#मडरडक
Explore tagged Tumblr posts
Photo
मड्रिडका अध्यक्षको रोनाल्डोलाई चीनमा बेच्ने योजना माघ–७ । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई चाइनिज क्लबमा मड्रिडका अध्यक्षले बेच्न चाहेको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएको छ । केही समयअघि मात्र बालोन डि ओर र फिफा वर्ष खेलाडीको अवार्ड पाएका रोनाल्डोले अघिल्लो वर्ष मड्रिडमा पाँच वर्षको अनुबन्ध समयमा हप्ताको ३६५ हजार यूरोका साथ हस्ताक्षर गरेका थिए । तर मड्रिडका अध्यक्ष पेरेजले उनलाई २०१८ को गर्मीयाममा चीनमा बेच्ने योजना बनाएको कुरा बाहिरिएको छ । रोनाल्डोले उत्कृष्ट प्रदर्शनीका साथ अहिलेको सिजनमा २२ खेलबाट १८ गोल गरेका थिए । तर अध्यक्ष पेरेजले उनलाई चीनमा बेचेर सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट किन्दा खर्च गरेको ८० मिलियन यूरो फिर्ता लिन सक्छन् । The post मड्रिडका अध्यक्षको रोनाल्डोलाई चीनमा बेच्ने योजना appeared first on नेपाल आज.
0 notes
Photo
मड्रिडको लगातार दोस्रो हार, अघिल्लो चरणमा जान खेल जित्नैपर्ने दवाव माघ–६ । ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार राति कोपा डेल रेको खेलमा मड्रिड सेल्टा डि भिगोसँग २–१ ले पराजित भएको हो । यसअघि आ��तबारको खेलमा ला लिगामा सेभिल्लासँग पनि २–१ को पराजय मड्रिडले भोगेको थियो । लगातार ४० खेलसम्म अपराजित रहेर कीर्तिमान बनाएको मड्रिडले सन् २०१५ को नोभेम्बरपछि पहिलो लगातार हार व्यहोरेको हो । कोपा डेल रेको क्वाटर फाइनलको पहिलो लेग घरेलु मैदानमा भएको खेल पहिलो हाफमा गोलरहित बराबरी रहेको थियो । खेलको ६४ औँ मिनेटमा लागो एस्पासले सेल्टाका लागि सुरुवाति गोल गरेका थिए । त्यसको पाँच मिनेटमै मार्सेलोले मड्रिडको लागि बराबरी गोल फर्काए । तर ७० औँ मिनेटमा फेरि सेल्टाका लागि कास्ट्रो ओट्टोले गोल गर्दै २–१ को जित निकाले । अघिल्लो चरणमा प्रवेश गर्न आउँदो बुधबार हुने दोस्रो लेगमा जित आवश्यक छ । The post मड्रिडको लगातार दोस्रो हार, अघिल्लो चरणमा जान खेल जित्नैपर्ने दवाव appeared first on नेपाल आज.
0 notes
Photo
रियल मड्रिडको अपराजित यात्रा तोड्दै सेभिल्ला लिगको दोस्रो स्थानमा माघ–३ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा कीर्तिमानी ४० खेलमा अपराजित रहेको रियल मड्रिड सेभिल्लासँग पराजित भएको छ । खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ गोलले पराजित भएको हो । सेभिल्लाको जितको लागि मड्रिडका सर्जियो रोमोसले आत्मघाती गोल गरे र स्टिभव जोवेटिकले एक गोल गरे । मड्रिडका लागि रोनाल्डोले एक गोल फर्काएका थिए । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि ६७ औँ मिनेटमा पाएको पेनाल्टीबाट गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा रामोसले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो । इन्जुरी समयमा जोवेटिकले गोल गरेपछि सेभिल्लाले जित दर्ता गर्न सफल भएको हो । जितसँगै सेभिल्ला १८ खेलबाट ३९ अंकसहित बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल मड्रिडको एक खेल कम खेलेर ४० अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको भने १८ खेलबाट ३८ अंक रहेको छ । The post रियल मड्रिडको अपराजित यात्रा तोड्दै सेभिल्ला लिगको दोस्रो स्थानमा appeared first on नेपाल आज.
