञ्जनकुमार थापालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
काठमाडौंले मधेसको संवेदनशीलता बुझ्न सकेन: नेता कोइराला २४ चैत, काठमाडौं । नेपाली कााग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोईरालाले काठमाडौंले मधेसको संवेदनशीलतालाई बुझन नसकेको बताएका छन् । प्रेस युनियनले विहीबार वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले नेपाली
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : केन्द्रीय सदस्य कोइराला २४ चैत, पर्सा । नेपाल काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मोर्चालाई सहभागी नगराइ भएको स्थानीय तहको निवार्चनले तराईमा जातीय द्वन्द्व बढाउनुको साथै अतिवादी शक्ति हाबी हुने खतरा रहको विचार व्यक्त गरे । उनले तराईको समस्यालाई काठमाडौँका नेताले नबुझेको बताउँदै मध्यमार्गी शक्तिको रु��मा रहेको मधेसी मोर्चालाई निवार्चनमा सहभागी गराएर देश विकासमा साथसाथै अघि बढ्नुको विकल्प नभएको प्रस्ट पारे । रासस The post मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : केन्द्रीय सदस्य कोइराला appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मोर्चालाई अलग्याएर मुलुक जातीय द्वन्द्वमा फस्छ : कोइराला  पर्सा, २४ चैत । नेपाल काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मोर्चालाई सहभागी नगराइ भएको स्थानीय तहको निवार्चनले तराईमा जातीय द्वन्द्व बढाउनुको साथै अतिवादी शक्ति हाबी हुने खतरा रहको विचार व्यक्त गर्नुभयो । उहाँले तराईको समस्यालाई काठमाडौँका नेताले नबुझेको बताउँदै मध्यमार्गी शक्तिको रुपमा रहेको मधेसी मोर्चालाई निवार्चनमा सहभागी गराएर देश विकासमा साथसाथै अघि बढ्नुको विकल्प नभएको प्रस्ट पार्नुभयो । The post मोर्चालाई अलग्याएर मुलुक जातीय द्वन्द्वमा फस्छ : कोइराला appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
राष्टलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्छः नेता काेइराला दाङ, १ फागुन– नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्टलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं– ४ दाङले आज आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालले २०७४ माघभित्र तिनै तहको चुनाव नभए देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने भए चुनाव गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । उहाँले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउनसक्ने बताउनुभयो । कोइरालाले त्यसको लागि काँग्रेस जिम्मेवार र ठूलो पार्टी भएकाले काँग्रेसले पहल थाल्नुपर्ने धारणा राख्नु भयो । कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसा�� गर्नुपर्ने बताउनुभयो । नेता कोइरालाले गणतन्त्र पनि सुरक्षित नभएकाले गणतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेस लाग्नुपर्ने बताउनुभयो । उहाँले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको विचार राख्नु भयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
यि चर्चित नायकको आमा बन्दै मनिषा कोइराला एजेन्सी – कुनै समय बलिउडमा राम्रो छाप छाडेकी मनिषा कोइराला फेरी बलिउड फिल्ममा देखिने बताइएको छ । क्यान्सलाई जितेर अघि बढेकी कोइराला बलिउड फिल्ममा भिनेता रणवीर कपुरकी आमा बनेर देखिने बताइएको छ । भिनेता संजय दत्तको जीवनीमा आधारित रहने यो फिल्म राजकुमार हिरानीले निर्देश�� गर्न लागेका छन् । जसमा, संजयको भूमिका रणवीर कपुरले निर्वाह गर्न लागेको बताइएको छ । फिल्ममा मनिषाले संजयकी आमा नरगिसको भूमिका निर्वाहा गर्ने भएकी हुन् । नरगिसको क्यान्सरका कारण निधन भएको थियो । क्रिसमसमा रिलिज हुने बताइएको यो फिल्मको छायांकन चाडै नै सुरु हुँदैछ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
