#फलएक
Explore tagged Tumblr posts
Photo
सनी लियोनीले आँफुलाई अश्लिलता फैलाएको आरोप लगाएकाहरुलाई यसरी दिइन् मुखभरीको जवाफ एजेन्सी । कण्डमको बिज्ञापनमा खेलेपछि विबादमा तानिएकी बलिउड हट एण्ड बोल्ड स्टार सनी लियोनीले उनको बिरोध गर्ने रिपब्लिकन पार्टी अफ इन्डियाको महिला विभागलाई मुख भरीको जवाफ दिएकी छिन् । सन्नी लियोनीले विज्ञापनका माध्यमबाट अश्लिलता फैलाउन खोजेको आरोप खेपे पनि उनले भारत विश्वकै लोकतन्त्र भएको ठूलो देश भएको र भारतको लोकतन्त्र र वाक स्वतन्त्रताका कारण , ‘जतिबेला म कुनै ब्रान्डमा हस्ताक्षर गर्छु भने त्यसको नैतिक जिम्मेवारी लिन तयार भएको बताइन् । उनले कुनै पनि जोडीले परिवारको योजना त्यतिबेला गर्दछ जब उनीहरुलाई लाग्छ कि उनीहरु बच्चाको जिम्मेवारी सम्हाल्न लायक भइसकेको बताइन् । The post सनी लियोनीले आँफुलाई अश्लिलता फैलाएको आरोप लगाएकाहरुलाई यसरी दिइन् मुखभरीको जवाफ appeared first on Etajakhabar.
0 notes
Photo
एक साताअघिदेखि फैलिएको औरहीको झाडापखाला नियन्त्रणमा लहान, ५ मङ्सिर । सिरहाको औरहीमा एक साताअघिदेखि फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहा तथा प्राथमिक स्वास्थ्य केन्द्र औरहीको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेप���ि झाडापखालाको प्रकोप नियन्त्रणमा आएको हो । झाडापखालाबाट औरही गाविसमा एक नाबालकको मृत्यु भएको थियो भने ९३ जना प्रभावित भएका थिए । झाडापखालाबाट प्रभावितको शिविरमा नियमित उपचार गरेपछि औरहीमा झाडापखालाको प्रकोप नियन्त्रणमा आइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णले जानकारी दिनुभयो । एक सातासम्म नियमित रुपमा शिविर सञ्चालन गरेर प्रकोप नियन्त्रणमा लिएको बताउँदै प्रमुख डा कर्णले प्रदूषित वातावरण, खुलारूपमा दिसापिसाब गर्नेक्रम र स्वच्छ पानीको अभावका कारण औरहीमा झाडापखालाको प्रकोप फैलिएको पाइएको जानकारी दिनुभयो । डा कर्णका अनुसार औरहीमा कोलरा, सिगेला र साल्मोनेलालगायत रोगको कुनै किटाणु नपाइएको तर पानीको गुणस्तर अत्यन्तै न्यून रहेकाले यस्तो प्रकोप फैलिएको हो ।
0 notes
Text
संविधानको अन्तरवस्तु बुझाउन नसक्दा मधेसमा भ्रम फैलिएको एमाले सांसदहरुको ठहर
२१ मंसिर, चितवन । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् । एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले तराई आन्दोलन लामो समयसम्म रहन दिन नहुनेमा पनि जोड दिएका छन् । (more…)
View On WordPress
0 notes