0 notes
Photo
रियल मड्रिडको अनुबन्धमा लागेको प्रतिबन्ध समय घट्यो पुस–६ । स्पेनिस क्लब रियल मड्रिडलाई लागेको प्रतिबन्धको समय घटेको छ । फुटबलको सर्वोच्च निकाय फिफाले मड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । क्लबको अपिलमाथि सुनुवाई गर्दै प्रतिबन्ध एक ट्रान्सफर विन्डोमा सीमित गरिएको समाचारमा जनाइएको छ । रियल मड्रिडले खेल अदालत क्यासमा अपिल गरेको थियो । क्यासले प्रतिबन्ध एक विन्डोमा सीमित गर्न आदेश दिएको हो । यद्यपी रियल मड्रिडले आगामी जनवरीसम्म नयाँ खेलाडी अनुवन्ध गर्न पाउने छैन । तर समर विन्डोमा भने रियलमाथिको प्रतिबन्ध हटिसक्नेछ । साथै क्लबले तिर्नु पर्ने जरिवाना रकम पनि दुई लाख ८२ हजार पाउण्डबाट एक लाख ८८ हजार पाउण्डमा घटेको छ । १८ वर्ष भन्दा कम उमेरका अन्तर्रा्ष्ट्रिय खेलाडीको किनबेचमा नियम उल्लंघन गरेकाले रियल मड्रिड तथा एथ्लेटिको मड्रिडमाथि प्रतिबन्ध लागेको थियो । रियलको अपिल सुनुवाई भएपनि एथ्लेटिको मड्रिडको कुनै जानकारी दिइएको छैन ।
0 notes
Photo
रियल मड्रिडको नाटकीय जितले रच्यो नयाँ कीर्तिमान मंसिर–२६ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले नयाँ कीर्तिमान रचेको छ । रियलले ३५ खेलमा अपराजित रहँदै कीर्तिमान बनाएको हो । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा डिप्रोटिभो ला कोरुनालाई ३–२ ले हराएर रियल मड्रिडले अपराजित यात्रामा क्लबको नयाँ कीर्तिमान बनाएको सफल रह्यो । उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५० औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दे रियललाई सुरुवाति अग्रता दिलाएका थिए । तर डिप्रोटिभोका लागि जोसेलुले ६३ र ६५ औँ मिनेटमा गोल गरेर रियल विरुद्ध २–१ को अग्रता निकालेका थिए । खेलको ८४ औँ मिनेटमा रियलका लागि मारिएनोले गोल गरेपछि रियल पुन खेलमा फर्केको थियो । त्यसपछि इन्जुरी समयमा रामोसले गोल गरेपछि नाटकीय रुपमा रियलले ३–२ गोलको अन्तरले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । खेलमा रोनाल्डोलाई भने आराम दिइएको थियो । जितपछि शीर्ष स्थानको रियल मड्रिडको १५ खेलबाट ३७ अंक भएको छ ।
0 notes
Photo
रोनाल्डोको दुई गोल, शीर्ष स्थानमा रियल मड्रिडको अग्रता मंसिर–१२ । स्पेनिस ला लिगामा रियल मड्रिडले शनिबार राति भएको खेलमा स्र्पोटिङ गिजोनलाई २–१ ले हराएको छ । यसका साथै मड्रिडले शीर्ष स्थानमा रहेर ६ अंकको अग्रता लिएको छ । घरेलु मैदानमा रियल मड्रिडले १८ औँ मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । दुबै गोल क्रिष्टियानो रोनाल्डोले ५औँ र १८ औँ मिनेटमा गरेका थिए । ३५ औँ मिनेटमा स्र्पोटिङको लागि कार्लोस कार्मेनोले एक गोल फर्काए । दास्रो हाफमा भने दुवै तर्फबाट कुनै गोल हुन सकेन र मड्रिड २–१ ले विजयी भयो । जितपछि रियल मड्रिड १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको २६ अंक छ । रोनाल्डोले ला लिगाकाे यो सिजनमा अहिलेसम्म १० गोल गरेका छन् । The post रोनाल्डोको दुई गोल, शीर्ष स्थानमा रियल मड्रिडको अग्रता appeared first on नेपाल आज.
0 notes