Tumgik
#सकदन
nepal123 · 7 years
Photo
Tumblr media
नारायणकाजी भन्छन्, ‘महाअभियोग उपयुक्त कदम हुनै सक्दैन, फिर्ता लिनुपर्छ’ १९ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग उपयुक्त विकल्प हुनै नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपाध्यक्ष श्रेष्ठले यस्तो महत्वपूर्ण निर्णय लिदा पार्टीमा कहीं कतै छलफल समेत नगरिएको र निर्णय लिदा सङ्गठनको बिधी, पद्धति एवं संस्थागतताको पनि उलङ्घन भएको भन्दै असन्तुष्टि पोखेका छन् । संबिधानमा महाभियोग प्रस्तावको प्राबधान निश्चित अर्थ र मर्मका साथ राखिए पनि यो प्रस्ताव त्यस अनुरूप नभएको उनको ठहर छ । ‘प्रधानन्यायाधीश कार्कीका कतिपय कार्यशैली र निर्णयहरू गलत होलान् । आईजीपी प्रकरणमा गरिएको फैसलाले कार्यपालिकाको क्षेत्राधिकारमाथि आँच पुर्यायो भन्ने कुरा पनि नआएको होइन, श्रेष्ठले भनेका छन्, ‘यस्ता कुराहरु प्रति असहमति र आलोचना हुन सक्छन् । तर उहाँको मुख्य प्रवृत्ति स्वच्छ, निष्ठावान, स्वाभिमानी, निडर र व्यवसायिक ब्यक्तित्व हो । त्यस्तो व्यक्ति माथि भबिश्यमा हुने कुनै फैसलाको आशंकाको आधारमा महाभियोग प्रस्ताब ल्याउनु उपयुक्त होइन ।’ उनले थपेका छन्, ‘हामीले गरेको संघर्ष तात्कालिन राजनैतिक स्वार्थका लागि मात्र होइन, बरु लोकतान्त्रिक तथा प्रगतिशील मूल्य, मान्यता र संस्कृति सहितको उन्नत समाज निर्माणका लागि हो ।’ तात्कालिन राजनैतिक परिस्थितिको संदर्भमा त झन यो उपयुक्त कदम हुनै नसक्ने श्रेष्ठको ठम्म्याई छ । यसले आजको राष्ट्रिय राजनैतिक कार्यभार पुरा गर्न सबै राजनैतिक र सामाजिक शक्तिहरूलाइ अझ एकताबद्द गरेर अघि बढ्नु पर्ने आवश्यकतालाई सहयोग होइन, कमजाेर बनाउने श्रेष्ठको बुझाई छ । कार्कीविरुद्धको यो कदम गलत भएको भन्दै फिर्ता लिन श्रेष्ठले आग्रह गरेका छन् । The post नारायणकाजी भन्छन्, ‘महाअभियोग उपयुक्त कदम हुनै सक्दैन, फिर्ता लिनुपर्छ’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to USA NEWS: आवशयक कनन नबनई नरवचन हन सकदन : एमल महसचव पखरल http://ift.tt/2juKNJi
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
निर्वाचन कसैले रोक्न सक्दैन – प्रम ७ वैशाख, सुरुङ्गा (झापा) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् । स्थानीय बिर्तामोडमा योङ कम्युनिस्ट लिग (वाइसिएल नेपाल)र अनेरास्ववियु (क्रान्तिकारी) झापाको जिल्ला अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको अधिकारलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको स्पष्ट गरे। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले भने, “चुनावी परिणाम आफ्नो या अर्काको पक्षमा पर्छ भन्ने डरले पनि केही साथीहरूले निर्वाचन चाहेका छैनन् । चुनावी परिणामका कारण निर्वाचनबाट पछि नहट्नु हुँदैन ।” निर्वाचन हुन नदिन यो या त्यो बहानामा कोही विरोधमा उत्रिए त्यसको जवाफ जनता स्वयंले दिने प्रधानमन्त्री दाहालको भनाइ थियो । बीस वर्षपछि इतिहासमा नै पहिलो पटक जनतालाई अधिकारसम्पन्न बनाउने र गाउँ गाउँमा सिहंदरबार पुर्याउन अधिकारसहितको स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले भने–“मधेसी मोर्चासहितको समझदारीमा दोस्रो संविधान संशोधन विधेयक दर्ता भएको हो, अहिले मधेसवादी दलले निर्वाचन अस्विकार गर्नुले म आफैँ चकित भएको छु ।” मधेसी मोर्चासँग सहमतिका लागि शुक्रबार बिहान आफूले पुनः वार्ताका लागि बोलाएको बताउँदै उहाँले वार्तामा आएर सहमतिमा आउनसमेत मधेस केन्द्रित दललाई आग्रह गरेका छन् । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले स्थानीय सरकार बन्न नदिने खेलमा केही तत्व लागिपरे पनि वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन हुन्छ भने। “लामो समयको सङ्घर्षपछि उत्पीडनमा परेका वर्गले अधिकार पाउन लागेका बेला केही साथीहरू निर्वाचन हुन नदिन लागेका छन्, कुनै पनि हालतमा अब निर्वाचन हुन्छ, तपाईँहरू ढुक्क हुनुहोस्”, उनले भने। माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेस केन्द्रित दलसँग जति सहकार्य गर्दा पनि उनीहरू निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए। माओवादी केन्द्र १ नं प्रदेश इन्चार्ज गोपाल किरातीले मधेसी मोर्चा, नेकपा र नयाँ शक्तिले निर्वाचन नचाहनु सामान्य भए पनि एमालेले पनि निर्वाचन सार्न दबाब दिइरहेको आरोप लगाए। वाइसिएल झापाका जिल्ला संयोजक डम्मर पुलामी कर्माको सभापतित्वमा भएको कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय प्रवक्ता सुरेन्द्र बस्नेत, माओवादी केन्द्रकी नेत्री धर्मशिला चापागार्इँ, सांसद जेबी टुहुरे, वाइसिएल महासचिव दीपशीखा अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङले पनि बोलेका थिए । रासस
