#डलपक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
अामाले दाेश्राे बिहे गरेपछि डोल्पाका चार बालबालिका बिचल्लीमा जाजरकोट, १६ माघ– जाजरकोट ढिमे– २ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो विहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ ७ चाउलेचौरमा विहे गरेर गएपछि चार वर्षीय अनिल, छ वर्षीय रेखा, आठ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन् । द्वन्द्वकालमा (माओवादी) पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू– ९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए । बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताउनुभयो । जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो विहे गर्न बाध्य भएको मल्लले बताउनुभयो । ‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन,’ उहाँले भन्नुभयो, ‘चारै भाइबहिनीलाई डोल्पा घर छ, छैन भन्ने पनि थाहा छैन ��’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो, उहाँले भन्नुभयो– गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् । गरिबीका कारण नाबालक नातिनातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् । ‘मागेर कसरी लालनपालन गर्ने ?’ उहाँले भन्नुभयो, ‘कमाइ गर्ने कोही नहँुदा समस्या भएको छ । गोठाला गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र डोल्पा, मंसिर १ । काठमाडौँ लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौँ लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच वर्षदेखि १५ वर्षमुनिका छन् । अभिभावकको मन्जुरीबिना काठमाडौँ लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक बहादुरजङ्ग मल्लले जानकारी दिएका छन्। बालबालिकासँगै तिन्जेकै २८ वर्षीय चोजिन जिष्टुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिष्टुले नै ती बालबालिकालाई उनीहरुका बाआमाको अनुमतिबिना काठमाडौँ लैजाँदै गरेका थिए । प्रहरीले नेपाली भाषा बोल्न नजान्ने ती बालबालिकालाई सुर्खेतस्थित महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ । उनीहरुमध्ये १८ जनालाई पहिलोपटक लगिँदै थियो भने अन्य यसअघि नै काठमाडौँमै अध्ययनरत रहेको बताइएको छ । महिला तथा बालबालिका कार्यालय डोल्पाका अधिकृत भोजकला दवाडीका अनुसार सुर्खेतमा अलपत्र परेका बालबालिकालाई जाजरकोट हुँदै डोल्पा फर्काउने तयारी भइरहेको छ । ‘चाँडै नै ती बालबालिकालाई आफन्तको जिम्मा लगाउँछौँ,’उनले भने। बर्सेनि उपल्लो डोल्पाबाट लामा ज्ञान दिने भन्दै बालबालिकालाई उनीहरुका बाआमाको अनुमतिबिना काठमाडौँ लगिने गरिएको बताइएको छ । उपल्लो डोल��पामा विद्यालय भएपनि नियमित पढाइ भने हुँदैन ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
हिमपात र वर्षात्ले छ महिनाका लागि बन्द भए उपल्लो डोल्पाका विद्यालय डोल्पा, २४ कात्तिक । जिल्लाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् । कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले छ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर मात्र विद्यालय गरिएको हो । चिसोले विद्यार्थी स्कुलमा आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको र यतिखेर बन्द भएका विद्यालय आउँदो वैशाख पहिलो साता मात्र खुल्ने विद्यालय निरीक्षक वीरबहादुर धामीले बताउनुभयो । जाडो बढेसँगै उपल्लो डोल्पाका साल्दाङ, भिजेर, तिन्जे, मुकोट, छार्का, धोलगायतका छ गाविसका सर्वसाधारण पशु चौपायसहित तल्लो डोल्पा झर्न थालिसकेका छन् ।
0 notes