#नकयक
Explore tagged Tumblr posts
Photo
प्रचण्डले लिए सुरक्षा निकायका प्रमुखसँग जानकारी ५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा अङ्गका प्रमुखहरुसँग निर्वाचनको बारेमा जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन । प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दीलिप रेग्मीलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन । भेटमा प्रधानमन्त्रीले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा अङ्गका प्रमूखहरुसँग जानकारी लिएका थिए । भेटमा प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । भेटमा सुरक्षा अङ्गका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए ।
0 notes
Link
Just Pinned to USA NEWS: नकयक पनरगमन लयय नय एनडरइड समरटफन यसत छन बशषत http://ift.tt/2j0pgrt
0 notes
Photo
स्थानीय निकायको निर्वाचनका लागि चितवनमा तीन हजार मतदाता घटे रत्ननगर (चितवन), २० चैत । स्थानीय निकायको निर्वाचनका लागि चितवनमा यस वर्ष १६१ मतदान स्थलमा ३७६ मतदान केन्द्र तय गरिएको छ । मतदाताको सङ्ख्या हेरेर एक हजार बढी मतदाता भएको मतदानस्थलमा मतदान केन्द्र थपिने छ । सोही अनुसार एउटा मतदानस्थलमा क, ख, ग, घ, ङ गरेर केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले ��ानकारी दिनुभयो । “एउटै मतदानस्थलमा पाँचवटासम्म केन्द्र तय भएका छन्,” उहाँले भन्नुधभयो । आयोगले ��तदाता सङ्ख्या पुनरावलोकन गरिरहेकाले अझै हेरफेर हुनसक्ने ढकालको भनाइ छ । नाम जुधेका र दोहोरिएकाको नाम हटाउने चरणमा निर्वाचन आयोग लागेको छ । दोहोरिएको र जुधेको नाम हटाउँदा आजसम्म जिल्लामा कुल तीन लाख १३ हजार एक मतदाताको नामावली आइपुगेको उहाँले बताउनुभयो । यसअघि निर्वाचन कार्यालयले कुल तीन लाख १५ हजार ९३७ मतदाता सार्वजनिक गरेको थियो । जुधेको नाम हटाउँदा अहिले जिल्लामा झन्डै तीन हजार मतदाता घटेका छन् । भरतपुर महानगरपालिकामा ६५ वटा मतदानस्थल, रत्ननगर नगरपालिकामा २१, खैरहनीमा १७, राप्तीमा १८ र कालिका नगरपालिकामा ११ तथा इच्छाकामना गाउँपालिकामा १४ वटा मतदानस्थल बनाइएको छ । यसपटक भरतपुर महानगरपलिकामा पाँच, रत्ननगर नगरपालिकामा एक, खैरहनीमा चार, राप्तीमा चार, कालिकामा एक र इच्छाकामना गाउँपालिकामा पाँचवटा मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । The post स्थानीय निकायको निर्वाचनका लागि चितवनमा तीन हजार मतदाता घटे appeared first on Etajakhabar.
0 notes
Photo
स्थानीय निकायका कर्मचारीको आन्दोलनको कारण तीन दिनदेखि जिविस र नगरपालिका बन्द उदयपुर, ५ फागुन- स्थानीय निकायका कर्मचारीको आन्दोलन र विभिन्न मागको कारण उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका पूर्णरुपमा बन्द हुन पुगेको छ । जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन थालेका छन् । सुरुमा हातमा कालोपट्टि बाँधेर विरोध जनाएर आफ्नो माग राख्दै आएका स्थानीय निकायका कर्मचारी अहिले दैनिक कार्यालय नै बन्द गराएर आन्दोलनमा उत्रिन परेको आन्दोलनमा आबद्ध कर्मचारी बताउँछन् । स्थानीय निकायअन्तर्गत जिल्लाका नगरपालिका, जिविस र गाविसका समेत रहँदै आएका अस्थायी र करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने र अन्य सेवासुविधाको समेत राज्यले व्यवस्था गर्न पर्ने आफूहरुको १३ बुँदे माग रहेको कुरा आन्दोलनरत कर्मचारी सङ्घका उदयपुर अध्यक्ष भूपध्वज रायमाझीले बताउनुभयो ।
0 notes
Photo
झापामा स्थानीय निकायका कर्मचारीले एलडिओलाई कार्यालय छिर्न दिएनन् भद्रपुर, २ फागुन – आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरी कार्यालय अगाडि धर्नामा बसेका छन् । जिविस झापा अगाडि धर्नामा बसेका कर्मचारीले स्थानीय विकास अधिकारी खेमराज ओझालाई कार्यालयभित्र पस्न दिएनन् । कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ । स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम भएको र यसबाट सेवाग्राही मर्माहत भएका छन् । जिविसमा हुने सबै काम बन्द भएपछि सेवाग्राही रित्तै फर्किरहेका छन् भने गाविस र नगरपालिकाबाट हुने दैनिकी कार्य विवाह दर्ता, जन्म दर्ता, सिफारिसजस्ता सबै अवरोध भएका छन् ।
