Tumgik
#अधयकषक
nepal123 · 7 years
Photo
Tumblr media
वडा अध्यक्षको उम्मेदवार हुन शिक्षकको राजीनामा ताप्लेजुङ, ९ वैशाख । स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिनुभएको छ । काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिनुभएको हो । यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका– ७ सुरुम्खिमस्थित हिरिन्टार प्राथमिक विद्यालयका शिक्षक भुमिप्रसाद तामाङ रहनुभएको छ । सुर्के माविका प्रअ खड्काले काँग्रेसद्वारा मिरेङ्देन गाउँपालिका– ७ को वडा अध्यक्षको टिकट पाउनुभएको छ भने कुलप्रसाद लिम्बूले एमालेद्वारा मैवाखोला गाउँपालिका– ५ को वडा अध्यक्षको टिकट पाउनु भएको बताइएको छ । यता सिदिङ्मा गाउँपालिका– ७ को वडा अध्यक्षका लागि एमालेद्धारानै टिकट पाएपछि अस्थायी शिक्षक भुमी तामाङले राजीनामा दिनु भएको हो । खड्का ३३ वर्ष, लिम्बू २३ वर्ष र तामाङ १९ वर्षसम्म शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । तीनै जना शिक्षकले अव राजनीतिमा होमिनकै लागि जिल्ला शिक्षा कार्यालय ताप्लेजुङमा राजीनामा बुझाएको बताउनुभयो । The post वडा अध्यक्षको उम्मेदवार हुन शिक्षकको राजीनामा appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
गाउँपालिका अध्यक्षको चुनाव खर्चः भोटर लिस्ट किन्न हजार, घोडा चढ्न ८० हजार २८ चैत, काठमाडौं । आगामी स्थानीय चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरुले विभिन्न शीर्षकमा गर्न पाउने
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अध्यक्षको मतपत्रमा क्रमसंख्या नभएपछि राप्रपा कास्कीमा हंगामा पोखरा, २९ माघ- राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको निर्वाचनमा मतपत्रमा क्रमसंख्या नभएको भन्दै हंगामा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको अध्यक्ष पदका उमेद्वार जयलाल पुन र नारायण गुरुङ बिच भएको प्रतिस्र्धामा केहि मतपत्रमा क्रमसंख्या नभएको भेटिए पछि हंगामा भएको हो । केही मतपत्रमा क्रमसंख्या नहाने भेटिए पछि कम मत ल्याउने पक्षले बिरोध गरेको हो । बिरोध र नाराबाजी पछि निर्वाचन कमिटिले केन्द्रिय निर्वाचन कमिटिलाई मतपत्र पठाएको छ । १ सय ६९ मतमा १ सय ६२ खसेको र जयलाल पुन पक्षमा ८६ र नारायण गुरुङ पक्षमा ७९ मत गणना भएको राप्रपाका कार्यक्रताहरुले बताएका छन् । त्यसै गरि ६ मत बदर भएको उनीहरुले बताए । बिहीबार भएको निर्वाचनमा गणता राती नै भए पनि पुन गणना भएको थियो । त्यसै गरि २६ सदस्यका लागि ४३ जनाले उमेद्वारी दिएका थिए । सदस्यहरुको गणना सकिएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मड्रिडका अध्यक्षको रोनाल्डोलाई चीनमा बेच्ने योजना माघ–७ । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई चाइनिज क्लबमा मड्रिडका अध्यक्षले बेच्न चाहेको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएको छ । केही समयअघि मात्र बालोन डि ओर र फिफा वर्ष खेलाडीको अवार्ड पाएका रोनाल्डोले अघिल्लो वर्ष मड्रिडमा पाँच वर्षको अनुबन्ध समयमा हप्ताको ३६५ हजार यूरोका साथ हस्ताक्षर गरेका थिए । तर मड्रिडका अध्यक्ष पेरेजले उनलाई २०१८ को गर्मीयाममा चीनमा बेच्ने योजना बनाएको कुरा बाहिरिएको छ । रोनाल्डोले उत्कृष्ट प्रदर्शनीका साथ अहिलेको सिजनमा २२ खेलबाट १८ गोल गरेका थिए । तर अध्यक्ष पेरेजले उनलाई चीनमा बेचेर सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट किन्दा खर्च गरेको ८० मिलियन यूरो फिर्ता लिन सक्छन् । The post मड्रिडका अध्यक्षको रोनाल्डोलाई चीनमा बेच्ने योजना appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Text
विश्वकप फुटबलमा ४८ टोली सहभागी गराउने फिफा अध्यक्षको प्रस्ताव
विश्वकप फुटबलमा ४८ टोली सहभागी गराउने फिफा अध्यक्षको प्रस्ताव
काठमाडौं । विश्वकप फुटबलमा ��० भन्दा बढी टोलीलाई सहभागिता गराउनुपर्ने सुझाव आएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष गिआनी इन्फान्टिनोले विश्वकपमा ४८ टोली सहभागी गराउने प्रस्ताव गरेका छन् । ४६ बर्षीय इटालीयन इन्फान्टिनोका अनुसार नयाँ फर्म्याटमा खेलाउँदा १६ मुलुक प्रारम्भिक चरणमा बाहिरिनेछन् । प्रतियोगिताको बाँकी चरण पुरानै हुनेछ । समूह चरणमा ३२ टोलीलाई प्रतिस्पर्धा गराइनेछ । इन्फान्टिनोले…
View On WordPress
0 notes
nepal123 · 8 years
Text
एन्फा अध्यक्षका लागि नरेन्द्र र कर्मा भिड्ने, विज्ञानराज पनि पछि हटे
एन्फा अध्यक्षका लागि नरेन्द्र र कर्मा भिड्ने, विज्ञानराज पनि पछि हटे
९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ र कर्मा छिरिङ शर्मा भिड्ने भएका छन् । उम्मेदवारीको घोषणा गरेका टासी घले र नेपाल प्रहरीका एआईजी तथा पूर्व खेलाडी विज्ञानराज शर्मा भने पछि हटेका छन् । एन्फाका उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माले उम्मेदवारी दर्ताको अन्तिम दिन उपाध्यक्षसहित उम्मेदवारी घोषणा गरे । उनको प्यानलबाट उपाध्यक्षका लागि दीपक खातीको…
View On WordPress
0 notes
nepal123 · 9 years
Text
नेपाली समाज टेक्सासको अध्यक्षका लागि लामिछानेको उम्मेदवारी दर्ता  
विकास राज न्यौपाने, टेक्सास । नेपाली सोसाइटी टेक्सासको (एनएसटी)  आगामी नेतृत्वका लागि कृष्ण लामिछानेले मंगलवार अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । आगामी डिसेम्बर २० का लागि हुने निर्वाचनका लागि डिसेम्बर १३ सम्म उम्मेदवार गर्दा गर्ने समय तोकिएको छ ।
(more…)
View On WordPress
0 notes
nepal123 · 9 years
Text
हिन्दी चलचित्र बन्द गराउने बिषयमा बोर्ड अध्यक्षको समर्थन, ‘तमाशा’ के होला ?  
भारतको नाकाबन्दीको विरोधस्वरुप ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विहिबारदेखि नेपालमा हिन्दी चलचित्र र भारतीय टेलिभिजन च्यानल बन्द गराउने बताएको छ । (more…)
View On WordPress
0 notes