#गरपछ
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
यौनकर्मी महिला सडकमा निस्किएर प्रदर्शन गरेपछि… ‘सेक्स वर्क पनि पेशा हो’ भन्दै फ्रान्सको राजधानी पेरिसको सडक यौनकर्मी महिलाहरु सडकमा निस्किएका छन् । करिब १ सय ५० को संख्यामा यौनकर्मी महिलाहरु सडकमा निस्किएका थिए । उनीहरु ‘सेक्स वर्क पनि एक पेशा हो,’ भन्ने लेखिएका प्लेकार्ड र ब्यानरसहित उनीहरु सडकमा थिए । सँगै नारा पनि लगाइरहेका थिए । एक वर्षअघि फ्रान्स सरकारले कानुन […] The post यौनकर्मी महिला सडकमा निस्किएर प्रदर्शन गरेपछि… appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
एउटै संस्थाले मुसहर बस्तीलाई दुई करोड सहयोग गरेपछि खुशीले फुरुगं बने धुर्मुस सुन्तली बर्दिवास, २२ चैत । महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न गर्न अब रकम अभावको स्थिति अन्त्य भएको छ । पछिल्लो पटक सोमबार अमेरिकाको मिनेसोटामा रहेका नेपालीको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले बस्ती निर्माणार्थ रु दुई करोड १० लाख सहयोग गरेपछि आर्थिक अभावको स्थिति अन्त्य भएको धुर्मुस सुन्तली फ��उन्डेसनले जनाएको हो । यसअघि बस्ती हस्तान्तरणसम्म पुग्दा करिब रु एक करोड २५ हजार रकम अपुग हुने बताउँदै आउनुभएको फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले अब आर्थिक पाटोबाट ढुक्क भएको जानकारी दिनुभयो । “अब हामीलाई आर्थिक अभाव हुँदैन” धुर्मुसले भन्नुभयो–, “सात समुन्द्र पारी बसेर पनि नेपाल र नेपालीप्रति स्नेह राख्ने मनकारी नेपालीको सहयोगले एकीकृत नमुना मुसहर बस्ती निर्माणमा रहेको अभाव मेटिदियो ।” बस्ती हस्तान्तरण गर्न ११ दिनमात्र बाँकी रहँदा सोमबार फाउन्डेसनलाई एसोसिएसन अफ नेपालिज इन मिनेसोटाका प्रतिनिधिद्वय अनिल रायमाझी र स्वीटी सिंह श्रेष्ठले रु दुई करोड १० लाख रकमको चेक परियोजनास्थलमै पुगेर हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण गरेसँगै एसोसिएसनका प्रतिनिधि रायमाझीले अमेरिकामै रहँदा बस्ती निर्माणमा रकम अपुग भएको समाचार सुनेपछि यो मानवीय कार्यमा आफ्नो सानो हिस्सा लगाउन रकम सहयोग गर्न आएको बताउनुभयो । एसोसिएसनले आफूले गरेको सहयोगभित्रबाटै गोर्खाको कसुण्डे गाउँका भूकम्प प्रभावितको घरमा छाना लगाउन एक हजार ९०० थान जस्तापाता समेत व्यवस्थापन गरिदिन धुर्मुससुन्तली फाउन्डेसनसँग अनुरोध गरेको छ । गत पुस २५ गते रु चार करोड ३८ लाखको लागतमा मुसहरका ५० घर निर्माण थालिएको बस्तीमा पछि भ्यू–टावर र मुसहरबाहेकका तीन परिवारलाई व्यवस्थापन गर्न थप घर बनाउन पर्दा लागतसमेत बढेको फाउन्डेसनले जनाएको छ । अहिले निर्माण कार्य ९५ प्रतिशत सकिएर हस्तान्तरण चरणका अन्तिम काम भइरहेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताउनुभयो । बस्ती अब ठीक १० दिनपछि नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने छ । यसैबीच सोमबारै धुर्मुससुन्तली फाउन्डेसनलाई अमेरिकामा बस्दै आएका बर्दिवासका सुमन चालिसे र तारा पौडेलले पठाउनुभएको रु ५० हजार १५१ उहाँहरुका परिवारजनले धुर्मुसलाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी बर्दिवासको स्वास्थ्य सरोकार मञ्चले पनि सोमबारै फाउन्डेसनलाई रु ५३ हजार नगद हस्तान्तरण गरेको छ । The post एउटै संस्थाले मुसहर बस्तीलाई दुई करोड सहयोग गरेपछि खुशीले फुरुगं बने धुर्मुस सुन्तली appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जब ९५ वर्षीय वृद्धले आफु समलिंगी भएको खुलासा गरेपछि… एजेन्सी । अमेरिकी ९५ वर्षीय एक विवाहित वृद्धले अन्तिम अवस्थामा आएर आफु समलिङ्गी भएको घोषणा गरेका छन् । रोमान नामका ति वृद्धले युट्युवका् लागी डेवि वेविसंग दिएको तीन मिनेट लामो अन्र्तवार्तामा उनले कुरा खुलाएका हुन् । वर्षौ पहिले देखि नै आफ्नो परिवारसंग समेत लुकाउदै आएको सो कुरा उनले अन्र्तवार्तामा खुलाएका थिए । ९५ वर्षमा आफु समलिङ्गी रहेको घोषणा गरेका ति बृद्ध अहिले ९६ वर्ष पुगेका छन् । रोमान एक घरवार बसालिसकेका व्यक्ति हुन् । उनका दुई सन्तान र एक नातिसमेत छन् । त्यसैले उनको लागी यतिका वर्षपछि आफ्नो वास्तविकता बताउन त्यति सजिलो पनि थिएन �� अन्र्तवार्तामा उनले भनेका छन्, ‘जब उनले आफुलाई समलिङ्गी भएको स्विकारेका थिए, त्यतिबेला उनले विहे गरेको ६७ वर्ष पुरा भइसेकेको थियो ।’ त्यसैले ति बृद्धलाई देखेर लाग्छ कि साचो कुरा बोल्न कुनै खास उमेर हद हुदैन । ती बृद्धाको कथाप्रति चासो दिएर अन्र्तवार्ताकार डेवि वेवी ती बृद्धालाई भेट्न चाहे र नाति ब्य्राडन ग्रासको सहायताले उनी रोमानलाई भेट्न उनको घर पुगेका थिए । रोमानले आफ्नो वास्तविकता कसैलाई नभन्नुको रहस्य के हुन सक्छ ? किन उनले यत्रो समयपछि मात्र उनले आफु समलिङ्गी भएको खुलासा गरे भन्ने विषयमा डेवीले उनीसंग चासो व्यक्त गर्दै प्रश्न राखे । त्यसपछि ति बृद्धले उनलाई आफ्नोबारे बताए ‘कि, म ५ वर्षको उमेर देखि आफुमा रहेको यौन इच्छाबारे सबै सामु आफ्नो वास्तविकता बताउन चाहन्थे ।’ त्यसपछि उनले यो कुरा आफ्ना परिवारका व्यक्तिलाई भनेका थिए ,’म जन्मेदेखि नै समलिङ्गी हो । अहिले पनि समलिङ्गी नै छु लगायतका कुरासहित भविष्यमा हुने त्रासदिको बारेमा बताएको थिए । त्यपपछि परिवारका व्यक्तिले उनीबारे प्रतिक्रिया जनाएका थिए । ‘ डेविले उनलाई के अझैपनि प्रेमी पाउने आशामा हुनुहन्छ ? अथवा कस्तोखालको प्रेमी चाहनुहुन्छ ? भनि सोधेको प्रश्नमा ति बृद्धले भने, ‘मलाई यसबारे केहि समस्या छैन । मलाई उसको अनुहार भन्दापनि मन सफा र सुन्दर भएको हेर्न चाहन्छु । मेरोे प्रेमी मेरो बुढेसकालको सहारा बन्न सकोस् । साथै म चाहन्छु कि, उसले मप्रति झुकाव राखोस्, म सुत्दा मसंगै होस् । तर उसंग सुत्नुको मतलब अरु नभई उसले मेरो हेरचाह गरोस् । डेवि भन्छन्, उनको कथा जतिको भावुक छ, त्यति नै जटिल छ ।’ यस सन्दर्भमा रोमानको श्रीमतीको बारेमा पनि सोच्न सकिन्छ कि समलिङ्गी भएपछि पनि उनले कसरि आफ्नो जिवन चलाए होलान् । रोमानका नाति ब्य्राडनले आफ्नो हजुरबाको कथामा आधारित एक फिल्म बनाउदै छन् । फिल्मको नाम ‘अन माई वे आउट‘ रहेको छ । The post जब ९५ वर्षीय वृद्धले आफु समलिंगी भएको खुलासा गरेपछि… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भारतको गोवाका महिलाले सन्नीको कण्डमको विज्ञापनको एकाएक बिरोध विरोध गरेपछि एजेन्सी – पूर्व पोर्न स्टार सन्नी लियोनीले प्रायोजित गरेको कण्डमको विज्ञापन हटाउन माग राख्दै भारतको गोवा राज्यका महिला समूहले विरोध गरेका छन् । उनीहरुले सन्नीले प्रचार गर्न कण्डमका अलावा महिला मोडल राखेर विज्ञापन गरिएका परिवार नियोजनका चक्की औषधिको प्रचार रोक्ने माग समेत गरेको बताइएको छ । उनीहरुले यस्ता विज्ञापनमा महिलाको प्रयोग गर्नु राम्रो नभएको तर्क राख्दै हिन्दु जनजागृति समितिको भंगिनि संस्था