संविधानलाई कार्यान्वयन गर्न निर्वाचन आवश्यक: महामन्त्री कोइराला विराटनगर, २१ माघ- नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानलाई कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुराकानी गर्दै स्थानीय तहको निर्वाचन गर्दा वि��ाद हुने सम्भावना रहेकाले स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभयो । मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको भन्दै उहाँले मुलुकलाई जटिल अवस्थाबाट बचाउन जसरी पनि निर्वाचन गराउनुपर्ने आवश्यकता औंँल्याउनुभयो । मधेसी मोर्चाले दोहोरो नीति अपनाउन खोजेको प्रसङ्ग उल्लेख गर्दै मुलुकलाई अन्यौंँलताबाट हटाउन मोर्चालगायत सबै दललाई एक्यबद्धता हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । पत्रकारको जिज्ञासामा उहाँले स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक– सुजाता कोइराला काठमाडौँ, २० माघ- नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताउनुभएको छ । जिपी कोइराला फाउन्डेसनद्वारा यहाँ आज आयोजित ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम’मा उहाँले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धितर्फको यात्रा सहज हुने विचार व्यक्त गर्नु भयो । नेत्री कोइरालाले अपराध गर्ने र तारोमा पर्नेमा युवा बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताउनुभयो । कार्यक्रममा साइबर अपराधका जानकार एवम् प्रहरी नायब उपर��क्षक पशुपति रायले साइबर अपराधसम्बन्धी विभिन्न घटनाको तथ्य प्रस्तुत गर्दै अपराधीबाट बच्न सचेत गराउनुभयो । कसैलाई विश्वास गरेर सामाजिक सञ्जालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव उहाँले दिनुभयो । उहाँले अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्नुपर्नेमा जोड दिनुभयो । अनलाइनमार्फत चाइल्ड सेक्स टुरिज्मका सङ्गठित अपराधीले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकामा सचेत रहन उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा कामाद कलेजका विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए । जिपी कोइराला फाउन्डेसनले युवालाई लक्षित गरी विकास, अपराध नियन्त्रणमा सचेतना, युवा सशक्तीकरणलगायतका विषयमा देशभर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन: महामन्त्री कोइराला चितवन, १३ माघ- नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन प्रस्तावमाथि नअल्मलिई यथाशक्य चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । दलीय सहमति गरेर छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने उहाँको भनाइ थियो । नयाँ संरचनामा निर्वाचन गर्दा समय लाग्ने भएकाले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने पनि महामन्त्री कोइरालाले बताउनुभयो । स्थानीय तह र प्रदेशको निर्वाचन गर्दा दुई÷तीन महिना समय रहने भन्दै उहाँले सोही समयमा संविधान संशोधन प्रस्तावको टुङ्गो लगाउनु पर्ने बताउनुभयो । राजनीतिक दृढता हुन सके मात्र आउँदो माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न सकिने भन्दै उहाँले समय थप गर्न नहुने उल्लेख गर्नु भयो । नेपाली काँग्रेससँग भएको सहमतिअनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय तहको निर्वाचनसम्म रहने महामन्त्री कोइरालाले बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
स्थानीय निर्वाचन नयाँ संरचनामा हुन सक्दैन : डा कोइराला बेँसीसहर(लमजुङ) ५ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निर्वाचन नयाँ संरचनामा हुन नसक्ने बताउनुभएको छ । सुन्दरबजारस्थित आदर्श बाल माविको हीरक उत्सव समापन कार्यक्रममा डा कोइरालाले भन्नुभयो, “पुनःसंरचनामा ध��रै विवाद छन्, त्यसैले पुरानै संरचनामा टेकेर स्थानीय निर्वाचन गर्नुपर्छ ।” उहाँले जनताको भावना विपरीत राज्य पुनःसंरचना हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनका लागि जनताको सहभागिता र समर्थन चाहिन्छ भन्नुभयो । स्थानीय निर्वाचन भएको तीन चार महिनाभित्र प्रान्तको स्वरुप निर्धारण हुने उहाँको जिकिर थियो । उहाँले संविधान संशोधनको प्रस्ताव पारित गरेर प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिने बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बिपी कोइराला क्यान्सर अस्पतालका सञ्चालक समिति नहटाउन अन्तरिम आदेश काठमाडौँ, २ माघ- सर्वोच्च अदालतले चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन