#लगद
Explore tagged Tumblr posts
Text
#PRAMOD PREMI #Cooler Lagadi #Shilpi Raj कलर लगद Superhit Bhojpuri Song Download
#PRAMOD PREMI #Cooler Lagadi #Shilpi Raj कलर लगद Superhit Bhojpuri Song Download
DJSONGS DOWNLOAD Download Now Google Tags :PRAMOD PREMI #Cooler Lagadi #Shilpi Raj कलर लगद Superhit Bhojpuri Song Download
View On WordPress
0 notes
Photo
प्रर्दशन हुनै लाग्दा लिक भयो बहुप्रतिक्षित फिल्म ‘बाहुबली २’ पनि एजेन्सी- यस बर्षको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ रिलिज अगावै लिक भएको बताइएको छ । भारतीय मिडियाका अनुसार फिल्मको प्रिभ्यु सोबाट केही क्लिप्सहरू सामाजिक सञ्जालमा लिक भएको बताइएको छ । जसले गर्दा फिल्मको प्रिभ्यू शोबाट केही भिडियो यतिबेला भाइरल बनेको बताइएको छ । उता फिल्मका प्र���ड्यूसरले भने यो कुरा खन्डन गर्दै ट्विटरमा लेखेका छन्, ‘विभिन्न देशहरुको सेन्सर बोर्ड बाहेक बाहुबली २ अन्य काहीँ कतै देखाइएको छैन् ।’ यसोे त बाहुबलीको पहिलो भाग पनि रिलिज अगावै अनलाइनमा लिक भएको थियो। भोलि रिलिज हुने फिल्म दुनियाँभर ५ हजार स्क्रिनमा रिलिज हुँदैछ। The post प्रर्दशन हुनै लाग्दा लिक भयो बहुप्रतिक्षित फिल्म ‘बाहुबली २’ पनि appeared first on Etajakhabar.
0 notes
Text
झूठा लगदा Jhoota Lagda Hindi Lyrics – Nikhita Gandhi
झूठा लगदा Jhoota Lagda Hindi Lyrics – Nikhita Gandhi
झूठा लगदा Jhoota Lagda Hindi Lyrics – Nikhita Gandhi Song Jhoota Lagda Lyrics Sanjeev Chaturvedi Singer Nikhita Gandhi Music Sanjeev Chaturvedi Label Voila Digi Cast Sourav Joshi, Anagha Bhosale झूठा लगदा Lyrics in Hindi ना ना ना: ना ना ना: ना ना ना: ना ना ना: तू रहंदा मेरे नाल दिल तेरा किथे होर ऐ कड़ी कड़ी मेनू लगद तू करदा वे अनदेखा ऐ हो तू रह मेरे नाल दिल तेरा किथे होर ऐ कड़ी कड़ी मेनू…
View On WordPress
1 note
·
View note
Photo
पाल्पामा जीप दुर्घटना हुँदा मालिकको मृत्यु, काभ्रेमा टिप्परमा करेन्ट लाग्दा चालकको ज्यान गयो १० वैशाख, पाल्पा। रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आज बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर गाहा र निजका नौ वर्षीय छोरा भूपेन्द्रलाई अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको मुझुङ प्रहरी कार्यालयले जनाएको छ । रिब्दीकोटको पिपलडाँडाबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १५८१ नम्बरको सो जिप दुर्घटना भई डेढ सय मिटर तल खसेको मुझुङ प्रहरी कार्यालयका प्रमुख गोपाल पुनले जानकारी दिए । करेन्ट लागेर टिपर चालकको मृत्यु यसैबीच काभ्रेको बनेपा नगरपालिका– ७ मा टिपरको ढालाले हाइभोल्टेजको तारलाई छुँदा आज करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ । बा ३ ख ३५४९ नम्बरका चालक पनौती नगरपालिका– ३ बस्ने करिब २७ वर्षीय केशव आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले जानकारी दिए । प्रहरीले सो टिपर मर्मतका लागि ग्यारेज लगेको बताइएको छ । गत चैतको अन्तिम साता पनि सोही प्रकृतिको घटनामा यहाँ एक जनाको मृत्यु भएको थियो । यसैबीच केही दिनदेखि परेको वर्षाका कारण पहिरो खसेर आज अरनिको राजमार्गको सडक खण्ड अवरुद्ध भएको छ । बिहानैदेखि सडक अवरुद्ध भए पनि एकतर्फी रुपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी नायब उपरीक्षक नवीनराज राईले अवरुद्ध सडक खुलाउने काम जारी रहेको र केही समयपछि दुईतर्फी रुपमा नै सञ्चालनमा आउने बताए ।
0 notes
Photo