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
मलेसिया पुगेर ऊर्जामन्त्रीले भने-अब चाहेर पनि कसैले लोडसेडिङ फर्काउन सक्दैन २७ चैत, मलेसिया । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मलेसियामा रहेका नेपाली तथा मलेसियन ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले लोडसेडिङ हटेर वातारण तयर भएकाले लगानीका लागि नेपालमा
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
म सेक्स कमेडी गर्न सक्दिनँः तपसी बलिउड चलचित्रमा छोटो समयमा नै आफ्नो जोडदार अभिनयका कारण चर्चामा रहेकी नायिका हुन्, तपसी पन्नु । तपसीले थोरै चलचित्रमा मात्र अभिनय गरेकी छिन्, तर उनको चर्चा भारतमा निकै छ
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपालीलाई कहिल्यै भुल्न सक्दिन भन्दै यसरी प्रशंसा गरे बेलायती राजकुमार ह्यारीले काठमाडौँ- नेपाल र बेलायतको दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बेलायतका राजकुमार सहभागी भएका छन् । लण्डनको दुतावासमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी भएका ह्यारीले नेपालमा पाएको आतिथ्य कहिल्यै नभुल्ने बताएका छन् । दुतावासमा  ह्याारीले गोर्खा परिवारसंग भेटघाट गर्नुका साथै त्यहाँ उनलाई गरिएको सम्मान ग्रहण गरेका हुन । अघिल्लो वर्ष नेपालमा आएर भुकम्प प्रभावित क्षेत्र लगायत पोखरा स्थित ब्रिटिस गोर्खा क्याम्पमा पुगि भूकम्पमा मारिएका पूर्व सैनिकको सम्मान गरेका ह्यारीले आफ्नो नेपाल भ्रमण सम्झदै नेपालीले आँफुलाई गरेको माया सदैब नभुल्ने बताउका छन् । कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी, बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी लगायत बेलायती रक्षामन्त्री मार्क ल्याङ्खेस्टर, बेलायती संसद समूहका अध्यक्षसहित सांसदहरु, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
निर्वाचन र संविधान संशोधन एकै समयमा हुन सक्दैन : बिजुक्छे भक्तपुर, ६ चैत । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता बिजुक्छेले निर्वाचन र संविधान संशोधन एकै समयमा हुने नस���्ने बताउँदै पहिले निर्वाचन र पछि संशोधनको विषयलाई संसद्मा पेस गरी छलफल गर्न सुझाव दिनुभयो । निर्वाचन आयोगले आचारसंहिता जारी गरे तापनि ठूला दलले त्यसको पालना नगरेको आरोप लगाउँदै सांसद बिजुक्छेले आचारसंहिता लागू गर्नेतर्फ आयोगको ध्यानाकर्षण गराउनुभयो । राप्रपाले सत्ताको दुरुपयोग गर्दै आयोगको काममा प्रभाव पर्ने गरी सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत हो भन्दै उहाँले सरकारले आयोगलाई प्रभावमा पार्नेभन्दा पनि स्वतन्त्र रुपमा काम गर्न दिनुपर्नेमा जोड दिनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
राजतन्त्र र हिन्दुराष्ट्र पाच्य हुन सक्दैनः माओवादी ६ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले हिन्दुराष्ट्र र राजतन्त्र अब पाच्य नहुने बताएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र हटाएपछि राप्रपाले आन्दोलन थाल्ने चेतावनी दिएको बेला सरकारको नेतृत्व गरेको माओवादीले यस्तो बताएको हो । माओवादीका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार चक्रपाणि खनाल वलदेवले हिन्दुराष्ट्र र राजतन्त्र पुनस्थापना गर्ने एजेण्डा अहिले पाच्य नहुने बताए । उनले भने, ‘आन्दोलनको बलबाट राजतन्त्र र हिन्दुराष्ट्र गएको हो, अहिले राप्रपाले पुनस्थापना गर्नुपर्छ भन्ने माग राखेको छ, यो सम्भव छैन् ।’ The post राजतन्त्र र हिन्दुराष्ट्र पाच्य हुन सक्दैनः माओवादी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मुलुकमा कुनै पनि तहको निर्वाचन हुन सक्दैन : महतो ४ चैत, रौतहट । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मुलुकमा स्थानीय मात्रै नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने दाबी गरेका छन । रौतहटको गौरमा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले मोर्चासँगको सहमति कार्यान्वयन नगरे स्थानीय तह वा कुनै पनि निर्वाचनलाई हुन नसक्ने बताएका हुन । सरकारले मोर्चासँग सल्लाह नै नगरी स्थानीय निर्वाचनको तिथि घोषणा गरेर मधेशी जनतालाई धोखा दिएको आरोप पनि उनले लगाए । ५१ प्रतिशत जनसंख्या रहेको मधेशमा २५ प्रतिशत मात्र गाउँपालिका र नगरपालिका दिएर राज्यले विभेद गरेको उनको गुनासो थियो । अध्यक्ष महतोले मधेशमा कुनै पनि हालतमा स्थानीय तह अन्तर्गतको गाउँपालिकाको कार्यालय स्थापना एवं संचालन हुन नदिने दाबी पनि गरे । अध्यक्ष महतोले मधेशको मागलाई सम्बोधन नगरेर सरकार जबरजस्ती अघि बढ्न खोजेकाले समर्थन फिर्ता लिएर असहयोग आन्दोलन गरेको पनि बताए । सप्तरीमा ४ जनाको मृत्यु हुने गरि भएको घटनाको सम्पुर्ण जिम्मेवारी एमालेले लिनुपर्ने उनको भना��� थियो । The post मुलुकमा कुनै पनि तहको निर्वाचन हुन सक्दैन : महतो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
यथास्थितिमा निर्वाचनमा जान सकिँदैन: नेता महतो चितवन, ३ चैत- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताउनुभयो । आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उहाँले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताउनुभयो । सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उहाँले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताउनुभयो । उहाँले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताउनुभयो । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताउनुभयो । नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उहाँले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले कुनै पनि दललाई निषेध गर्न सक्छन् ।” एमालेले तराईका जनताका विरुद्धमा काम गरेको आरोप लगाउँदै उहाँले त्यसको प्रतिवादमा जनता आएको बताउनुभयो । एमालेको जिद्दीपनका कारण समस्या आएको पनि उहाँले आरोप लगाउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
‘१९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न सक्दैन’ २० फागुन, झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताएका छन् । “वैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ”, झापामा भएको एक कार्यक्रम उद्घाटन गर्दै भने – “यसपछि प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनुपर्छ ।” अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने विचार व्यक्त गरे । झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता हो र यसको नेतृत्व एमालेले गर्छ उनले भने । विसं २०२९ मा सुखानीमा सहिद हुनुभएका वीरेन राजवंशीको स्मृतिमा ज्यामिरगढी–३ मा अर्धकदको सालिकसहित रु ४९ लाखको लागतमा उक्त दुईतले सामुदायिक भवन निर्माण गरिएको हो । The post ‘१९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न सक्दैन’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
देश टुक्राउँछु भन्नेलाई कुनै हालतमा छोड्न सकिँदैनः प्रधानमन्त्री प्रचण्ड माघ २३, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताउनु भएको छ । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तरवार्तामा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । उनले अस्पतालबाट बच्चा चोरी हुनु गम्भीर र सम्वेदनशील घटना भएको भन्दै घटना लगत्तै सरकारले गम्भीर रुपमा कार्वाही चलाउन निर्देशन दिइसकेको जनाए । उनले भनेः ‘मैले यतिबेला मेरो पार्टीले हार्छ कि जित्छ भनेर चिन्ता लिएको छैन । मैले पार्टीका साथीहरुलाई जनतामा जान भनेको छु । हाम्रो पार्टीले जित्छ वा जित्दैन, त्यो ठूलो होइन । तर, देशले जित्नुपर्छ ।’ प्रधानमन्त्रीले भनेः ‘सिके राउतको सन्दर्भमा सरकार गम्भीर रुपमा लागेको छ । खुलेआम देश टुक्राउँछु भन्नेलाई दुनियाँको कुन सरकारले छुट दिएको छ ? यो सम्भव छैन । हाम्रो राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुरा अरु छैन । देशलाई बिखण्डन गर्छु भन्नेलाई कुनै हालतमा छुट दिन सकिँदैन । अघिल्लो सरकारको गल्तीका कारण नै यस्तो प्रवृत्तिले टाउको उठाएको हो । यसपटक गम्भीर रुपमा सोचेर र सबैसँग राय लिएर यो कदम चालिएको हो ।’
