Tumgik
#हलतम
nepal123 · 7 years
Photo
Tumblr media
कुनै हालतमा पनि चुनाव रोकिन्न : प्रधानमन्त्री १८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा बैशाख ३१ को चुनाव नरोकिने बताएका छन् । प्रधानमन्त्रीले निर्वाचन कुनै हालतमा नरोकिने जानकारी गराउँदै सम्पूर्ण राजनीतिक दलहरु मिलेर निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक, संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, स्थानीय तहको निर्वाचन र बजेटका विषयमा सहमतिका साथ अघि बढ्ने नेता ओलीलाई आग्रह गरेका थिए । प्रधानमन्त्री र ओलीबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । ओलीले भने भेटका बारेमा एमाले पार्टी कार्यालय धुम्बाराहीमा गएर जानकारी गराउने बताए । यो पढ्नुस्: वेपत्ता भनिएका डिआइजी सिलवाल भन्छन्, ‘घरमै आरम गरिरहेको छु’ The post कुनै हालतमा पनि चुनाव रोकिन्न : प्रधानमन्त्री appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
कुनै पनि हालतमा वैशाख ३१ मै निर्वाचन हुन्छ : मन्त्री थापा  ३० चैत, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छ्न् । नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले बुधबार थिमिको भुँलाखेलमा
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन: स्वास्थ्यमन्त्री थापा ३० चैत, भक्तपुर। स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छन् । नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा दुईभन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने बताएका हुन । उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, “आकाश खसे पनि धर्ती फाटे पनि वैशाख ३१ गतेको निर्वाचन सर्दैन ढुक्क हुनुहोस् ।” उनले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र मधेसवादी दललाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन पनि आग्रह गरे । संविधानको सफल कार्यान्वयनको एक मात्र कडी स्थानीय तहको निर्वाचन भएको बताउँदै मन्त्री थापाले एमाले र मधेसवादी दललाई सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई प्रस्थान विन्दु मानेर सहमतिमा आउन आग्रहसमेत गरे । समयमा निर्वाचन नभए संविधान असफल हुने र त्यसले मुलुकमा बिखण्डनवादी हाबी हुने बताउँदै मधेसबिना निर्वाचन सम्भव नभएकाले संविधान संशोधनको संशोधित प्रस्ताव संसद्मा दर्ता गरेको जानकारी दिए । मुलुकमा नक्कली राष्ट्रवाद हाबी हुन खोजेको बताउँदै उनले मधेसलाई नेपाल नदेख्नेले राष्ट्रवादको कुरा गर्नु गलत भएको टिप्पणी गरे । कार्यक्रममा सांसद रामेश्वरप्रसाद ढुङ्गेलले संविधान निर्माणको नेतृत्वमा निर्माण भएको संविधानको सफल कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको भएकाले यसलाई सफल बनाउन स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । नेपाली काँग्रेस मध्यपुर थिमि नगरसभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, निवर्तमान सभापति गणेशमान चक्रधर, पूर्वसभापति महेश श्रेष्ठ, मध्यपुर थिमि नगर समितिका निवर्तमान सभापति अष्टकुमार कवे, मध्यपुर थिमिका पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर मुरारीप्रसाद आचार्य, नेपाली काँग्रेस क्षेत्र नं १ सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायणभक्त खायमलीलगायत नेताले स्थानीय तहको निर्वाचनमा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरेका थिए । रासस The post कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन: स्वास्थ्यमन्त्री थापा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
चुनाव कुनै पनि हालतमा रोकिँदैन: गृहमन्त्री निधि १४ चैत, पथरी (मोरङ)। उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने – “मधेसी मोर्चासँग छलफल भइरहेको छ, छिट्टै नै सबै कुरा मिल्छ र चुनाव पनि हुन्छ ।” मोरङको अमाही बेलमा भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका वासुदेव साहका परिवारलाई राहत दिन उपप्रधान एवम् गृहमन्त्री निधी विराटनगर आइपुगेका हुन । रासस The post चुनाव कुनै पनि हालतमा रोकिँदैन: गृहमन्त्री निधि appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नदिने मार्चाको चेतावनी राजविराज (सप्तरी), १४ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । सप्तरीमा