बसले ठक्कर दिएको दशक बित्न लाग्दा पनि यि पिडितले न्याए पाएनन् काठमाडौँ, ३ वैशाख । सार्वजनिक यातायातले ठक्कर दिएर करङ भाँचिदिएको सात वर्ष बित्दासमेत कागेश्वरी मनोहरा नगरपालिकाका न्हुच्छे नगरकोटीले उपचार पाउनुभएको छैन । विसं २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभल्सको बा४च ४५३१ नं को किया क्यारिन्स कारलाई काठमाडौँ आउँदै गरेको लमजुङ कालिका माइक्रोबस समितिको बा३ख ३१५१ नं को माइक्रोबसले ठक्कर दिएर सख्त घाइते बनाएको थियो । सात वर्षसम्म आफू कार्यरत ट्राभल्स, माइक्रोबस समितिलगायत सरोकार भएका निकायमा धाउँदा पनि न्याय नपाएपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइएको उहाँले बताउनुभयो । अशक्त नगरकोटी हाल सो नगरपालिकाको वडा नं २ आलापोटस्थित आफ्नै घरमा अनशन बस्दै आउनुभएको छ । नेपाल घुम्न आएका सिङ्गापुरको एक दम्पती लिएर पोखरा फर्कंदा उहाँ मात्र नभई पर्यटक पनि सख्��� घाइते भएका थिए । महिला पर्यटक गोडा नचल्ने अवस्थामा ह्विलचियरमा स्वदेश फर्केकी थिइन् । “ट्राभल्सका सञ्चालक नारायणप्रसाद पोखरेलले माइक्रोबस समितिसँग पैसा लिई कारको मर्मत गरे पनि मेरो उपचारका लागि केही गरेनन्, अहिले त भेट्न पनि मान्दैनन्, फोन पनि उठाउँदैनन्”, पीडित नगरकोटीले भन्नुभयो । बिएन्डबी अस्पतालमा प्रारम्भिक उपचारपछि डा सरोज रिजालले करङको शल्यक्रिया गर्न सिफारिस गरे पनि आर्थिक अवस्था कमजोर भएका कारण गर्न नसकेको उहाँको गुनासो छ । उहाँ हालसम्म नेपाल अर्थोपेडिक अस्पताल, वीर अस्पताल र मेडिकेयर अस्पतालमा उपचारका लागि धाइसक्नुभएको छ । सबै अस्पतालले करङको नसाको समस्या भएकाले न्युरो अस्पतालमा डा उपेन्द्र देवकोटालाई भेट्न सल्लाह दिए पनि तीन वर्षदेखि भेट्न नसकेको दुःखेसो उहाँको छ । ट्राभल्सका सञ्चालक पोखरेल दुर्घटनामा चालक नगरकोटी घाइते नै नभएको जिकिर गर्नुहुन्छ । माइक्रोबस समितिका कोषाध्यक्ष दिलबहादुर घिमिरे भने चालक घाइते भई करङमा समस्या देखिए पनि उपचार खर्च भएअनुसारको पैसा दिन खोज्दा नमानेको बताउनुहुन्छ । The post बसले ठक्कर दिएको दशक बित्न लाग्दा पनि यि पिडितले न्याए पाएनन् appeared first on Etajakhabar.
0 notes
Photo
नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता २४ चैत, बर्दिया । बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन् । बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो
0 notes
Photo
एनसेल प्रकरणः प्रचण्डले ३३ अर्बमा गडबड गर्न लाग्दा ‘मौन व्रत’ लिएको एमालेले अन्ततः बोल्नै पर्यो चैत्र–५ । एनसेलको पुँजीगत लाभ कर प्रकरणमा मौन रहेको नेकपा एमालेले अन्ततः मुख खोल्दै सरकारले गम्भीर प्रकृतिको नीतिगत भ्रष्टाचार गर्न लागेको आरोप लगाएको छ । मेची–महाकाली अभियान सम्पन्न गरे पश्चात एमालेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनसेल प्रकरणलाई सरकारले मन्त्रिपरिषद्मा लगेर करको विषयमा निर्णय लिन खोजेको आरोप लगाएको हो । एमालेले एनसेललाई मन्त्रिपरिषदबाट निर्णय गरेर लाभकरमा उन्मुक्ति दिन खोजेको भन्दै आपत्ति जनाएको छ । प्रचलित ऐनलाई छल्ने बदनियतले पूँजीगत लाभकर असुलीसम्बन्धी विषय मन्त्रिपरिषदमा र्पुयाएको उल्लेख गर्दै उक्त कदम नीतिगत भ्रष्टाचार रहेको एमालेको ठहर छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा गत बैशाखमा स्विडेनको बहुराष्ट्रिय कम्पनी टेलियासोनेराबाट मलेस���याको एक्जिएटाले एनसेल खरिद गरेको थियो । ओली निकट मानिने व्यवसायी शतिसलाल आचार्यले स्थानीय साझेदारको रुपमा एनसेलको २० प्रतिशत शेयर खरिद गरेका थिए । त्यसबेला ओली र अर्थमन्त्री विष्णु पौडेलले पनि लाभकर उठाउने प्रकृयामा कुनै चासो दिएका थिएनन् । एनसेलले लाभकर बापत ३३ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । The post एनसेल प्रकरणः प्रचण्डले ३३ अर्बमा गडबड गर्न लाग्दा ‘मौन व्रत’ लिएको एमालेले अन्ततः बोल्नै पर्यो appeared first on नेपाल आज.
