#ढकक
Explore tagged Tumblr posts
Photo
सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्– प्रमुख निर्वाचन आयुक्त डा यादव काठमाडौँ, ६ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षणमा निर्वाचनमा खटिने सहभागीलाई आज उहाँले सो निर्देशन दिनुभएको हो । प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “पूर्ण विश्वासका साथ उच्च आत्मबल बनाएर स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पूरा गर्ने अठोट गर्नुस्, आयोग तपाईहरुको साथमा छ ।” निर्वाचनको वातावरण अनुकूल बन्दै गएको छ, कहीँ कतै समस्या देखियो भने खबर गर्नुस् आयोगको तत्कालै त्यहाँ उपस्थिति हुनेछ, सुरक्षाको पूर्ण प्रत्याभूति भएको हुँदा ढुक्क भएर काम गर्नुस्– उहाँले भन्नुभयो । ‘‘संविधान कार्यान्वयन र लोकतन्त्रको ��्थायित्वको सन्दर्भमा आधारशीलाको रुपमा रहेको २०७��� वैशाख ३१ गते आइतबार हुने ७४४ स्थानीय तहको निर्वाचन नयाँ खाले जिम्मेवारी भएकाले त्यो गर्न्ु भनेको राष्ट्रको लागि ठूलो योगदान हो” – प्रमुख निर्वाच आयुक्त यादवले भन्नुभयो । आयोगका सचिव गोपीनाथ मैनालीले लोकतन्त्रलाई संस्थागत र स्थानीय तहलाई बलियो बनाउन हुन लागेको निर्वाचनको महाअभियानको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु भनेको हाम्रा लागि ठूलो अवसर हो भन्ने ढङ्गबाट कर्तव्य पूरा गर्न आवश्यक रहेको बताउनुभयो । आयोगका सहसचिव नवराज ढकालले सिँहदरबारको अधिकारलाई टोलटोलमा पु¥याउने उत्सवको रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको बताउनुभयो । विगतका तालिममा उपस्थित हुन नसकेका, जगेडामा रहेका तथा नयाँ नियुक्ति भएका निर्वाचन अधिकृतका लागि सञ्चालित उक्त एकदिने प्रशिक्षणमा २८ जना सहभागी रहेको आयोगले जनाएको छ । उक्त प्रशिक्षणमा निर्वाचन कानुन, नियमावली, निर्देशिका, निर्वाचन सञ्चालन गर्ने विधि र प्रक्रिया, मतगणनालगायतका विषयमा प्रशिक्षण दिइनेछ । The post सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्– प्रमुख निर्वाचन आयुक्त डा यादव appeared first on Etajakhabar.
0 notes
Photo
निर्धारित समयमै मेलम्चीको पानी आउनेमा ढुक्क हुन आग्रह काठमाडौँ, १० फागुन- मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ । “आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार द्रुत गतिमा भइरहेको छ, विसं २०७४ साउनमा खानेपानी परीक्षण गरी आगामी बडादसैँमा घर घरमा खानेपानी वितरण गर्ने लक्ष्य छ”, सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा आज यहाँ आयोजित ‘काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनमा मेलम्ची खानेपानी आयोजना’ विषयको अन्तक्र्रियामा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले भन्नुभयो । पाइपलाइन विस्तारका क्रममा राजधानीका सडकमा धुलोको समस्या न्यूनीकरण गर्ने काम भइरहेको जनाइएको छ । पाइप बिछ्याउन खनिएका सडक पुनःनिर्माणका लागि यसअघि नै सडक विभागलाई रु ८४ करोड र नगर��ालिकालाई रु एक करोड निकासा भइसकेको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई घनश्याम भट्टराई उपत्यकामा खानेपानीको माग सम्बोधन गर्न मेलम्ची–२ आयोजनाको काम पनि अघि बढेको बताउनुहुन्छ । काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौँ उपत्यकामा सुख्खायाममा पानीको सहज आपूर्ति गर्न तत्काल ट्यांकरबाट समेत व्यवस्थित रुपमा पानी वितरण गरिने जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख दिनेशप्रसाद खत्रीका अनुसार आगामी वर्��ा यामअघि नै उपत्यकामा खानेपानी वितरण सञ्जाल निर्माण गर्न दिनरात गरेर द्रुत गतिमा पाइप बिछ्याउने र पानी पोखरी निर्माण भइरहेको छ ।
0 notes
Photo