0 notes
Photo
काममा फर्किएनन् स्थानीय निकायका कर्मचारी, खास माग यस्तो छ भद्रपुर, १ फागुन- आफना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरेका छन् । कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ । स्थानीय निकाय ट्रेडयुनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम गरिएको बताइएको छ । कर्मचारीले काम नगरेपछि जिल्ला विकास समिति झापामा आउने सेवाग्राही मर्कामा परेका छन् । आफ्ना माग पूरा नभए फागुन १ गते दिनभरि कार्यालय बन्द गर्ने घोषणा समितिले गरेअन्ुरुप स्थानीय निकायका कर्मचारीले कार्यालयका काम ठप्प पारेको आन्दोलनमा सहभागी जिल्ला विकास समिति झापाका कर्मचारी जय तिमल्सेनाले बताउनुभयो । स्थानीय निकायको निर्वाचन अविलम्ब गर्नुपर्ने, नयाँ संविधानको मर्म र भावना अनुरुप स्थानीय तहबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्नसक्ने साङ्गठनिक संरचना र जनशक्तिको व्यवस्था गर्नुपर्ने, सबै कार्यालयमा असलकार्य संस्कृति र उचित कार्य वातावरणको सिर्जन गर्न निश्चित नीति, योजना तथा कार्यक्रम ल्याउनुपर्ने र स्थानीय निकायमा २० औँं वर्षदेखि अस्थायी तथा करारमा रही आफ्नो जीवनको ऊर्जाशील समय जनताको सेवामा व्यतित गरेका छ हजार कर्मचारीको सेवालाई निरन्तरता दिँदै अब बन्ने ऐननियम, कार्यविधि, गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन हुनुपर्ने जस्ता माग राखिएको छ ।
0 notes
Photo
स्थानीय निकायको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा कञ्चनपुर, १ फागुन- कञ्चनपुरका स्थानीय निकायका कर्मचारीले आज स्थानीय निकायको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अधि सादै अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै स्थानीय निकायका कामकाज ठप्प पारी कार्यालय अगाडि धर्नामा बसेका छन् । कर्मचारी कामकाज ठप्प पारी धर्नामा बसेपछि स्थानीय निकायको कामकाज ठप्प भएको छ । दीर्धकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजार भन्दा बढी कर��मचारीको समायोजनको मागअघि सार्दै आन्दोलनमा उत्रिएको स्थानीय निकाय कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बोगटीले बताउनु भयो । वर्तमान सङ्क्रमणकालीन व्यवस्थाका रुपमा स्थानीय तहमा सेवा प्रवाहका लागि सरकारले आवश्यक व्यवस्था गर्नसक्ने र यस्तो व्यवस्था गर्दा कानुन बमोजिम राष्ट्रसेवक कर्मचारी स्थानीय तथा प्रदेशिक तहमा समायोजन गर्नसक्ने व्यवस्था गरेको गाविस कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष बलराम रानाले बताउनु भयो । हातमा कालोपट्टी बाँधी, पेनडाउन, धर्ना र कामकाज ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम कर्मचारीले जारी राखेका छन् । माघ २३ गतेदेखि स्थानीय निकायका कर्मचारी आन्दोलनमा रहेका छन् ।
0 notes
Photo
राष्टलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्छः नेता काेइराला दाङ, १ फागुन– नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्टलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं– ४ दाङले आज आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालले २०७४ माघभित्र तिनै तहको चुनाव नभए देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने भए चुनाव गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । उहाँले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउनसक्ने बताउनुभयो । कोइरालाले त्यसको लागि काँग्रेस जिम्मेवार र ठूलो पार्टी भएकाले काँग्रेसले पहल थाल्नुपर्ने धारणा राख्नु भयो । कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताउनुभयो । नेता कोइरालाले गणतन्त्र पनि सुरक्षित नभएकाले गणतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेस लाग्नुपर्ने बताउनुभयो । उहाँले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको विचार राख्नु भयो ।
