#शकषकक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
वडा अध्यक्षको उम्मेदवार हुन शिक्षकको राजीनामा ताप्लेजुङ, ९ वैशाख । स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिनुभएको छ । काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिनुभएको हो । यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका– ७ सुरुम्खिमस्थित हिरिन्टार प्राथमिक विद्यालयका शिक्षक भुमिप्रसाद तामाङ रहनुभएको छ । सुर्के माविका प्रअ खड्काले काँग्रेसद्वारा मिरेङ्देन गाउँपालिका– ७ को वडा अध्यक्षको टिकट पाउनुभएको छ भने कुलप्रसाद लिम्बूले एमालेद्वारा मैवाखोला गाउँपालिका– ५ को वडा अध्यक्षको टिकट पाउनु भएको बताइएको छ । यता सिदिङ्मा गाउँपालिका– ७ को वडा अध्यक्षका लागि एमालेद्धारानै टिकट पाएपछि अस्थायी शिक्षक भुमी तामाङले राजीनामा दिनु भएको हो । खड्का ३३ वर्ष, लिम्बू २३ वर्ष र तामाङ १९ वर्षसम्म शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । तीनै जना शिक्षकले अव राजनीतिमा होमिनकै लागि जिल्ला शिक्षा कार्यालय ताप���लेजुङमा राजीनामा बुझाएको बताउनुभयो । The post वडा अध्यक्षको उम्मेदवार हुन शिक्षकको राजीनामा appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चुनावमा उठ्न तीन शिक्षकको राजीनामा काँकडभिट्टा (झापा), २२ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् । शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन् । राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् । उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा (एमाले)बाट उम्मेदवार बन्न लागेको खुलस्त बताउँछन् । “मेरो पहिलेदेखि राजनीति तथा सामाजिक सेवा गर्ने धोको थियो”, प्रधानाध्यापकको जागिर छाडेर राजनीतिमा होमिएकी सिटौलाले भन्नुभयो – “अब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट बोकेकी छुँ ।” उहाँ काँग्रेस पार्टीबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने तयारीमा जुट्नुभएको छ । जागिर छाडेर आएकी हुँदा पार्टीबाट मेयरको टिकट पाउने उहाँको आशा छ । त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसताक्षी नगरपालिका–६ को वडाध्यक्ष पदमा नेकपा (एमाले)बाट उम्मेदवार बन्ने तयारी गर्दैहुनुहुन्छ । छब्बिस वर्ष शिक्षण पेसामा बिताउनुभएको ५२ वर्षे रोक्का भन्नुहुन्छ– “पार्टीले वडाध्यक्षको उम्मेदवार बन्न टिकट दिन्छ भन्ने विश्वास छ, चुनाव लड्छु ।” यसैगरी, कचनकवल गाउँपालिकामा नेपाली काँग्रेस पार्टीबाट अध्यक्ष उम्मेदवारको आकांक्षी बनेका राजवंशीले पनि राजीनामा दिनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ । उहाँ भन्नुहुन्छ– “पार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ, जागिर नै छाडेर आएको हुँदा मेरो मूल्याङ्कन हुन्छ जस्तो लाग्छ ।” तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले बताउनुभयो । The post चुनावमा उठ्न तीन शिक्षकको राजीनामा appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अस्थायी शिक्षकको रुचि परीक्षाभन्दा ‘गोल्डेन ह्यान्डसेक’मा सोलुखुम्बु, ६ पुस- दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा रहेका अस्थायी शिक्षकमा स्थायी शिक्षकका लागि हुने परीक्षामा भन्दा ‘गोल्डेन ह्यान्डसेक’को सुविधामा लिने बढी देखिएका छन् । सरकारले शिक्षा ऐनको आठौँ संशोधनमा गरेको व्यवस्थाअनुसार कार्यरत अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्उान्डसेक’मा अवकाश दिने वा आन्तरिक प्रतियोगितामा सहभागी गराई स्थायी शिक्षक बनाउने विकल्पअनुसार परीक्षामा बस्नेको सङ्ख्या कम देखिएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लामा कार्यरत दुई सय ७८ जना अस्थायी शिक्षकमध्ये एक सय ३६ जनाले स्थायी शिक्षक बन्न फाराम भरेका र एक सय ४२ जनाले गोल्डेन ह्यान्डसेकका लागि आवेदन दिएका जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुका विद्यालय निरीक्षक इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । यसमा प्राथामिक तहमा दुई सय १८ जना अस्थायी शिक्षकमध्ये एक सय १७ जना परीक्षामा बस्ने भएका छन् भने एक सय ���कजना शिक्षकले गोल्डेन ह्यान्डसेक रोजेका छन् । यस्तै, निम्न