निकट महिला समूहले गोवा महिला आयोगमा विरोधपत्र समेत दायर गरेको बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जापानमा दजर्नौं तालुखुइले भेला भएर यस्तो गरेपछि … फागुन १५ गते- जापानमा तालुखुइलेहरुको गज्जबको भेला भएको छ । निकै बर्षअघि खुलेको तालुखुइले संगठन खासै सक्रिय नभएपनि अहिले त्यहाँका तालुखुइलेहरु संगठीत हुन थालेका हुन् । पछिल्लो समय मात्रै ३० भन्दा धेरै तालुखुइले पुरुषहरु भेला भए । सन् १९८९ मै खुलेको यो संगठनमा अहिले भने ६५ जना सदस्य बनिसकेका छन् । यो संगठनले तालुखुइलेप्रति मानिसहरुमा सकारात्मक सोच विकसित गर्ने जनाएको छ । – एजेन्सी
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रधानाध्यापकले छ वर्षको २१ लाख ४१ हजार हिनामिना गरेपछि कार्वाही कालीकोट, २७ माघ- जिल्लाको पञ्चकोट आधारभूत विद्यालय फुकोटका प्रधानाध्यापकले छ वर्षको रु २१ लाख ४१ हजार ६१४ हिनामिना गरेको रहस्य खुलेको छ । स्थानीय अभिभावकले विद्यालयका बारेमा पटकपटक हिसाब किताब माग गरेपछि अटेर गरेका निवर्तमान प्रधानाध्यापक चन्दाखर सञ्ज्यालले विगत २०६६ सालदेखि ०७२ सम्मको विद्यालयको छात्रवृत्ति, दिवा खाजा, निजी स्रोतका शिक्षकको तलब, महिला तथा दलित छात्रवृत्तिलगाएतको रकम हिनामिना गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जसी रोकायाले बताउनुभयो । स्थानीय अभिभावकले विद्यालयका तत्काली�� प्रअ चन्दाखर सञ्ज्यालको छ महिनासम्मको तलब रोक्का गरेपछि जिल्ला शिक्षा कार्यालय कालीकोटमा दिएको निवेदनअनुसार जिल्ला शिक्षा कार्यालय कालीकोटका स्रोत व्यक्ति इन्द्रप्रसाद न्यौपाने संयोजक रहेको छानबिन समितिको टोलीले गरेको ��ेखा परीक्षणबाट सो रकम हिनामिना भएको पुष्टि गरेको हो । लामो प्रयासपछि विद्यालयका बारेमा चासो राख्ने अभिभावकको पहलमा हिसाब किताब गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष कालीबहादुर महताराले बताउनुभयो । सञ्ज्यालले बेरुजु आएको रकम आफूले तलबबाट क्रमशः तिर्दै जाने सहमति भएको विद्यालयका प्रधानाध्यापक जयराज न्यौपानेले बताउनुभयो । सो विद्यालयका निजी स्रोतका तीन जना शिक्षकले चार वर्षसम्म पाउनु पर्ने तलब नपाए र चाहिएको बेला समस्या टार्नका लागि मात्र रकम पाउने गरेको बताएका छन् । यसअघि अख्तिायार अनुसन्धान आयोगले जिल्लाका सामुदायिक विद्यालयको आम्दानी र खर्चको विवरण जिल्ला प्रहरी कार्यालयबाट सङ्कलन गरेको भए पनि हालसम्म सो नतिजा आउन नसकेको बताइएको छ । कालीकोट जिल्लामा शिक्षा क्षेत्रमा व्यापक लापर्बाही बढेकोप्रति अभिभावक जुर्मुराउन थालेको अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष देवराज चौलागाईंले बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु, जग्गाको विषयमा विवाद कैलाली, २६ माघ- कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ । गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उहाँका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बाबु छोराबीच जग्गाको विषयमा विवाद हँुदा बाउले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए । घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पु¥याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अामाले दाेश्राे बिहे गरेपछि डोल्पाका चार बालबालिका बिचल्लीमा जाजरकोट, १६ माघ– जाजरकोट ढिमे– २ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो विहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ ७ चाउलेचौरमा विहे गरेर गएपछि चार वर्षीय अनिल, छ वर्षीय रेखा, आठ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन् । द्वन्द्वकालमा (माओवादी) पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू– ९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए । बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताउनुभयो । जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो विहे गर्न बाध्य भएको मल्लले बताउनुभयो । ‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन,’ उहाँले भन्नुभयो, ‘चारै भाइबहिनीलाई डोल्पा घर छ, छैन भन्ने पनि थाहा छैन ।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो, उहाँले भन्नुभयो– गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् । गरिबीका कारण नाबालक नातिनातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् । ‘मागेर कसरी लालनपालन गर्ने ?’ उहाँले भन्नुभयो, ‘कमाइ गर्ने कोही नहँुदा समस्या भएको छ । गोठाला गरेर गाँसबास र लत्ताकप��ा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।
0 notes
nepal123 · 9 years ago
Text
बर्दियामा छोराले आफ्नै आमाको बलात्कार गरेपछि…
बर्दियामा छोराले आफ्नै आमाको बलात्कार गरेपछि…
काठमाडौँ, ३० बैशाख । बर्दियामा एक व्यक्तिले आफ्नै जन्मदिने आमाको बलात्कार गरेका छन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
मिस युनिभर्स २०१५ : आयोजकले गलत विजेता घोषणा गरेपछि…
मिस युनिभर्स २०१५ : आयोजकले गलत विजेता घोषणा गरेपछि…
मिस युनिभर्स २०१५ को फाइनलको निकै नाटकीय अन्त्य भएको छ । कार्यक्रमका प्रस्तोता स्टीभ हार्भेले विजेताको नाम गलत घोषणा गरेपछि केही मिनेटको अन्तरालमा दुई जनालाई ताज पहराउनु परेको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
चीनले बनायो एकपटक चार्ज गरेपछि १५ दिन टिक्ने स्मार्टफोन  
स्मार्टफोनको अत्याधुनिकतामा जति वृद्धि हुँदै गयो ब्याट्रीको आयु घटिरहेको हुन्छ । स्मार्टफोनको ब्याट्रीको संकेतमा रातो चिन्ह देखिएर टुँट गर्न थालेपछि साँच्चीकै नमज्जा लाग्छ । मज्जाले चलाउँदा एक दिनभरिको लागि समेत चार्ज नटिक्ने समस्याले गाँजिएका स्मार्टफोन प्रयोगकर्ताका लागि चिनिया कम्पनीले ��ुसीको खबर ल्याएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
पेप्सीकोलाको नारायण पेट्रोल पम्पले बदमासी गरेपछि तनाव
पेप्सीकोलाको नारायण पेट्रोल पम्पले बदमासी गरेपछि तनाव
३ सय नम्बरबाट टोकन बाँडियो, ५ सय पुगेपछि छैन भनियो
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
आन्दोलनकारीले नै विरोध गरेपछि कांग्रेसको प्रदर्शन स्थगित  
१४ मंसिर, जनकपुर । आन्दोलनकारीबाटै विरोध भएपछि मधेस आन्दोलनको समर्थनमा नेपाली कांग्रेस धनुषाले सोमबार गर्ने भनिएको प्रदर्शन स्थगित भएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
संसदमा हंगामा : कांग्रेसले अवरोध गरेपछि १५ गतेसम्म स्थगित  
फाइल तस्वीर
१० मंसिर, काठमाडौं । व्यवस्थापिका संसद बैठक १५ गतेसम्म स्थगित भएको छ । बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीमगरले संघीय समाजवादी फोरम नेपालका सांसद उपेन्द्र यादवलाई बोल्न समय दिइएकी थिइन् । (more…)
View On WordPress
0 notes