0 notes
Photo
स्थानीय निकायका कर्मचारी कालोपट्टी बाँधेर विरोधमा कञ्चनपुर, २५ माघ- जिल्लानस्थित स्थानीय निकायका कर्मचारी मङ्गलबारदेखि कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् । स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन् । नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने मा��� गरेका कर्मचारीले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जिविस, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाविसमा कार्यरत स्थायी, अस्थायी र करार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरिनु पर्ने, स्थानीय निकाय कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बोगटीले बताउनुभयो । उहाँले कर्मचारी व्यवस्थापन गर्दा ज्येष्ठता, योग्यता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा श्रेणी मिलान गरिनु पर्ने, समायोजनमा जान नचाहने कर्मचारीलाई विशेष सुविधा दिई अवकाशको सुविधा दिनुपर्ने, स्थानीय तहका दरबन्दीलाई प्रदेशस्तरमा एकीकृत गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवाको व्यवस्था गरिनु पर्ने माग अघि सारिएको बताउनुभयो । । “माग पूरा नभए सशक्त आन्दोलनका कार्यक्रम गर्छौं” – अध्यक्ष बोगटीले भन्नुभयो । आन्दोलनमा स्थानीय कर्मचारी सङ्घ, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भीमदत्तनगरपालिका, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन दोधारा चाँदनी नगरपालिका, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन पुनर्वास नगरपालिका र गाविस कर्मचारी सङ्घले एक्यबद्धता जनाएका छन् ।
0 notes
Photo
तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्छ: नेता सिंह काठमाडौँ, २२ माघ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ । किङकम स्पोर्टस क्लबले आयोजना गरेको उपत्यकास्तरीय ब्याडमिन्टन प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो —छोटो समयमा तिनवटै तहको निर्वाचन गर्नुपर्ने भएकाले सरकाले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्दछ ।” नेता सिंहले “समयमा तीन तहको निर्वाचन नगरे अहिलेसम्म भएको उपलब्धि पनि गुम्न सक्ने भएकाले दलहरु एक भएर निर्वाचनमा जानुपर्छ” भन्दै कुनै पनि बहानामा निर्वाचन रोक्न खोज्यो भने त्यो काँग्रेसलाई मान्य नहुने बताउनुभयो । पन्द्रह दिनसम्म चल्ने उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३६ टोलीले भाग लिएका छन् ।
0 notes
Photo
सबै दलको सहमतिमा स्थानीय निकायको मिति घोषणा गर्न माग काठमाडौँ, २० माघ- सांसदहरुले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएकाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उनीहरुले निर्वाचनका लागि आवश्यक कानुनी पूर्वाधार र स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन सच्या��रमात्र निर्वाचनको मिति घोषणा गर्नुुपर्नेमा जोड दिए । बैठकमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसी नदीको कटान र डुबान समस्यालाई सधैँका लागि रोक्न स्थायी संयन्त्र तयार गरी काम गर्न माग गर्नुभयो । नेकपा (एमाले) केशव बडालले महोत्तरीको मटिहानी, इलामको पशुपतिनगर र नवलपरासीको नेपाली केही भूभागमा रहेका सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा सीमा मिचेको छ भन्दै यसमा सरकारको ध्यान जाओस् भन्नुभयो । नेकपा (माओवादी केन्द्र)का प्रभु साहले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनले तराई÷मधेसमा हचुवाका आधारमा सुझाव दिएको आरोप लगाउँदै प्रतिवेदनले सङ्घीयता कार्यान्वयनमा अवरोध गर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराईले विद्यालयमा राजनीति नगर्न र विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक आस्था र विश्वास हेरिनुहुँदैन भन्नुभयो । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का गीता क्षेत्रीले बालपोषण र बालशिक्षामा सरकारी लगानी बढाउन माग गर्दै ‘सुनौला हजार दिन’ कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका अनुराधा था��ामगरले निर्वाचनसम्बन्धी विधेयकमा थ्रेसहोल्डको प्रावधान नराख्न माग गर्दै ठूला दलका कारण नै राजनीतिक अस्थिरता आएको हो भन्नुभयो । नेकपा (माले)का सिपी मैनालीले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको चर्चा गर्दै स्थानीय निकायको निर्वाचनबाट निर्वाचनको सुरुवात गर्न सुझाव दिनुभयो । सांसद महेन्द्रराय यादवले संविधान संशोधन गरी स्थानीय निर्वाचनको घोषणा गर्न माग गर्नुभयो । सांसद मीना पुनले स्थानीय निकायको निर्वाचनको कानुनी आधार तयार नभई सरकारले किन निर्वाचनको रटान गरिरहेको छ भनी प्रश्न गर्नुभयो ।
0 notes
Photo
सरकार स्थानीय निकायको निर्वाचन केन्द्रित: मन्त्री पाण्डे कपिलवस्तु, १९ माघ- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयनका लागि वर्तमान सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । ��्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको स्पष्ट पार्नुभयो । वर्तमान सरकारको पहिलो प्राथमिकता नै संविधान कार्यान्वयन रहेकाले निर्वाचनको तयारी कै लागि संसद्ले निर्वाचन सम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको मन्त्री पाण्डेले चार्चा गर्नुभयो । स्थानीय निकायबारे राज्य पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन संसद्मा पेस गरिएको जनाउँदै सोही प्रतिवेदनकै आधारमा गाउँपालिका र नगरपालिकाको निर्वाचन हुने उहाँको भनाइ थियो । ं मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि समय सीमाभित्रै निर्वाचन गर्नुको विकल्प नरहेको बताउँदै आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयत्न गरिरहेको प्रष्ट पार्नुभयो ।
0 notes
Photo
स्थानीय निकायको निर्वाचनलगायत विषयमा काँग्रेस र मोर्चासँग प्रधानमन्त्रीकाे परामर्श काठमाडौँ, १७ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा आज सत्तारुढ नेपाली काँग्रेस र मधेसी मोर्चासँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा उल्लेखित दुबै विषयमा सहमति खोज्ने प्रयास भए पनि कुनै निष्कर्ष निस्किएन । यद्यपि, अबको एक/दुई दिनभित्रै पुनः बैठक बसी सहमति खोज्ने दुबैतर्फका नेताहरुले प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग भोलि छलफल गरी अर्को निर्णायक बैठक गर्ने बताइएको छ । आजको बैठकमा दुबै पक्षको अडानले सहमति जुटेन । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयलाई एकैसाथ लैजाने प्रस्ताव राख्नुभएको थियो । तर मोर्चाले संशोधन टुङ्गो नलगाई कुनै पनि निर्वाचन अघि बढ्न नसक्ने बताएपछि त्यस विषयमा दलीय सहमति जुटाउन अर्को बैठक गर्ने सहमति भएको हो । संशोधन र निर्वाचनबारे बुधबारसम्म दलीय परामर्श गरी टुङ्गो लगाउने सहमति भएको नेकपा ९माओवादी केन्द्र० का नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन र निर्वाचनबारे छलफललाई केन्द्रित गर्नुभयो । संशोधनको प्रक्रिया पनि अघि बढाउने तर निर्वाचनको दिशामा पनि देशलाई लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो । मोर्चाले संशोधन प्रक्रियालाई टुङ्ग्याएर मात्रै निर्वाचनमा लाग्नुपर्ने धारणा राखेपछि यो विषयमा भोलि या पर्सी तत्कालै छलफल गरी ठोस निष्कर्ष निकाल्न आजको बैठकको निरन्तरतामा अर्को बैठक बस्ने सहमति भएको छ,”–उहाँले भन्नुभयो । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संशोधन विधेयक र निर्वाचनबारे वृहत र सकारात्मक छलफल भए पनि विषयवस्तुको टुङ्गो नलागेकाले अर्को बैठक बसी सहमति गर्ने निर्णय भएको बताउनुभयो । बैठकमा मोर्चाको तर्फबाट निर्वाचनको मिति अहिले घोषणा गर्ने कि नगर्ने तथा स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने या नगर्नेबारे छलफल भएको छ । उक्त विषयमा प्रधानमन्त्रीले गम्भीर रुपमा छलफल गरी आवश्यक निर्णय लिने धारणा राख्नुभएको नेता कर्णले बताउनुभयो । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले निर्वाचन र संशोधनबारे एमालेसँग पनि छलफल गरी सहमति खोज्ने विषयमा कुराकानी भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति थियो ।