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
स्थानीय निर्वाचन नयाँ संरचनामा हुन सक्दैन : डा कोइराला बेँसीसहर(लमजुङ) ५ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निर्वाचन नयाँ संरचनामा हुन नसक्ने बताउनुभएको छ । सुन्दरबजारस्थित आदर्श बाल माविको हीरक उत्सव समापन कार्यक्रममा डा कोइरालाले भन्नुभयो, “पुनःसंरचनामा धेरै विवाद छन्, त्यसैले पुरानै संरचनामा टेकेर स्थानीय निर्वाचन गर्नुपर्छ ।” उहाँले जनताको भावना विपरीत राज्य पुनःसंरचना हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनका लागि जनताको सहभागिता र समर्थन चाहिन्छ भन्नुभयो । स्थानीय निर्वाचन भएको तीन चार महिनाभित्र प्रान्तको स्वरुप निर्धारण हुने उहाँको जिकिर थियो । उहाँले संविधान संशोधनको प्रस्ताव पारित गरेर प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिने बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मधेसबिनाको काठमाडौँ कल्पना हुनै सक्दैन– प्रधानमन्त्री दाहाल काठमाडौँ, ३ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिनाको काठमाडौँको कल्पना हुनै नसक्ने बताउनुभएको छ । आइतबार राति अबेर दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिनुभयो । हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो– “मधेसका लागि काठमाडौँ र काठमाडौँका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएका छन् । मधेसबिनाको काठमाडौँको कल्पना पनि गर्न सकिँदैन । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो ।” सरकारको चासो आर्थिक समृद्धि र विप्रेषण महत्वपूर्ण आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो – “मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ । तपाइँहरुको पसिनाबाट आर्जेको विप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ । यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु ।” नेपालमा प्राकृतिक टावर (सगरमाथा) रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले मानव निर्मित टावर र प्राकृतिक टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको स्पष्ट पार्नुभयो । प्रवासी नेपालीसँग प्रधानमन्त्रीले नेपाली व्यवसायीसँग अन्तक्र्रिया गर्नुभएको थियो । अन्तक्र्रियामा प्रधानमन्त्रीले भन्नुभयो – “तपाइँहरुले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ । हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छाँै । त्यसका लागि आगामी मार्च २ र ३ मा काठमाडौँमा लगानी सम्मेलन गर्दैछौँ । तपाइँहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।” प्रधानमन्त्रीले प्रवासी नेपालीका समस्या प्रत्यक्ष बुझ्ने अवसर पाएको जानकारी दिँदै भन्नुभयो – “तपाइँहरुले आफ्ना समस्या र पीडा राख्नुभएको छ । मैले सरकारको तर्फबाट प्रवासी नेपालीका समस्या समाधानमा निरन्तर कोसिस गरिरहेको छु । अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कारबाही गर्ने, दुबईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिट्टै निर्णय लिनेछौँ । सरकार तपाइँहरुको साथमा छ, आवश्यक सहयोगका लागि सक्दो कोसिस हुनेछ ।” कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत् बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत् नेपालमै खपत गर्न सकिने र साझा सङ्कल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो । सो अवसरमा व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोग्नुपरेका विविधि समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to Moral Time: आवशयक कनन नबनई नरवचन हन सकदन : एमल महसचव पखरल http://ift.tt/2juSjUl
0 notes