ढुक्क भएर पुँजी लगाउन मित्र राष्ट्रहरुसँग आग्रह काठमाडौँ, ११ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएकाले ढुक्क भएर पुँजी लगाउन मित्र राष्ट्रहरुसँग आग्रह गर्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा एन्ड्रयु पार्मलीसँगको भेटमा उहाँले जलविद्युत् तथा पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । लर्ड मेयरले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा नेपालले हासिल गरेको प्रगतिको सराहना गर्दै लगानीको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । भेटका अवसरमा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा लर्ड मेयर नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य, नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसका साथै प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।
0 notes
Photo
ढुक्क हुुनुुहाेेस् नेपालमा रहेेकाे भारतीय रुपैैयाँ साटिन्छ माघ १ गतेे- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोट साट्ने विषयमा दुई देशबीचमा कुराकानी भइरहेको र समाधान निस्कने बताएका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। नयाँ दिल्लीस्थित फरेन करेसपोन्डेन्ट क्लबले नेपाल र भारतको सम्बन्धको विषयमा आयोजना गरेको एक कार्यक्रममा उपाध्ययाले नेपालमा रहेका पुराना भारु नोट साटिने विषयमा भारतले आफूहरुलाई विश्वस्त गराएको बताए । यही विषयमा वार्ता गर्न भारत आएको सरकारी टोली बिहीबार भारतीय पक्ष��ँग वार्ता गरी नोट साट्ने विषयमा आफूले तयार बनाएको मोडालिटीको बारेमा जानकारी गराएको छ । ‘नोट साट्ने विषयमा दुई देशका बीचमा विभिन्न तहमा वार्ता भइरहेको छ । विशेषत: डिसेम्बर ३० पछि पुराना नोटहरु नसाटिने हो कि भन्ने चिन्ताका साथ मलाई फोन आइरहेको छ । म पूर्णरुपमा विश्वस्त छु कि यो समस्या समाधान हुने छ,’ उपाध्यायले भने । भारतमा पुराना नोटहरु साट्ने समयसीमा डिसेम्वर ३० मा सकिएको छ । उनले भारतमा काम गर्ने नेपालीहरुले घर फर्कंदा ठूलो मात्रामा भारतीय रुपैयाँहरु आफूसँगै लाने गरेको बताए । फरक प्रसंगमा राजदूत उपाध्यायले नेपाल र भारत बीचमा विशेष सम्बन्ध रहेको र त्यो अरु कसैसँग तुलना गर्न आवश्यक रहेको समेत बताए । उनले नेपाल र भारतको बीचमा रहेका सन्धि तथा सम्झौताहरुको पुनरावलोकन गर्न आवश्यक रहेको र त्यसका लागि दुवै देशका प्रतिनिधि सम्मिलित प्रबुद्ध समूहले काम गरिरहेको बताए । उपाध्यायले नेपाल र भारत सम्बन्धमा विविध आयामहरुको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । – See more at:
0 notes
Text
काँग्रेस पहिले एक ढिक्का हुनुपर्छः नेता कोइराला
काँग्रेस पहिले एक ढिक्का हुनुपर्छः नेता कोइराला
दाङ, मङ्सिर ७ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउन सक्ने बताएका छन् । नेपाल प्रेस युनियन, दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । कोइरालाले त्यसको लागि काँग्रेस पहिले एक ढिक्का हुनुपर्ने पनि बताए । “सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने तागत काँग्रेसमा छ, त्यसको भूमिका काँग्रेस सभापति…
View On WordPress
0 notes
Text
ढाकाको माग उच्च, स्वरोजगारीका लागि उत्तम विकल्प
ढाकाको माग उच्च, स्वरोजगारीका लागि उत्तम विकल्प
फाइल फोटो २८ असोज, पथरी (मोरङ) । मोरङको उर्लाबारी–४ की निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि थुप्रै उद्यमशील महिलाले काम पाएका छन् । गत मङ्सिरमा उद्योग दर्ता गर्नुभएकी चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहेका छन् । पाँचवटा तानमा दैनिक पाँचजना महिलाले काम गर्छन् । त्यसैगरी, निरुले आफ्नै उत्पादनबाट तयार भएका सिलाइका सामग्रीको बिक्री कक्ष पनि सञ्चालनमा ल्याएकी छिन् ।…
View On WordPress
0 notes
Text
‘जेब्राक्रसबाट सडक पार गरिरहेको छु भनेर कहिलेदेखि ढुक्क हुन पाइएला सरकार ?’
‘जेब्राक्रसबाट सडक पार गरिरहेको छु भनेर कहिलेदेखि ढुक्क हुन पाइएला सरकार ?’
सुरेश तामाङ
काठमाडौं, वैशाख २९ – बटुवालाई सडक पार गर्नका लागि सहज बनाउन काठमाडौंको सडकमा जेब्रा क्रस, आकाशे पुल र भूमिगत बाटो समेत छ । (more…)
View On WordPress
0 notes