माध्यमिक तहका २९ जना शिक्षकमध्ये स्थायीका लागि हुने आन्तरिक परीक्षामा १२ जनाले भाग लिने भएका छन् र १७ जनाले सुविधाका लागि आवेदन दिएका छन् । यस्तै, माध्यमिक तहमा कार्यरत ३१ शिक्षकमध्ये सातजनाले परीक्षा र २४ जनाले अवकाश रोजेका छन् । शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको दफा ११ (च) को उपदफा (ख) बमोजिम स्रोतव्यक्तिमार्फत तथा आफैँ कार्यालयमा उपस्थित भएर सामुदायिक विद्यालयमा अस्थायी तथा लियन पदमा अध्यापनरत शिक्षकको परीक्षा तथा अवकाशमध्ये एक रोज्न निवेदन सङ्कलनका लागि जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा शिक्षकले आफ्नो इच्छा अनुसारको विकल्प रोजेका हुन् । संशोधित ऐनले शिक्षकलाई अवकाश लिने वा स्थायीका लागि आन्तरिक परीक्षामा सहभागी हुनेमध्ये दुवै विकल्प खुल्ला गरेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
गयल शिक्षकको तलब कटाएर पुस्तकालय स्थापना जाजरकोट, १० मङ्सिर । जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकाय खोल्ने बताएको छ । शिक्षा कार्यालयले ���िद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । यसको औपचारिक सुरुवात जिल्लाको भैरव आधारभूत विद्यालय भेरी मालिका १० भुरचौरबाट गरिएको छ । यहाँका शिक्षक १० दिनसम्म विद्यालय नआएका कारण शिक्षककै तलब काटेर यो विद्यालयमा पुस्तकाय स्थापना गर्न प्रधानाध्यापक जनकबहादुर गिरीलाई निर्देशन दिनुभयो । अबको १० दिनभित्र यो विद्यालयले गयल शिक्षकको तलब र जिल्ला शिक्षा अधिकारीले व्यक्तिगतरुपमा दिएको केही रकमबाट पुस्तकालय स्थापना गर्न लागिएको हो । जिल्लाका सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जिल्ला शिक्षा कार्यालयको योजनाअनुसार नै यो विद्यालयमा सुरुवात गरिएको हो । विद्यालयमा नगएर व्यक्तिगत काममा लाग्ने शिक्षकलाई यसरी नै सजाय हुने जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थी नआएमा किन आएनन् भनेर अभिभावकसँग छलफल गर्न समेत उहाँले जिल्लाका सबै विद्यालयलाई निर्देशन दिनुभयो । छात्रवृत्ति वितरण गर्दा कम्तीमा ७५ प्रतिशत विद्यालयमा आउने विद्यार्थीलाई मात्र दिन उहाँको सुझाव रहेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखरामा शिक्षकका लागि ह्याण्डवल प्रशिक्षण सुरु पोखरा, ५ मंसिर- विद्यालय ह्याण्डवल संघ कास्कीको आयोजना तथा नेपाल ह्याण्डबल संघको सहयोगमा शनिवार देखि पोखरामा विद्यालयका शिक्षकका लागि ह्याण्डबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विद्यालयमा ह्याण्डबल खेलको विकास एवम प्रवद्र्धन गर्न ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण सुरु गरिएको हो । कार्यक्रम लाई उदघाटन गर्दै कास्कीका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमले अतिरिक्त कृयाकलापका लागि विद्यालयमा खेलकुद महत्वपुर्ण रहे पनि शिक्षक नहुँदा समस्या रहेको बताए । उनले ह्याण्डबल खेल लोकप्रिय खेलको रुपमा विकास भएकोमा प्रशंसा गर्दै सामुदायिक विद्यालयमा समेत यसको विकासमा ध्यान पुर्याउने वताए । नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष तेज गुरुङ्गले ह्याण्डबल खेल नेपालमा लोकप्रिय खेलको रुपमा स्थापित भइरहेकोले अव यसलाई विद्यालय तहमा पुर्याएर नयाँ खेलाडीहरु उत्पादन गर्ने तर्फ ध्यान केन्द्रित गरिने बताए । ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम ह्याण्डबल खेल विकासका लागि महत्वपुर्ण रहने समेत उनले बताए । कार्यक्रममा अन्तराष्ट्रिय ह्याण्डबल महासंघ (आइ.एच.एफ) का ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रमका प्रशिक्षक एवम हङ्गेरियन ह्याण्डबल महासंघका वरिष्ठ प्रशिक्षक इस्ताभान जुहासले महासंघले नेपाललाई विशेष प्राथमिकतामा राखेर यो प्रोजेक्ट प्रदान गरेको बताए । उनले नेपालको ह्याण्डबल खेलमा भइरहेको विकासको प्रशंसा गर्दै ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रमले थप खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । विद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अर्जुन प्रसाद अधिकारी, सचिव खिम गुरुङ्ग लगाएतले बोलेका थिए । ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रममा कास्की, उदयपुर, ब���गलुङ्ग, रुपन्देही, नवलपरासी, पर्वत र लमजुङ्गका गरि ४० जना सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । शसस्त्र प्रहरी कालिका गण मालेपाटनको ह्याण्डबल खेल मैदानमा संचालन भएको उक्त प्रशिक्षणमा अन्तराष्ट्रिय ह्याण्डबल महासंघ (आइ.एच.एफ) का ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रमका प्रशिक्षक एवम हङ्गेरियन ह्याण्डबल महासंघका वरिष्ठ प्रशिक्षक इस्ताभान जुहास र राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक हिमाल राज दाहालले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षण मंसिर ७ गते सम्म संचालन हुनेछ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बालुवाटारमा अस्थायी शिक्षकको धर्ना काठमाडौँ, २ कात्तिक । आठौँ संशोधित शिक्षा ऐनले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै अस्थायी शिक्षकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । ��स्थायी शिक्षक सङ्घर्ष समितिले सरकारसँग यसअघि पनि आफ्ना माग राखिएको तर आश्वासन दिने काम मात्र भएको भन्दै आज दुई घन्टा बालुवाटारमा धर्ना दियो । समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्ने, ६० वर्ष पुगी अवकाशप्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायीका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्ने लगायत माग राखेको छ । समितिका अध्यक्ष नीरेन्द्र कुँवरले भन्नुभयो – “यसअघि दुई पटक हामीले सरकारलाई आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र दिएका थियौँ तर सरकारले आश्वासन मात्र दिने काम ग¥यो अब आश्वासनले हुँदैन ऐन नै संशोधन गर्नुपर्छ ।” आठौँ संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (अवकाश) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ । यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरुले खाली हात बिदा हुनुपर्ने प्रावधान छ । लिखित परीक्षाअघि नै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दुर्घटनामा शिक्षकको मृत्यु दाङ, २ असोज । दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान मृत्यु भएको छ । घटनालगत्तै उपचारका लागि राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा पु¥याएका तुलसीपुर–१९ जसपुरका ५४ वर्षीय देवबहादुर डाँगीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जानकारी दिएको छ । मृतक डाँगी अमर उच्च मावि उरहरीका विज्ञान विषयका शिक्षक थिए । सो दुर्घटनामा परी उनकी श्रीमती पुष्पा डाँगी पनि गम्भीर घाइते भएकी छिन् । उनलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाइएको छ । बस चालकले अत्यधिक मदिरा सेवन गरी बस चलाएको हुँनाले सो दुर्घटना भएको इप्रका, तुलसीपुरका प्रमुख कृष्ण प्रसार्इंले जानकारी दिएका छन् । गाडी चालक र गाडीलाई गएराति नै नियन्त्रणमा लिइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अस्थायी शिक्षकको विरोध प्रदर्शन काठमाडौँ, २८ भदौ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले विभिन्न माग राख्दै आज विरोध प्रदर्शन गरेका छन् । समितिले माइतीघर मण्डलामा एक घन्टा विरोध प्रदर्शन गरेको हो । अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितमा सहभागी गराउनुपर्ने, स्थायी हुन नसकेका शिक्षकलाई औषधोपचार र उपदान सुविधा दिनुपर्ने, प्रतियोगिताबाट स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधि स्थायी सेवामा गणना गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन उत्रिएको समितिका अध्यक्ष नीरेन्द्र कुँवरले जानकारी गराउनुभयो । उहाँले अस्थायी शिक्षकले समेत स्थायी शिक्षकसरह सेवा गरेकाले आफूहरुले राखेका माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्ना मागबारे सरकारले बेवास्ता गरे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिनुभयो । समितिमा २०४० सालयता करिब १७ हजार १३५ शिक्षक आबद्ध रहेका छन् ।
0 notes
nepal123 · 9 years ago
Text
काठमाडौंका आफ्नै नेतालाई सप्तरीका शिक्षकको प्रश्नै प्रश्न !
काठमाडौंका आफ्नै नेतालाई सप्तरीका शिक्षकको प्रश्नै प्रश्न !
…..अनि मात्र हुन्छ सयौं थुँगा फूलका एउटै माला नेपाली
(more…)
View On WordPress
0 notes