0 notes
Photo
खाेकी लाग्दा के नखाने ? काठमाडौँ – खोकी लाग्ने बिभिन्न कारण हुन्छन् । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ । खोकी लागेको केही दिनमा निको नभए चिकित्सकलाई भेट्नुपर्छ । सामान्यतया खोकी लाग्दा यी खानेकुरा खानु हुदैन : कफी तथा चियाः खोकी लाग्दा कफी र दुधको चिया खानु हुदैन । यसले घाटीलाई सुख्खा बनाउने र केही चिज निल्दा समेत गाहे हुन्छ । जंक फुडः यस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउनुका साथैैै शरिरको रक्षात्मक कार्यलाई घटाउछ । तसर्थ पास्ता, चिप्स, प्याक गरिएका स्नयाक्स लगायतका खाने कुरा नखानु राम्रो हुन्छ । तारिएका खानेकुराः खोकी लाग्दा तारिएका खानेकुराबाट टाढै रहनुहोस । तारिएका खानेकुरा तेलीय हुनाले झन् खोकी लाग्ने गर्छ । तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रीय पार्छ । चिसो पदार्थः आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ । मदिराः मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गर���ँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।स्वास्थ्�� खबरपत्रिकामा खबर छ । खोकी रोक्ने घरेलु उपाय नुनपानीले कुल्ला गर्ने मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ । मह खाने सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ । अदुवा हालेको चिया खाने सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।
0 notes
Photo
बच्चाको तनावले किशोरीलाई परीक्षामा मुस्किल: “पढ्न लाग्दा छोरा रुन्छ, रुँदारुँदै कसरी पढ्नु ?” हेमन्त केसी जाजरकोट, ४ चैत- कार्कीगाउँकी १६ वर्षीया निर्मला खत्री अहिले माध्यमिक शिक्षा परीक्षा दिनु र साथमा रहेको एक वर्षको छोराको पालनपोषण गर्नु मात्र होइन, घर नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन नपाएपछि जगतिपुरमा बसेर परीक्षा दिन बाध्य हुनु परेको बताउनुहुन्छ । जगतिपुरमा होटल नभएका कारण कोठा लिएर परीक्षार्थीले आफैँ खाना बनाई खानुपर्ने र डेढ घन्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने अर्को बाध्यता रहेको निर्मलाको भनाइ छ । बच्चा सँगै भएका कारण पढाइ पनि राम्रो नभएको उहाँको भनाइ छ । “पढ्न लाग्दा छोरा रुन्छ, रुँदारुँदै कसरी पढ्नु ?” उहाँले भन्नुभयो । उहाँ जस्तै अर्की भुरकी सबिना पुन पनि १६ वर्षकी हुनुभयो । उहाँका साथमा पनि ६ महिनाकी छोरी छिन् । छोरीका कारण उहाँको पढाइ र अन्य काम सवै अलपत्र परेको छ । पढाइ नहुँदा नहुँदै उहाँ ६ महिनाको छोरी च्यापेर जगतिपुरमा परीक्षा दिन आउनुभएको छ । बिहीबारको परीक्षा दिँदादिँदै तीनपटक छोरीलाई दूध ख्वाउँदा उहाँले सोचे जति लेख्नसमेत नसकेको बताउनुभयो । छोरी, परीक्षा र बिरानो ठाउँ, अनि आफँै खाना वनाएर खानु परीक्षाको सबैभन्दा पीडाको विषय भएको पुनको भनाइ छ । घर नजिकैको विद्यालयमा परीक्षा केन्द्र भएपनि सेन्टर परिवर्तनले गर्दा विद्यार्थी मारमा परेका छन् । उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने र छिट्टै बच्चा पाउँदा घरधन्दा र आमाको जिम्मेवारीले गर्दा यहाँका छात्राको पढाइ बिगँ्रदो अवस्थामा रहेको छ । आमाबाबाको दबाब र देखासिकीका कारण छिटो बिहे गर्दा जिम्मेवारी बढ्ने समस्याले यहाँका छात्राको पढाइमा समस्या आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । परीक्षामा सहभागीमध्ये ३० प्रतिशत विवाहित भएको परीक्षा सहभागी केन्द्राध्यक्षले बताएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माविका १९ वटा परीक्षा केन्दबाट पाँचहजार ६ सय १५ विद्यार्थीले परीक्षा दिँदैछन् । कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्रअनुसार नै यो निर्णय विगत ४ वर्षदेखि लागू गरिँदै आएको जिल्ला शिक्षा अधिकारी सिंहले बताउनुभयो ।
0 notes