0 notes
Photo
तत्काल स्थानीय निकायको निर्वाचन गर्न सांसदहरुको माग काठमाडौँ, ११ माघ- व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् । स्थानीय निकायसम्बन्धी आयोगले प्रतिवेदन बुझाइसकेको र केही जिल्लामा विवादसमेत देखिएको सम्बन्धमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मार्फत समस्या समाधानका लागि पहल गर्नसमेत उनीहरुले आग्रह गरे । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा स्थानीय तथा राष्ट्रिय समस्यालगायत स्थानीय निकायको निर्वाचनको मिति घोषणामा भइरहेको बिलम्बप्रति सरकारको आलोचना गरेका थिए । सांसद ओफिलाल ओफेडा, आशा घिमिरे, आशा कोइरालाले तत्काल लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेको स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभयो । केही जिल्लामा रहेको विवाद समेत मन्त्रिपरिषद्ले समाधान गर्न सक्ने कानुनी प्रावधानलाई उपयोग गर्न समेत उहाँहरुले ध्यानकर्षण गराउनुभयो । सांसद आदित्यनारायण कशौधनले मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण प्रक्रियामा भइरहेको ढिलाइले हजारौँ नागरिक प्रभावित भएकाले युद्धस्तरमा निर्माण कार्य अगाडि बढाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गर्नुभयो । यस्तै तराई मधेस सिँचाइ कार्यक्रममा भइरहेको ढिलाइप्रति सिँचाइ मन्त्रालयले चासो नदिएकामा समेत रोष प्रकट गर्दै भूकम्पपीडितले राहत नपाएको, भूमिहीन किसान सबैभन्दा बढी समस्यामा परेको र राहत नपाएकामा पनि सरकारको ध्यानाकर्षण गराइएको थियो । यसरी ध्यानाकर्षण गराउनेहरुमा अमनलाल मोदी, आशा यादव, केशरी घर्ती मगर, उमेशकुमार यादव, ऋषिकेश पोखरेल, केशव बडाललगायत हुनुहुन्थ्यो ।
0 notes
Photo
नोकियाको सानदार पुनरागमन, चीनमा नोकिया ६ को स्टक केही मिनेटमै रित्तियो माघ ११ गते- कुनै समय मोबाइल बजारमा एकछत्र राज गरेको नोकियाले चीनमा सानदार पुनरागमन गरेको छ । नोकियाले चीनमा लन्च गरेको नोकिया ६ को बिक्री यसको उदाहरण हो । चीनमा फ्ल्यास सेलका लागि १० लाखभन्दा बढीले नाम दर्ता गराएपनि नाम दर्ता गराएकाजति सबैले यो फोन पाउन सकेनन् । आधिकारिक विक्रेता जेडी डट कमले नोकियाको नयाँ स्मार्टफोनको माग थाम्नै सकेन । नोकियाको यो नयाँ फोन चीनभन्दा बाहिर लैजान तत्कालका लागि अनुमति दिईएको छैन । २४५ डलर मूल्य रहेको फोनमा ६४ जिबि इन्टरनल मेमोरी, १६ मेगापिक्सेलको ब्याक क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी र भिडियो च्याट क्यामरा रहेको छ । यस्तै, यो फोनको पि१ १२८ जिबि मोडलको मूल्य ८ सय डलरमा र २५६ जिविको मूल्य ९५० डलर राखिनेछ ।
0 notes
Photo
स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास विराटनगर, २१ पुस- नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गर्नुभयो । प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा तह गत आधारमा निर्वाचन गराउँदा विवादको बीउ रोपिने सम्भावना देखिएकाले पुरानै संरचनाका आधारमा निर्वाचन गराउनु उपयुक्त हुने आफ्नो व्यक्तिगत सुझाव रहेको स्पष्ट पार्नुभयो । एउटा निर्वाचन भएपछि मुलुकले गति लिने उल्लेख गर्दै उहाँले त्यसपछि सीमाङ्कनको विवादलाई समाधान गरी प्रदेश र संसदीय निर्वाचन गराउनुपर्ने विषयमा जोड दिनुभयो । मुलुक सङ्कटग्रस्त अवस्थामै रहेको चर्चा गर्दै उहाँले संविधानलाई कार्यान्वयनका लागि पहिले स्थानीय निकायको निर्वाचन र त्यसपछि मधेसी मोर्चासहित सवै दल एकजुट भएर सीमाङ्कनको समस्या समाधान गरी प्रदेशको निर्वाचन गराउनुपर्ने धारणा प्रकट गर्नुभयो । उहाँले नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले मियो बनेर सवै दलहरुबीच समझदारी कायम गर्न अग्रसर हुनुपर्ने र मुलुकलाई सुरक्षित रुपमा अवतरण गराउनुपर्ने विषयमा जोड दिनुभयो ।
0 notes