#रपनतरत
Explore tagged Tumblr posts
Photo
जनताको बहुदलिय जनवाद २१ औ शताब्दीको रुपान्तरीत माक्सवाद हो: नेताहरु पोखरा, ८ फाल्गुन- मुलुकको अखण्डता र राष्ट्रिय एकता प्रवद्र्धनका खातिर प्रतिवद्ध हुन नेकपा एमालेका नेताहरुले आफ्ना कार्यकर्तालाई आह्वान गरेका छन् । पोखरा उपमहानगरपालिका वडा नं. २७ र २९ द्धारा संयुक्त रुपमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई समबोधन गर्दै उनिहरुले राष्ट्रियताको सवालमा कुनै प्रकारको सम्झौता नहुने तर्क गरेका हुन् । नेकपा एमाले राजनीतिक इमान्दारीता र राष्ट्रप्रति प्रतिवद्ध पार्टी भएको उल्लेख गर्दै पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनाले संगठनलाई थप बलियो बनाउनु पर्नेमा जोड दिए । अर्का पोलिटब्युरो सदस्य वेदुराम भुषालले माक्र्सबादी दर्शनमा विश्वास गर्ने एमालेहरु कुनैपनि हालतमा अफ्नो सिद्धान्तबाट विचलित नहुने तर्क गर्दै राष्ट्रियताको पक्षमा उभिन कार्यकर्तालाई अपिल गरे । कार्यक्रममा एमाले केन्द्रिय स्कुल बिभाग सदस्य भिम कार्कीले एमालेले आत्मसाथ गरेको जनताको बहुदलिय जनवाद २१ औ शताब्दीको रुपान्तरीत माक्सवाद भएको उल्लेख गरे । संसदको विकास समितिका सभापति समेत रहेका एमाले नेता रविन्द्र अधिकारीले युवा पलायनलाई रोक्दै मुलुकलाई समृद्धि र विकासको बाटोमा लैजान एमाले प्रतिवद्ध रहेको तर्क राखे । अखिल नेपाल महिला संघ कास्कीकी उपाध्यक्ष शुशिला पराजुलिले पार्टीका हरेक निकायमा महिला सहभागीता सुनिश्चित गर्दै पार्टीलाई समावेशी बनाउनु पर्नेमा जोड दिइन । एमालेका करिब ३ सय सक्रिय कार्यकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा पार्टी संगठन निर्माण र परिचालन, माक्र्सबादी दर्शन, राष्ट्र बिकासमा पार्टीको भुमिका र जनताको बहुदलिय जनबाद विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । पोखरा २७ का अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पोखरा २९ का अध्यक्ष ऋषिराम पौडेल र संचालन पोखरा २७÷२९ एमाले वडा कमिटिका सचिवद्धय घनस्याम तिमिल्सिना र देवि प्रसाद अधिकारीले गरेका थिए ।
0 notes