सञ्चालक समिति सदस्यलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सो अस्पतालका सञ्चालक समितिलाई नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सो सञ्चालक समितिका सदस्यलाई हटाउनु पर्नाका कारण देखाउन समेत सरकारका नाममा आदेश जारी गरेको छ । गत वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएपछि निष्क्रिय रहेको सञ्चालक समितिमा गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले छ जना नयाँ सदस्य नियुक्त गरेको थियो । नयाँ सञ्चालक समितिको बैठकसमेत बसिसकेको छ । सरकारको निर्णयविरुद्ध सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपाने, प्रभा बराल, गणेश गुरुङ र केदार सेन्चुरीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
संविधान संशोधन गरेर अगाडि बढ्नु नै उत्तम विकल्पः डा. शेखर कोइराला काठमाडौँ, १८ पुस- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर अगाडि बढ्नु नै देश र जनताप्रति उत्तम विकल्प भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तक्र्रियामा बोल्दै डा कोइरालाले सबै दलको सहमतिमा संविधान संशोधन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । डा कोइरालाले नेकपा (एमाले)लाई बाहिर राखेर संविधान संशोधन गर्न नमिल्ने बताउँदै भन्नुभयो – “नेकपा (एमाले)ले आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने तर संसद् अवरुद्ध गर्नु ठीक काम होइन ।” डा कोइरालाले हतारमा संविधान घोषणा हुँदा मुलुकमा समस्या उत्पन्न भएको भन्दै सबै ��ाजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र मुलुक��े निकास पाउने बताउनुभयो । उहाँले २०७४ माघ ७ गतेसम्म तीनवटै निकायको निर्वाचन गर्न सम्भव भएको बताउँदै यसका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । काँग्रेसका नेता शोभाकर पराजुलीले काँग्रेसले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र विपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । वरिष्ठ पत्रकार हरिहर विरहीले संविधानमा उल्लेख भएका कुरालाई मान्दै संविधान संशोधन गरी सबैको भावनालाई समेटेर अगाडि बढे मुलुकले निकास पाउने बताउनुभयो । वरिष्ठ पत्रकार कवीर राणाले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने हो भने बिपी कोइरालाबाट पाठ सिक्नुपर्ने बताउनुभयो । प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्याल, केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्ष समीरजङ्ग शाह, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहन ज्ञवाली, युनियन काठमाडौँका पूर्व अध्यक्ष गोकर्ण अर्याललगायतले काँग्रेस बलियो भएमात्र मुलुक बलियो हुने भन्दै काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र मेलमिलापको खाँचो रहेकामा जोड दिनुभयो । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जिपी कोइराला स्मृति सभागृह भवनः १६ महिना बितिसक्दा २५ प्रतिशत निर्माणकार्य भद्रपुर, ९ मङ्सिर- झापाको सदरमुकाम चन्द्रगढीमा जिपी कोइराला स्मृति सभागृह भवनको निर्माण कार्य सुरु भएको १६ महिना बितिसक्दा पनि अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न हुन नसकेको पाइएको छ । दुई वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी प्रेरा–शाहा जेवी निर्माण कम्पनीले ठेक्कामा लिएको सो भवन २०७२ असार २६ गते शिलान्यास भएको थियो । तत्कालीन प्रधानमन्त्री एव्म नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । कुल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा निर्माण हुने उक्त तीनतले अत्याधुनिक एवम् अन्तर्राष्ट्रियस्तरको सभागृह भवनको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहने छ । सभागृहको पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा दुई वा तीनवटा बैंक अट्ने कोठा र तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने वातानुकूलित कोठा बन्ने छ । उक्त भवन शिलान्यास भएको १६ महिना बितिसक्दा पनि अहिलेसम्म कामले गति लिन नसक्दा भवन समयमै निर्माण हुने अवस्था नरहेको स्थानीयवासी बताउँछन् ।
0 notes