#सरवचचदवर
Explore tagged Tumblr posts
Photo
प्राधिकरणका तीन संचालक हटाउने निर्णय सर्वाेच्चद्वारा सदर १० बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वाेच्च अदालतले सदर गरेको छ । प्रधानन्यायधीश सुशीला कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मन्त्रालयको निर्णय विरुद्ध परेको रिट खारेज गरेको हो । निर्णय विरुद्ध सञ्चालक त्रय मनोजकुमार मिश्र, सुरज लामिछाने र लक्ष्मणप्रसाद अग्रवालले सर्वाेच्चमा रिट दायर गरेका थिए । यसअघि रिटमाथि प्रारम्भि सुनुवाइ गर्दै सर्वाेच्चले उनीहरुलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर प्रधानन्यायाधीश कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश निरन्तरता नदिएपछि उनीहरुको पुनर्वाहली रोकिएको थियो । मन्त्रालयले लोडसेडिङ हटाउने अभियानमा असहयोग गरेको भन्दै गएको पुस ४ गते उनीहरुलाई हटाएको थियो । The post प्राधिकरणका तीन संचालक हटाउने निर्णय सर्वाेच्चद्वारा सदर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
न्यायपालिकाप्रति भ्रम फैलाउने समाचार सञ्चारमाध्यममा आएकोमा सर्वोच्चद्वारा ध्यानाकर्षण काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले सञ्चारमाध्यममा न्यायपालिकाप्रति भ्रम फैलाउने मनसायबाट प्रे���ित भएर समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले आज जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा मिथ्यापूर्ण, भ्रामक, असत्य र कपोलकल्पित समाचार आउनु दुःखद् भएको र त्यसप्रति अदालतको ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कानुनअनुरुप गरिएका कार्यप्रति अवान्छित शङ्का, उपशङ्का र न्यायपालिकाप्रति भ्रम पैदा हुने खालका समाचार प्रकाशन÷प्रकाशन नगर्न आग्रह गरिएको छ ।
0 notes