प्रहरीको हातबाट ज्यान गुमाएका पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई नरहेको बताउनुभयो । मधेसको स्थानीय चुनाव गराउने अधिकार मधेस सरकारको भएको दाबी गर्दै उहाँले भन्नुभयो – “यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस् । केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त बनाएपछि मात्रै स्थानीय तहको चुनाव गराइनुपर्छ ।” तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताउनुभयो । यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेसप्रति भेदभाव भइआएको बताउनुभयो । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले २ नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए त्यसपछि कुनै पनि सरकारले त्यहाँ निर्वाचन गर्न सक्दैन भन्नुभयो । सोही श्रद्धाञ्जलिसभामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सीमाङ्कनलाई थाती राखेर वा छाडेर सहमति हुन नसक्ने धारणा राख्नुभएको थियो । मधेसको अधिकार प्राप्तिका लागि एउटै बलियो पार्टी बनाउनुपर्नेमा मोर्चाका शीर्ष नेताले सम्बोधनका क्रममा जोड दिएका छन् । दुई साता अगाडि नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो भने दुई दर्जन घाइते भएका थिए । The post संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नदिने मार्चाको चेतावनी appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा काठमाडौँ, ३० फागुन । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले कुनै हालतमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा निर्वाचनको काम युद्धस्तरमा भइरहेको बताउँदै निर्वाचन हुने÷नहुने भन्नेबारे शङ्का उपशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“सरकार निर्वाचनका लागि जुटिरहेको छ निर्वाचन निश्चित रुपमा हुन्छ, सबै दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनका लागि जुट्नुहोस् ।” उहाँले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्नका लागि आफू सरकारमा सहभागी भएको बताउँदै सरकारले संसद्मा ल्याएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा सहयोग नगर्ने स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री थापाले संविधान जारी भएपछि पहिलोपटक २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यो निर्वाचनमा कुनै पनि दल वञ्चित हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो – “मधेसकेन्द्रित आन्दोलनरत दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्छ ।” राप्रपाका अध्यक्षसमेत रहनुभएका थापाले लामो समयदेखि काम गरेको राप्रपालाई छाड्नु डा प्रकाशचन्द्र लोहनीको कदम आत्मघाती भएको बताउनुभयो । उहाँले भन्नुभयो–“पार्टीभित्र चित्त नबुझेका कुरा छलफल गरेर अगाडि जान सकिन्थ्यो तर प���र्टी छोड्नु राम्रो काम होइन ।” डा लोहनीले पार्टी छाड्दैमा राप्रपालाई कुनै फरक नपर्ने उहाँको भनाइ छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
देश टुक्राउँछु भन्नेलाई कुनै हालतमा छोड्न सकिँदैनः प्रधानमन्त्री प्रचण्ड माघ २३, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताउनु भएको छ । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तरवार्तामा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । उनले अस्पतालबाट बच्चा चोरी हुनु गम्भीर र सम्वेदनशील घटना भएको भन्दै घटना लगत्तै सरकारले गम्भीर रुपमा कार्वाही चलाउन निर्देशन दिइसकेको जनाए । उनले भनेः ‘मैले यतिबेला मेरो पार्टीले हार्छ कि जित्छ भनेर चिन्ता लिएको छैन । मैले पार्टीका साथीहरुलाई जनतामा जान भनेको छु । हाम्रो पार्टीले जित्छ वा जित्दैन, त्यो ठूलो होइन । तर, देशले जित्नुपर्छ ।’ प्रधानमन्त्रीले भनेः ‘सिके राउतको सन्दर्भमा सरकार गम्भीर रुपमा लागेको छ । खुलेआम देश टुक्राउँछु भन्नेलाई दुनियाँको कुन सरकारले छुट दिएको छ ? यो सम्भव छैन । हाम्रो राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुरा अरु छैन । देशलाई बिखण्डन गर्छु भन्नेलाई कुनै हालतमा छुट दिन सकिँदैन । अघिल्लो सरकारको गल्तीका कारण नै यस्तो प्रवृत्तिले टाउको उठाएको हो । यसपटक गम्भीर रुपमा सोचेर र सबैसँग राय लिएर यो कदम चालिएको हो ।’
0 notes